Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

चटपटेको व्यापार

चटपटेको व्यापार

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ तनहुँको व्यास नगरपालिका–११ देउरालीडाँडामा चटपट विक्री गर्दै स्थानीयवासी । यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेपछि व्यापार व्यवसाय पनि फस्टाउन थालेको छ । (रासस)
संखुवासभामा वस दुर्घटना : दश जनाको मृत्यु, थप विवरण आउन वाँकी, उद्धारकार्य जारी

संखुवासभामा वस दुर्घटना : दश जनाको मृत्यु, थप विवरण आउन वाँकी, उद्धारकार्य जारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २५ संखुवासभा बाट दमकका लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परी करिब १० जनाको ज्यान गएको धनकुटा प्रहरीले जनाएको छ । बिहिबार बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं ६ सातघुम्ती भन्ने स्थानमा उक्त बस दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृ,त्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।घटनास्थलमा उद्धारकार्य जारी रहेको र अन्य विवरणहरु आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
पोली हाउसमा तयार गरिएको उखुको बेर्ना

पोली हाउसमा तयार गरिएको उखुको बेर्ना

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ बेलौरी नगरपालिका हात्तीबोझाका किसान असारे बडायकले पोली हाउसमा तयार गरिएको अर्लिजातको उखुको बेर्ना । (रासस)
नि ः शुल्क आँखा उपचार

नि ः शुल्क आँखा उपचार

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा उपचार शिविरमा मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गर्दै हिमालयन आँखा अस्पताल पोखराका चिकित्सकको टोली । तीन दिनसम्म सञ्चालन भएको शिविरमा ७७४ जनाको आँखा परीक्षण र दुई वटा साधारण शल्यक्रियासहित ४५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । (रासस)...
उदयपुर घर बताउने ६६ बर्षिय बृद्ध सुर्खेतमा मृत भेटिए, पहिचान खुृले सम्पर्क गर्न प्रहरीको आग्रह

उदयपुर घर बताउने ६६ बर्षिय बृद्ध सुर्खेतमा मृत भेटिए, पहिचान खुृले सम्पर्क गर्न प्रहरीको आग्रह

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २६ उदयपुर घर बताउँदै आएका एक ६६ बर्षिय बृद्ध सुर्खेतमा मृत भेटिएका छन् । उनि उदयपुरकै भक्त बहादुर राई रहेको प्रहरीले जनाएको छ । सुर्खेतमा मृत भेटिएपछि जिल्ला र नामको आधारमा सुर्खेत प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरलाई सम्पर्क गरेका थिए । जिल्ला र नाम खुले पनि अन्य बिविध ठेगाना र परिवार नखुलेपछि राईको शव बुझाउन समस्या परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेद प्रसाद गौतमले मृत भएको बृद्धको आफन्तहरु उदयपुरमा भए तत्कालै सुर्खेत प्रहरीमा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् । स्थानीयसँग बुझ्दा यसअघि उनले आफ्नो घर उदयपुर सदरमकुाम गाईघाट भएको बताउदै आएको खुलेको छ । उनि सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ९ चोल्पा भन्ने ठाउँका हिराबहादुर शाहीको घरमा डेरा गरी बस्दै आएका खुलेको छ । यता सुर्खेत प्रहरीले फागुन १३ गते राई मृत अवस्थामा भेटिएका ज...
पहिरो पीडितलाई गाउँपालिकाको आर्थिक सहयोग

पहिरो पीडितलाई गाउँपालिकाको आर्थिक सहयोग

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ जिल्लाको रोङ गाउँपालिकाका पहिरो पीडितलाई गाउँपालिकाले सहयोग गरेको छ । गाउँपालिकाले वडा नं ३ र ४ का पहिरो पीडितलाई आर्थिक सहयोग गरेको हो । गाउँपालिकाले १३ घर परिवारलाई प्रतिघर रु एक लाखका दरले आर्थिक सहयोग गरेको हो । गाउँपालिकाका ती वडामा २०६८ सालदेखि पहिरो बग्न थालेको थियो । विसं २०७२ बाट पहिराले गाउँलाई जोखिम बनाएर १३ परिवार विस्थापित हुनुपरेको थियो । पहिरो पीडित घर–परिवारलाई बुधबार पहिरो प्रभावित क्षेत्रमै पुगेर गाउँपालिकाका अध्यक्ष शमशेर राई, उपाध्यक्ष चन्द्रकला राईलगायत जनप्रतिनिधि र कर्मचारीले प्रतिपरिवार रु एक लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । पहिराबाट विस्थापित हुनुभएका यामप्रसाद मगर, मनकुमारी लाप्चा, कौशिला खड्का, टङ्क बस्नेत, नरबहादुर बस्नेत, टेकबहादुर पिठाकोटी, इन्द्रबहादुर पिठाकोटी, भीमबहादुर मगर, बलबहादुर मगर, हस्तकुमारी मगर, भुवनकुमार बस्नेत...
आयोगले तोकेको भन्दा बढी शुल्क लिएको छैन, भ्रममा नपर्नुस् ः नोबेल मेडिकल कलेज

