Wednesday, July 8News That Matters

Month: ४ वर्ष अगाडि

झापामा बङ्गुरपालनतर्फ किसानको आकर्षण

झापामा बङ्गुरपालनतर्फ किसानको आकर्षण

Breaking News 3, समाचार
काठमाडौँ, चैत २१ गते । पछिल्लो समय झापामा बङ्गुरपालनतर्फ किसानको आकर्षण बढेको पाइएको छ । बङ्गुरपालन व्यवसाय प्रवद्र्धनका लागि सरकारले प्रोत्साहनका कार्यक्रममा जोड दिन थालेपछि किसान व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हँुदै गएका हुन् । दुई वर्षअघि कोरोना महामारीले विभिन्न ठाउँमा रोजगारी गर्दै गरेका युवा गाउँ फर्किएपछि स्वरोजगार बन्न पनि गाउँघरमै बङ्गुरपालन थालेकाले किसान बिस्तारै यस कर्ममा बिस्तारै व्यावसायिक बन्दै गएका छन् । झापामा केही वर्षअघिसम्म बङ्गुरपालन गर्ने किसान सीमित सङ्ख्यामा मात्र थिए । तीन वर्षयता जिल्लामा बङ्गुरपालक किसानको सङ्ख्या बढेर पाँच सयभन्दा धेरै पुगेको बङ्गुर व्यवसायी सङ्घ प्रदेश नं १ का अध्यक्ष सञ्जीव कुलुङ्ग राईले बताउनुभयो । त्यसमध्ये जिल्लाको कमल गाउँपालिकामा बङ्गुरपालकको सङ्ख्या धेरै रहेको छ । त्यहाँ गाउँपालिकाले बङ्गुरपालन धेरै गरिएका वडा नं ३ र ४ लाई लक्ष...
श्रीलङ्काका सबै मन्त्रीद्वारा राजीनामा

श्रीलङ्काका सबै मन्त्रीद्वारा राजीनामा

Breaking News 3, समाचार
काठमाडौँ, चैत २१ गते । श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन् । प्रधानमन्त्री महेन्दा राजापाक्षे बाहेक सबै मन्त्रीहरूले राजीनामा दिएको अधिकारीहरूले जनाएका छन् । देशमा आर्थिक सङ्कट बढेपछि सरकारका विरुद्धमा आन्दोलन सुरु भएकाले सरकारले सङ्कटकाल लागू गरेको छ । सङ्कटकालसँगै राजनीतिक सङ्कट बढ्न थालेपछि उनीहरूले राजनीतिक सङ्कट न्यूनिकरण गर्न भन्दै राजीनामा दिएको बताएका छन् । मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएको शिक्षामन्त्रीले पुष्टि गर्नु भएको छ । उहाँका अनुसार मन्त्रीहरूले आइतबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन । राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि रहेको उहाँले जानकारी दिनुभयो । विदेशी मुद्राको अभावका कारण इन्धनको आयातको भुक्तान गर्न नसकिएपछि मुलुकमा बहुपक्षीय सङ्कट उत्पन्न भएको छ । अहिले द...
निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुको सक्रियता बढ्यो

निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुको सक्रियता बढ्यो

Breaking News 2, समाचार
धनकुटा, चैत २१ गते । स्थानीय तह निर्वाचन नजिकिएसँगै यहाँ क्रियाशील राजनीतिक पार्टीले आफ्ना गतिविधिलाई तीव्रता दिएका छन् । चुनावमा आफ्नो पक्षमा मत परिणाम पार्ने होडबाजीमा राजनीतिक पार्टीहरुले आ–आफ्नो सक्रियता बढाएका हुन् । नेकपा ९एमाले०को पकड रहेको धनकुटामा सरकार सम्बद्ध दल गठबन्धन गरेरै भए पनि एमालेलाई पराजित गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउने दाउमा रहेका छन् । एमालेले आफ्नो विरासत जोगाउन निकै सक्रियता बढाइरहेको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा गएको निर्वाचनमा ६० मध्ये ४३ वडासहित सबै पालिका तहमा एमालेले विजयी हासिल गरेको थियो । राजनीतिक दलले केन्द्रीय स्तरका प्रभावशाली नेता जिल्लस्तरीय कार्यक्रममा निमन्त्रणा गराएर जनतालाई आफ्नो प्रभावमा राख्ने अधिकतम प्रयास गरिरहेका छन् । यस पटकको निर्वाचनमा गठबन्धन गरेरै भए पनि आफ्ना उम्मेदवारलाई विजयी गराउने नेपाली कांग्रेसका ...
ग्याँस सिलिण्डर पड्किएर घर जल्दा ३ बालबालिकाको ज्यान गयो

