Wednesday, July 8News That Matters

Month: ४ वर्ष अगाडि

विवाह गर्ने प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

विवाह गर्ने प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २२ गते । विवाहको प्रलोभन पारी पीडितबाट रकम ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । रामेछाप साँघुटार नगरपालिका–३ घर भई हाल काठमाडौं धापासी बस्ने ५२ वर्षीय लोक बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले पीडितलाई विश्वासमा पारी आफू विरामी रहेको भन्दै आईएमई र सिटी एक्प्रेसबाट पटक–पटक गरी ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । अपराध महाशाखालेको टोलीले उनलाई काठमाडौंको विशालनगरबाट पक्राउ गरेको हो ।...
बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत

बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २२ सरकारको सार्थक प्रयत्न एवं निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगातार सरोकारवाला निकायसँग गर्नुभएको छलफल, मन्त्रालय तहमा भएको द्विपक्षीय एवं बहुपक्षीय संवाद तथा कूटनीतिक पहलले सार्थकता पाएको ऊर्जा क्षेत्रमा चर्चा भइरहेको छ । नेपालको विद्युत् इतिहासमा नै पहिलोपटक औपचारिकरूपमा नेपालको बिजुली भारतको बजारमा प्रवेश पाएको थियो । गत कात्तिकदेखि भारतीय अनुदानमा निर्माण भएको नै सही, ३९ मेगावाट बिजुली बिक्रीको मार्गप्रशस्त भएको थियो । पछिल्लोपटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार आगामी मनसुनको समयमा झण्डै ३६० मेगावाट बिजुली भारतीय बजारमा प्रवेश गर्ने मार्गप्रशस्त भएको छ । यसबाट वर्षाको समयमा खेर जाने बिजुलीले भारतीय बजारमा प्रवेश पाउनेछ भन...
१३ बर्षिया छात्रा ब*ल*त्का*र गर्ने शिक्षकलाई इन्डोनेसियामा मृ*त्यु*द*ण्ड*को सजाय

१३ बर्षिया छात्रा ब*ल*त्का*र गर्ने शिक्षकलाई इन्डोनेसियामा मृ*त्यु*द*ण्ड*को सजाय

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २२ इन्डोनेसियामा एक शिक्षकलाई मृ*त्यु*द*ण्ड*को सजाय आदालतले सुनाएको छ । १३ बर्षिया छाज्ञालाई ब*ल*त्का*रगरेको आरोप अदालतले ति शिक्षकलाई मृ*त्यु*द*ण्ड*को फैसाला सुनाएको हो । बाडुङ्गमास्थित अदालतले गत फेब्रुअरीमा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो । तर अपराधको चर्को विरोध गर्दै ती शिक्षकलाई सोमबार मृ*त्यु*द*ण्ड*को सजाय सुनाएको हो । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई ब*ल*त्का*र गरेको र आठ जना गर्भवती बनाएको अदालतले ठहर गरेको छ। इन्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीहरुले मृ*त्यु*द*ण्ड*को सजायको मागको समर्थन गरेका थिए । तर मानवअधिकार आयोगले भने मृ*त्यु*द*ण्ड*को सजाय उचित नहुने बताएको थियो। पीडित पक्षले अदालतको कदमको विरोध गर्दै मृ*त्यु*द*ण्ड*को माग गर्द...
सांसद शुरेस कुमार राई सहितका माओवादी नेताहरुले गरे अग्नि पिडितलाई आर्थिक सहयोग

