Wednesday, July 8News That Matters

Month: ४ वर्ष अगाडि

डाक्टर मृत फेला परेको विषयमा सत्य, तथ्य पत्ता लगाउन नोबेल अस्पतालको माग, हत्या भएको भन्दै परिवारका सदस्य, आफन्तहरुले तथा समर्थकले गरे टायर बालेर प्रदर्शन

डाक्टर मृत फेला परेको विषयमा सत्य, तथ्य पत्ता लगाउन नोबेल अस्पतालको माग, हत्या भएको भन्दै परिवारका सदस्य, आफन्तहरुले तथा समर्थकले गरे टायर बालेर प्रदर्शन

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २० विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत डा. विजय कुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन अस्पतालले माग गरेको छ । नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले आइतवार एक विज्ञप्ती जारी गर्दै डा. यादवको मृत्युको विषयमा यथाशिघ्र अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन माग गरेका हुन् । ‘यस अस्पतालको अर्थोपेडिक विभागमा २०७६ जेठ ६ गतेदेखि मेडिकल अफिसरको पदमा कार्यरत सप्तरीको मलेखपुर–६ खुरखुरीया घर भएका डा. विजय कुमार यादवको शव विराटनगर–४ स्थित आफू बस्ने घरको कम्पाउन्डमा शंकास्पद रुपमा भेटिएको विषयमा सम्बन्धित निकायबाट यथाशिघ्र अनुसन्धान भई सत्य, तथ्य पत्ता लगाउन जोडदार माग गर्दछौं ।’ विज्ञप्तीमा उल्लेख छ । उनी लगनशिल र मिलनसार स्वाभावका भएको स्मरण गर्दै उनको निधनप्रति अस्पतालले दुःख व्यक्त गरेको छ । डा.यादव विराटनगर–४ स्थि...
गाईघाटको स.सा. होलमा आगलागी : ५ लाख बराबरको क्षती, एक जना घाईते

गाईघाटको स.सा. होलमा आगलागी : ५ लाख बराबरको क्षती, एक जना घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २० गते । गाईघाटको एक होटलका आगलागी हुँदा करिब ५ लाखँ बराबरको क्षती भएको छ । त्रियुगा नगरपालिका–११ पिपल चोक स्थित स.सा. होटलमा आज बिहान करिब साढे ९ बजे ग्याँस लिक भइ आगलागी भएको होटल सञ्चालक भिमबहादु राईले बताउनुभयो । किचेनमा खान बनाउने समयमा आगो लाग्दा होटका भाडाकु, मिक्चर, खाद्यान्न वस्तु तथा पिय पदार्थ (कोक, हिउ, वियर) जलि करिब ५ लाख बराबरको क्षति भएको हो । आगो निभाउने क्रममा होटेल सञ्चालकले ग्यास सिलिन्डर बाहिर निकाल्दा हातखुट्टामा पोलेर राई सामान्य घाईते समेत भएका छन् ।...
जलवायुअनुकूलन र जैविक खेतीका लागि प्रोत्साहन गर्दै ‘नलेज पार्क’

जलवायुअनुकूलन र जैविक खेतीका लागि प्रोत्साहन गर्दै ‘नलेज पार्क’

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २० काभ्रेपलाञ्चोकका गाउँगाउँमा सञ्चालित ज्ञानोद्यान किसानको प्राविधिक सहयोगीको आधार बन्न सफल भएको छ । कृषि समूहका निश्चित क्षेत्रमा नमुनाका रूपमा सञ्चालित सो उद्यानकै कारण किसानलाई कृषि प्राविधिक खोज्ने झन्झट करिबकरिब हटेको छ । यसले किसानलाई रोग÷किरा कसरी व्यवस्थापन गर्ने, के औषधि राख्ने, प्राङ्गारिक बाली उत्पादन कसरी गर्ने र जलवायु परिवर्तन अनुकूलन खेती प्रणाली कसरी अपनाउने भनेर ज्ञान दिएको छ जसले बाली उत्पादन बढाएको र जैविक प्रविधिको प्रयोगले वातावरण संरक्षणमा सहयोग पु¥याएको छ । “नलेज पार्कमा १०÷१२ थरीका प्रविधि प्रयोगमार्फत कृषिसम्बन्धी ज्ञान लिइन्छ, अर्गानिक खेतीमा जान सहयोगी भएको छ, यो हाम्रा लागि भरपर्दो एक सिकाइ केन्द्रको हो”, नमोबुद्ध नगरपालिका –६, चरङ्गेका भरतप्रसाद न्यौपानेले भन्नुभयो । भकुन्डे कृषि उपज सङ्कलन केन्द्र र त्यसअन्तर्गत राधाकृष्ण कृषक समूह ९...
नेपाल आयुर्वेद औषधी व्यवसायी संघ उदयपुरको दोस्रो अधिवेशन सम्पन्न

