उदयपुर – खोटाङ जोड्ने फोक्सिन्टारको बेलिवृज निकालियो, यात्रु र स्थानीयलाई सास्ती
पूर्णपुष्टि, जेष्ठ १९
बर्षेनी बर्खा लागेसी निकाल्नु पर्ने बेलिबृजका कारण यात्रु तथा स्थानीयहरुमा असहज भएको छ । दिगो पुलको व्यवस्था नहुँदा उदयपुर र खोटाङ गर्ने यात्रु र त्यस आसपासका स्थानीयलाई बर्खामा सँधै असहजता हुन्छ । यदि मात्रै नभई त्यहाँ दिगो पुल निर्माण गर्न नसक्दा बर्षेनी सरकारको ठुलो रकम समेत क्षती पुग्ने गरेको छ ।
खोटाङ छिर्न उदयपुरको नाका हुँदै बिभिन्न ठाउँ धरान, विराटनगर, इटहरी, झपा र उदयपुरको घाईघाट लगायत ठाउँबाट यात्रुहरुको घुईँचो लाग्ने गर्छन् । खोटाङ सदरमुकाम दिक्तेललाई छोटो दूरीबाट तराईसँग जोड्न करिब २८ वर्षयता निर्माण भइरहेको सगरमाथा राजमार्गको दुवैतर्फ (उदयुर र खोटाङ) ट्र्याक खुले पनि बीचमा पर्ने सुनकोसी नदीमा पक्की पुल निर्माण हुन सकेको छैन ।
पुल निर्माणमा ढिलाइ हुँदा बर्सेनि लाखौं रुपैयाँ खर्चेर बेलिब्रिज जडान गरिँदै आएको छ । २०७२ यता हिउँदमा बेलिब्रिज जडान गर्ने ...