ग्याँस सिलिण्डर पड्किएर घर जल्दा ३ बालबालिकाको ज्यान गयो

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २१ गते । ग्याँसको सिलिण्डर पड्किएर घर जल्दा सिन्धुपाल्चोकमा तीन जना बालबालिकाको ज्यान गएको छ । खाना पकाउने क्रममा जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार बेलुका ७ बजे ग्याँस सिलिण्डर पड्किएर घरमा आगलागी हुँदा तीन जना बालबालिकाको ज्यान गएको हो । आगलागीबाट तामाङ १० वर्षीय छोरा इशाक, कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङका साढे २ वर्षीया छोरी दिव्याको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएकको छ । आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । आगलागीमा मीनबहादुर पनि घाइते भएका छन् । उनको उपचार जारी छ ।...
गाईघाटमा बल्ल तल्ल तेल आयो तर लाउनै समस्या

गाईघाटमा बल्ल तल्ल तेल आयो तर लाउनै समस्या

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २१ गाईघाटको पुरानो पेट्रोल पम्पले तेल वितरण गर्न लागेको छ । बिभिन्न आर्थिक संकट तथा व्यवसायीहरुको आन्दोलनले तेलको हाहाकार र संकट परेको अवस्थामा करिब ५ दिन पछि पम्पले तेल दिन लागेको हो । केही समयदेखी तेल संकटका कारण गाईघाटमा पनि हाहाकार नै मचिएको थियो । तेल नहुँदा सवारी साधनहरुको चाप समेत पूर्ण रुपले घटेको अवस्था थियो । लामो समयदेखी तेल संकटले सवारीहरु थन्किएर बसिरहेको अवस्थामा तेल पाउने भएपछि पम्पमा थामिनसक्नुको भिँडले तेल लाउनै समस्या परेको छ । तेल अभावले सवारीहरुमा आवत जावत गर्ने यात्रु तथा कर्मचारी, व्यवसायी लगायत बिभिन्न क्षेत्रहरुमा ठुलो असर पारेका थिए । गाईघाटको पुरानो पेट्रोल पम्मा तेलका लागि ठुलो घुँईचो लागेको छ । भिँडले अस्तव्यस्त रहेको अवस्थामा तेल लगाउनै समस्या परेको छ । त्यहाँ नेपाल प्रहरी तथा ट्राफिक प्रहरीहरु सहितको व्यवस्थामा तेल वितरण गर्ने जना...
त्रिनपा १६ मा ऐलानी जग्गा नापी सँगै वाडवासीहरुमा खुसी, लालपुर्जा बाँड्न हतारो  :  मेयर

त्रिनपा १६ मा ऐलानी जग्गा नापी सँगै वाडवासीहरुमा खुसी, लालपुर्जा बाँड्न हतारो : मेयर

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २० त्रियुगा नगरपालिकाको १६ नं वडामा पनि ऐलानी जग्गा नापी सुरु भएको छ । अव्यवस्थित वसोवासलाई व्यवस्थित बनाउने उदेश्यले नगरको १६ ओटै वडाहरुमा जग्गा नापी तथा लागत संकलन गर्ने अभियान अन्तर्गत १६ नं वडामा पनि नापी सुरु भएको हो । आईतबार वडाको साहिखोला स्थित गैरी टोल विद्यालयमा जग्गा नापी कार्यक्रमको उद्घाटन नगर प्रमुख वलदेव चौधरीले गरे ।  त्रियुगा नगरपालिकाको बिभिन्न वडाहरुमा यसको काम सुरु भैसकेको र आईतबार बाट १६ नं वडामा पनि नापी सुरु भएको  वडाअध्यक्ष मान वहादुर राईले जनाए । राईले १६ नं वडामा विवाद रहित नापी कार्य तथा लागत संकलनमा सबैलाई सकरात्मक सहभागीका लागि पनि अनुरोध गरे । उनले धेरै आयोगहरुले लालपुर्जाका लागि जनताहरुलाई पटकपटक झुक्याई रहेको अवस्थामा अव स्थानीय सरकारले भने जनताहरुलाई लालपुर्जा प्रत्यक्ष रुपमा बाँडेरै छाड्ने गरी काम सुरु गरेको जनाए । त्रियुगा नगर...
पोखरा महानगरमा थपिए सबैभन्दा धेरै मतदाता

