Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

मेघ गर्जन÷चट्याङसहित वर्षा

मेघ गर्जन÷चट्याङसहित वर्षा

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १९ हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेकोे छ । यही प्रभाव रहदा देशभर हाल आंशिकदेखि सामान्य बदलीको अवस्था छ । प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि बदली छ । कतिपय स्थानमा छिटफुट वर्षसमेत भइरहेको छ । दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदी रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बागमती प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ...
लागुऔषध कारोबारी र दुव्र्यसनी पक्राउ

लागुऔषध कारोबारी र दुव्र्यसनी पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १९ जिल्ला प्रहरी कार्यालयले चालुआर्थिक वर्षको हालसम्म ९१ लागुऔषध कारोबारी र दुव्र्यसनीलाई पक्राउ गरेको छ । पछिल्लो समय लागुऔषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको प्रहरीले लागुऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता गरी उनीहरुलाई पक्राउ गरेको हो । उजुरी दर्ता भएकामध्ये पाँच जना आरोपित भने पक्राउ पर्न सकेका छैनन् । घरमै भण्डारण गरी लागुऔषध बिक्री गर्दै आएका बोदेबर्साइन नगरपालिका–९ देउरीका १९ वर्षीय शङ्कर यादवलाई प्रहरीले लागुऔषधसहित शुक्रबार सार्वजनिक गरेको थियो । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार यादवको घरबाट एक हजार २५० ट्याब्लेट नाइट्रोभेट–१० तथा ७५०÷७५० एम्पुल डाइजेपाम, फेनारगन र नुफिन बरामद गरिएको छ । भारतबाट साइकलमा लागुऔषध ओसारिरहेका दुई युवालाई प्रहरीले गत पुस २३ गते पक्राउ गरेको थियो । राजगढ गाउँपालिका–६ बनैनिय...
माओवादी केन्द्रले कहिले गर्ने कारवाही ?

माओवादी केन्द्रले कहिले गर्ने कारवाही ?

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १८ उदयपुरमा माओवादी केन्द्रले पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने कसैलाई पनि कारवाही गरेको छैन । कांग्रेस, एमालेले बागी उम्मेदवारी दिने नेता कार्याकर्तालाई पार्टीबाट निस्कासित गरिसकेपनि माओवादीले भने अहिलेसम्म कसैलाई कारवाही गरेको जानकारी गरेको छैन् । उदयपुरमा माओवादी केन्द्रबाट त्रियुगा नगरपालिकाको उपप्रमुखमा सावित्री थापा, कटारी नगरपलिकामा गठबन्धन विरुद्ध कृष्ण प्रसाद बराल र लिम्चुबुङ गाउँपालिकामा अध्यक्ष विरुद्ध होम राईले बागी उम्मेदवारी दिएका छन् ।...
सबै सहर श्रमिकको मेहनतबाट बनेको हो : अध्यक्ष ओली

सबै सहर श्रमिकको मेहनतबाट बनेको हो : अध्यक्ष ओली

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १८ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सबै पुराना र नयाँ सहर श्रमिकको मेहनतबाट बनेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा आज जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदूरकै प्रयासका कारण सबै सहर अहिलेको अवस्थामा आएको उल्लेख गर्नुभयो । विगतदेखि नै मालिकलाई श्रमिकले बाँच्न पाउने गरी मात्रै ज्याला दिनुपर्छ भन्ने सोच पाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मजदूरलाई ज्याला दिँदा ऊ र उसको परिवार बाँच्न सकोस् भन्ने मात्रै थियो र तीनका सन्तानलाई पनि मजदूर नै बनाउने सोच पाइन्थ्यो ।” मजदूरको लामो सङ्घर्षबाट आन्दोलनको स्मरण गर्न मे दिवसका रुपमा मनाउन थालिएको पूर्वप्रधानमन्त्री ओलीले बताउनुभयो । विभेद र अत्याचार भएपछि मजदूर एकताबद्ध भएर आन्दोलन सुरु गरेको अध्यक्ष ओलीको भनाई छ । “त्यतिबेला श्रमिकको ज्यानको सुरक्षा पनि मालिकको हातमा हुने सोचाइ रहेको प...
बाँकी कामहरु पुरा गर्न फेरी वडावासीले मलाई उम्मेदवार बनाए : निरौला

