त्रियुगा–२ का अध्यक्ष उम्मेदवार राम श्रेष्ठ चौधरीको चुनावी प्रचार व्यापक
पूर्णपुष्टि, वैशाख २१ गते ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ बाट अध्यक्ष पदको लागि उम्मेदवार रहेका राम श्रेष्ठ चौधरीले चुनावी प्रचार–प्रसारलाई व्यापक बनाएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै चौधरी वडावासीको घर–घरमा पुगेर जनताको मन जित्दैँ चुनावी जतिविधिलाई अगाडी बढाएको हो ।
चुनाव आउन मात्र ९ दिन बाँकी रहेकाले चुनावी प्रचार प्रसारलाई चौधरीले तीब्रता दिएका छन् । चौधरीले वडाको नेतृत्व पाएको खण्डमा आफ्नो सेवा सुविधा जनताको निम्ति प्रयोग गर्ने जनाएको छ । वडाबाट प्राप्त हुने सम्पूर्ण सरकारी सेवा सुविधाबाट जनतालाई आवश्यकीय बस्तुहरु उपलब्ध गराउने जनाए । म जनताहरुको काम गर्न र वडाको विकास गर्नका लागि उम्मेदवारी बनेको हुँ, यदी मैले वडाको नेतृत्व पाएमा आफ्नो सेवा सुविधा बापतको रकमले “सहिद स्मृति फाउण्डेसन त्रिनपा २” स्थापना गर्ने छु,” “उनले भने, चौधरीले वडाको सेवा सुविधालाई सदुपयोग गर्दै ...








