Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

‘एमबिबिएस’पढाउन रु २० लाख सहयोग

‘एमबिबिएस’पढाउन रु २० लाख सहयोग

Breaking News 1
काठमाडौं, असार १३ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपलिकाले एमबिबिएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताउनुभयो । आगामी २०७९÷८० आर्थिक वर्षको बजेटबाट एमबिबिएस पढाउनको लागि रु २० लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत गाउँपालिको उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारीदिनुभयो । उहाँले भन्नुभयो,...
‘एक वडा  : एक स्वास्थ्यचौकी’

‘एक वडा : एक स्वास्थ्यचौकी’

Breaking News 3, समाचार
काठमाडौं, असार १३ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने भएको छ । आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्यचौकीको सेवा विस्तार गरी आगामी आर्थिक वर्ष ०७९/८० देखि पन्ध्र शय्याको अस्पताल सञ्चालन गर्न लागिएको हो । स्वास्थ्यचौकीलाई विस्तार गरी मेडिकल अधिकृतसहितको अस्पताल सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । अस्पतालमा आकस्मिक, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी र फार्मेसीलगायतका सेवा प्रदान गरिनेछ । हाल स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरलगायतका सेवा प्रवाह भइरहेको छ । गाउँपालिकावासीलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागिएको चुमानले बताउनुभयो । गाउँपालिकामा अस्पताल नहुँदा यहाँका सर्वसाधारण चितवन, दमौली, पोखरालगायतका ठाउँमा उपचार ग...
पेस्तोल र गोलीसहित दुईजना पक्राउ

पेस्तोल र गोलीसहित दुईजना पक्राउ

Breaking News 3, समाचार
काठमाडौं, असार १२ गते । प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजा घरबाट हातहतियारसहित काठमाडौँ महानगरपालिका–१७ धोविचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी वर्दघाट नगरपालिका–१४ का ३० वर्षीय राजु विकलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पेस्तोल र गोली बोकेर हिँडिरहेका अवस्थामा दुवैजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग कटुवा पेस्तोल एक थान, गोली एक थान, खोका एक थान र हातमा लगाउने फलामको पञ्च एक थान बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस...
घट्यो सवारीसाधनको भाडा

घट्यो सवारीसाधनको भाडा

Breaking News 3, समाचार
काठमाडौं, असार १२ गते । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ । नेपाल आयल निगमले शनिबार डिजेल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि सोही आधारमा यात्रुबाहक र मालबाहक सवारीसाधनको भाडादर कम गरिएको हो । यसअघि पटकपटक पेट्रोलियम पदार्थको भाडा बढ्दा भाडादर बढेको थियो । यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा यसअघि कायम भाडादरभन्दा पाँच दशमलव ४१ प्रतिशत भाडा कम गरेको छ । अहिले डिजेल प्रतिलिटर रु २९ र पेट्रोल प्रतिलिटर रु २० कम भएकाले त्यसैका आधारमा भाडादर घटाउने निर्णय भएको विभागले जनाएको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ६ दशमलव ९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा सात दशमलव ६८ प्रतिशत भाडा घटाइएको छ । वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने...
ललितपुरमा पानीपुरी बिक्रीमा रोक

ललितपुरमा पानीपुरी बिक्रीमा रोक

Breaking News 2, समाचार
काठमाडौं, असार १२ गते । ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो । बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हावापानी दूषित छ, फोहर पानी खाँदा हैजा फलन सक्छ ।” कतिपयले जारको भन्दै धाराको दूषित पानी खुवाउने गरेको पाइएको महानगरले जनाएको छ । हालका लागि सडकमा पानीपुरी र चटपटे बेच्न रोक लगाइएको हाछेँथुले बताउनुभयो । महानगरले माइकिङ गर्दै २९ वटै वडामा जनचेतना फैलाउने काम गरिरहेको छ । स्वास्थ्यमा प्रतिकूल असर गर्ने क्रियाकलाप नियन्त्रण गर्नु आफ्नो कर्तव्य भएको महानगरले जनाएको छ । एक सातामा रोग नियन्त...
बेलकाको अनुमानित बजेट ७७ करोड ७४ लाख

