Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

गाईघाटको राधा कृष्ण मन्दिरमा राखिएको दान पेटि चोरी

Uncategorized
पूर्णपुष्टि, पुष १४ । उदयपुरको गाईघाट त्रियुगा नगरपालिका–१०,मा अवस्थित राधा कृष्ण मन्दिरबाट दान पेटिका चोरी भएको छ । गएको बंलवार दिउसोको २ बजे अज्ञात समूहले दान पेटिका तोडफेड गरि चोरि गरेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश आचार्यले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्याललको २०० मिटर तल्लो भेगमा दिनदाहाडै यस्तो घट्ना घट्नु आफैमा दुःखद कुरा रहेको बताए । पछिल्लो समयमा एक पछि अर्को चोरीको घट्ना मौलाउदै गएको भन्दै यसको लागि समन्धित निकायहरुले ध्यानार्कषण गर्नपुने आचार्य बताएछन् । यस अघि त्रियुगा नगरपालिका ११ शुभशान्ति टोलका स्थानीय आशिष खड्काको घर चोरी हुँदा १५ तोला सुन, १५० तोला चाँदी साथै १ लाख पचास हजार सहित चोरी भएको थियो ।...

चुहाडे भेटघाट कवर्ड हल एण्ड रेष्टुरेन्टमा न्यु यर इभ सांगितक कार्यक्रम हुने

Uncategorized
पूर्णपुष्टि, पुष १३ । नयाँ बर्ष २०२३ को अघिल्लो दिन न्यु यर इभ शनिवार सांगितिक साँझ भव्य हुने भएको छ । चुहाडेमा रहेको भेटघाट कवर्डहल एण्ड रेष्टुरेन्टको आयोजनामा सस्तो र मिठो खाना सहित सांगितिक कार्यक्रमको आयोजना गरिने जनाईएको छ । हलका संञ्चालक राज खड्काका अनुसार नयाँ बर्षको अघिल्लो दिन कार्यक्रमको आयोजना गरिने जनाए । खड्काले भने” यसका लागि सम्पूर्ण तयारीहरु गर्दै आएको छौँ । सम्पूर्ण दर्शक महानुभावहरुमा शनिवारको दिन उपस्थितिका लागि हार्दिक अनुरोध छ । खड्काका अनुसार अग्रेजी बर्षको अघिल्लो दिनलाई न्यु यर इभको रुपमा मनाईने जनाए । सोहि अन्तर्गत भेटघाटले पनि सनिवार साँझ भव्य सांगितक कार्यक्रमको आयोजना तयारी गरेको जनाएका छन् ।...

उदयपुर अस्पतालमा भोली अप्रेसन गर्ने भन्दै राखिएका घाईतेको मृत्यु, आफन्तको आपत्ति

Uncategorized
पूर्णपुष्टि, पुष १३ र्घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते भएका विरामीको जिल्ला हस्पिटल उदयपुरमा मृत्यु भएको छ । त्रियुगा नगरपालिका १५ बरुवाका ५५ बर्षिय दल वहादुर राईको बुधबार करिब ३ बजेको समयमा मृत्यु भएको आफन्तहरुले जनाएको छ । रुखबाट लडेर घाईते भएका राईलाई करिब ११ बजे जिल्ला हस्पिटल उदयपुर झारिएका थिए । मृतकका काकाकी छोरी संगिता राईका अनुसार हस्पिटलले नर्मल नै रहेको र बाहिर लैजानु नपर्ने भनेपछि आफुहरु ढुक्क अवस्थामा रहेको बेला काकाको मृत्यु भएको जनाईन् । अचानक काकाको मृत्यु भएपछि यतिवेला आफन्तहरुले आपपत्ति जनाएका छन् । बिरामी सित उनकी श्रीमती र साना साना बच्चाहरु मात्रै हस्पिटल आएका थिए । पछि बिरामीका आफन्तहरुले बाहिर लैजाने भन्दै आए पनि बाहिर लानु नपर्ने डाक्टरले सल्लाह दिएको संगिताले जनाईन् । सामान्य भन्दै राखेका विरामीको अवस्था जटिल रहेको आफन्तहरुले बताए । बिरामीलाई निकै गाह्रो भै...

