Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

किराती यलेदोङ र माघे संक्रातिको अवसरमा वसाहाले सांस्कृतिक कार्यक्रम गर्दै

Uncategorized
पूर्णपुष्टि, पुष १५ । किरातीहरुको नयाँ सम्वत येलेदुङ ५०८३ र मगरहरुको माघे संक्रातिको अवसरमा चौदण्डीगढी नगरपालिका बसाहा वडा नं ४ ले भव्य सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । किरात राई यायोख्खा र नेपाल मगर संघ वसाहा ४ को संयुक्त आयोजनामा सांगितिक कार्यक्रम हुने जनाईएको छ । कार्यक्रममा स्थानीय तथा ख्याति प्राप्त राष्ट्रिय कलकारहरुले मनोरञजन दिने छन् । नेपालका चर्चित गायीका सत्यकला राई, द भईस अफ नेपाल सिजन ४ का प्रतिस्पर्धि पदम राई र गायक सागर आलेमगर कार्यक्रममा आउने आयोजकले जनाएको छ । कार्यक्रमलाई चौदण्डीगढी नगरपालिका वडा नं ४ ले सहयोग गरेका छन् भने रानी सप्लायर्स बसाहा, मदर ब्लेसिङ्ग बोर्डिङ मगरडाँड बसाहा, सजिलो टिपार्टमेन्ट स्टोर बेल्टार, नारद आदर्श माद्यामिक बिधालय बसाहा, मोती मेमोरियल बोर्डिङ बसाहा र आर्गानिक साबुन उधोग बसाहाले प्रायोजन गरेको छ । यता मिडिया पार्टनरहरुमा पूर्णप...

पुष २८ देखी त्रिनपा ३ ढल्के शान्ति चोकमा माहायज्ञ सहितको भागवत पुराण हुने

Uncategorized
पूर्णपुष्टि, पुष १५ गोवर्धन हरेराम कीर्तन कुञ्ज उदयपुरको आयोजनामा पुष २८ देखी भव्य महायज्ञ भागवत पुराण हुने भएको छ । आयोजक समितिका अध्यक्ष बाल कुमार पराजुलीका अनुसार पुष २८ देखी माघ ५ सम्म बिभिन्न कार्यक्रमहरु सहित सप्तअहोरात्रीय युगल नारायण माहायज्ञ एवं श्रीमद्भागवत सप्ताह समारोह हुने जनाए । मानव मुक्ति बारे बिषेश जानकारी दिनका लागि स्वार्थ विहिन यस कार्यक्रमको आयोजना गरिएको पराजुलीले जनाए । परम्पुज्य रामगुरु कविता प्रसाद गौतमको भक्तजनहरुले उदयपुरमा पनि पुराण गर्न लागेको हो । पुराणमा कथा बाचनका लागि अजितबाबु उक्त समाहोरमा आउने समेत आयोजकले जनाए । उनि कवि प्रसाद गौतमका छोरा समेत रहेका छन् । उक्त समारोहमा प्रवचन सँगै कलश यात्रा, व्रज परिक्रमा, आरती जलफल सम्मेलन जस्ता कार्यक्रमहरु राखिएको छ ।...

१६ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको काम सुरु

Uncategorized
पूर्णपुष्टि, पुष १५ १६ नं वडाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको काम पनि सुरु गरेको छ । वडा कार्यालयको भवन उद्घाटन सँगै प्रधानमन्त्री रोजगार कार्यक्रमको पनि उद्घाटन भएको हो । वडा कार्यालय भवन उद्घाटन गर्न पुगेको त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेतले प्रधानमन्त्री रोजगारको कार्यक्रमलाई पनि उद्घाटन गरेको छ । उद्घाटन सँगै त्यस ठाउँमा काम धमाधम सुरु गरिएको छ । त्रियुगा नगरपालिका रोजगार संयोजक निशा घलेले उद्घाटन सँगै श्रमिकहरुलाई परिचयपत्र समेत वितरण गरिएको जनाईन् । उनले त्रियुगा नगरपालिका १६ मा जम्मा १९ जना श्रमिकहरुलाई उक्त काममा खटाईएको सबैलाई परिचय पत्र वितरण गरिएको जनाईन् । नाली सफा तथा सडक स्तरउन्नती गर्ने १२ जना र सिँडी निर्माणका लागि ७ जना खटाईएको घलेले बताईन् । श्रमीकहरुलाई करिब १०० दिन रोजगार दिईने जनाईएको छ । त्यस बापत उनिहरुले दिनको ५७७ रुपयाँ पारिश्रमिक पाउने छन्...