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ उदयपुरको दोस्रो अधिवेशन सम्पन्न

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र २० नेपाल आयुर्वेद औषधी व्यवसायी संघ उदयपुरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार गाईघाट स्थित दोस्रो अधिवेशनले तारा प्रसाद चौधरीको नेतृत्वमा ८ जनाको समिति समेत बनाएको छ । संघकाका निवर्तमान अध्यक्ष ओमराज लिम्वुको अध्यक्षता तथा प्रदेश नं १ का अध्यक्ष जगत बहादुर भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यसमितिमा अध्यक्षमा तारा प्रसाद चौधरी सँगै उपाध्यक्षमा कविता कुमारी शाही, सचिव अर्जुन मेहेता, कोषाध्यक्ष पूजा भट्ट र सदस्यहरुमा पशुपति शाह, महाकान्त चौधरी, रमेश कुमार शाह र रामकुमारी शाह रहेकी छिन् । यता जिल्लाले केन्द्रिय प्रतिनिधि पनि चयन गरेको छ जसमा, तारा प्रसाद चौधरी,ओमराज लिम्बू ,तेज बहादुर कटुवाल, पशुपति कुमार शाह र अर्जुन मेहत्ता रहेको छ । कार्यक्रमका प्रमुख अतिथि भट्टराईले नेपाल आयुर्वेद व्यवसायी संघ व्यवासायीहरुको साझा घर रहेको जनाएको...
सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, एक जना घाईते

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, एक जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २० सुनसरी र झापाका तिन छुट्टाछुट्टै स्थानमा एकै दिन भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ मा मोटरसाइइृकल दुर्घटना हुँदा चालक स्थानीय २३ बर्षीय अमृत बि.क.को मृत्यु भएको छ । हिजो दिउँसो को ३१ प ५३९६ नम्बरको मोटरसाकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भिर घाईते भएको बि.क.लाई उपचारको लागी बिराटनगरको बिराट नर्सिङ होममा पठाईएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । झापाको गौरादह नगरपालिका–१ मा हिजो बेलुका पानी बोक्ने ट्याङकरमा मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक स्थानीय ३६ बर्षीय राम सोरेन रहेका छन् । सडकमा बिग्रिएर रोकि राखेको को १ ख २४७९ नम्बरको पानी बोक्ने ट्याङकरमा मे २ प ३९१२ नम्बरको मोटरसाईकल ठोक्किदा उनको घटनास्थलमा नै ...
अबिरल वर्षासंगै परेको चट्याङले लागेर भरिबल खेलाडीको मृत्यु

अबिरल वर्षासंगै परेको चट्याङले लागेर भरिबल खेलाडीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २० गते । ताप्लेजुङको सिरिजंघा गाँउपालिका–२ लासा टोलका २३ वर्षीय मुकेश भट्टराईको चट्याङले लागेर ज्यान गएको छ । हिजो राति पौने ९ बजे अबिरल वर्षासंगै परेको चट्याङले लागेर घाईते भएका भट्टराईलाई तत्काल उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा उपचारको उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।...
घरबाट हराई बेपत्ता भएकी महिला नदीमा मृत अवस्थमा फेला

