Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

शिक्षकाले पाँच वर्षभन्दा बढी पढाउन नपाइने नीति ल्याइँदै

Uncategorized
पूर्णपुष्टि, पुष ६ । एक सामुदायिक विद्यालयमा एक शिक्षक कार्यरत रहने अवधि बढीमा पाँच वर्षको बनाउने र त्यसपछि स्वतः सरुवा गरिने नीति ल्याइने भएको छ। त्यस्तै,शिक्षकले सुरु पदस्थापन भएको विद्यालयमा अनिवार्य रूपमा २ वर्ष कार्यअवधि पूरा नगरी अर्को विद्यालयमा सरुवा हुन नपाउने व्यवस्था गर्ने नीति ल्याइने पनि मस्यौदामा उल्लेख छ। ‘शिक्षकको सरुवा वैशाख महिनामा मात्र गर्ने प्रणाली स्थापित गरिनेछ’मस्यौदामा भनिएको छ । विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरिवेक्षणको व्यवस्थाका लागि तयार पारिएको मस्यौदामा यो नीति लागू गरिने उल्लेख छ । निजी विद्यालयले १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने नेपाल अभिभावक महासंघका अध्यक्ष एवं मस्यौदा लेखन उपसमितिका सदस्य शुप्रभात भण्डारीका अनुसार तयार भएको उक्त मस्यौदा राष्ट्रिय आयोजनाका उपाध्यक्षमार्फत सोमबार प्रधानमन्त...

रेशम चौधरी रिहाईको माग सहित उदयपुरमा सांकेतिक आन्दोलन, अटेरी गरे काडा संघर्षको चेतावनी

Uncategorized
पूर्णपुष्टि, पुष ६ रेशम चौधरीलाई तत्काल रिहाई गर्नु पर्ने माग सहित उदयपुरमा सांकेति आन्दोलन सुरु गरिएको छ । बुधबार गाईघाट सदरमुकाममा र्याली सहितको सांकेतिक आन्दोलन गर्दै सरकारले नटेरे थप आन्दोलको सुरु गर्ने जनाए । थारु कल्याणकारीणी थारुहट थारु संघर्ष नगर कार्यसमिति र नागरिक उन्मुक्ति पार्टीले संयुक्त आन्दोन सुरु गरिएको हो । उनिहरुले यो आन्दोलन सांकेतिक रुपमा मात्र सुरु गरिएको जनाएको छ । सरकारले ल्याउन लागेको अध्यायदेश निरन्तर प्रयासरत हुनु पर्ने र निर्दोष रेशम चौधरीलाई तत्काल रिहाई गर्नु पर्ने उनिहरुको माग छ । नागरिक उन्मुक्ति पार्टी जिल्ला कार्यसमिति उदयपुरका अध्यक्ष बद्री चौधरीले सरकार सम्म सन्देश पुगोस भन्ने उदेश्यले उदयपुरमा आन्दोलन सुरु गरिएको जनाए । रेशम चौधरी रिहाईको अध्यादेशबाट सरकार पछि हटेको भन्दै अध्यादेश ल्याउन सरकारले हरकदम पहल चालिराख्न अनुरोध गरे । टिकापुर घटना कुनै ...

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचीत

Uncategorized
पूर्णपुष्टि, पुष ६ नेपाली कांग्रेस संसदीय दलको नेतामा पूनः शेरवहादुर देउवा निर्वाचित बनेका छन् । उनले माहामन्त्री गगन थापालाई पराजित गरेको छ । सहमतीमा दलको नेता छान्न नसक्दा शेखर र गगन एक साथ भएर चुनावमा होमीएका थिए । देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गरे । देउवाले ६४ मत पाउँदा गगनले २५ मत मात्र पाएका थिए । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए । गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।...

पत्रकार महासंघ उदयपुरमा नयाँ सदस्यता खुल्यो

Uncategorized
पुर्णपुष्टि, पुष ६ । उदयपुरमा पत्रकारिताका लागि नयाँ सदस्य खुलेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा उदयपुरले सूचना प्रकाशित गर्दै सदस्यता खुलेको बारे जानकारी गराएको छ । माहासंका कार्यसमितिको २ गते बसेको बैठकले नायँ सदस्यता खुलाउने बारे निर्णय गरेका थिए । सूचनामा सदस्यताका लागि योग्यता पुगेका व्यक्तिहरुले बआवश्यक कागजात र फर्म सहित आवेदन दिन सकिने महासंघका अध्यक्ष भरत खड्काले बताए ।...

