Friday, July 10News That Matters

Month: ४ वर्ष अगाडि

मौसमको खराबीले सम्पर्कविहीन जहाजको खोजीमा समस्या

मौसमको खराबीले सम्पर्कविहीन जहाजको खोजीमा समस्या

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १५ पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको छ । मौसम खुल्दासाथ खोजीकार्यका लागि पुनःहेलिकप्टर परिचालन गरिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । “खोजीका लागि पठाइएको हेलिकप्टर खराब मौसमका कारण फर्किएको छ, काठमाडौँदेखि नेपाली सेनाको हेलिकप्टर पनि आउँदैछ, खोजीका लागि सबै उपायसहित तयारी अवस्थामा छौँ”, उहाँले भन्नुभयो । उहाँले अहिलेसम्म पनि जहाज सम्पर्कविहीन अवस्थामै रहेको उल्लेख गर्नुभयो । टुकुचे र धवलागिरि क्षेत्र आसपासबाट विमान सम्पर्कविहीन भएको हुनसक्ने अनुमान गरिएको उहाँको भनाइ छ । उक्त विमान पोखराबाट आज बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको थियो । पच्चीस मिनेटको यात्रापछि अवतरण हुनुपर्ने जहाज अझै सम्पर्कका आउन ...
सम्पर्कविहीन जहाजको हेलिकप्टर तथा स्थलगतरुपमा खोजी

सम्पर्कविहीन जहाजको हेलिकप्टर तथा स्थलगतरुपमा खोजी

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १५ पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलायन्सको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकप्टर परिचालनसँगै सम्भाव्य स्थानमा स्थलगत खोजी पनि गरिएको छ ।पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिनुभयो । विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ । जहाजको खोजी कार्य तीव्ररुपमा भइरहेको र हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।जहाज खोजीका लागि फिस्टेल एयरको हेलिकप्टरसँगै स्थलगतरुपमा पनि खोजी भइरहेको त्यहाँका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार तल्लो मुस्ताङको घाँसा, लेते, कोवाङ आसपासका क्षेत्रमा खोजी कार्यलाई केन्द्रित गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । (रास...
छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेष्ठ १५ पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् । श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ । बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना भिनाजुले भाञ्जी हुमेरालाई रु एक लाखमा विवाहका लागि एक व्यक्तिलाई सुम्पन गरेको प्रयासको विरोध गर्दा दिदी बबलीको घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बताएका छन् । यसअघि पनि भिनाजु जुल्फिकारले आफ्नी दुई छोरीलाई बेचेको उनले प्रहरीलाई जानकारी दिएका छन् । बबली जसकानीका भाइ मुनव्वरले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरिएको हो । हत्याको छानबिन शीघ्र शुरु हुन...
कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै

कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ १५ राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा शर्माले देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार ७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ । परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय ९होम सेन्टर०मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था ग...
त्रियुगाको ६ नं. वडामा एमाले विजयी

त्रियुगाको ६ नं. वडामा एमाले विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १५ गते । त्रियुगाको वडा नं. ६ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेबाट वडाध्यक्ष उम्मेदवार रहेका योगेन्द्रवहादुर दाहल १ हजार २ सय ९७ मत ल्याएर विजयी भएका हुन् । दाहलको निकटतम प्रतिस्पर्धी हरेका गठबन्धनबाट नेकपा एसका उम्मेदवार राकेश कुमार चौधरीलाईलाई पराजित गरेर विजयी भएको हो । चौधरीले ८ सय २ मत प्राप्त गरेका छन् । यता, महिला सदस्यमा एमालेकी उम्मेदवार गीताकुमारी उप्रतीको १ हजार १ सय ७२, दलित महिला सदस्यमा पवित्रा विश्वकर्माले १ हजार १ सय ८२ मत ल्याएर विजयी भएका छन् । खुल्ला सदस्यमा पनि एमालेकै सुर्यबहादुर राईले १ हजार १ सय ४९ मत ल्याएर विजयी भएका छन्, भने गठबन्धनबाट प्रबेश खड्का विजयी भएका हुन् ।...
त्रियुगा ७ मा एमाले बिजयी