घरबाट हराई बेपत्ता भएकी महिला नदीमा मृत अवस्थमा फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २० ओखलढुङगा खिजिदेम्बा गाँउपालिका–७ कि ५८ बर्षीया गोमा माया परीयार चैत्र ६ गते घरबाट कोहि कसैलाई नसोधि हिडी हराई बेपत्ता भएकि थिईन् । परीयारको खोज तलास गर्ने क्रममा हिजो बिहान ११ बजे खिजिदेम्बा–७ स्थित लिखु नदीमा डुवी मृत अवस्थमा फेला परेकि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटना सम्बनधमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा चुनावी मोर्चा : केन्द्रमा सहमति नभए पनि जिल्लामा गठबन्धन गरेर मैदानमा उत्रने पाँच दलका नेताहरुको भनाई

उदयपुरमा चुनावी मोर्चा : केन्द्रमा सहमति नभए पनि जिल्लामा गठबन्धन गरेर मैदानमा उत्रने पाँच दलका नेताहरुको भनाई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत २० गते । बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि उदयपुर जिल्लाका गठबन्धनमा आबद्ध रहेका पाँच दलका नेताहरुले मोर्चाबन्दी गरेर चुनावी मैदानमा उत्रने निर्णय गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा गरी पाँच दलका नेताहरुले शुक्रबार एक बैठक गरी निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका हुन् । नेपाली काँग्रेस उदयपुरका जिल्ला सभापति हिमाल कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष विनोद कटुवाल (दिवस), नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक राममणि पोखरेल, जनता समाजवादीका केन्द्रीय सदस्य खेमनारायण यादव (राहुल) र राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्ष लिल कुमार राई, प्रदेश सांसद नारायण बुर्जामगर, कैलाश राई सहितको उपस्थितिमा आगामी स्थानीय तहको निर्वाचनमा अधिकतम लचकताका साथ चुनावी तालमेल गर्ने निर्णय ...
पौडी खेल्ने क्रममा पानीमा डुबी बालकको मृत्यु

पौडी खेल्ने क्रममा पानीमा डुबी बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २० झापाको दमक नगरपालिका –२ सिपेनि सिमसार स्थित जमेको पानीमा पौडी खेल्ने क्रममा डुबी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका पुष्प कुमार राईको १४ बर्षीय छोरा मोहन राई रहेका छन् । हिजो दिउसो साढे २ बजे साथीकोमा जान्छु भनि घरबाट निस्केका राईको पौडी खोल्ने क्रममा पानीमा डुबि मृत्यु भएको भनि खबर पाएपछि इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले मृत अवस्थामा बालक लाई पानीबाट बाहिर निकालेको हो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ...
इटहरीमा भएको बम विष्फोटमा संलग्न मुख्य योजनाकासहित ४ जना पक्राउ

इटहरीमा भएको बम विष्फोटमा संलग्न मुख्य योजनाकासहित ४ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २० गते । इटहरीमा गत चैत १४ गते भएको बम विष्फोटमा संलग्न मुख्य योजनाकारसहित चार पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–२ का अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने लक्ष्मी देवी थापाको कोठामा भएको बिष्फोटमा संलग्न चार जनालाई जिल्ला प्रहरी कार्यालय सनसरीले सार्वजनिक गरिएको छ । इटहरी उप महानगरपालिका–२ का श्रेष्ठको घरमा डेरा गरी बस्ने ३२ वर्षीया लक्ष्मी देवी थापा, निजको छोरा १८ वर्षीय रबिन थापा, ढोडेनी गाउँपालिका–७ लम्जुङका २३ बर्षीय शेरजंग गुरुङ र कन्काई नगरपालिका–८ झापाका ४३ वर्षीय संजय भन्ने खगेन्द्र खरेल पक्राउ परेका हुन् । चैत्र १४ गते राती १० बजे लक्ष्मी देवी थापाको कोठामा बम विष्फोटको घटना भएकोमा तत्काल इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खडका सहितको प्रहरी टोलीले घाईते अवस्थामा फेला परेका रविन थापा र शेरजंग गुरुङलाई उपचारको ...