आफुले पाउने सुविधाबाट सहिद कोष र जनतालाई एम्वुलेन्स व्यवस्था गर्छु : अध्यक्ष उम्मेदवार चौधरी
पूर्णपुष्टि, बैशाख १९
त्रियुगा नगरपालिका २ नं का वडाअध्यक्ष उम्मेदवार राम श्रेष्ठ चौधरीले वडाको नेतृत्व पाएको खण्डमा आफ्नो सेवा सुविधा जनताको निम्ति प्रयोग गर्ने जनाएको छ । चौधरीले वडावाट प्राप्त सरकारी सेवा सुविधा बाट जनतालाई आवश्यकीय बस्तुहरु उपलब्ध गराउने जनाए । म जनताहरुको काम गर्न र वडाको विकास गर्नका लागि उम्मेदवारी बनेको हुँ, यदी मैले वडाको नेतृत्व पाएमा आफ्नो सेवा सुविधा बापतको रकमले “सहिद स्मृति फाउण्डेसन त्रिनपा २” स्थापना गर्ने छु,” “उनले भने, चौधरीले वडाको सेवा सुविधालाई सदुपयोग गर्दै वडावासीहरुको निम्ति एम्वुलेन्स समेत खरिद गर्ने जनाए ।
चौधरीले लोकतन्त्र र गणतन्त्र ल्याउन क्रममा आफ्नो अमूल्य जिवन आहुती गर्ने वडाका बिर सहिदहरुलाई स्मरण र उनिहरुको योगदानको निम्ति सम्मान गर्ने हिसावले उक्त कोष स्थापना गरी सहिद परिवारलाई सम्मान सहयोग गर्ने प्रतिबद्धता घोषणा पत्रमै उल्लेख ग...