चलचित्र विकास बोर्डको स्वास्थ्य बिमा पाउने पहिलो कलाकार रामचन्द्र अधिकारी

Uncategorized
पूर्णपुष्टि, पुष १३ । नेपाली चलचित्र साथै हास्यव्याँगे क्षेत्रमा एक छत्र समय बितइसकेका कलाकार रामचन्द्र अधिकारीलाई चलचित्र विकास बोर्डले स्वास्थ्य बीमा प्रदान गरेको छ । काठमाडौँमा बुधवार आयोजित चेक हस्तान्तरण कार्यक्रममा अधिकारीलाई बीमा कम्पनीले ४६ हजार ६०० रुपैयाँ बरावरको चेक हस्तान्तरण गरेको हो । विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई बोर्डले विभिन्न अवस्थाका सुविधा प्रदान गर्ने योजनाअनुरुप स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको थियो । जस अन्र्तगत सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा दिने घोषणा यसअघि गरिसकेको छ । राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधि धर्म भण्डारीले यो बीमा सुविधा लिन योग्य सबैलाई रकम दाबी गर्न आग्रह गरेको छ । यस किसिमका दावी भुक्तानी पाउन कलाकारहरु मध्य अधिकारी मात्रै भएको भन्दै उनले दाबी पेस गरेपछि २४ घण्ट...

सोलुखुम्बुमा तरकारी खेती गर्नेलाई अनुदानमा प्लाष्टिक टनेल

Uncategorized
पूर्णपुष्टि, पुष १३ । सोलखुम्बुको नेचासल्यान गाउँपालिकाले तरकारी खेती गर्ने किसानको लागि अनुदानमा प्लाष्टिक टनेल दिने भएको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै ईच्छुक किसानहरुलाई प्लाष्टिक टनेलमा ५० प्रतिशत अनुदान दिने जनाएको हो । उक्त गाउँपालिकाले आगामी दिनहरुमा नयाँ आलु पकेट विकास कार्यक्रम र एक वडा एक उत्पादन जस्ता कार्यक्रम संञ्चालन गर्दै आएको छ । अनुदान तथा उत्पादनको कार्यमा सहभागि हुन चाहने इच्छुक कृषक, कृषक समुह तथा फर्म, कृषक सहकारीलाई सूचनामा आधारित तोकिएको कागजात सहित सूचना जारी भएको एक हप्ताभित्र गाउँपालिकामा उपस्थित हुन पालिकाको अनुरोध छ ।...

१४ बर्षीय निरजकुमार पासवानको हत्या अभियोगमा दुई पक्राउ, एक फरार

Uncategorized
पूर्णपुष्टि, पुष १३ गते । वीरगञ्ज–२५ सिर्सियाका १४ बर्षीय निरजकुमार पासवानको हत्या अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार रहेको छ । पक्राउ पर्नेमा वीरगञ्ज–१७ अलौं बस्ने कृष्णा भन्ने श्यामप्रसाद यादव र धोविनीन गाउँपालिका–१ घोडदौड पिप्रा घर भई वीरगञ्जमै बस्दै आएका ३० वर्षीय दिलीपकुमार पटेल रहेका छन् । फरार रहेको व्यक्तिको परिचय खुलिसकेको र उनको खोजी कार्य भईरहेको प्रहरी उपरीक्षक कोमल शाहले बताए । जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर उनिहरुलाई सार्वजनिक गरेको हो । फिरौतीको लागी पासवानलाई अपहरण गरी हात, खुट्टा तथा मुखमा कपडाको पट्टीले बाँधेर राखेकामा डोरी फुकालेर भाग्न खोज्दा उनको हत्या भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मंसिर ५ गतेदेखि हराएका निरजको शव गाउँकै गुरूकुल पन्ना मेमोरियल इङ्गलिस स्कुलको पुरानो भवन ...

