Wednesday, July 8News That Matters

Month: ४ वर्ष अगाडि

दुर्गम गाउँपालिकामा बजार अनुगमन

दुर्गम गाउँपालिकामा बजार अनुगमन

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १९ सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले दुर्गम गाउँपालिका पुगेर बजार अनुगमन गर्नुभएको छ । उहाँ नेतृतवको एक टोलीले सडक सञ्जालले नजोडिएको अपी हिमाल गाउँपालिकामा पहिलो पटक बजार अनुगमन गरेकोे हो ।उक्त गाउँपालिकाको सदरमुकाम खण्डेश्वरी बजार क्षेत्रका दुई दर्जनभन्दा बढी पसल अनुगमन गर्दा पाइएका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको सहायक प्रजिअ साउदले जानकारी दिनुभयो । अनुगमनका क्रममा म्याद नाघेका मिठाई, गुँद पाप्पड, जुस, सुपारी, सुजी मसाला भुजा, चाउचाउलगायत २४ थरी सामग्री बरामद गरिएको थियो । दुर्गम क्षेत्रमा म्याद नाघी समान ढुवानी हुने गरेको र उपभोक्ताले पनि म्याद नहेरी सामान खरिद बिक्री गर्ने हुँदा नष्ट गर्नु परेको उहाँले बताउनुभयो । यसअघि बजार अनुगमन सदरमुकाम खलङ्गा केन्द्रित मात्रै हुने गरेको थियो । नयाँ वर्षको बेला गाउँमा झन् अखाद्य वस्तु ढुवानी हुने हुँदा अपी हिमाल ...
कैलालीको पद्मा अस्पतालमा बिरामीको मृत्यु पछि तोडफोड, अत्तरियामा तनाव

कैलालीको पद्मा अस्पतालमा बिरामीको मृत्यु पछि तोडफोड, अत्तरियामा तनाव

Breaking News 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत १९ कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ । अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आक्रोशित तोडफोडमा उत्रिएपछि भीडलाई तितरवितर गर्न अश्रुग्यास प्रयोग गर्नुप¥र्यो, स्थिति प्रहरीको नियन्त्रणमै छ ।” तोडफोडबाट अस्पतालको भ्यान, एम्बुलेन्स र भवनको सिसामा क्षति पुगेको छ । सो अस्पतालमा गएराति उपचारार्थ भर्ना हुनुभएका गोदावरी नगरपालिका–३ का ३७ वर्षीय विनोदकुमार बोहराको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि बिरामीका ...
सामुदायिक विद्यालय सुधारमा व्यवस्थापन समिति अग्रसर

सामुदायिक विद्यालय सुधारमा व्यवस्थापन समिति अग्रसर

Breaking News 1, शिक्षा, समाचार
काठमाण्डौँ, चैत १९ के गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने ? शिक्षा क्षेत्रमा नियमित उत्पन्न भइरहने यो प्रश्नमा सम्बन्धित विद्यालयका अभिभावक घोत्लिने हो भने समाधानका उपाय निस्कँदै जान्छन् । जसरी बालबालिकाको पहिलो पाठशाला घर मानिन्छ, त्यसैगरी विद्यालय सुधार वा रेखदेखको पहिलो जिम्मेवारी पनि अभिभावककै रहन्छ । संविधानतः स्थानीय तहको मातहतमा रहेका सामुदायिक विद्यालयलाई नियमित र नीतिगत नेतृत्व गर्ने काम विद्यालय व्यवस्थापन समितिले गर्छ । स्थानीय तहकै मार्गदर्शनमा गठन, पुनःगठन हुने व्यवस्थापन समितिमा स्वयंसेवीरुपमा ‘केही गरौँ’ भन्ने भावना बोकेका व्यवस्थापकीय दक्षता भएका अभिभावकले नेतृत्व गरेमा सामुदायिक विद्यालय सुध्रन गाह्रो नहुने उदाहरण काभ्रेको पनौती नगरपालिकामा पनि देख्न सकिन्छ । कुनै बेला बन्दको अवस्थामा पुगेको धनेश्वर माध्यमिक विद्यालय अहिले उल्लेख्य विद्यार्थी सङ्ख्यासहित...
ताप्लीको १ नं वडामा एमाले टोल कमिटीलाई सपथ सँगै पार्टी प्रवेश कार्यक्रम

