दोसाँधमा कवि दुर्गाबहादुर शाह ‘बाबा’
काठमाण्डौँ, फागुन २५
“हिमालमा हिउँ नटुटे झैँ
जिन्दगीका अनेकौँ मोडहरूमा
एकपछि अर्को
दोसाँध आइरहँदा रहेछन्”
कवि दुर्गाबहादुर शाह ‘बाबा’को दोसाँध कविता सङ्ग्रहको ‘दोसाँध’ शीर्षकको कविताको यस अंशमा भने झैँ जिन्दगीका अनेक मोडमा आउने एकपछि अर्को दोसाँधले मानिस स्वयंलाई अलमल्याइरहेको चित्रण गरिएको छ ।
हालै बजारमा आएको विभिन्न ५१ वटा कविताको यस सङ्ग्रहमा कविले जीवन र जगत्का विविध पक्षलाई उतार्नुभएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस र यसले समाजमा पारेको प्रभाव, माया प्रेमदेखि मातृत्व र मातृभूमि आदिलाई कविताहरूमा समेटिएको छ ।
वर्तमानमा समाजमा कोरोनाले पारेको प्रभावबारे चर्चा गर्दै कवि शाहले ‘कोरोना’ शीर्षकको कवितामा भन्नुभएको छ,
“विश्व मानचित्रमा
सन्त्रास फैलाउन सफल
अदृश्य कोरोनाले
मानव जीवनमा
अविस्मरणीय घटना
निम्त्याइरहेछ”
यही कवितामा कोरोनाले विश्वलाई नै क्वारेन्टिन र आ...









