Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

न्यु मेक्सिकोमा भीषण आगलागी

न्यु मेक्सिकोमा भीषण आगलागी

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख १८ संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ । यसअघि नै ९७,००० एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि अधिकारीहरूले बताएका छन्। ूसो क्षेत्रभरि हावाको गतिले तीव्र गतिमा आगो लस भेगास तर्फ पूर्व र ग्यालिनास क्यान्यनमा दक्षिणतिर फैलिएको थियो। हावाको तीव्रप्रवाहले आगलागी अनुमान भन्दा छिटो भैलिरहेको बताइएको छ। यो तीव्रता आज पनि जारी रहनेछ,ू सान्ता फे नेसनल फरेस्ट ९क्ँल्ँ० का आगो प्रबन्धकहरूले काफ क्यान्यन र हर्मिट्स पीकमा शनिबार उल्लेख गरेका छन् । डढेलोले ९७ हजार ६४ एकड जमिन जलेको बताइएको छ। विगत २४ घण्टामा ३० हजार एकड क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणमा ल्याउन अहिले १ हजार २० जना अग्निनियन्त्रक आगो निभाउने काममा जुटेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यु मेक्सिकोका केही भागमा मानिसहरूलाई सम्भावित खतरनाक ठाउँ छाड्न आदेश जारी गरिएक...
सबारी दुर्घटनामा ८ बालबलिकाको ज्यान गयो, चार जना घाईते

सबारी दुर्घटनामा ८ बालबलिकाको ज्यान गयो, चार जना घाईते

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख १८ शनिबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि ८ जना बालबालिकाको ज्यान गएको छ । अरु चार जना घाइते भएका बताइएको छ । इजिप्टको डेल्टा प्रान्तको नेहिजार सहरमा सडकमा सवार १२ जना बालबालिकालाई एक सवारीले ठक्कर दिएको थियो । त्यसपछि उनीहरु पानीको नहरमा खसेका थिए । नहरमा खसेर गम्भीर बनेका उनीहरुमध्ये आठ जना बालबालिकाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन् । घाइतेहरुको उपचार जारी रहेको यहाँका प्रान्तीय प्रहरी प्रमुखले जानकारी दिएका छन् । उनका अनुसार सो सवारीका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । (रासस)...
सुनको मूल्य तोलाको रु ९९ हजार

सुनको मूल्य तोलाको रु ९९ हजार

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १८ सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु २०० ले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार ३०० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ । (रासस)...
उदपुरमा मुख्य निर्वाचन अधिकृतद्धारा निर्वाचन अधिकृतको कार्यालय निरिक्षण

उदपुरमा मुख्य निर्वाचन अधिकृतद्धारा निर्वाचन अधिकृतको कार्यालय निरिक्षण

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १८ गते । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै मुख्य निर्वाचन अधिकृत दिपक खनालले निर्वाचन अधिकृतको कार्यालय निरीक्षण गर्नुभएको छ । निर्वाचन आयोगको तालिका बमोजिम हिजो उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएसंगै उम्मेदवारहरु भोट माग्न व्यस्त हुन थालेका छन् । निर्वाचन अधिकृतको कार्यालयको तयारी, मतदान स्थल लगायतका विषय बुझ्न भन्दै मुख्य निर्वाचन अधिकृत खनानले कटारीस्थित अधिकृतको कार्यालय तथा सो क्षेत्रका मतदान स्थलको निरिक्षण गर्नुभएको हो ।...
सन्दर्भ अन्तर्राष्ट्रिय श्रमिक दिवस  श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन

सन्दर्भ अन्तर्राष्ट्रिय श्रमिक दिवस श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन

Breaking News 1, समाचार
काठमाण्डौँ, बैशाख १८ ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ । एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । अन्र्राष्ट्रिय श्रमिक दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ । नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले आज बिहान श्रमिक अधिकारको पक्षमा दबाब दिने उद्देश्यले पदयात्राको आयोजना गरेको छ । भृकुटीमण्डपबाट सुरु हुने पदयात्रा सहिदगेट, न्यूरोड गेट, रत्नपार्क हुँदै बागबजारस्थित भक्तपुर बसपार्कमा पुगेर सभामा परिणत हुनेछ । यस्तै नेपाल ट्र...
श्रमिकको गुनासो– महङ्गी बढ्यो तर हाम्रो ज्याला बढेन

श्रमिकको गुनासो– महङ्गी बढ्यो तर हाम्रो ज्याला बढेन

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख १८ पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद छैन । उहाँ आइतबार पनि पाल्पाको रामपुरमा सडक निर्माणका काममा बिहानैदेखि खटिसक्नुभएको छ । दश वर्षको उमेरदेखि सडक, भवन तथा पुल, पुलेसा, सामान ओसारपसारजस्ता विभिन्न क्षेत्रमा मजदुरी गर्दै आउनुभएको छ । यसरी नै उहाँले करिब तीन दशक बिताउनुभयो । श्रमिक दिवसको दिन पनि उहाँले आराम गर्ने समय पाउनुभएको छैन । उहाँ भन्नुहुन्छ, “श्रमिक दिवस भनेको के हो ? हामीलाई त काम नै ठूलो छ, काम गरिएन भने घरमा चुल्हो बल्दैन, अहिलेसम्म श्रमिक दिवसको दिन ठेकेदार, साहुले बिदा दिएको पनि पत्तो छैन, आफ्नै काममा दैनिकी बितिरहेको छ ।” उहाँ मजदुरी गरेवापत दैनिक रु ६०० ज्याला बुझ्नुहुन्छ । त्यसैबाट चार छोराछोरी र श्रीमत...
‘मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्छ ’

‘मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्छ ’

Breaking News 3, आर्थिक, समाचार
काठमाण्डौँ, बैशाख १८ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मजदुरको आर्थिक हैसियत उठाउन सके मात्र लोकतन्त्रको उपादेयता सार्थक हुने बताउनुभएको छ । “रातदिन श्रम गरेर जीविकोपार्जन गर्ने श्रमजीवीको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास मैले लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ । विसं २००७ को ऐतिहासिक जनक्रान्तिको जग नै विराटनगर मजदुर आन्दोलन रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेसको जननिर्वाचित सरकारले विसं २०१६ मा कारखाना र मजदुरसम्बन्धी कानुन तर्जुमा गरेर मजदुरलाई कानुनसम्मत अधिकार प्रदान गरेको स्मरण गर्नुभएको छ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन...