Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

नवनिर्वाचित १६ नं वडाका वडाअध्यक्ष राईद्धारा पदवहाली, महत्वपूर्ण तिन निर्णय घोषणा

नवनिर्वाचित १६ नं वडाका वडाअध्यक्ष राईद्धारा पदवहाली, महत्वपूर्ण तिन निर्णय घोषणा

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १९ त्रियुगा नगरपालिका वडा नं १६ का वडाअध्यक्ष मान वहादुर राईले पदवहाली गरेका छन् । राईले बिहिबार चिलाउने स्थित वडा कार्यालयमा पदवहाली गरेका हुन् । राई दोसो कार्याकालका लागि पदवहाली गरेका हुन् । ७४ सालमा पनि राईले वडाअध्यक्षमा निर्वाचि भएर काम गरिसकेको अवस्था छ । राईले यस पटकको चुनावमा पनि अत्यादिक मत ल्याई वडामा निर्वाचित भएका थिए । उनले नेकपा एमाले र कांग्रेसलाई पराकिलो मतान्तरले पछि पार्दै वडा नेतृत्वमा चुनिएका थिए । राई सहित वडा सदस्य घमान सिंह राई, राम नारायण श्रेष्ठ, खुल्ला महिला सदस्य गोमा कार्की र दलित महिला सदस्य कुन्ती परियारले सँगै अध्यक्ष राईले पदवहाली गरेका छन् । पदवहाली सँगै राईले महत्वपूर्ण तिन ओटा निर्णय समेत गरेका छन् । वडाभित्र सञ्चार सेवा नियमित तथा वडा स्थित सिम्ले गाउँमा सञ्चार सुविधा विस्तार, स्वास्थ संस्थामा डेलिभरि हुने प्रत्येक आमालाई स...
राजश्व छली गरी ल्याएको ४० लाख बराबरको समानसहित भारतिय नागरीक पक्राउ

राजश्व छली गरी ल्याएको ४० लाख बराबरको समानसहित भारतिय नागरीक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ १९ मोरङको बिराटनगर महानगरपालिका–४ बाट राजश्व छली गरी अबैध रुपमा बिराटनगरबाट ईटहरी तर्फ लैजाँदै गरेको ४० लाख बराबरको समान सहित १ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक जोगवनी टिकुलियाका ३४ बर्षीय श्याम चौधरी रहेका छन् । चौधरीले BR 33 GB 2627 नम्बरको ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिनरी पार्टस पुर्जा र कपडा लगायत गरी अन्दाजी ४० लाख रुपैयाँ बराबरको सामान अवैध रुपमा राजस्व छलि गरी इटहरीतर्फ लादै गरेको अवस्थामा बिराटनगर–४ बाट प्रहरीले बुधवार साँझ पक्राउ गरेको हो । अबैध समान सहित पक्राउ परेका चौधरीलाई बरामद भएको समान र ट्याक्टर सहित आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
चोरीको १२ थान मोटरसाईकलसहित चोरीमा संग्लग्न ८ जना पक्राउ

चोरीको १२ थान मोटरसाईकलसहित चोरीमा संग्लग्न ८ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ १९ झापाका बिभिन्न स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाईकल र मोटरसाईकलसहित चोरीमा संग्लग्न रहेका ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा टिकुली नगरपालिका–५ सप्तरीका २७ बर्षीय करण महमद, झापाको गौरिगञ्ज गाउँपालिका–५ का १८ बर्षीय ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका–८ का १८ बर्षीय समिर मिया, बिर्तामोड नगरपालिका–५ का १८ बर्षीय बिष्णु भण्डारी र करण मण्डल यसैगरी बिर्तामोड नगरपालिका–३ का १९ बर्षीय कुमार राजवंशी तथा १८ बर्षीय सुमन बिहारी र ईलाम चुलाचुलीका १८ बर्षीय राहुल श्रेष्ठ रहेका छन् । केही दिन देखि झापाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल हराएको भन्ने सूचना पाए संगै चोरीमा सग्लग्नहरु तथा हराएका मोटरसाईकलहरुको खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरी आजै पत्रकार सम्मेलन मार्फत सार...
विपद्को भयले त्रसित मनहरू

