Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

लालीगुराँस बिक्री गर्न बसेका बालक

लालीगुराँस बिक्री गर्न बसेका बालक

Breaking News 3, पर्यटन, समाचार
कामाडौं, फागुन २५ । ढकमक्क लालीगुराँस फुल्न थालेसँगै कैलालीको चुरे गाउँपालिका–५ भासुभीर नजिक भीमदत्त राजमार्ग छेउमा लालीगुराँस बिक्री गर्न बसेका दुई बालक । रासस
पुल भत्काएर अर्को बनाउन निर्देशन

पुल भत्काएर अर्को बनाउन निर्देशन

Breaking News 3, समाचार
काठमाडौं, फागुन २५ । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरीबाट धादिङको धुनीबँेशी नगरपालिका–४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा रहेको पक्की पुल भत्काउन सो कार्यालयले निर्माण व्यवसायीलाई निर्देशन दिएको हो । विसं २०७३ असार १ गते सम्झौता भएअनुसार निर्माण व्यवसायी नागार्जुन÷ जयबाबा÷ काष्ठमण्डप जेभीले निर्माण गरेको पक्की पुलको दुई स्पानमध्ये नुवाकोटतर्फको स्पान भत्काएर अर्को बनाउन निर्देशन दिएको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको स्पान ढलान गरेपछि यसलाई तन्काउने क्रममा चर्किएसँगै भत्काएर नयाँ स्पान राख्न निर्माण व्यवसायीलाई पत्र पठाइएको छ । गत आइतबार निर्माण व्यवसायी पक्षलाई जारी गरिएको पत्रमा ‘सडक विभाग, पुल महाशाख...
पक्की घरले ल्यायो खुसियाली

पक्की घरले ल्यायो खुसियाली

Breaking News 3, समाचार
राँझा,फागुन २५ । कोहलपुर नगरपालिकाले पक्की घर बनाइदिएपछि यहाँका अल्पसङ्ख्यक गन्धर्व तथा विपन्न दलित परिवारमा खुसियाली छाएको छ । कोहलपुरको लोकनगरमा नगरपालिकाले बनाइदिएको घरमा बस्दै आउनुभएकी कल्पना गन्धर्र्वले जीवनभरिको सपना पूरा भएको बताउनुभयो । “ नगरपालिकाले घर बनाइदिएकामा हामी अहिले धेरै खुसी छौं”, उहाँले भन्नुभयो ,“डुडुवा नालाले घरखेत सबै लगेपछि हाम्रो सम्पति केही थिएन,तर अहिले नगरपालिकाले घर दिएको छ ।”सामूहिक आवास कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकामा रहेका घरबासविहीन अल्पसङ्ख्यक गन्धर्व, वादी तथा विपन्न दलित समुदायको लागि २० घर निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार, सामूहिक आवास कार्यक्रम अन्तर्गत कोहलपुर –११ लोकनगरमा १७ घर गन्धर्व, दुई घर वादी र एक घर एकल अपाटङ्गता दलित महिला गरी २० जनालाई घर हस्तान्तरण गरिएको छ । नगर प्रमुख ...
सुनको मूल्य आकाशियो : तोलाको एकलाख नाघ्यो

सुनको मूल्य आकाशियो : तोलाको एकलाख नाघ्यो

Breaking News 2, आर्थिक, समाचार
काठमाडौं, फागुन २५ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु एक लाख पाँच हजार ५०० पुगेको छ । केही दिन देखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु एक लाख दुई हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ४०ले बढेर रु एक हजार ४५० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ५० डलर ...
गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्काशित

गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्काशित

Breaking News 2, राजनीति, समाचार
काठमाडौं, फागुन २५ । नेकपा (एमााले) ले जिल्लाको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो । मङ्गलबार जारी गरिएको प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको छ । माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका पाँच प्रमुख–उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो । “पार्टीको निर्देशनबमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र बेवास्ता गर्दै हिँड्ने, सामाजिक सञ्जालमा पार्टीको नीति, नेतृत्वविरुद्ध जाने...
पिकअप भेनको ठक्करबाट पैदल यात्रिको मृत्यु

