Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

अनेम संघ (समाजवादी) उदयपुरले अन्तरक्रिया सहित भव्य मनाए महिला श्रमिक दिवस

अनेम संघ (समाजवादी) उदयपुरले अन्तरक्रिया सहित भव्य मनाए महिला श्रमिक दिवस

Breaking News 1
पूर्णपुष्टि, फागुन २४ अनेम संघ (समाजवदी) जिल्ला कमिटी उदयपुरले अन्तरक्रिया सहित भव्य अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाएको छ । मंगलबार गाईघाट स्थित कन्चजजंगा गेष्ट हाउसको सभाहलमा बिभिन्न अन्तिरक्रिया कार्यक्रम सहित ११२ औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको हो । कार्यक्रममा महिलाहरुको भुमिका आर्थिक र महिला लैँङगिक समनता भन्ने बिषयक अन्तरक्रिया समेत गरिएको अनेम संघ (समाजवादी) जिल्ला अध्यक्ष पशुपती चौधरीले बताईन् । उनिले हरेक क्षेत्रमा महिलाहरुको पनि उत्तिकै सहभागीता र अब्बल नेतृत्व हुनु पर्ने भन्दै अन्तरक्रिया गरिएको बताईन् । कार्यक्रममा महिलाहरुलाई पनि श्रमको उत्तिकै सम्मान र सुविधा हुनु पर्ने जनाएको छ । कुनै पनि क्षेत्रमा महिलाहरु अब पछि नहट्ने र पछि नपर्ने भन्दै नजिकिँदै गएको स्थानीय चुनावको नेतृत्वमा समेत महिलाहरुको भुमिकालाई यस अन्तरक्रियाले सहयोग पुराउने आयोजकले जनाए ।...
श्रमिक दिवसको अवसरममा उदयपुरमा चार महिलासम्मानित

श्रमिक दिवसको अवसरममा उदयपुरमा चार महिलासम्मानित

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २४ श्रमिक दिवसको अवसरमा उदयपुरमा चार महिला सम्मान्नित भएका छन् । सम्मानित हुनेहरुमा झण्डै ५ दशकदेखि महिला तथा सामाजिक अभियानमा कृयाशिल ओरेक नेपालका पुर्वअध्यक्ष रामवत्ति चौधरी, जिल्ला प्रहरी कार्यालयका जवान तथा सवारी चालक लिला तामाङ्ग, अटोचालक त्रय मालती राई, देविका सार्की र शर्मिला चौधरी रहेका छन् । उनीहरुलाई त्रियुगा नगरपालिकाका उपमेयर देविकुमारी चौधरी, गैसस महासंघका १ नम्बर प्रदेशका कोषाध्यष दुर्गानन्द चौधरी लगायतले दोसल्ला, प्रशंसापत्र र नगदले सम्मान गरिएको हो । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जिल्लास्थित विभिन्न निकायहरुले अलग–अलग कार्यक्रमको आयोजना गरी सम्मान गरेका हुन् । सामाजिक अभियन्ता चौधरीलाई त्रियुगा नगरपालिका र महिला सशक्तिकरण स्रोत केन्द्रको सहयोग तथा ओरेक नेपालको समन्वयमा नगर स्तरीय युवा महिला संस्था र आकाश गंगा साहित्यिक संस्...
आफ्नै साथीलाई गोली प्रहार गर्ने पक्राउ

आफ्नै साथीलाई गोली प्रहार गर्ने पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २४ । आफ्नै साथीलाई गोली प्रहार गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरको छ । धनुषाको जनकपुरधमम उपमहानगरपालिका–१९ शिवपुर बस्ने २५ वर्षीय रुपेश यादवलाई पक्राउ गरको हो । यादवले शनिबार शिवपुरस्थित आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियालाई गोली हानेर फरार भएका थिए । मुकेश धनुषाको कमला नगरपालिका–८ घर भई हाल मामा घरमा बस्दै आएका थिए । धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार अनुसन्धानको क्रममा मुकेश मुखिया र रुपेश यादव साथी रहेको खुलेको छ । मुकेश आफ्नो मामाको किराना पसलमा बसिरहेको अवस्थामा रुपेशले आएर अचानक गोली प्रहार गर्दा घाँटीमा गोली लागेर उनी गम्भीर घाइते भएका छन् । उनको नर्भिक अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल तथा संलग्न व्यक्तिलाई खोजी गर्ने क्रममा आइतबार विहान घटनास्थलभन्दा ६०/७० मिटरको दुरीमा जगदीश साहको ख...
घाँटी काटिएको अवस्थामा एक महिलाको शव फेला

घाँटी काटिएको अवस्थामा एक महिलाको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २४ । घाँटी काटिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा अन्दाजी ३५ ४० वर्षीया महिलाको शव फेला परेको हो । तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । घाँटी अगाडि भागमा गहिरो चोट लागेको अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी एवम् सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । ती महिलाको नाम ठेगाना खुलेको छैन । टहरोमा शव रहेको जानकारी गएराति ९ः५० बजे पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिव कुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली गएको थियो । सो टोलीले घटनास्थल प्रकृति तथा लाश जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाएको र थप अनुसन्धान कार्...
युक्रेनको सुमी शहरमा भएको बम विस्फोटमा दुई बालबालिका सहित नौ जनाको मृत्यु