पोखरा महानगरमा थपिए सबैभन्दा धेरै मतदाता

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २० गते । पाँच वर्ष अगाडी भएको स्थानिय तहको निर्वाचनको बेला भन्दा आगामी बैशाख ३० गते हुने निर्वाचनमा मतदाता संख्या बढेका छन् । सबै भन्दा बढी पोखरा महानगरमा मतदाता थपिएका हुन् । आगामी निर्वाचनका सन्दर्भमा देशमा ६ महानगरपालिका र ११ पमहानगरपालिकामा मतदाता संस्था बढेको छ । बितेको ५ वर्षमा सबै भन्दाबढी पोखर महागरपालिकामा ३९ हजार ६ सय ४३ मतदाता, विराटनगर महानगरपालिकामा १९ हजार ३ सय ८१ मतदाता, काठमाडौँ महानगरपालिकामा २० हजार ९ सय ३३ मतदाता, ललितपुर महानगरपालिकामा ९ हजार ९ सय ६८ मतदाता, भरतपुर महानगरपालिकामा ३५ हजार ४७८ मतदाता र वीरगन्ज महानगरपालिकामा १६ हजार १४६ मतदाता बढेका छन् । यस्तै, देशका ११ उपमहानगरहरू अन्तर्गत इटहरी उपमहानगर पालिकामा २६ हजार ९२९ मतदाता, धरान उपमहानगर पालिकामा २१ हजार ३४ मतदाता, जीतपुर सिमरा उपमहानगरपालिमा १३ हजार ४०४ मतदाता, जनकपुर उपमहानगर पालिकामा ११ ...
होटलको कोठामा मृत फेला परेकी महिलाको हत्यामा संग्लग्न पक्राउ

होटलको कोठामा मृत फेला परेकी महिलाको हत्यामा संग्लग्न पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २० सुनसरीको धरान उप–महानगरपालिका–१८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा यही फाल्गुन १७ गते मृत फेला परेकी महिलाको पहिचान भएसंगै उनको हत्यामा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका–६ धनकुटाका २४ बर्षीय जिवन उपनामका बिनेश राना रहेका छन् । फाल्गुन १७ गते बिहान ७ बजेको समयमा होटलको कोठामा १ जना महिला मृत रहेको भनी जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई घटना सम्वन्धमा अनुसन्धान शुरु गरेको थियो । तत्काल पहिचान नखुलेकी महिला मृत अवस्थामा रहेको पाए संगै पहिचान गर्ने क्रममा मिक्लाजुङ गाउँपालिका–१ पाँचथर घर भई हाल ईटहरी–५ मा बस्दै आएकी ३९ बर्षीया सुमित्रा तामाङ रहेको खुलेको थियो । यसरी मृतकको पहिचान खुलेसंगै उक्त घटनामा संग्लग्नको खोजतलास गर्ने क्रममा रानालाई फाल्गुन २१ गते बेलुका धनकुटाक...
त्रिनपा १६ जाँतेमा निःशुल्क स्वास्थ्य शिविर, १६१ भन्दा बढीको परिक्षण

त्रिनपा १६ जाँतेमा निःशुल्क स्वास्थ्य शिविर, १६१ भन्दा बढीको परिक्षण

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २० गते । उदयपुरको त्रियुगा नगरपालिका–१६ जाँतेमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १ सय ६१ जना भन्दा बढीले स्वास्थ्य परिक्षण गराएका छन् । त्रियुगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जनता सँग मेयर कार्यक्रम अन्तर्गत शनिबार १ सय ६१ महिला तथा जेष्ठ नागरिकले आधारभूत स्वास्थ्य परिक्षण गराएका हुन् । महिलाहरुको पाठेघरको जाँच, उपचार तथा व्यवस्थापन, जेष्ठ नागरिकको मुटु, मृगौला सम्बन्धि जाँच उपचार , कोभिड–१९ विरुद्धको खोप ,ल्याव तथा ईसिजी , परिवार नियोजनका अस्थायी साधन आयुसिडी,ईम्प्लान्ट, नि शुल्क औषधी वितरणल गाएतका सेवाहरु प्रदान गरिएको वडा नम्बर १६ का वडा अध्यक्ष मान बहादुर राईले बताउनुभयो ।...
प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास

प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २० भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गर्नुभयो । सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो । नेपाल सरकारले वृद्धाश्रमका निम्ति रु एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ । यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आज यहाँ दिवाभोजको आयोजना गर्नुभयो । त्यसअघि उहाँहरुबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । प्रधानमन्त्...