त्रियुगा ७ मा एमाले बिजयी

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ १५ त्रियुगा नगरपालिका वडा नं ७ मा एमालेका वडाअध्यक्ष उम्मेदवार बिजयी बनेका छन् । यस वडामा एमालेका उम्मेदवार अम्वर बहादुर दनुवारले ११०७ मत ल्याई बिजयी बनेको हो । दनुवारले नेपाली कांग्रेसका उम्मेदवार गम्भीर बहादुर पांगलटारेलाई हाराउँदै वडाअध्यक्षमा बिजयी बनेको हो । पांगलटारेले ८६८ मत मात्र ल्याएका थिए भने माओवादीका मनोज कुमार पौडेलले ५९५ मत पाएका थिए । त्यस्तै खुल्ला वडा सदस्यहरुमा पनि एमालेका खेम वहादुर राउत र प्रेम कार्की बिजयी बने । राउतले ९८४ मत ल्याए भने कार्कीले ९८० मत ल्याए । यस्तैगरी महिला सदस्यमा पनि एमालेका हिरा कुमारी थापाले ११३८ मत ल्याएर बिजयी बनिन् ।...
सगरमाथा दिवस मनाइयो

सगरमाथा दिवस मनाइयो

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ १५ आज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन दुई पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति पायो । दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन ९मे २९ तारिक० को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरेको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो । नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । संयोग नेपालमा गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ । सोही ऐतिहा...
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १५ गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिनुभयो । विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ । जहाजको खोजी सुरु भएको गौतमले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । (रासस)...
लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ

लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १५ लागुऔषध खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका–७ पौलाहा मसानघाट क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१३ एयरपोर्ट बस्ने २२ बर्षीय दीपक भट्ट, १८ बर्षीय विवेक चौधरी, २५ बर्षीय किशोर राना र ३५ बर्षिय कालुराम राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार हिजो साँझ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले १५ दशमलव ९८ ग्राम लागुऔषध खैरो हिरोइनसहित चारै जनालाई पक्राउ गरेको हो । से५प २२०९ नम्बरको मोटरसाइकलमा सवार दीपक र विवेकको साथबाट ४ दशमलव ३९ ग्राम र सुपप्र ०१००९ प ८१८ नम्बरको मोटरसाइलमा सवार किशोर र कालुरामको साथबाट ११ दशमलव ५९ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो । मोटरसाइकलको टुल बक्स र सेतो प्लास्टिकको थैलाभित्र लुकाइछिपाई चारै...
कलम चिन्ह लिएर चुनाव उठेका माओवादीका प्रवेश खड्का खुल्ला वडा सदस्यमा बिजयी

कलम चिन्ह लिएर चुनाव उठेका माओवादीका प्रवेश खड्का खुल्ला वडा सदस्यमा बिजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १५ त्रियुगा नगरपालिका ६ मा प्रवेश खड्का एमाले बिच खुल्ला वडा सदस्यमा बिजयी बनेका छन् । वडाअध्यक्ष देखी खुल्ला वडा सदस्य, महिला वडा सदस्य र दलित महिला सदस्यहरु सबै पदमा एमाललेले बाजी मार्दा एउटा खुल्ला वडा सदस्यमा भने गठबन्धनका उम्मेदवार खड्का बिजयी बनेका छन् । उनि माओवादीका ६ नं वडा कमिटि अध्यक्ष समेत हुन् । तर उनले कलम चिन्ह बाट उम्मेदवारी दिएका थिए । खड्काले ९८८ मत ल्याएर खुल्ला वडा सदस्यमा बिजयी बनेको हो । बाँकी पद सबैमा एमाले बिजयी बनेको छ । दुई खुल्ला वडा सदस्यहरु मध्ये एक खुल्ला वडा सदस्यमा भने एमालेकै सुर्य बहादुर राईले भारी मतका साथ बिजयी भएका छन् । राईले ११४९ मत ल्याएको छ । यस्तै वडाअध्यक्षमा एमालेकै योगेन्द्र वहादुर दाहाल बिजयी बने । उनी १२९७ मत ल्याएर बिजयी बने । यस वडामा कलम दोस्रो र कांग्रेस तेस्रो बने ।...