Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

घुस प्रकरणमा मुछिएका डिएसपी ठगबहादुरलाई निलम्बनको सिफारिस

Uncategorized
पूर्णपुष्टि, पुष १३ । ईलाका प्रहरी कार्यालय बुटवले घुस प्रकरणमा मुछिएका रुपन्देही प्रहरी नायाक उपरीक्षक (डिएसपी) ठकबहादुर केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले डीएसपी केसीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो । गृहमन्त्रालयले निलम्बनकालागि सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले जानाकारी दिनुभयो । उक्त घटनाका सन्दर्भमा आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । ब्यूरोको टोलीले बुटवलका खिलेन्द्रसिंह जिसीलाई रुपन्देहीको कालिकानगरस्थित महाराजा रिसोर्टको क्याविनमा रु नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुनजस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो । उनीसँग गरिएको अनुसन्धानका क्रममा स्थानीय व्यवसायी किसन विक र डिएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि उन...

ओखलढुंगामा ५ वर्षीय नाबालको हत्या, हत्या अभियोगमा १२ वर्षीय मामा पक्राउ

Uncategorized
पूर्णपुष्टि,पुष १२ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले नातामा भान्जा पर्ने ५ बर्षीय नाबालकको हत्या आरोपमा १२ वर्षीय मामालाई पक्राउ गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेका ५ वर्षीय नाबालक साङ्गे शेर्पाको हत्या अभियोगमा उनका १२ वर्षीय मामा पक्राउ परेको छ । गत शुक्रबार घरबाट खेल्न बाहिर निस्किएका नाबालक शनिबार साँझ घर नजिकैको जंगलमा मृत अवस्थामा भेटिएका थिए । घटनाको जानकारी पाएपछि नजिकैको प्रहरी टोलीले घटना स्थलमा पुगेर प्रारम्भीक अनुसन्धान गरेको थियो । शुक्रबार दिउँसो नजिकैको जंगलमा दाउरा काट्न हिँडेका मामा संगै खेल्दै भान्जा पनि पुगेका थिए । त्यसैक्रममा आफुले लगाएको काम गर्न नमान्दा आवेगमा भान्जालाई लौरोले प्रहार गर्दा घटना घटेको जनाएको छ । खेल्ने क्रममा चिप्लेर लड्दा मृत्यु भएको हुनसक्ने आंकलन गरिएको भएपनि शरीरका विभिन्न भागमा कुटपिट भएको जस्तो चोटपटक देखिएपछि प्रहरीले हत्या भएक...

डा.सिके राउत काठमाडौंमा डेरा खोज्दै

Uncategorized
पूर्णपुष्टि, पुष १२ । सत्तारुढ दल जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफु बस्नको लागि डेरा खोज्न थालेको छ । उनले सामाजिक सञ्चालमार्फत आज पनि आफू डेरा खोज्नै गार्‍हो जान लागेको बताएको हो । आफ्नो सामाजिक संञ्जाल ट्यीटरमा काठमाडौं बस्न डेरारघर खोज्नै गार्‍हो, आज पनि जाँदैछु। बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै डाँडाकाँडातिर बसौंबसौं लाग्ने कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू भनेर ट्यीट गरेको छ ।...

कटारीमा फागुन १५ देखि हिरक महोत्सव हुने

Uncategorized
पूर्णपुष्टि,पुष १२ । उदयपुको कटारी नगरपालिका वडा नं.७, जनप्रेमी माविले ६०औँ वर्ष पुगेको अवसरमा हिरक महोत्सव मनाउने भएको छ । विद्याल ६० बर्ष पारको गरेको अवसरमा आगामी फागुन १५ गतेबाट हिरक महोत्वस मनाउने भएको हो । महोत्सवका अवसरमा स्मारिका प्रकाशन, हिरक स्तम्भ निर्माण लगायतकका कार्यक्रमहरु गरिने विद्यालयको प्रधानध्यापक डोमिला धमलाले बताए । विद्यालय व्यवस्थापन साथै शैक्षिक क्षेत्रलाई महत्वपुर्ण सहयोग प्रदान गर्नेहरुलाई सोहि कार्यक्रममा सम्मान गरिने छ । हिरक महोत्सवका लागि विभिन्न उपसमिति समेत गठन भईसकेको र उपसमितिहरुमा पूर्ववडाध्यक्ष धनकुमार दनुवारको संयोजकत्वमा अर्थ समिति , मदन तामाङ्गको संयोजकत्वमा स्मारक निर्माण समिति , शुरेस दनुवारको संयोजकत्वमा व्यवस्थापन समिति, ईश्वर पोखरेलको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । त्यसैगरी स्मारिका लेखन तथा संकलन समितिको संयोजकमा प्रदिप ढु...

बाली भित्र्याएपछि सर्लाहीका युवाहरु मजदुरी गर्न भारत

Uncategorized
पूर्णपुष्टि, पुष १२ । सर्लाहीका अधिकांस युवाहरु धान र अन्य हिउँदे बाली घर भित्र्याएपछि रोजीरोटीका लागि छिमेकी मुलुक भारततर्फ जान थालेको छ । हिउँद यामभर गाउँघरमा खेती किसान गर्ने गरेको र दिगो पनको रोजगार नपाएपछि युवाहरुको ठुलो समूह रोजगारको सिलसिलामा पन्जाब, हरियाणा र दिल्ली लगायतको ठाउँमा जान थालेको हो । जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने पालिका हिजोआज युवाविहिन बनेको पाईन्छ । विष्णु गाउँपालिका–३, का स्थानीय नितेशजङ्गका अनुसार भारतमा पुगेर युवाहरुले ज्यामी र खेतबारीको काम गर्ने जानकारी दिए । गाउँ घरमा रोजगार भपाएपछि आफ्ना धेरै साथीभाईहरु रोजगारको सिलसिलामा भारत गएको यादवले बताए । यादवले भन्नुभयो, “धान भित्र्याएपछि गाउँघरमा खासै काम हुँदैन, काम नभएपछि गाउँका दाजुभाइ भारत गइरहनुभएको छ। अब उहाँहरू हिउँदभर मजदुरी गरेर फर्किनुहुन्छ।” सीमावर्ती क्षेत्रमा पर्ने विष्णु, गोडैता, बलरा, मलङ्गवा, ...