बेलकाको अनुमानित बजेट ७७ करोड ७४ लाख

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १२ गते । उदयपुरको बेलका नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित बजेट ७७ करोड ७४ लाख रहेको छ । उपमेयर जीराकुमारी राईले नगर सभाको १० औं अधिवेशनबाट सो बजेट पारीत भएको हो । संघिय सरकारबाट वित्तिय समानिकरण अनुदान तर्फ १४ करोड ६९ लाख, सशर्त अनुदान तर्फ ३० करोड १८ लाख, विशेष अनुदान तर्फ ५ करोड र समपुरक अनुदान तर्फ २ करोड ६० लाख गरी ५२ करोड ४७ लाखको बजेट विनियोजन भएको छ । प्रदेश नं. १ बाट प्राप्त वित्तिय समानिकरण तर्फ ७९ लाख ८९ हजार, सशर्त अनुदान तर्फ ६३ लाख ९४ हजार र समपुरक अनुदान तर्फ १ करोड गरी २ करोड ४३ लाख ८३ हजारको बजेट विनियोजन गरेको छ । त्यस्तै, संघिय सरकार राजश्व बाँडफाँडबाट १३ करोड ४५ लाख २५ हजार, प्रदेश सरकार राजश्व वाडफाँड ६५ लाख २८ हजार १५० रुपैया, रोयल्टी वाडफाँड संघबाट ६ लाख गरी राजश्व वाडफाँडमा १४ करोड १६ लाख ५३ हजार १५० रुपैयाको अनुमानित बजेट पेश गर...
उदयपुरगढीमा ७५ करोड ५० लाख बजेट पारीत

उदयपुरगढीमा ७५ करोड ५० लाख बजेट पारीत

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १२ गते । उदयपुरको उदयपुरगढी गाउँपालिकाको गाउँसभाले ७५ करोड ५० लाख बजेट पारीत गरेको छ । विहिबार नीति तथा कार्यक्रम पारित भएको थियो भने शुक्रबार सम्पन्न गाउँपालिकाको गाउँसभाले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट पास गरेको छ । गढीको चालु तर्फ ६४.८६ प्रतिशत र पुँजीगत तर्फ ३५.१४ प्रतिशत बजेट विनियोजन भएको छ । पालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरको अध्यक्षतामा सम्पन्न गाउँ सभाले संघबाट आउने अनुदान, प्रदेशबाट प्राप्त हुने अनुदान र आन्तरिक आय समेटेर बजेट निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश राईले बताउनुभयो । पालिकाको प्रमुख स्रोत भनेको संघीय सरकारबाट वित्तीय समानिकरणमा प्राप्त हुने १७ करोड २३ लाख रकम र संघकै राजस्व बाँडफाडबाट प्राप्त हुने ११ करोड ४८ लाख ७९ हजार रकम हो । प्रदेशबाट विनियोजन भएको रकम ९५ लाख ९८ हजार वित्तिय समानिकरण अनुदान, समपुरक अनुदान १ करोड र राजश्व बा...
बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट

बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट

Breaking News 3, समाचार
काठमााडौं, असार १२ गते । ग्रामीण क्षेत्रका बजारबाट अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिरहाको पहलमा खटिएको संयुक्त अनुगमन टोलीले सिरहाको भगवानपुर र धनगढीमाई नगरपालिकाको धनगढी बजारबाट करिब रु ५० हजार मूल्य बराबरको म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो । अनुगमनका क्रममा भगवानपुर बजारस्थित अमन किराना पसल, ज्योति गल्ला भण्डार, कृष्णा जेनरल फेन्सी स्टोर्सलगायत विभिन्न पसलबाट म्याद गुज्रेको मैदा, मसला, पाउण्डर दूध, खानेतेल, सुर्ति, बिँडी, भुज, चिउरालगायतका सामान नियन्त्रणमा लिई नष्ट गरेको सो डिभिजन कार्यालय सप्तरीका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो । यस्तै सिरहाको धनगढीमाई –१० स्थित धनगढी बजारमा गरिएको बजार अनुगमनका क्रममा रोहित किराना पस...
एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता

एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता

Breaking News 3, समाचार
काठमााडौं, असार १२ गते । पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने बताउनुभयो । साथै ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराइने भएको छ । सरकारको नीतिअनुसार यसअघि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध हुँदै आएकामा गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न लागेको हो । गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल सामाजिक सुरक्षाभत्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको र आगामी साउन १ देखि नै भत्ता दिन सुरु गरिने जान...
पोखरा स्पोटर्स अवार्डको मनोनयन सार्वजनिक

पोखरा स्पोटर्स अवार्डको मनोनयन सार्वजनिक

Breaking News 3, समाचार
काठमााडौं, असार १२ गते । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा यही असार १८ गते पोखरामा हुन लागेको छैटौँ संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड–२०७८’ को मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले शनिबार चार विधाका उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरेको हो । खेलाडी तथा खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । पछिल्लो एक वर्षका अवधिमा आफ्नो प्रतिभा प्रदर्शनका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो । सार्वजनिक गरिएको मनोनयनअनुसार वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का उत्कृष्ट तीनमा पर्न सफल हुनुभएको छ । वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिषा उपाध्याय र करातेका सरगम कुमाल उत्कृष्ट तीनमा पर्नुभएको छ । उदियमान खेलाडी विधामा टेनिस...