पढाईमा ट्यालेन्ट कविता बिरामीका कारण २० दिन पछि ट्युसन जाँदै गर्दा बाटैमा मारिइन्
पूर्णपुष्टि, चैत्र २२
कविता इमान्दारी, मेहनती र राम्रो पढाई भएको विद्यार्थी थिईन् । उनि पढाई प्रति निकै लगनशिल र संघर्ष गर्ने विद्यार्थी थिईन् । विरामीका कारणले यस बिचमा विद्यालय आउन नसकेको बुझिएको कविता २० दिन पछि ट्युसन जाँदै गर्दा बाटैमा मारिइन् । उनि विद्यालय पुग्न नपाउँदै क्रुर हत्या गरी मारिन बाध्य भईन् । यो भनाई विद्यालयका प्रधानाध्यापक सुर्यनारायण शाहको हो । कोसी जनता माध्यमिक विद्यालयमा कविता १० कक्षामा पढ्थिन्।
‘साथीले फोन गरेपछि उनी घरबाट निस्केकी थिइन्,’ ती साथीको बयान उद्धृत गर्दै प्रधानाध्यापक साह भन्छन् । साथी पनि उनीसँगै हिँडेको बुझिएको साह बताउँछन्। तर, साथी शंकास्पद तरिकाले घर फर्किइन् । उनको साथमा कोही छोरा मान्छे थिए ।
कविता घरबाट पैदल निस्केकी थिइन् । उनी प्राय पैदल नै विद्यालय जाने गर्थिन् । साहका अनुसार बेलका नगरपालिकाले स्कुलमा अतिरिक्त कक्षा सञ्चालन गरेको छ।...