प्रधानमन्त्री र मन्त्रीहरूले १५ प्रतिशत वृद्धि भएको तलब नलिने

Uncategorized
पूर्णपुष्टि, पुष १२ । नव निर्वाचित प्रधानमन्त्री र मन्त्रीहरूले नेपाल सरकारबाट बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब नलिने बताएको छ । आर्थिक वर्ष ०७९/८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ । कर्मचारीको तलब वृद्धि पदाधिकारी तथा मन्त्रीहरूको तलब पनि स्वतः सोही अनुसार बढ्छ । तर, अर्थतन्त्र चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।...

देउवाको हठले टुट्यो सत्ता गठबन्धन, निकटस्थमाथि खनिए कार्यकर्ता

Uncategorized
पूर्णपुष्टि, पुष १२ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने भएपछि नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवा र उन निकटका नेताहरुप्रति चौतर्फी आलोचना हुन थालेको छ । देउवाका पत्नी आरजु राण देउवा र पर्टिका केही विश्वास पात्रकै कारण कांग्रेसले सत्तामा कुनै पद प्राप्त नगरेको भन्दै सामाजिक सञ्जालहरुमा नेताकार्यकर्ताले देउवाको यत्रतत्र आलोचना गर्न थालेको हो । उनीहरूके कारण देउवालाई उचालेर राज्यका सबै संरचनामा पार्टीलाई शून्यतातर्फ झारेको उनीहरूको आरोप छ । नेता गुरुराज घिमिरेले त पार्टी सभापति देउवाले संसदीय दलको नेता सभापतिबाटै नैतिकताका हिसाबले राजीनामा दिनुपर्ने बताए । आम निर्वाचन २०७९ को सबै परिणाम आएपछि नयाँ सरकार गठनका लागि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेताबीच भएको चरण...

एक लाख ४२ हजार नक्कली नोटसहित ५ जना पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष १२ । जिल्ला धनगढी उप–महानगरपालिका वडा नं. ४ बसपार्कस्थित साल्ट टे«डिङ कर्परेसनबाट एक लाख ४२ हजार नक्कली नोट सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साल्ट टे«डिङ कर्परेसन अगाडि नक्कली मुद्राको कारोवार भईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जताएको हो । पक्राउ पर्नेमा लाल बहादुर साउँद, लिलाधार मिश्र, करन सिंह धामी, मोहन सिंह बोहरा र टेकेन्द्र धामी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट बाघको जस्तो देखिने हड्डीह, बैंकका चेकहरु, लुकाइएको जडिबुढी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।...

आज मङ्गल चौथी व्रत

Uncategorized
पूूर्णपुष्टि, पुष १२ । विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख भएका र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ । आज मंलवारको दिनलाई हाम्रो संस्कृतिमा भगवान् गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने परम्परा छ । हे गणनाथ, हजुरलाई कोटी कोटी नमस्कार छ । हिन्दु संस्कारमा मानिसहरूले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर कामको थालनी गर्नुभन्दा पहिले भगवान् श्री गणेशको आराधना र स्मरण गर्छन् । भगवान् श्री गणेशलाई मङ्गल कारक देवताका रूपमा पूजा गर्ने चलन पनि छ । प्रत्येक वर्ष यस दिनलाई ुगणेश चौथीु भनेर मान्ने गरेको पाइन्छ। सामन्यतया नेपाली परम्परामा यो पर्व तीजको भोलिपल्ट र ऋषिपञ्चमीको अघिल्लो दिन पर्ने गर्दछ। भगवान् गणेशको जन्म भएको उक्त दिन मङ्गलबार नै थियो भन्ने विश्वास गरिन्छ, त्यसैले च...

उदयपुरमा १३० औं माओ दिवस मनाइयो

Uncategorized
पूर्णपुष्टि, पुष ११ । माओवादी मजदुर र नेपाल कम्युनिष्ट पार्टीले उदपुरमा माओ जयन्ती मनाएको छ । नेपाल कम्युनिस्ट पाटि बहुमत लगायतका २ राजनीतिक दलद्वारा गाईघाटमा १३० औँ माओेदिवस मनाएको हो । सोमबार माओ जयन्तीको अवसर पारी कार्यक्रममा नेकपा एमालेका पार्टि अध्यक्ष केपी ओलीले गरेको श्रमिक वर्गको योगदान आफ्नो राष्ट्रमात्र नभएर विस्व भरीनै माओको सिद्धान्त बिचार मह्त्वपुर्ण रहेको हिमाल शिंह राईले बताए । १३० औ माओ दिवस उक्त दिवसको अवसरमा माओको बिचार उत्पादिनत राष्ट्रहरुले लिनु पर्ने र माओको शिक्ष महत्वपूर्ण योगदान रहेको र माओले शोषण र शोषितबर्गको उथ्थानको लागि निरन्तर लडेर कम्युनिस्ट पाटिको निमांण गरेको मिन पोखरेलले बताए ।...