Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

एमालेका कार्यकर्ताले खुकुरी प्रहार गरी माओवादीका ३ कार्यकर्ता घाइते बनाएको आरोप

एमालेका कार्यकर्ताले खुकुरी प्रहार गरी माओवादीका ३ कार्यकर्ता घाइते बनाएको आरोप

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १८ गते । नेकपा एकालेका कार्यकर्ताको समूहले खुकुरी प्रहार गरी माओवादी केन्द्रका तीन कार्यकर्तालाई घाइते बनाएको आरोप रहेको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा झडप हुँदा माओवादीका तीन कार्याकर्ता घाइते भएको छ । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यर्तालाई घाइते बनाएको आरोप लागेको छ । आफ्नो पार्टीको चुनाव प्रचारमा खटिरहेका एमाले पक्षबाट आक्रमण भएको माओवादीले दाबी गरेको छ । माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतवार प्रेस विज्ञेप्ती जारी गर्दै एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपिटको भर्त्सना गर्दै दोषीमाथि कडा कारावही गर्न प्रशासनसँग माग गरेका छन् । उनले आगामी दिनमा यस्ता अवाञ्चित गतिविधि नगर्न र घटना दोहोरिन नदिन पनि एमालेलेलाई सचेत गराएका छन् ।...
३५ हजार २२१ पदका लागि एक लाख ५३ हजार २२०

३५ हजार २२१ पदका लागि एक लाख ५३ हजार २२०

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १८ मुलुक सङ्घीय संरचनामा गएपछि दोस्रो पटक यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ३५ हजार २२१ पदका लागि कूल एक लाख ५३ हजार २२० जनाले उम्मेदवारी दिएका छन् । विद्यमान कानुनी व्यवस्थानुसार मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा छन् । यी स्थानीय तहमध्ये महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा प्रमुख÷उपप्रमुख, गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष, वडाहरुमा वडाध्यक्ष र सदस्य पदमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार यही वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ छन् । तीमध्ये पुरुष मतदाता ८९ लाख ९२ हजार १०, महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार ५३० र अन्य मतदाताको सङ्ख्या १८३ रहेको छ । त्यसैगरी यस निर्वाचनका लागि १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्रको व्यवस्था गर...
मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य उम्मेदवारको निधन

मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य उम्मेदवारको निधन

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १८ आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनुभएका एक जनाको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिनुभएका कुसुमी पासिनको शनिबार मृत्यु भएको हो । उहाँको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताउनुभयो । उहाँले निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाउने उल्लेख गर्नुभयो । (रासस)...
सेवा सुविधा नलिने त्रियुगाकै उदाहरणीय वडाअध्यक्ष उम्मेदवार राईले वडावासीको मन जित्दै

सेवा सुविधा नलिने त्रियुगाकै उदाहरणीय वडाअध्यक्ष उम्मेदवार राईले वडावासीको मन जित्दै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १८ त्रियुगा नगरपालिका ११ का लागि गठबन्धन तर्फको वडाअध्यक्ष उमम्ेदवार कालिदास राई (किसन) यति वेला जनताहरुको घरमा मत माग्न व्यस्त छ । वडाअध्यक्षको उम्मेदवार दिँदै गर्दा राईले जनताको लागि व्यक्तिगत ऐजेन्डा समेत बनाएको छ । राईले आफु अध्यक्ष भैहालेमा वाडा बाट प्राप्त कुनै पनि सरकारी सुविधा नलिने प्रतिवद्धता पनि जनाएको छ । उनले वडावाट प्राप्त हुने आफ्नो सेवा सुविधा वापतको रकम सबै वडावासीको लागि आकस्मिक कोषमा जम्मा गर्ने जनाए । राईले आफ्नो पार्टीगत र व्यक्तिगत ऐजेण्डा प्रस्तुत गर्दै जाँदा जनताहरुले आशलाग्दो व्यक्तीको रुपमा स्वीकार गरेको छ । आईतबार ११ नं को शिवालय टोल लगायतको वस्तीहरुमा पुगेर राईले जनता समक्ष आफ्नो लागि अमुल्य भोट मागेका थिए । राईले आफु पारिवारिक स्रोतले सक्षम रहेकाले पनि वडाको बजेट दुरुपयोगमा कुनै संका नगर्न जनताहरुलाई सुझाएको छ । खान लगाउन पुग्छ मेरो स्वा...
२ ठूला दल एमाले र काँग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान

२ ठूला दल एमाले र काँग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १८ गते । देशका दुई ठूला दल नेकपा एमाले र काँग्रेस कार्यकता बीचमा खुकुरी हानाहन भएको छ । स्याङ्को चापाकोटमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा वीपी चोकमा दुई दल बीच झडप हुँदा एमालेका एक कार्यकर्ता घाइते भएको हो । खुकुरी प्रहारबाट कार्यकर्ता नारायण हिस्कीमगर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जानकारी दिए । घाइते हिस्कीमगरलाई उपचारका लागी गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको छ । घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र उनीहरूलाई खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।...
‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास सम्पन्न

‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास सम्पन्न

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १८ विराटनगर विमानस्थलमा आज बिहान आगोको ठूलो मुस्लोसहितको धुँवा, वारुणयन्त्र र एम्बुलेन्सको साइरनले यस क्षेत्रका वरिपरि बस्ने नागरिकलाई ठूलो दुर्घटना भएको आशङ्काले त्रसित बनाएको थियो । विमानस्थलमा आज बिहान गरिएको ‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास कार्यक्रमले यस क्षेत्रका वरिपरि बस्ने नागरिकलाई ठूलो दुर्घटना भएको आशङ्काले त्रसित बनाएको थियो । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास गरिएको नागरिक उड्ययन कार्यालय विराटनगरले जनाएको छ । यो अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देखिएको थियो । ‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास गरिएको थाहा पाएपछि स्थानीयवासीले राहत गरेका थिए । विराटनगरबाट उडान भरेको विमान आकाशमा चरा...
आफ्नै १२ वर्षीया छोरी करणी गरेको अभियोगमा एक पक्राउ

आफ्नै १२ वर्षीया छोरी करणी गरेको अभियोगमा एक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १८ गते । आफ्नै १२ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा खोटाङका एक पुरुष पक्राउ परेको छ । छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय बाबु पक्राउ परेको हो । आफ्नै छोरीलाई घाँटी समाएर डर त्रास देखाएर करणी गरेको सूचना आए लगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरीको टोलीले अभियुक्तलाई खोजतलास गर्नेक्रममा शुक्रबार महेश्वरीबाटै प क्राउ परको छ । पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी हाडनाता करणी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।...
लिम्चुङबुङ ३ बारामा जनता समाजवादीका श्याम राई भोट माग्न व्यस्त

लिम्चुङबुङ ३ बारामा जनता समाजवादीका श्याम राई भोट माग्न व्यस्त

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १८ गते । लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका श्याम कुमार राई जनतासँग भोट माग्न व्यस्त हुन थालेका छन् । जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिइका राई जनताको घर–घरमा पुगी भोट माग्न थालेका हुन् । विदेशमा सिकेको सिपले आफ्नो गाँउ विकास गर्ने भन्दै श्याम राई चुनावमा होमिएका छन् । उनले आफ्नो प्रतिवद्धतामा शौचालय नभएका पालिकालाई बनाउन १० हजार प्रदान गर्ने , खरको छानो विस्थापित गर्न ५० हजार अनुदान दिने एजेण्डासहित भोट मागिरहेका छन् । जनता समाजवादी पार्टीले लिम्चुङबुङका–३, ४ र ५ मा वडाध्यक्षका उम्मेदवारलाई चुनावमा उठाएका छन् । साथै वडाध्यक्षका उम्मेदवार राईले आफनो परिश्रमिकको निश्चित रकम अक्षयकोषमा जम्मा गरी प्राकृतिक प्रकोपबाट बचाउन हुने जोखिमलाई समाधान गर्नका निम्ती खर्च गर्ने घोषणा गरेका छन् ।...
बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १८ बाघको आक्रमणबाट पूर्वी चितवनमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ का ६५ वर्षीय नारायण दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आज बिहान घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो । दाहाललाई बिहान ८ बजे बाघले आक्रमण गरेको हो । आक्रमणमा पर्नुभएका दाहालको घटनास्थलभन्दा एक किलोमिटर पर शव भेटिएको कार्यालयले जनाएको छ । शव बिहान १० बजे भेटिएको हो । (रासस)...
उदयपुरमा कांग्रेसले बागी उम्मेदवारलाई गर्यो पार्टीबाट निस्काशित

उदयपुरमा कांग्रेसले बागी उम्मेदवारलाई गर्यो पार्टीबाट निस्काशित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १८ गते । पार्टी अधिकारिका उम्मेवार विरुद्ध बागी उम्मेवारी दिएका नेतालाई नेपाली कांग्रेस उदयपुरले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरको छ । जिल्लाका पार्टी सभापति हिमाल कार्कीले वैशाख १७ गते विज्ञप्ती जारी गर्दै साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएको हो । विज्ञप्तीमा भनिएको छ “ केन्द्रीय कार्यालयको वैशाक १६ गतेको पत्र र नेपाली कांग्रेस उदयपुरको प्रेष विज्ञप्ती पत्रबाट वैशाख १४ गते गरिएको अनुरोध पत्रानुशार पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिई तोकेको समयमा आफ्नो उम्मेदवारी फिर्ता नलिएका साथिहरुलाई पहलो चरणमा नेपाली कांग्रेसको विधाननुशार निस्काशन गरिएको छ । नेपाली कांग्रेस उदयपुरले चौदण्डीगढी नगरपालिकामा प्रमुखमा बागी उम्मेदवारी दिएका प्रशासन्न राई, कटारीका प्रमुखमा उम्मेदवारी दिएका थापा, सोही नगरका उप–प्रमुखकी उम्मेदवार मन कुमारी भूजेल, ताप...