सांसद शुरेस कुमार राई सहितका माओवादी नेताहरुले गरे अग्नि पिडितलाई आर्थिक सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २२ माओवादी नेता तथा संघिय सांसद शुरेस कुमार राई (हिमाल) लगायतका नेताहरुले अग्नि पिडितलाई आर्थिक सहयोग गरेको छ । उदयपुरको उदयपुरगढी गाउँपालिकाका १ शिखरपुरका ७ घर अग्नि पिडित परिवारलाई सांसद राई सहितको माओवादी नेताहरुले रु ७५ हजार बराबर आर्थिक सहयोग गरेको हो । राईले पिडितहरुको समस्यामा हल्का भएपनि मलपट्टी लगाउन सकिने भन्दै आफ्नो र अन्य नेताहरुबाट व्यक्तिगत सहयोग गरेको जनाएको छ । आईतबार पिडितहरुकै घरघरमा गई आर्थिक सहयोग सँगै घर निर्माणका लागि सुरक्षित आप्रवास कार्यक्रम मार्फत जस्ता समेत उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । उदयपुर काठमाडौ सम्पर्कमंच, उदयपुरगढी गाउँपालिका दिपक मगरको संयोजनमा राई सहित माओवादी केन्द्रका उदयपुर जिल्ला संयोजक विनोद कटुवाल, माओवादी केन्द्र उदयपुरगढीका अध्यक्ष दिपक लामा, स्थानीय नेताहरु देव गिरी, भुवन मगर लगायतको टोलीले आर्थिक सहयोग ...
१४ औँ बार्षिकोत्सवको अवसरमा एसियन लाईफ गाईघाट शाखाद्धारा  बटुकहरुलाई खाद्यन्न प्रदान

१४ औँ बार्षिकोत्सवको अवसरमा एसियन लाईफ गाईघाट शाखाद्धारा बटुकहरुलाई खाद्यन्न प्रदान

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २१ एसियन लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले शान्तिधामका बटुकहरुलाई खाद्यन्न तथा आर्थिक सहयोग गरेको छ । कम्पनीको १४ औँ बार्षिकोत्सवको अवसरमा शाखाले शान्तिधामका त्रियुगा हंस अमर गुरुकुलमका बटुकहरुलाई आद्यन्न सहयोग गरेको हो । खाद्यन्न गुरुकुलम समितिका अध्यक्ष गिरिराज मणी खतिवाडालाई हस्तान्तरण गरिएको छ । सोमवार शान्तिधाम स्थित गाईघाटका बरिष्ठ ख्यातिप्राप्त व्यवसायी तथा समाजसेवी भरत चाम्लीङ समाज सेवी तथा व्यवसायी किसन राई लगायत कम्पनीका शाखा प्रमुख बालकुमार राईले अध्यक्ष खतिवडालाई खाद्यन्न हस्तान्तरण गरेको हो । खाद्यन्नमा दुईबोरा चामल, ४ प्याकेट दाल, १ बोरा आलु, १ काटुन तेल, ५ प्याकेट नुन, १ काटुन बिस्कुट लगायत अन्य मरमसलाहरु समेत प्रदान गरिएको कम्पनीका गाईघाट शाखा प्रमुख बाल कुमार राईले जनाए । शाखा प्रमुख राईले कम्पनीको १४ बर्षे यात्राको सुखमय अवसरमा बटुकहरुलाई सह...
अनलाइन गेम बिङ्गो खेल्ने १६ जना पक्राउ

अनलाइन गेम बिङ्गो खेल्ने १६ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २१ गते । अनलाइन गेम बिङ्गो खेलेको आरोपमा काठमाडौंको बौद्धबाट प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय पासाङ शेर्पालगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्लाटिङस्थित खाजा घरमा अनलाइन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले नगद ७४ हजार १ सय ५० रूपैयाँ, १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर बरामद गरेको छ ।...
भूकम्पपछि १४६ विद्यालय भवन पुनःनिर्माण