वसाहमा किरात राई बायङ दोस्रो वार्षिककोत्सव तथा राष्ट्रिय भेला हुने

Uncategorized
पूर्णपुष्टि, पुष १३ । उदयपुरको चौदण्डीगढि–४, वसाहमा किरात राई बायङ सुम्रिखिम केन्द्रीय समितिको दोस्रो वार्षिककोत्सव तथा राष्ट्रिय भेला हुने भएको छ । मंसिरको १७ गते शनिवार काठमाण्डौँमा बसेका बैठकको निर्णयअनुसार आगामी २० गते बुधवार चौदण्डीगढि नगरपालिका–४, वसाहमा आयोजना हुने भएको हो । पहिलो राष्ट्रिय भेला गत वर्ष ओखलढुंगामा आयोजना गरिएको थियो । उक्त राष्ट्रिय भेलामा जिल्ला कार्यसमिति उदयपुरको व्यवस्थापन र केन्द्रीय समितिको आयोजना रहने छ । कार्यक्रममा दुइ प्रवास शाखाहरु हङकङ र युके समिति उदयपुर,सोलुखुम्बु,ओखल्ढुंगाा,खोटाङ,मोरङ,सुनसरी,पाँचथर र सल्यानगरी १० जिल्लाका शाखाहरुको स्थानीय दिनेश बायङ राईले बताए । राष्ट्रिय भेलाको पहिलो दिन सम्पुर्ण किराती समुदायका दाजुभाई तथा दिदी–बैनीहरुले आफ्नो मौलिकता झल्कने पोषाक अनिवार्यरुपमा लागई उपस्थित हुन आयोजकले अनुरोध गरेको छ ।...

रौता जनता क्याम्पस मुर्कुचीले स्नातक तहको पढाई आफ्नै भवनमा सुरु गर्यो

Uncategorized
पूर्णपुष्टि, पुष १३ रौता जनता क्याम्पस मुर्कचुीका स्नातक तहका विद्यार्थीहरुले आफ्नै भवन पाएका छन् । करिब १० बर्ष पछि जनता क्ययाम्पस मुर्कुचीले स्नातक तहका विद्यार्थीहरुलाई पनि आफ्नै भवनमा पठनपाठन गराउन सुरु गरेको हो । उक्त क्याम्पसको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका संघिय सांसद अम्बर बहादुर रायमाझीले विद्यार्थीहरुलाई अबिर माला लगायर पठनपाठनमा सामेल गराएका हुन् । लामो समयदेखी भवनको अभावमा पढ्दै आएको विद्यार्थीहरुले अब भने सुविधा सम्पन्न दुई तल्ले भवन पाएको छ । मुर्कुची ७ राजावासमा रहेको करिब ४ बिघा जमिनमा बिभिन्न सुविद्याहरुको मध्यनजर सहित शान्त वातावरणमा भवन निर्माण भएको क्याम्पसका प्र.अ. माद्यव वहादुर राउतले जनाए । लामो समयदेखी स्कुलकै कोठाहरुमा मिलाएर पढाउँदै आएका विद्यार्थीहरुलाई अब भने पठनपाठन योग्य आफ्नै भवनमा सारिएको राउतले जनाए । राउतका अनुसार अहिले स्नातक तहमा महिला पुरुष ...

लागुऔषध चरेश सहित युवक पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष १३ गते । कैलालीको गोदावारी नगरपालिका २ बसर्पाकस्थित नवीन होटलबाट ९ किलो लागुऔषध चरेशसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका ७ काँडा का ३६ वर्षीय यमराज दौल्याल रहेका छन् । बिशेष सुचनाको आधारमा होटलको कोठा नम्बर १०१ बाट ९ किलो ३४० किलोग्रामसहित उनलाई पक्राउ गरेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) वेदप्रसाद जोशीले बताए । उहाँकाअनुसार प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले होटलमा छापा हानेर दौल्याललाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दैल्याललाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...

कटारीमा उद्यमशीलता विकास सम्बन्धि ८ दिने तालिम सम्पन्न

Uncategorized
पूर्णपुष्टि, पुष १३ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उदयपुरको कटारी नगरपालिकामा उद्यमशीलता विकास सम्बन्धि ८ दिने तालिम सम्पन्न गरेको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)को आयोजनामा कटारी न.पा मेडपा शाखा र घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको साझेदारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । गत ५ गते मंलवार देखि सुरुभएको तालिम १२ गते मंलवार एक औपाचारीका कार्यक्रम गरि सम्पन्न गरेको छ । तालिममा कटारी नगरपालिका–२,का अनुमानीत ३० जना स्थानीयहरुको उपस्थितिमा कार्यक्रम सफल भएको आयोजकले बताए । सहभागीहरुले ब्याग, डल कुसन, भुजिया बनाउने तथा बंगुर पालन कसरी गर्ने र यस्को आधुनिक तरिकाहरुबारे जानकारी उक्त तालिमबाट प्राप्त भएको एक सहभागितले बताए ।...