लाहानमा जलेको ट्रान्समिटरले गाईघाटमा विद्युतको समस्या, सोलुको लाईनले भोल्टेज नपुग्दा दैनिकी कामहरु प्रभावित
पूर्णपुष्टि, असार १६
उदयपुरमा विद्युत आपूर्तिको समस्याले दैनिकी कामहरुमा समस्या पारेको छ । लोडसेडिङ र भोल्टेज कम भएपछि यहाँका उद्योग धन्दा र मेसिनरी कामहरु ठप्प सम्म बन्न पुगेको छ । पूर्ण विद्युत आपूर्ति नहुँदा साना तथा ठुलो उद्योगिक धन्दा तथा अन्य कामहरुमा समस्या रहेको छ । सरकारी काम, हस्पिटल, छापाखाना, खानेपानी, कृषि जस्ता महत्पूर्ण कामहरु समेतमा प्रभाव परेको छ ।
विद्युत नियमित नहुदा सर्वसाधारणको काम सँगै उद्योग व्यवसाय चौपट भएका छन् । २०–२५ मिनेट, एक घण्टा दुई घण्टामा जादै आउदै गर्ने विद्युतमा भोल्टेज नहु जस्ता समस्या उत्पति भएको छ ।
लहानमा रहेको विद्युत स्टेशनमा गत विहिबार वर्षातसँगैको चट्याङले ६३ एमभिए पावर ट्रान्सफर्मर जलेपछि सिरहा र उदयपुरमा विद्युतमा समस्या आएको हो । सो ट्रान्सफर्मर मर्मतको लागि अझै दुई हप्ता लाग्ने विद्युत प्राधिकरण उदयपुर शाखाका प्रमुख पंकज गोइतले जानकारी ...