भूकम्पपछि १४६ विद्यालय भवन पुनःनिर्माण

Breaking News 3, समाचार
खोटाङ, चैत २१ गते । विसं २०७२ मा गएको भूकम्प र पराकम्पबाट क्षति भएका १६२ विद्यालय भवनमध्ये १४६ विद्यालयका भवन पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बजेटमा १३० र गैरसरकारी संस्थाको बजेटमा १६ गरी १४६ विद्यालयको भवन पुनः निर्माण सम्पन्न गरिएको हो । दस स्थानीय तह रहेको जिल्लामा १६ विद्यालयको भवन पुनः निर्माणको काम धमाधम भइरहेको शिक्षा विकास तथा समन्वय एकाइका इन्जिनियर बुद्धन यादवले जानकारी दिनुभयो । “जिल्लाभरका ९९ विद्यालयमा आधुनिक शौचालयसहितका भवन निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो, “निर्माणाधीन शौचालयमा किशोरीले स्यानिटरी प्याड डिस्पोज गर्न तथा लगाउन र फेर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।” निर्माणाधीन विद्यालय भवन यही चैत मसान्तभित्र सम्पन्न हुने अवस्थामा रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लामा दुईकोठे, तीन कोठे र चारकोठे पक्की विद्यालय भव...
शिवसताक्षीको पूर्वाधार विकासमा रु ११ करोड

शिवसताक्षीको पूर्वाधार विकासमा रु ११ करोड

Breaking News 3, समाचार
झापा, चैत २१ गते । नगरपालिकाले पाँच वर्षको अवधिमा पर्यटकीयस्थलका पूर्वाधार विकासमा रु ११ करोड २३ लाखभन्दा बढी लगानी गरेको छ । नगरकै गौरवको आयोजनाका रुपमा सताक्षीधाम, दोमुखा, चिल्लागढ, डुडामारी सिमसारलगायत क्षेत्रको पूर्वाधार विकास गरेर वार्षिक लाखौँ पर्यटक भित्र्याउन सफल भएको हो । नगरले कृत्रिम पर्यटकीय क्षेत्र निर्माणमा भन्दा पौराणिक र ऐतिहासिक स्थलको विकासमा विशेष ध्यान दिइएको नगरप्रमुख चन्द्र शेर्माले बताउनुभयो । उहाँका अनुसार अन्य क्षेत्रको तुलनामा दोमुखा पर्यटकीय क्षेत्रको विकासमा सबैभन्दा बढी रु पाँच करोड ९१ लाख खर्च गरिएको छ । दोमुखामा स्विमिङ पुल, चिल्ड्रेन पार्क, कनकाई नदीमा तटबन्धनका लागि मात्र रु छ करोड ६१ लाख खर्च गरिएको थियो । नगरप्रमुख शेर्माले सो क्षेत्रका विकासका लागि नगरपालिकाको रु एक करोड ७५ लाख, केन्द्रीय सरकारको १० लाख, पर्यटन मन्त्रालयको रु एक करोड ३० लाख र प्रदेश ...
बसको ठक्करबाट महिलाको मृत्यु

बसको ठक्करबाट महिलाको मृत्यु

Breaking News 2, समाचार
काठमाडौँ, चैत २१ गते । भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा आज बसले आज ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ना४ख ४४६६ नंको बसले ठक्कर दिँदा मञ्जु बुडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार बजारबाट सामान खरिद गरी बुडालले सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको हो । मृतक महिला ब्रह्मदेव प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक देवसिंह बुडालकी श्रीमती भएको बताइएको छ । ठक्कर दिने बसका चालक फरार रहेका छन् । प्रहरीले चालकको खोजी गरिरहेको छ । रासस...
माछा मार्न गएका युवक बेपत्ता

माछा मार्न गएका युवक बेपत्ता

Breaking News 2, समाचार
काठमाडौँ, चैत २१ गते । माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । मिक्वाखोला गाउँपालिका–२ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनी साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका थिए । नदीले अचानक बगाएपछि उनका साथीहरुले खबर गरेका थिए । घटनाबारे खोज अनुसन्धान र बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गए राति भएको उक्त घटनाबारे आज बिहान मात्र प्रहरीलाई खबर गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक कैलाश राईले बताउनुभयो । रासस...