Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

चुनाव लड्न राप्रपामा एकल नै सक्षम : अध्यक्ष लिङ्देन

चुनाव लड्न राप्रपामा एकल नै सक्षम : अध्यक्ष लिङ्देन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १८ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै बलबुताले सबै स्थानीय तहमा चुनाव लड्न सक्षम रहेको बताएका छन् । उदयपुरमा राप्रपाको सभालाई सम्बोधन गर्न आज आइपुगेका अध्यक्ष लिङ्देनले स्थानीय चुनावको तयारीमा बलियोसंग लागेको बताए । सभाअघि पत्रकार सम्मेलनमा उनले आवश्यकता हेरी गठबन्धन गर्न सकिने भएपनि अहिलेसम्म आप्mनै बलबुताले लड्ने क्षमता रहेको बताए । भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोला । https://youtu.be/ItlRHUwJTu0...
बिराटनगरस्थित नोवेल अस्पतालमा वडा अध्यक्ष यादवको मृत्यु

बिराटनगरस्थित नोवेल अस्पतालमा वडा अध्यक्ष यादवको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत १८ । बिराटनगरस्थित नोवेल अस्पतालमा सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको उपचारमा खटिएको चिकित्सकले जनाएको छ । गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस भएका थिए । उनलाई थप उपचारको लागि धरान पु¥याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिए । उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए ।...
इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह

इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह

Breaking News 3, समाचार
काठमाडौँ, चैत १८ । जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गर्नुभएको हो । यही चैत मसान्तसम्म नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन अनुरोध गरिएको हो । चैत १५ गते बसेको जिल्ला सुरक्षा समतिको बैठकको निर्णय अनुसार स्थानीय तहको निर्वाचनपछि फिर्ता हुने गरी हतियार बुझाउन अनुरोध गरेको उहाँले जानकारी दिनुभयो । अनुमति प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो । रासस...
बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

Breaking News 3, आर्थिक, समाचार
काठमाडौँ, चैत १८ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले बढेर रु ९९ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार २०० छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९८ हजार ४०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले बढेर रु एक हजार ३६० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ । रासस...
चौदण्डीगढीका १८ गरिब परिवारलाई बाख्रा वितरण

चौदण्डीगढीका १८ गरिब परिवारलाई बाख्रा वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत १८ । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आयोजना गरेको गरिब संग विशेश्वर कार्यक्रम अन्तर्गत विहिबार १८ परिवारलाई बाख्रा विरतरण गरिएको छ । नेपाल सरकारको अनुदानमा सञ्चालित गरिबी न्युनिकरणका लागि चौदण्डी नगरपालिका– ८ पिडिबास गुराँस सामुदायीक संस्थाका १८ परिवारलाई २÷२ वटा बोयर क्रस र खरि जातको बाख्रा वितरण गरिएको हो । नेपाल सरकारको अनुदान सहयोगबाट गरिबी न्यूनीकरनमा टेवा पुग्ने उद्देश्यका साथ बाख्रा वितरण गरिएको बाख्रा वितरण गरिएको नगर प्रमुख खगेन्द्र राईले बतानुभयो । शिद्दिपुर गाउँ विकास समिती हुँदा बाटै सञ्चालित कार्यक्रम केही वर्ष यता ओझेलमा परेको थियो । स्थानीय सरकार आईसकेपछि कार्यक्रमले पुनः निरन्तरता पाएको वडा नम्बर ८ का कार्यवाहक अध्यक्ष गडुड बहादुर विश्वकर्माले जानकारी दिनुभयो । अहिलेसम्म वडा भित्रका ५ वटा संस्था मार्फत किसानहरुलाई बाख्रा, २ वटा संस्थालाई खानेपानी र १ जना...
दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना

Breaking News 3, समाचार
काठमाडौँ, चैत १८ । दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ । घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ । रासस
निर्वाचनमा महिला नेतृत्वका लागि एकताबद्ध

निर्वाचनमा महिला नेतृत्वका लागि एकताबद्ध

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत्र १८ आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्वको सावित गर्नका लागि बागलुङका महिला नेतृ एकजुट भएका छन् । अन्तरपार्टी महिला सञ्जालको समन्वयमा बागलुङका जुनसुकै पार्टीले महिला उम्मेदवारलाई अगाडि बढाउन अग्रसरता र सबै पार्टीका महिला नेतृलाई एकजुट बनाएको छ । बागलुङका विभिन्न राजनीतिक दलमा आबद्ध महिलाले संविधानमा भएको व्यवस्थानुसार मुख्य पदमा फरक लिङ्ग अनिवार्य गर्नका लागि आफ्नै पार्टीमा दबाब सिर्जना गर्न एकजुट भएर आवाज उठाएका छन् । उनीहरुले आफूहरु जुनजुन पार्टीमा भए पनि बागलुङका १० स्थानीय तहका प्रमुखसहित ८५ वटै वडामा महिला नेतृत्व स्थापित गर्नका लागि एकताबद्ध भएर दबाब दिने अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कुशुम बुढाले जानकारी दिनुभयो । “अहिले नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०लगायतका दलमा रहेका महिलाले एकजुट भएर उम्मेदवारमा महिला अगाडि बढ्न दबा...