त्रिनपा १६ नं वडाले आफ्नै भवनबाट सेवा सुरु गर्यो

Uncategorized
पूर्णपुष्टि, पुष १५ त्रियुगा नगरपालिका वडा नं १६ ले आफ्नै भवनबाट जनतालाई सेवा प्रदान गर्न सुरु गरेको छ । नगर भित्रकै बिकट वडाको रुपमा परिचित उक्त वडाले आफ्नै भवनबाट सेवा सुरु गरेको हो । बिहिबार नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गर्दै सेवा सुरु गरिएको हो । मान वहादुर राई वडाअध्यक्ष रहेको उक्त वडामा सुविधा सम्पन्न भवन निर्माण भएको छ । राईको यो दोस्रो कार्यकाल हो । राईले ७४ सालमा पनि वडाको नेतृत्व गरेका थिए । राईको पहिलो कार्यकाल पनि सुखद रहनुका साथै दोस्रो कार्याकाल पनि विकासमुखी काममका साथ अगाडी बढीरहेको छ । राईले वडामा थुप्रै काम कार्वाही पुरानै भाडाको भवनहरुबाट पुरा गरे । असहज र अव्यवस्थित पुरानै भवनहरुबाट सेवा गर्दै आएका उक्त वडाले अव भने व्यवस्थित कार्यालय पाएको छ । अध्यक्ष राईले अब यस भवनबाट जनतालाई चुस्तदुरुष्त सेवा दिने कुरामा आफुहरुलाई सहज भएको जनाए । उनले वडाको आफ्नै भवन...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक

Uncategorized
पूर्णपुष्टि, पुष १५ । छिमेकी मुलुक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आमा हीरावेन मोदीको एक सय वर्षको उमेरमा निधन भएको छ । प्रधानमन्त्री मोदीले शुक्रबार बिहान साढे ती बजे आमाको निधन भएको भन्दै शोक व्यक्त गर्दै ट्वीटमार्फत श्रद्धाञ्जलि अर्पण गरेको हो । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् । आमाको उपचारका लागि प्रधानमन्त्री मोदी गुजरातको अहमदावादस्थित अस्पतालमा पुगेका थिए । उक्त समयमा उनले आमाको स्वास्थ्यलाभको कामना गरेका थिए । गत जुनमा प्रधानमन्त्री मोदीले आमाको सय वर्षको जन्मोत्सव मनाएका थिए । हीरावेन मोदीको निधनप्रति भारतीय राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेको छ ।...

ब्राजिलका महान फुटबलर पेलेकाे ८२ वर्षको उमेरमा निधन

Uncategorized
पूर्णपुष्टि,पुष १५ । विश्वप्रख्यात महान ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ । उनले पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक ब्राजिलको लागि फिफा विश्वकपको उपाधि दिलाएका थिए । तीन पटक विश्वकप उपाधि जित्ने पेले एक मात्र नाममा दुर्लभ कीर्तिमान छ । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । उनी पछिल्लो समय क्यान्सरबाट पीडित थिए । उनलाई नोभेम्बर २०२२ देखि साओ पाउलोको अल्बर्ट आइन्सटाइन हस्पिटलमा भर्ना गरिएको थियो । सन् २००० मा पेलेलाई फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका ईतिहासर छ । बिहीबार राति उनकी छोरी केली नासिमेन्टोले पिताको निधन भएको जानकारी गराएकी ...

