Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

त्रियुगाको मेयरलाई शपथ सँगै जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण

त्रियुगाको मेयरलाई शपथ सँगै जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १८ गते । उदयुरको त्रियुगा नगरपालिकाका नवनिर्वाचित मेयर बसन्त बस्नेतले आज बुधवार शपथ ग्रहण गरेका छन् । २०७९ साल वैशाख ३० गतेको स्थानीय तहको निर्वानमा काँग्रसबाट मेयर पदमा अत्याधीक मत ल्याएर विजयी भएका बस्नेतले कर्मचारी मिल केन्द्र बोक्सेमा शपथ ग्रहण गरेका हुन् । उदयपुर जिल्ला अदालतका मुख्य न्यायधिस उत्तम सिलुवालले त्रियुगाका मेयर बस्नेतलाई शपथ ग्रहण गराएको होे । मुख्य निर्वाचन अधिकृत कार्यालयको आयोजनामा शपथ ग्रहण कार्यक्रमसँगै नवनिर्वाचित जनप्रतिधिहरुलाई प्रमाण पत्र वितरण गरेको छ । नगरका मेयर उप–मेयर,पालिका अध्यक्ष तथा वडाका अध्यक्ष र सदस्यहरु सबैलाई प्रमाण पत्र वितरण गरिएको हो ।...
संखुवासभामा पहिरोले पुरिएर उदयपुर र सुनसरीका दुई मजुदरको मुत्यु

संखुवासभामा पहिरोले पुरिएर उदयपुर र सुनसरीका दुई मजुदरको मुत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ १८ सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर र सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । आज बिहान ११ बजे चैनपुर–नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिराले पुरिएर धरानका राई र उदयपुरका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास...
९४ किलो चाँदीका गरगहनासहित एक भारतीय नागरिक पक्राउ

९४ किलो चाँदीका गरगहनासहित एक भारतीय नागरिक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ १८ गते । ९४ किलो चाँदीका गरगहनासहित सप्तरीबात एक भारतीय नागरिक पक्राउ परेको छ । सशस्त्र प्रहरी बलको बीओपी स्वर्णपट्टीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका– ९ स्थित इँटा भट्टा नजिकबाट भारतको बिहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत– ११ कामट टोलका २२ वर्षीय वशिष्ठ चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको साथबाट ४ लाख ३८ हजा ९ सय ५७ रुपैयाँ बराबरको २८ जोडी चाँदीको तयारी पाउजु बरामद गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक प्रदीप खडकाले जनाए । चौधरीले कम्मरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा अवैध गहना फेला परेपछि बरामद गरिएको खडकाको भनाई छ । चौधरीलाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।...
छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ १८ धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान राती २ बजे धनकुटा नगरपालिका–६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा खाँदवारी नगरपालिका–१० संखुवासभा घर भई धनकुटा नगरपालिका–६ मा डेरा गरी बस्ने २४ बर्षीय पुरन राई घाईते भएका थिए । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसैगरी गत सोमबार साँझ साँढे ६ बजे मोरङको बिराटनगर महानगरपालिका–१० मा को ३९ प ७८९५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ८५ बर्षीय मुसा यादबलाई ठक्कर दिंदा घाईते भएका यादवको उपचारको क्रममा हिजो साँझ नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
चोरीको चार मोटरसाईकलसहित २ जना पक्राउ

चोरीको चार मोटरसाईकलसहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ १८ जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका दुई जनालाई चोरी भएको ४ थान मोटरसाईकल सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिक्लाजुङ गाउँपालिका–५ पाँचथरका २१ बर्षीय चन्द्र कुमार योङया र २० बर्षीय सुरेन्द्र भनिने जिवन कुरुङवाङ रहेका छन् । गत १३ गते दमक नगरपालिका–६ बाट हराएको मोटरसाईकल खोजतलास गर्ने क्रममा उनीहरुले चलाई रहेको अवस्थामा फेला पारी दुबै जनालाई मिक्लाजुङ गाउँपालिका–६ शखधर चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सोधपुछ गर्ने क्रममा उनीहरुले नै झापाका बिभिन्न स्थानहरुबाट चोरी गरेका अन्य ३ थान मोटरसाईकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
महाकाली नगरका वडा सदस्यको पेटसम्बन्धी समस्याका कारण मृत्यु

महाकाली नगरका वडा सदस्यको पेटसम्बन्धी समस्याका कारण मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १८ दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा ९एमाले०बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले बताउनुभयो । पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिनुभयो । (रासस)...
चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ १८ सशस्त्र प्रहरी बलले चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ इँटाभट्टास्थित भारतीय सीमा क्षेत्रबाट भारत बिहारको मधुबनी जिल्ला खुटौनाग्राम पञ्चायत–११ का २२ वर्षीय वशिष्ट चौधरी पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिनुभयो । गस्ती टोलीले जाँच गर्दा चौधरीको साथबाट गहना बरामद गरिएको हो । चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चाँदीका गहना बरामद गरिएको हो । बरामद गरिएको गहनाको बजार मूल्य रु चार लाख ३८ हजार रहेको बताइएको छ । चौधरीलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ । (रासस)...
दुर्घटनामा एकजनाको मृत्यु

दुर्घटनामा एकजनाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १८ चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिनुभयो । उनको सनाखत हुन सकेको छैन । ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन । ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन् । (रासस)...
८५ प्रतिशत क्यान्सर सुर्तिजन्य पदार्थ सेवनबाट

८५ प्रतिशत क्यान्सर सुर्तिजन्य पदार्थ सेवनबाट

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ १८ गते । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक ८५ प्रतिशत विरामीमा क्यान्सर रोग देखा परेको पाइएको छ । विश्व धुम्रपान दिवसको अवसरमा नेपाल अर्वुद रोग निवारण संस्थाले रामजानकी माध्यमिक बिद्यालय मोतिगडामा आयोजना गरेको सुर्तिजन्य पदार्थ र वातावरण बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो । कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै संस्थाका पुर्वकेन्द्रिय सदस्य निगमकुमार कोईरालाले १५ प्रतिशत वंशानुगत र अन्य कारणले बाँकी सबै सुर्तिजन्य पदार्थबाट क्यान्सरको विरामी हुने गरेको उनले बताए । उनले बार्षिक २७ हजार बढि मानिसहरु सुर्तिजन्य पदार्थबाट मृत्यु हुने गरेको बताए । विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुन...
झापामा दश महिनामा बलात्कार घटनामा ८६ अभियुक्त पक्राउ

झापामा दश महिनामा बलात्कार घटनामा ८६ अभियुक्त पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १८ विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८÷७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२ जाहेरी परेका छन् । ती घटनामा ५६ अभियुक्त पक्राउ परिसकेका छन् । सोही अवधिमा बाल यौन दुराचारका १९ र जबर्जस्ती करणी उद्योगका १३ घटना भएका छन् । बाल यौन दुराचारका १७ र जबर्जस्ती करणी उद्योगका १० अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६० वर्षीया वृद्धासमेत छन् । पछिल्लो समय बाल यौन दुराचारका घटना बढेका छन् । अधिकांश बलात्कारका घटनामा प्रायः परिवार, नातागोता, शिक्षक र छरछिमेकी अभियुक्त पाइएको पाठकले बताउनुभयो । “अधिकांश घटना नजिकका आफन्तबाट भएका देखिन्छन्”, ...