युक्रेनको सुमी शहरमा भएको बम विस्फोटमा दुई बालबालिका सहित नौ जनाको मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २४ युक्रेनको कीभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी शहरमा भएको हवाई हमलामा दुई बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको उद्धार सेवाले मंगलबार जनाएको छ । सोमबार राति शत्रु विमानहरूले कपटी ढंगले अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेको, उद्धार सेवाहरूले राति ११ बजे घटनास्थलमा आइपुगेपछि टेलिग्राममा उल्लेख गरेका छन्। रुसी सिमाना नजिकै रहेको सुमी शहर केही दिनदेखि चर्को लडाइको चपेटमा परेको छ। (रासस)...
अमेरिकी डलरको भाउँ बढ्दा, इतिहासकै कमजोर बन्यो नेपाली मुद्रा

अमेरिकी डलरको भाउँ बढ्दा, इतिहासकै कमजोर बन्यो नेपाली मुद्रा

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २४ । अमेरिकी डलरको भाउँ बढेसँगै इतिहासकै कमजोर नेपाली मुद्रा बनेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेसँगै नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । अर्थात अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा तिर्नुपर्नेछ । पछिल्लो समय लगातार अमेरिकी मुद्रा वलियो बन्दै गएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल अमेरिकी अर्थतन्त्र वलियो बन्दै गएको छ । उनका अनुसार विश्वव्यापाी रुपमा पछिल्ले समय डलरको माग उच्च छ । माग उच्च हुँदा यसले मूल्य बढेको हो । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ । डलरको भाउँ उच्च हुँदा नेपालको अर्थतन्त्रमा नक...
ट्याक्टर पल्टिँदा एकको मृत्यु, चालक पक्राउ

ट्याक्टर पल्टिँदा एकको मृत्यु, चालक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २४ । तेह्रथुम सदरमुकामा म्याङलुङ नगरपालिका–१ केउरेनी डाँडाखर्कमा ट्याक्टर पल्टिँदा एक जना युवकको ज्यान गएको छ । सोही स्थान बस्ने २२ वर्षीय किशोरकुमार विश्वकर्माको ट्याक्टर पल्टेर दुर्घटना हुदाँ ज्यान गएको हो । म्याङलुङ बजारबाट घर फर्कने क्रममा प्रदेश १–०२–००३ त १२१२ नम्बरको ट्याक्टर सोमबार राति ८ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा सहचालक महेशकुमार विश्वकर्माको दाहिने खुट्टा भाचिएको छ । उनलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । ट्याक्टर दुर्घटना स्थलबाट करिब ६० मिटर तल खसेर क्षतविक्षत अवस्थामा रहेको समेत प्रहरीले जनाएको छ । ट्याक्टर चालक सुवास विश्वकर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको तेह्रथुम प्रहरीले जनाएको छ ।...
अमेरिकाको आयोवामा गोली चल्दा एक जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

अमेरिकाको आयोवामा गोली चल्दा एक जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, फागुन २४ अमेरिकाको आयोवाको एक हाईस्कूल बाहिर गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । सीएनएनले जनाएअनुसार डेस मोइनेस शहरको पूर्वी हाई स्कूल बाहिर गोलीबारीको क्रममा तीन व्यक्तिलाई चोट लागेको थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार गोलीबारीका संदिग्धहरू प्रहरी हिरासतमा छन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने थप विवरण आउन बाँकी छ । (रासस)...
समान हक र सहभागिता दिलाउन नीति र कानुन आवश्यक : मुख्यमन्त्री राई

समान हक र सहभागिता दिलाउन नीति र कानुन आवश्यक : मुख्यमन्त्री राई

Breaking News 2, समाचार
मोरङ, फागुन २४ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई शिक्षाबाट वञ्चित गरेमा मुलुकको विकासमा बाधा पुग्ने बताउनुभएको छ । राज्यले उनीहरुलाई समान हक र समान सहभागिता दिलाउन आवश्यक नीति र कानुन बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । सामाजिक विकास मन्त्रालयद्वारा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले महिलाको समानुपातिक प्रतिनिधित्व थप हुनुपर्नेमा जोड दिँदै उनीहरुको सुझबुझ र श्रमबाट घरपरिवार, समाज र देशको चौतर्फी विकास हुने धारणा राख्नुभयो । समाजमा भ्रुण हत्या जस्तो अवैध कार्य भइरहेकोले सबैले यस कार्यलाई अविलम्ब रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्वास्थ्यमन्त्री जयराम यादवले महिलाले आफ्नो अधिकार मागेर प्राप्त नभएमा खोसेर लिनुपर्छ भन्नुभयो । उपसभामुख सरस्वती पोखरेलले महिलाको सङ्घर्षबाट स्थानीय पालिकामा ४० प्रतिशत प्रत...
उदयपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २४ । उदयपुरमा रुखबाट लडेर एक जना महिलाको ज्यान गएको छ । जिल्लाको त्रियुगा नगरपालिका–११ करमगाछी घर भएकी ५५ वर्षीया कालुमाया राईको सोमबार घाँस काट्ने क्रममा लडेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार राई बरुवा सामुदायी जंगलभित्र घाइते अवस्थामा भेटिएकी थिइन् । घरबाट घाँस काट्न जंगल पुगेकी राई भोर्लाको रुखबाट लडेर घाइते भएकी थिइन् । उनलाई उद्दार गरी बोक्सेस्थित जिल्ला अस्पताल उदयपुर लैजादैँ गर्दा ज्यान गएको डीएसपी गौतमको जानकारी दिए । घटनापछि मृतकको शव जिल्ला अस्पतालमै पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धानसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...