ताप्लीको १ नं वडामा एमाले टोल कमिटीलाई सपथ सँगै पार्टी प्रवेश कार्यक्रम

Breaking News Video
पूर्णपुष्टि, चैत्र १८ ताप्ली गाउँपालिकामा एमालेका टोल कमिटीलाई सपथ ग्रहण गराईएको छ । सपथ सँगै अन्य पार्टी परित्याग गरि आएकाहरुलाई समेत पार्टी प्रवेश गराईएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले १ नं वडा कमिटीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । उक्त कार्यक्रम नेकपा एमाले टोल कमिटीमा रहेको युवाहरुलाई लक्षित गर्दै आयोजना गरिएको राष्ट्रिय युवा संघ जिल्ला कमिटी सदस्य तथा ताप्ली इन्चार्ज समिप राईले जनाए । उनले यस कार्यक्रमले नजिकदै गरेको स्थानीय चुनावलाई सहयोग पुराउनुका साथै युवाहरुको भुमिकालाई मजवुद बनाउने जनाए । सपथ कार्यक्रम सँगै कांग्रेस पार्टी परित्याग गरी एमालेमा आएका श्रीमान राई र डिग बहादुर मगरलाई पार्टी प्रवेश समेत गराईएको इन्चार्ज राईले जनाए । नवप्रवेशी दुवैजनालाई प्रदेश कमिटी सदस्य राजन शाही र जिल्ला कमिटी सचिवालय सदस्य तथा ताप्ली इन्चार्ज बावुराम राई लगायतका नेता...
मोतिगडाको स्ट्याण्डर्ड भिजन बोर्डिङमा निशुल्क दन्त सिविर, अधिकांश विद्यार्थीमा दन्त समस्या

मोतिगडाको स्ट्याण्डर्ड भिजन बोर्डिङमा निशुल्क दन्त सिविर, अधिकांश विद्यार्थीमा दन्त समस्या

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र १८ त्रियुगा नगरपालिका ३ मोतिगडाका एक वोर्डिङ स्कुलले विद्यार्थी र अविभावको लागि निशुल्क दन्त सिविरको अयोजना गरेको छ । स्ट्याण्डर्ड भिजन बोर्डिङ स्कुललको आयोजना तथा गाईघाट स्थित सेतो पुल छेउमा रहेको बिषहारा मल्टिस्पेशालीटी डेन्टल क्लिनिको समन्वयमा एक दिने निशुल्क सिविरको आयोजना गरिएको हो । बोर्डिङ संञ्चालक समितिका अध्यक्ष नवराज सिंह ठकुरीले बोर्डिङमा रहेको साना वालवालिकाहरुलाई बिषेश ध्यान पुराएर सिविरको आयोजना गरेको जनाए । ठकुरीले बालवालिका सहित अविभावको समेत दत्त परिक्षण गरिएको जनाए । बिषहरा मल्टिस्पेशालीटी क्लिनिकका डा. नारायण चौधरीले उक्त सिविरमा विद्यार्थी तथा अविभावको दन्त परिक्षण गरेको छ । डा. चौधरीका अनुसार सिविरमा १४६ जना वालवालिका विद्यार्थी र १५ जना अबिभावकहरुले दन्त परिक्षण गरेको जनाएको छ । चौधरीले सिविरमा सामान्य मुखको परिक्षण गर्दा मात्रै पनि दाँतक...
१३ नं. वडामा ढाकाको साडी बनाउने तालिम उद्घाटन, सहभागिलाई रोजगारीको ग्यारेण्टी

