त्रियुगा मेडिकलमा उपचार पछि फर्काएको बच्चाको घर नपुग्दै मृत्यु, मेडिकलले लापर्वाही गरेको आरोप
Uncategorized
पूर्णपुष्टि, पौष १६
गाईघाटको त्रियुगा मेडिकलबाट उपचार पछि घर फर्काएको २१ दिने शिशुको बाटोमै मृत्यु भएको छ । शनिवार ११ बजे उपचारका लागि ल्याएको बच्चाको उपचारपछि घर फर्काएको अवस्थामा बाटोमै मृत्यु भएको परिवारले जनाएको छ । उदयपुरको रौतामाई गाउँपालिका ८ का रोहित केप्छाकी र तारा मगरको २१ दिने बच्चाको उपचार गरेर घर फर्कदा मृत्यु भएको उनिहरुले जनाए । मृतक शिशुका बुवा रोहित केप्छाकीका अनुसार सामान्य विरामीका कारण सानो बच्चालाई निमोनिया लाग्ने डरले तत्काल मेडिकल ल्याएका थियौँ, तर बच्चा सन्चो हुनुका साटो उल्टै ज्यान गयो । करिब १ बजेतिर डाक्टरले बच्चा जाँच गर्दा सामान्य रहेको कुरा डाक्टरले आफुहरुलाई जनाएको उनले बताए । डाक्टरले रगत र युरिनियम समेत जाँच्दा पनि निमोनिया र अन्य कुनै विराम नभएको तर अलिकति कफ जमेको कुरा मात्र बताएको उनले जनाए । कफ रहेका कारण बच्चालाई बाफ दिनु पर्ने र २ ओटा सुई दिनु पर्ने ...