बाँकी कामहरु पुरा गर्न फेरी वडावासीले मलाई उम्मेदवार बनाए : निरौला

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १८ त्रियुगा नगरपालिका ४ नं वडाका उम्मेदवार सुवास निरौलाले वडावासीहरुकै चाहानामा आफ्नो मुख्य उम्मेदवारी रहेको जनाएको छ । पूर्णपुष्टि चुनावी संम्वादको क्रममा निरौलाले यस्तो बताएको हो । निरौला २०७४ सालको स्थानीय चुनावमा एमाले बाट त्रियुगा नगरपालिका ४ को वडाअध्यक्षमा बिजयी बनेका थिए । उनिले ५ बर्ष कार्याकाल पुरा गर्दै पूनः उम्मेदवारी दिने क्रममा आफुलाई सफल वडाअध्यक्षको रुपमा स्थापित गरेको जनाएको छ । वडावासीहरु सँग नरम र सानो भएर व्यवहार गर्ने, रात दिन वडावासीहरुकै निम्ति खट्ने, वडामा पर्यटन विकास, पूर्वधार विकास जस्ता कामलाई सफल बनाएको भन्दै वडावासीहरु आफुसँग लिप्त बनेको निरौलाको भनाई छ । निरौलाले यो पटकको चुनावमा पनि आफुलाई वडावासीहरुले फेरी बिजय गराउने जनाए । उनि बिजयी बन्नकै निम्ति वडावासीहरुमा मत माग्न व्यस्त रहेको छ । निरौलाले वडामा भए गरेको कामहरुको जनताहरुले मु...
ढुंगा प्रहार गरी बुवा हत्या गरेको अभियोगमा छोरा पक्राउ

ढुंगा प्रहार गरी बुवा हत्या गरेको अभियोगमा छोरा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १८ गते । आफ्नौ बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेको छ । प्युठानको नौबहिनी गाउँपालिका–४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या अभियोगमा ३० वर्षीय छोरा तुलेलाई प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा बुवामाथि ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहार गर्दा बुवा जंगबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको खबरपछि इलाका प्रहरी कार्यालय लुङबहानेबाट प्रहरी खटिएको थियो । सो टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
नेपाली कला संस्कृतिलाई यसरी जोड्न सकिन्छ पर्यटक भित्र्याउने विशेष प्याकेजमा

नेपाली कला संस्कृतिलाई यसरी जोड्न सकिन्छ पर्यटक भित्र्याउने विशेष प्याकेजमा

Breaking News 3, पर्यटन, समाचार
काठमाण्डौँ, बैशाख १८ नेपालका पर्यटन क्षेत्रको विकास र विस्तारका लागि नयाँ गन्तव्यको खोजी एवं प्रवद्र्धनमा विशेष जोड दिँदै कला संस्कृति, आथित्यता लगायतलाई विशेषरुपमा समावेश गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल विविधतामा एकता भएको देश भएकाले पनि पर्यटनका क्षेत्रलाई सोहीअनुसार विकास र विस्तार गर्नुपर्ने तथा पश्चिम नेपालको रारा, खप्तड जस्ता कम प्रवद्र्धन भएका नयाँ गन्तव्यको विकास गरिए त्यसले सकारात्मक प्रभाव पर्नेछ । काठमाडौँ, पोखरा, चितवन, जनकपुर, अन्पूर्ण सर्किट, रसुवा र सोलुखुम्बुमा मात्रै केन्द्रित रहेको पर्यटन गतिविधिलाई देशभर नै विस्तार गर्न सकिएको खण्डमा त्यसले पार्ने दीर्घकालीन प्रभाव आफैँमा महत्वपूर्ण हुने सरकारले नै गठन गरेको एक समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । धनुषा जिल्लाको रामजानकी मन्दिरलाई युनेस्केको विश्वसम्पदा सूचीमा सूचीकृत गर्न यसअघि नै प्रस्ताव गरिएको छ । वि...
कटारीको प्रमुखमा बागी उम्मेदवारी दिएकी राउत एमाले पार्टीबाट निस्काशित