कटारीमा दुई बर्ष देखि शीतभण्डार अलपत्र

Uncategorized
पूणंपुष्टि, पुष १५ । उदयपुरको कटारी नगरपालिका–४, स्थित कृषि उपज केन्द्रसँगै १८ लाख बरावरको लागतमा निर्माण गरेको शीतभण्डार अहिले भने प्रयोगविहिन अवस्था रहेको छ । उक्त शीतभण्डा र बिगत २ वर्ष अघि निर्माण गरेको थियो । स्थानीय कृषि क्षेत्रमा चासो देखाउने कृषकहरुको कृषि उत्पादनलाई भण्डारण गर्ने भण्डार हालसम्म पनि संञ्चालनमा कुनै निकायको चासो गएको छैन् । अलपत्र अवस्थामा रहेको शीतभण्डारमा वेराघेरा पनि गरिएको छैन् ।...

आज ‘तमु ल्होसार’ पर्व मनाइँदै

Uncategorized
पूर्णपुष्टि,पुष १५ । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । तमु ल्होसार गुरुङ जातिको महान चाड हो । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसा मनाउने प्रचलन रहेको छ । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइने गरेको पाइएको छ । ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ,भोजभत्तेर,नाचगान गरी आधा रातमा नयाँ वर्ष आयो भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ जाति देशको विभिन्न ठाउँमा छरिएर बसेका छन् जस्तै,कास्की,गोरखा,लमजुङ,तनहुँ,चितवन,दैलेख,बाँके,सुर्खेत,मनाङ,रुम्जाटार,खोटाङ काठमाडौँ आदि लगायतका ठाउँहरुमा उक्त समुदायीको बसोवास रहेको पाईन्छ । उक्त ठाउँमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले...

नेपाल मगर संघ प्रदेश नं १ को दोस्रो अधिवेशन उदयपुरमा, नेतृत्व चयन भोली (तस्विर सहित)

Uncategorized
पूर्णपुष्टि,पुष १५ । नेपाल मगर संघ प्रदेश नं १ को दोस्रो अधिवेशन उदयपुरमा गरिएको छ । शुक्रबार पहिलो चरणको खुल्ला सत्र कार्यक्रम सकिएको छ । प्रदेश नं १ भरीका मगरहरुको उपस्थितिमा उदयपुर स्थित ढिम्की मन्दीरमा खुल्ला सत्र कार्यक्रम भव्य भएको हो । उक्त कार्यक्रममा र्याली तथा सांस्कृतिक कार्यक्रमहरु गरिएको आयोजकले जनाएको छ । अधिवेशनमा १४ जिल्लाहरुबाटै मगर समुदायको सकृया सहभागिता रहेको थियो । मगर भाषा संस्कार र पहिचान, सभ्य सुसंस्कृत समाज निर्माण हाम्रो अभियान भन्ने मुल नाराको साथ अधिवेशन गरिएको हो । यस अधिवेशनले संस्थाको हितमा काम गर्ने र नयाँ प्रतिनिधि चुन्ने आयोजकको विश्वास छ । उपस्थित सबै जिल्लाबाट एक महिला सहित २ पुरुष प्रतिनिधी पठाईने र १३६ पालीका समेत गरेर दुई–दुई जना प्रतिनिधि पठाइने नेपाल मगर संघ प्रदेश १ का अध्यक्ष तेज कुमार आलेले बताए । आलेका अनुसार बन्द सत्रमा विधानमा रहेर प्रदेश न...

स्वतन्त्रबाट जितेका कुशवाहा माओवादी प्रवेश

Uncategorized
पूर्णपुष्टि, पुष १४ सर्लाहीबाट स्वतन्त्र उम्मेदवारी दिएर जितेका जवाहरलाल कुशवाहा माओवादी केन्द्र प्रवेश गरेका छन् । मधेश प्रदेश सभामा सर्लाही क्षेत्र नं। ३ (क) बाट स्वतन्त्र निर्वाचित कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराए । अब मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ । लोसपाका पनि ९ जना सांसद छन् ।  ...