१३ नं. वडामा ढाकाको साडी बनाउने तालिम उद्घाटन, सहभागिलाई रोजगारीको ग्यारेण्टी

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १८ । “नेपाली ढाका कपडाको उत्पादन, नेपालीको पहिचान” भन्ने नाराका साथ उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १३ को पहलबाट ढाका कपडाको सारी बनाउने तालिम सञ्चालन भएको छ । तालिमको उद्घाटन एक समारोहकाबीच आज वडा कार्यालयमा भयो । तालिमको उद्घाटन प्रदेश सांसद सुनिता चौधरीले गरिन् । संविधासभा सदस्य एवम् नेकपा एसकी केन्द्रिय सदस्य दुर्गा परियार लगायत विभिन्न नेता, नागरिक समाज, पत्रकार र वडाबासीको सहभागितामा तालिमको उद्घाटन भएको हो । वडाध्यक्ष पशुपती चौधरीका अनुसार आजबाट सञ्चालित तालिममा वडाका महिलाहरुलाई तालिमसंगै रोजगारकोसमेत ग्यारेण्टी गरिएको छ । १ नं. प्रदेश सांसद सुनिता चौधरीको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार अन्तर्गत पाँच लाख रुपैया लगानीमा ढाकाको सारी बनाउने विशेष तालिम सञ्चालन गरिएको हो । तालिममा १० जना महिला सहभागि छन् । उदयपुरमा ब्यवसायिकरुपले ढाका उद्योग सञ्चालन भइरहेको ...
उदयपुर म्यादी प्रहरीका लागि २५ सय जनाले दिए लिखित,फोटोफिचर सहित

उदयपुर म्यादी प्रहरीका लागि २५ सय जनाले दिए लिखित,फोटोफिचर सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १८ नजिकिएको स्थानीय चुनावलाई लक्षित गर्दै देशैभरी म्यादी प्रहरी छनोट प्रक्रिया निरन्तर चलिरहेको छ । यसै शिशिलामा उदयपुरमा पनि शुक्रबार म्यादि प्रहरी छनोट अन्तरर्गत लिखितको परिक्षा भएको छ । ९ सय ५८ जनाको कोटामा करिब ४ हजार बराबरले आवेदन दिएको थिए । उक्त छनोट प्रक्रिया अनुसार लिखितमा २५ सय जना छानिए । अब लिखित बाट मौखिका लागि १७ सय जना मात्र छानिने जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवास चन्द्र बोहोराले जनाए । एसपी बोहोराले लिखित सम्बन्धि नियमको निर्देशन गर्दै सम्पूर्णलाई परिक्षामा उतिर्णको लागि शुभकामना दिँदै यो निकै प्रतिस्पर्धाको परिक्षा रहेको समेत सुझाएका थिए । बिभिन्न सुरुवाती चरण देखिनै छानीने क्रममा लिखित सम्म आईपुग्दा करिब २५ सय जना मात्र सहभागी हुन सफल भएका थिए । छनोट भएकाहरुलाई गाईघाट स्थित थारुहट रंगशालामा परिक्षा गराईएका थिए । सम्पूर्ण प्रहरी य...
लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १८ । झापाको मेचीनगर नगरपालिका–६ र मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा कन्काई नगरपालिका–३ का ३० वर्षीय अरुण प्रधानलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । हिजो दिउसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदैँ प्रधानलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । त्यस्तै प्रहरी टोलीले को. २५ प ७६५८ नम्बरको मोटरसाईकलमा भारत जोगवनीबाट नेपाल तर्फ आउदैँ गरेका सुनसरी इटहरी–४ का ४० वर्षीय राजेन्द्र के.सि.लाई ७ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।...
विद्युत प्राधिरणको बोलेरो गाडीलाई टिपरले ठक्कर दिँदा एकको मृत्यु, ५ जना घाईते

विद्युत प्राधिरणको बोलेरो गाडीलाई टिपरले ठक्कर दिँदा एकको मृत्यु, ५ जना घाईते

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १८ पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ रञ्जीतपुरमा आज भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको विद्युत् कार्यालय बोदेबर्साइनको प्रदेश २–०१–००१ च ०३३४ नं को बोलेरो गाडीलाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख २६५८ नं को टिपरले पछाडिबाट ठक्कर दिएको थियो । सो ठक्करबाट बोलेरोका चालक बोदेबर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै बोदेबर्साइन नगरपािलका–१० का ३० वर्षीय शैलेश यादव, ३० वर्षीय महेश चौधरी, वडा नं ५ का २६ वर्षीय बृजेशकुमार यादव, ३० वर्षीय जयशङ्कर साह र सिरहाको लहान नगरपालिका–८ का ३५ वर्षीय अरुणकुमार सिहं घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)...
प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान

प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत १८ प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गर्नुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, यहाँस्थित भारतीय राजदूतावासका कार्यबाहक राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतले बिदाई गर्नुभयो । त्यसअघि सरकार प्रमुख औपचारिक विदेश भ्रमणमा निस्कदा सलामी अर्पण गर्ने परम्पराअनुरुप नेपाली सेनाको एक टोलीले प्रधानमन्त्री देउवालाई सलामी दिएको थियो । प्रधा...