पिकअप भेनको ठक्करबाट पैदल यात्रिको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २५ मोरङको बिराटनगर महानगरपालिका–४ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर–३ का ७५ बर्षीय ईश्वरी पोखरेल रहेका छन् । हिजो बिहान साढे ५ बजे दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्रदेश १–०२–००२च ५०५७ नम्बरको पिकअपले बाटोमा हिडीरहेका पोखरेललाई ठक्कर दिदा घाईते भएका पोखरेलको आर्या अस्पताल कंचनबारीमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
धाप्लाङमा अबैधरुपले वन उत्खनन् गरी गिट्टी संकलन

धाप्लाङमा अबैधरुपले वन उत्खनन् गरी गिट्टी संकलन

Breaking News 1, समाचार
पूर्णपुष्टि (उदयपुर), फागुन २५ । उदयपुरको त्रियुगा नगरपालिका १४ धाप्लाङमा वन क्षेत्रमा उत्खनन् गरेर गिट्टी संकलन भइरहेको छ । अनाधिकृतढंगले वन क्षेत्रमा उत्खनन भएको स्थानीयले बताएका छन् । संकलित गिट्टी द कञ्चनजंगा/गोल्डन गुड जेभीले सञ्चालन गरेको क्रसर उद्योगमा प्रशोधन भइरहेको छ । जनशक्ति सामुदायिक वन उपभोक्ता समुह अन्तर्गतको वनक्षेत्रमा पर्ने बाझगरा भन्ने ठाउँमा डोजर चलाई टिफरहरुले क्रसरसम्म गिट्टी ओसार्ने गरिरहेको हो । प्रारम्भिक वातावरणीय परिक्षण (आइइइ) नगरी कुनै पनि ठाउँमा उत्खनन् गरी गिट्टी, बालुवा, ढुङ्गा, माटो जस्ता प्राकृतिक स्रोत निकाल्न पाइदैन । त्यहाँ सम्बन्धीत निकायले प्रारम्भिक वातावरणीय परिक्षण विना नै उत्खनन् भइरहेको स्थानीयले बताएका छन् । वन क्षेत्रमा त्यसरी उत्खनन् गर्न नपाइने डिभिजन वन कार्यालय उदयपुर गाईघाटका प्रमुख अम्बिका पौडेलले बताउनुभयो । धाप्लाङ क्षेत्रमा कुनै पनि...
मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन २५ गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको छ । भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल रु चार करोड रकम स्वीकृत गरेको हो । पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि रु चार करोड तत्काललाई विनियोजन गरे पनि बाँकी रु सात करोड रकम पनि यही आर्थिक वर्ष २०७८÷७९ मा स्वीकृत भई कार्यान्वयनमा आउने प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताउनुभयो । प्रदेशसभा सदस्य दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो । मेलम्ची र इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म योजना मुताविक विनियो...
लागुऔषधसहित तीन युवा पक्राउ

लागुऔषधसहित तीन युवा पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २५ लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा–१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले जनाएको छ । बुटबलतर्फ जाँदै गरेको ध२प ३६९४ नंको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको पछाडि सवार श्रीषसँग लागुऔषध भेटिएको थियो । प्रहरीले श्रीषको साथबाट नुफ्रिन तीन, एम्पुलडाइजेपाम दुई, पे्रथोजिम तीन एम्पुल, प्रयोग गरेको याइजेपाम एक थान, सिरिन्ज दुई थान फेला पारी मोटरसाइकल चालक घर्तीमगरसहित दुवै जनालाई नियन्त्रणमा लिइएको सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिनुभयो । यसैबीच तानसेनबाट सर्देवा जाने क्रममा रिब्दीकोट गाउँपालिकाको दुम्रीकास्थित ध१प १०४९ नंको मोटरसाइकल जाँच गर्दा पुनसँग डाइजेपाम २२, नुफ्रिन २०, पे्रथोजिम २२ गरी ६४ एम्पुल फेला पारेको प्रहरीले जनाएको हो । जिल्...
अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री टर्की प्रस्थान

अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री टर्की प्रस्थान

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २५ परराष्ट्रमन्त्री डा नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गर्नुभयो । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । परराष्ट्रमन्त्रीले यही फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरुको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । मञ्चको यस वर्षकोे विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको छ । मञ्चमा विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल हुनेछ । आज मन्त्री खड्काले गैरआवासीय नेपाली सङ्घ टर्कीका पदाधिकार...