विपद्को भयले त्रसित मनहरू

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १९ गत वर्षको भिषण वर्षासँगै सिन्धुपाल्चोकको हेलम्बुका पहाड खसेर आएको कल्पनीय बाढीले ठूलो क्षति ब्यहोरेकी मेलम्ची नगरपालिका–११ की मैया दुलाललाई वर्षा शुरु हुनै लागेकाले फेरि चिन्ता बढेको छ । उही पुरानै शैलीमा मेलम्ची उर्लिने पो हो कि भने चिन्ता उहाँलाई छ । आकासमा कालो बादल देख्नासाथ उहाँलाई त्यही त्रासदीपूर्ण दिनको भयले सताउँछ । त्यस बाढीले उहाँको घरको दुई तलासम्म पुरिदिएको थियो । क्षणभरमै आएको बाढीले घर सम्पत्तीको नामोनिसानै मेटाइदिएको हेलम्बु गाउँपालिका–२ गणेशबगरका स्थानीय राम तामाङको चिन्ता पनि उस्तै छ । त्यस गाउँका ४५ परिवार क्षणभरको बाढीले घरबार विहिन भए । उहाँहरू मात्रै होइन हेलम्बु र मेलम्चीका हजारौँ परिवार कतिबेला मेलम्चीमा बाढी आउने हो र विगत झैँ विलखबन्दमा परिने हो चिन्तामा छन् । विगतको पीडादायी यादमा रात बिताउँदै छन् उनीहरू । गत वर्षको असार १ गते त्यसरी...
तामाकोसी किनारमा पुरुषको शव फेला

तामाकोसी किनारमा पुरुषको शव फेला

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १९ दोलखाको तामाकोसी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । तामाकोसी गाउँपालिका–५ किर्नेटार स्थित तामाकोसी नदिकिनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिनुभयो । तामाकोसी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगी प्रहरीले अनुसन्धान गरी शव चरिकोटस्थित पशुपति चौलागाईँ स्मृति अस्पतालमा ल्याएर राखेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । फेला परेको शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । शव पूरै सडेको अवस्थामा फेला परेको र व्यक्तिको पहिचान भई नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले कोही व्यक्ति हराएको भए प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको छ । (रासस)...
श्रीमतीलाई औषधि लिन गएको साहको इनारभित्र शव फेला

श्रीमतीलाई औषधि लिन गएको साहको इनारभित्र शव फेला

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १९ सिरहाको गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ । श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको शव आज बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो । ‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा जानुभएका उहाँ राति अबेरसम्म पनि नफर्किएपछि खोजतलाश गर्ने क्रममा बिहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उहाँको शब फेला परेको प्रहरीले जनाएको छ । शव इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीेले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । मृतकका परिवारजनले हत्या गरी इनारमा फालिएको दाबी गर्दै दोषीमाथि कार्बाहीको माग गरेका छन् । (रासस)...
नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप, केही प्रहरी घाइते

नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप, केही प्रहरी घाइते

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १९ नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले बाध्य भएर केही राउण्ड हवाई फायर गरेको जानकारी दिँदै केही प्रहरी घाइते भएको र स्थिति नियन्त्रणमा आएको जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । (रासस)...
एक सय ९७ तोला चाँदीसहित युवक पक्राउ

एक सय ९७ तोला चाँदीसहित युवक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १९ एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ स्थायी घर भई गैँडाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय कुमार विक छन् । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका–११ स्थित भोजाड–पदमपुर सडकखण्डबाट पक्राउ गरिएको हो । उनलाई रु दुई लाख २८ हजार १९७ बराबरको बिनाबिलको चाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको हो । विकको साथबाट प्रदेश०३–००२प ७०६६ नंको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई बुधबार आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरीले जनाएको छ । (रासस)...
सप्तकोसीमा हाम फालेका व्यक्तिको उद्धार

सप्तकोसीमा हाम फालेका व्यक्तिको उद्धार

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १९ सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोसीमा हाम फालेका झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिनुभयो । उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईँ नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो । लिम्बूलाई सम्झाइबुझाइ घरतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । (रासस)...
कारको ठक्करबाट मोटरसाईकलमा सवार युवकको मृत्यु

कारको ठक्करबाट मोटरसाईकलमा सवार युवकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १९ पूर्वी चितवनको खैरहनीमा भारतीय कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने २१ वर्षीय विश्वास गुरुङ रहेका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–९ सिमलटाँडीमा बुधबार साँझ भारतीय कारको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । लोथरबाट नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डिएक्स ७७३९ नम्बरको भारतीय कारले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार चालक प्रहरीको नियन्त्रणमा छन् । (रासस)...