गगन थापाको बैठक स्थलबाट समर्थकले समाते दुई प्रहरी

Uncategorized
पूर्णणपुष्टि, पुष ६ । नेपाली कांग्रेस महामन्त्री गगन थापामाथि संस्थापन पक्षले प्रहरी परिचालन गरेर निगरानी गरेको छ । संसदीय दलको नेतामा उम्मेदवारी दिएका थापाको काठमाडौंको दुईवटा होटलमा रातभर निगरानी गरिएको हो । प्रहरी स्रोतका अनुसार लाजिम्पाट स्थित होटल एम्बेस्डर र नक्साल स्थित पाँचचारे होटल मेरियटमा थापा पक्षको गतिविधि निगरानी गर्न प्रहरी परिचालन गरिएको छ । लाजिम्पाट स्थित होटल एम्बास्डरबाट थापाको सचिवालयमा कार्यरत सविन राज मुडभरीसहितका थापा समर्थकले दुईजना प्रहरीलाई समातेर सोधपुछ गरेका थिए । मंगलबार राति कांग्रेस समर्थकले सर्च गर्दा उनीहरुको साथमा प्रहरीको परिचयपत्र भेटिएको सविन राज मुडभरीले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । उनका अनुसार प्रहरी नायव निरिक्षक (सई) सरोज भण्डारी र जवान आशिष क्षेत्रीको परिचयपत्र फेला परेको हो । उनीहरु दुवैजना विशेष ब्यूरोमा कार्यरत छन् । विशेष ब्यूरो...

आज प्रदोष वर्त

Uncategorized
पूर्णपुष्टि, माघ ६ । आज माघको ६ गते बुधवारलाई प्रदोष वर्तको रुपमा लिईन्छ । यस्लाई त्रयोदशी पनि भन्ने गरिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ। प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ। प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने । पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती...

सोलुखुम्बुमा पाँच घर जलेर नष्ट

Uncategorized
पूर्णपुष्टि, पुष ५ । सोलुखुम्बुमा आगलागी हँदा पाँच घर जलेर नष्ट भएको छ । थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा मंलवार अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धिबहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर नष्ट भएको हो । आगो नियन्त्रणका लागि अहिले स्थानीय र प्रहरीले पहल गरिरहेका छन् । आगो नियन्त्रण गर्न कठिन रहेकोले सल्लेरीबाट नगरपालिकाको दमकल झिकाएको वडाध्यक्ष घनराज सुनुवारले बताए । आगो नियन्त्रणका लागि जिल्लाबाट प्रहरी निरीक्षक अनिल मिश्रको नेतृत्वमा प्रहरी टोलीसहित सोलुदुधकुण्ड नगरपालिकाको दम्कल प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहले बताए । घटनाबारे विस्तृत विवरण आउन बाँकी...

लालपत्तामा वडा स्तरीय बजेटबाट रिङ्रोडको योजना सुरुवात

Uncategorized
पूर्णपुष्टि, पुष ५ । त्रियुगा नगरपालिका वडा नं ६ ले वडा स्तरीय बजेटबाट रिङरोडको काम सुरु गरेको छ । वडा सदस्य प्रवेश खड्काका अनुसार मंगलबार बाट उक्त काम सुरु गरिएको हो । खड्काले लालपत्ता चोक लाई थप ब्यबस्थित गर्ने उदेश्यले लक्ष्मी खोला देखि टाकि खोला सम्म नयाँ बाटो लालपत्ता चोक रिङरोड योजना सुरुवात भएको जनाए । सो योजना ५ बर्ष भित्र क्रमिक रुपमा ब्यबस्थित बनाउने उदेश्य रहेको जनाएको छ ।...

बेलकामा भलिबल प्रशिक्षण हुने

Uncategorized
पूर्णपुष्टि, पुष ५ । उदयपुरको बेलका नगरपालिका वडा नं. ५ शिखरमाडीमा २ महिने भलिबल प्रशिक्षण हुने भएको छ । स्व.दौलतबहादुर राई, पदममाया राई, चन्द्रकुमारी राई, ईन्द्रबहादुर राई र कृष्ण कमारी राईको स्मृतिमा उक्त प्रशिक्षण हुने भएको हो । राष्ट्रिय स्तरका प्रशिक्षकद्वारा प्रशिक्षण दिइने सो प्रतियोगिताको उद्घाटन यही पौष १४ गते विहान हुने आयोजक समूहका संयोजक मदन राईले जानकारी दिएका छन् । संयोजक राईका अनुसार नेपालको राष्ट्रिय खेलको रुपमा रहेको भलिबल खेल विकासमा केही हदसम्म भएपनि टेवा पुर्याउने उद्देश्यले प्रशिक्षण दिन लागिएको हो । प्रशिक्षणमा भलिबल खेल खेल्न रुचाउने जो कोहिले सहभागिता जनाउन सक्ने बताइएको छ ।...

सरोज श्रेष्ठ जिल्ला अस्पताल उदयपुरको संचालक समिति सदस्यमा मनोनित

Uncategorized
पुर्णपुष्टि, पुष ५ । जिल्ला अस्पताल उदयपुरको संचालक समितिको सदस्यमा सरोज श्रेष्ठ मनोनित भएको छ । स्वास्थ्य मन्त्रालय प्रदेश नम्बर १ को पत्र संख्या २०७९–०८० को चलानी नम्बर ६२१ को पत्र अनुसार जिल्ला अस्पताल उदयपुरको व्यवस्थापन समितिको सदस्यमा मनोनित गरेको हो । मंसीर २८ गतेको मन्त्रालयको निर्णय अनुसार श्रेष्ठलाई सदस्य पदमा मनोनित गरेको नर्सिङ अधिकृत अकृति श्री दाहालद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । दाजु भाई समुह दोहा कतारका नेपाल सदस्य समेत रहेका श्रेष्ठ लामो समय देखि सामाजिक क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।...