Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

झापामा अस्पतालका कर्मचारी मृत फेला

झापामा अस्पतालका कर्मचारी मृत फेला

Breaking News 2, समाचार
झापा,असार १४ झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् । अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिनुभयो । गौरादह–३ का बाँस्कोटा कार्यालय समयमा नउठेपछि गएर हेर्दा मृत फेला परेको पाइएको प्रहरीले जनाएको छ । “शरीरमा कुनै चोटपटक छैन”, प्रहरी निरीक्षक तिम्सिनाले भन्नुभयो, “घटनका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।...
कम उमेरमा बिवाह गर्ने महिलाहरुमा पाठेघर खस्ने जटिल समस्या

कम उमेरमा बिवाह गर्ने महिलाहरुमा पाठेघर खस्ने जटिल समस्या

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि असार १४ पाठेघर वा आङ खस्ने समस्या महिला प्रजननको रुपमा देखा पर्ने एक जटिल समस्या हो । महिलाहरुको निकै महत्वपूर्ण अंगको रुपमा रहेको पाठेघर बिभिन्न कमि कम्जोरीका कारण समस्यामा आउने गर्छन् । यो समस्या नेपाली समाजका महिलाहरुको लागि निकै ठुलो स्वास्थ्य समस्याको रुपमा परिनत भएको छ । महिला अंगको रुपमा सुरक्षित गर्नु पर्ने पाठेघर गाउँ सामाजमा चेतनाको कमि, अशिक्षा र लाजको कारण पनि समस्या फैँलादो छ । तर यसको अझै जटिल समस्याको कारक भने कम उमेरमा विवाह गर्ने महिलाहरु रहेको देखिएको छ । कम उमेर अर्थात उमेरनै नपुगी कुनै पनि किशोरीहरुले विवाह गरिरेको अवस्थामा उनिहरुको बच्चा पनि चाँडै हुने सम्भावना अत्यादिक रहन्छ । यसरी कम उमेरमै वच्चा जन्माउँदा बच्चाको आमाले अत्यादिक वल प्रयोग गर्नु पर्ने चिकित्सकहरु बताउँछन् । क्षमता भन्दा बढी बल प्रयोगले नै पाठेघरमा असर पुराई पाठेघर आफ्नो ठाउँ भन्दा तल ख...
१६ नं वडाअध्यक्ष राईलाई पूर्वधार र १४ का मगरलाई बिधेयक समिति संयोजकको जिम्मेवारी

१६ नं वडाअध्यक्ष राईलाई पूर्वधार र १४ का मगरलाई बिधेयक समिति संयोजकको जिम्मेवारी

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १४ त्रियुगा नगरपालिकामा वडाअध्यक्षहरुलाई जिम्मेवारी बाँडफाँड भएको छ । १६ नं वडाअध्यक्ष मान वहादुर राईलाई नगरले पूर्वाधार संयोजको जिम्मेवारी प्रदान गरेको छ । राई पहिलो कार्यकालमा नगरको सामाजिक विकास संयोजकको रुपमा थिए । राई पहिलो कार्यकालमा पनि सामाजिक विकास संयोजको सफल कार्याकाल निर्वाह गरिसकेका वाडअध्यक्ष हुन् । पछिल्लो जननिर्वाचित वसन्त वस्नेतको कार्याकालले भने राईलाई  पूर्वाधरको जिम्मेवारी दिएको हो । यस्तै १४ नं वडाअध्यक्ष हिम राज मगरलाई पनि जिम्मेवारी प्रदान गरेको छ । मगरलाई बिधेयक समितिको संयोजकमा जिम्मेवारी दिएका छन् । मगर पहिले १४ नं वडाका सदस्य थिए । यो पटकको चुनावमा भने वडाअध्यक्ष नै वन्न सफल भए । यस्तैगरी नगरपालिकाले १५ नं वडाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई पनि सामाजिक विकास समिति सदस्यमा जिम्मेवार दिएका छन् । यस्तैगरी नगरले कार्यपालिका सदस्य विम...
किराँत विद्यार्थिको झण्डा पहिलो पटक सगरमाथाको चुचुरोमा