आयोगले तोकेको भन्दा बढी शुल्क लिएको छैन, भ्रममा नपर्नुस् ः नोबेल मेडिकल कलेज

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २६ विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरुबाट नलिएको दावी गरेको छ । कलेजले प्रेस विज्ञप्ति जारी गर्दै आयोगले तोकेको शिर्षकहरुमा तोकिएको भन्दा बढी शुल्क माग नगरिएको र नलिएको जनाएको हो । एमबीबीएस अध्ययन गर्नुपर्ने केही विद्यार्थीहरुले कलेजको वारेमा कलोकल्पित र भ्रामक कुरा उल्लेख गरी बिभिन्न सञ्चारमाध्यममा अफवाह फैलाएको भन्दै कलेजले यसमा कुनै सत्यता नरहेको दावी गरेको छ । ‘यस कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शिर्षकहरुमा तोकिएको भन्दा कुनै बढी शुल्क माग नगरिएको र नलिएको व्यहोरा जानकारी गराउँछौं,’ कलेजका प्राचार्य डा.रामहरी घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको भ्रामक सूचना प्रवाह नगर्न विद्यार्थीहरुलाई आग्रह गर्दछौ र यस्तो कपोकल्पित कुरामा विश्वास नगर्नुहुँन सबैमा अनुरोध छ ।’ नोबेल मेडिकल कलेज, चि...
स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई प्रोत्साहन रकम

स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई प्रोत्साहन रकम

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २६ तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ । घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत महिलालाई प्रोत्साहन रकम वितरण गरेको हो । गाउँपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा सत्केरी गराएका ५० जनालाई रु तीन हजारका दरले पोषण भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । गत दशैँदेखि यता स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई रकम वितरण गरिएको रानाले बताउनुभयो । त्यसअगाडि पनि गाउँपालिकाले पोषण भत्ता वितरण गरिसकेको छ । गाउँपालिकाले गत आर्थिक वर्षदेखि अध्यक्षसँग सुत्केरी कार्यक्रम सुरु गरेको हो । मातृ शिशु मृत्युदर कम गराउन कार्यक्रम सञ्चालन ...
रुस र युक्रेनबीच एकदिने युद्धविराम

रुस र युक्रेनबीच एकदिने युद्धविराम

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, फागुन २५ रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ । मस्कोले बुधबार बिहान ९ः०० देखि बिहीबार बिहान ९ः०० बजेसम्म युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ । जसमा किभ वरपरका क्षेत्रहरू, दक्षिणमा जापोरिज्जिया र त्यसका केही भागहरु रहेका छन् । उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किभमा सारिने बताइएको छ ।आइतबार पैदलयात्राबाट किभ पुग्न खोजिरहेका चारजना विस्फोटमा परेका समाचारमा जनाइएको छ । मङ्गलबार करिब ६० बसले किभबाट ३५० किलोमिटर पूर्वमा रहेको सुमीबाट सर्वसाधारणलाई बाहिर निकाल्न सफल भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले सञ्चारमाध्यमलाई बताएको छ । रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भ...
बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने

बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २५ निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । तीन वर्षअघि देखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको काम अहिले पूरा भएको हो । चैत मसान्तभित्र काम सकेर हस्तान्तरणको तयारी छ । बागलुङ नगरपालिका–१४ को बलेवामा निर्माणाधीन विमानस्थल चैत मसान्तभित्र रङ्गरोगन सकेर प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भएको सो आयोजनाका इन्चार्ज वासु थापाले जानकारी दिनुभयो । यो विमानस्थलमा साना तथा मझौला जहाज अवतरण गर्न सक्छन् । “सिङ्गो एअरपोर्ट एक प्रतिशत मात्रै स्लोपको छ, त्यसैले यहाँ दुवै साइटबाट जहाज अवतरण गर्न सक्छन्,” थापाले भन्नुभयो, “निर्माणका क्रममा हामीले यो अवस्थामा ल्याउने गरी काम गरेका छौँ ।” कालोपत्र गुणस्तरीय रुपमा गरिएको उहाँल...