कटारीको प्रमुखमा बागी उम्मेदवारी दिएकी राउत एमाले पार्टीबाट निस्काशित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १८ गते । उदयपुरको कटारी नगरपालिकाबाट नगर प्रमुखमा बागी उम्मेदवारी दिएकी भिम कुमारी राउतलाई पार्टीले निस्काशन गरेको छ । पार्टीको आधिकारिक उम्मेवार विरुद्धमा उम्मेदवार मनोनयन गराएकोमा पार्टीले राउतलाई निस्काशन गरको हो । पार्टीको विधानको धारा ८० को उपधारा ६ ले व्यवस्था गरेबमोजिम “कुनै जनप्रतिनिधि संस्थाको निर्वाचनमा पार्टीको निर्णय विपरित उम्मेदवार पनेमा, पार्टीको उम्मेदवार विरुद्धमा प्रचार गरेमा वा पार्टीको उम्मेदवारको विरुद्धमा उठ्ने अन्य कुनै उम्मेदवारको सर्मथक वा प्रस्तावक बनेमा वा त्यस्तो उम्मेदवारको पक्षमा कुनै काम गरेमा” पार्टी अनुसाशनको उल्लंघन गरको हुनाले सोही विधानको धारा ८१ को दफा १ बमोजिम राउतलाई निस्काशन गरिएको हो ।...
दलका घोषणापत्रमा विपद् व्यवस्थापनका विषय

दलका घोषणापत्रमा विपद् व्यवस्थापनका विषय

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, बैशाख १८ स्रोतको मनपरी दोहन र पर्यावरणीय विनाश, जलवायु परिवर्तन, प्राकृतिक घटनालगायत विभिन्न कारणले मुलुकमा विपद्जन्य घटना बढ्दो छ । तथ्याङ्क हिसाब गर्र्ने हो भने गत दुई वर्ष विपद्जन्य घटनाबाट पाँच÷पाँच सय मानिसले अकालमा ज्यान गुमाएका छन् । बाढी, पहिराले ठूलो क्षति गराएको देखिएको छ । विपद्का घटना बर्सेनि बढ्दो रहेकाले सरकारले त्यस्ता घटना न्यूनीकरण र घटना नै हुन नदिन पूर्वतयारीलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरी कार्य गर्दै आएको छ । विपद्जन्य घटनाप्रति संवेदनशील नहुने हो भने नेपाल अझै ठूलो जोखिममा पर्ने तथ्यले सङ्केत गरिरहेको देखिन्छ । अतिवृष्टि, अनावृष्टि यसका ज्वलन्त उदाहरण हुन् । गत वर्ष सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा आएको बाढी र त्यसले पु¥याएको क्षति कल्पना बाहिरको कुरा थियो । विकाससँगै विपद्लाई जोड्न सकिएन भने...
उदयपुरमा प्रयोग हुने मत पत्रको नमुना सार्वजनिक

उदयपुरमा प्रयोग हुने मत पत्रको नमुना सार्वजनिक

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १८ गते । यही वैशाख ३० गतेका दिन हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आयोगले मतपत्रको नमुना सार्वजनिक गरेको छ । आयोगले प्रत्येक जिल्लाको फरक फरक मतपत्रको नमुना सार्वजनिक गरेसँगै उदयपुरको पनि मतपत्र सार्वजनिक गरिएको हो । हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुने निर्वाचन आयोगले जनाएको छ ।...