किराँत विद्यार्थिको झण्डा पहिलो पटक सगरमाथाको चुचुरोमा

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, असार १४ इतिहाँसमै पहिलो पटक किराँत समुदाय किराँत राई विद्यार्थी संघ (किरावी) को झण्डा सगरमाथाको चुचुरमा फहराउन सफल भएको छ । संघको झण्डालाई अविरल राईले सगरमाथाको चुचुरोमा पुर्याएर फहराउनु भएको हो । राई किराँत सामुदायको एक मात्र राष्ट्रिय तथा अन्तराष्ट्रिय माउन्टेन गाईड समेत हुन् । उहाँले नेपालका ८ हजार माथीका २ हिमाल र विश्वका ५५ ओटा हिमालमा नेपाली झण्डा र आफ्नो समुदायको झण्डा फहराउने गरी आरोहन गरिसक्नु भएको छ । संघको झण्डा करिब ५ बर्ष अघि धिरेन्द्र रुम्दालीले आफु किरात राई बिद्यार्थी संघकोअध्यक्ष हुँदा अबिरल राईलाई हस्तान्तरण गर्नुभएको थियो । सोही झण्डा २०७९÷०१÷२९ गते बिहान ८ः३० बजे सगरमाथाको चुचुरोमा पुगेर फहर्याएको थियो । संघको झण्डा ईतिहासमै पहिलो पटक सगरमाथाको चुचुरामा पहर्याउन सफल भएको हो। उहाले नेपाल आर्मीको सगरमाथा सफाई गर्ने टिमको नेतृत्व गरेर सगरमाथा चड्नु भएक...
उदयपुरमा बलात्कार बिरुद्धको चौथो राष्ट्रिय अभियान घोषणा

उदयपुरमा बलात्कार बिरुद्धको चौथो राष्ट्रिय अभियान घोषणा

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १३ गते । देशैभर सञ्चालन भएको बलात्कार विरुद्धको चौथो राष्ट्रिय अभियान उदयपुरमा पनि घोषणा भएको छ । आइतवार पिपल चोकमा त्रियुगा नगरपालिकाको उप–मेयर महेश्वरी राईलाई बलात्कार विरुद्धको ध्यानार्कषण पत्र ज्ञापन गरेर अभियानको सुरुवात भएको थियो । ओरेक नेपालको नेतृत्वमा “कानुनी तथा सामाजिक न्यायको अधिकार हिसां रहित समाजको आधार ” भन्ने नाराका साथ सयुक्त रुपमा अभियान घोषणा भएकोे हो । ओरेक नेपाल , महिला मानव अधिकार रक्षक संजाल, गैसस, महिला सशक्तिकरण स्रोत केन्द्र र सामुदायिक रेडियो उदयपुरले संयुक्त रुपमा बलात्कार विरुद्धको चौथो राष्ट्रिय अभियान घोषणा गरेको छ । जिल्लाको प्रत्यक नगरपालिकामा बलात्कारको घटना घटेको छ । महिलाहरु नत घरमा नत समुदायमानै सुरक्षित छन् । बलात्कृत महिलालाई न्याय दिने ठाउँमा दोषी बनाईन्छ र बतात्कारीलाई सुरक्षा दिइन्छ । यसता महिला माथि हुने जस्तोसुकै हिंसा विरुद्...
७७ वर्षीय हजुरआमाको हत्या गरि खाल्डोमा पुर्ने नाती पक्राउ

७७ वर्षीय हजुरआमाको हत्या गरि खाल्डोमा पुर्ने नाती पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १३ गते । खोटाङको चिसापानीकी ७७ वर्षीया तुलसा खड्काको हत्या गरी खाल्डोमा पुर्ने नाती पक्राउ परेको छ । जिल्लाको जन्तेढुङगा गाउँपालिका–५ चिसापानीघर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने खड्काको हत्या गरी खाल्डोमा पुर्ने उनकै नाती पक्राउ परेको हो । हजुरआमाको हत्या गरी खाल्डोमा पुरेको आरोपमा उनकै नाती झापा गौरादह नगरपालिका–३ धोबिनी चोक बस्ने हरि भन्ने २९ वर्षीय निरबहादुर खड्का पक्राउ परेको प्रहरीले जनाएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पानिटारस्थित दुधकोशी नदी किनारको बालुवाको खाल्डोभित्र गत वैशाख ३१ गते दिउँसो वेवारिशे शव फलेला परेको थियो । उक्त शव तुलसाको भन्ने पहिचान भएपछि घटनाको अनुसन्धान गर्ने क्रममा उनकै नाती निरबहादुरले हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नग...
छोरी जन्माएर बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट

छोरी जन्माएर बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट

Breaking News 2, समाचार
काठमाडौं, असार १३ गते । तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट दिने नीति पारित गरेको छ । ‘लैङ्गीक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको हो । छोरी २० वर्ष नपुग्दासम्म नगरपालिकाबाट लगाइने सम्पत्ति करलगायतका सबै करमा २० प्रतिशत छुट दिने नीति नगरसभाबाट पारित भएको उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो । नगरपालिकाले ‘आत्मनिर्भर छोरी, सशक्त व्यास नगर’ अभियानमा छोरीको २० वर्ष पुगेपछि मात्र विवाह गर्नेलाई नगद सहयोग गर्ने प्रबन्ध मिलाउने भएको छ । दलित, आदिवासी जनजाति, दुरा, बोटे, दराई, कुमाल, चेपाङका छोरीलाई सम्मान गर्दै त्यस्ता छोरीको विवाहमा नगद सहयोग गरिने र २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचारप्रसार एवं अभिमुखीकरण कार्यक्रम...
खोलाले बगाएर बालिकाको मृत्यु

खोलाले बगाएर बालिकाको मृत्यु

Breaking News 2, समाचार
काठमाडौं, असार १३ गते । तनहुँको भानु नगरपालिका–७ चन्द्रावतीमा चुँदीखोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिनाकी काव्य श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभन्दा २० मिटर पछाडि रहेको खोलाले बगाइ सोही स्थानदेखि पाँच सय मिटर तल अचेत अवस्थामा भेटिएकी बालिकाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो । बालिकालाई आइतबार राति १० बजे दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए । घरबाट हराएपछि आफन्तजन र स्थानीयवासीले खोजतलास गर्ने क्रममा चुँदीखोलाले बगाएको अवस्थामा बालिका फेला परेकी थिइन् । बालिकालाई तत्कालै उपचारका लागि पुरनडिही अस्पताल पु¥याइएको थियो । रासस...
प्रतितोला रु ४०० ले बढ्यो सुनको मूल्य

प्रतितोला रु ४०० ले बढ्यो सुनको मूल्य

Breaking News 3, समाचार
काठमाडौं, असार १३ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९७ हजार ७०० पुगेको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ । रासस...
सवारी दुर्घटना : तीनमहिनामा ३४ जनाको मृत्यु

सवारी दुर्घटना : तीनमहिनामा ३४ जनाको मृत्यु

Breaking News 2, समाचार
काठमाडौं, असार १३ गते । चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापर्बाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र जेठ महिनामा १४१ दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै चैत महिनामा १६ जनाको मृत्यु भएको छ । सो महिनामा ३७ दुर्घटना भएका थिए । ती दुर्घटनामा परेर ११५ जना घाइतेसमेत भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताउनुभयो । गत जेठ महिनामा ४१ वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको उहाँको भनाइ छ । ती दुर्घटनामा परेर ९१ घाइते भएका छन् । गत वैशाख महिनामा सबैभन्दा धेरै ५३ दुर्घटना भएका छन् तर यस दुर्घटनामा मृतकको सङ्ख्या घटेर आठ मात्रै रहेको छ । उक्त महिनामा ११५ जना घाइते भएका थिए । ...