Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरमा जेष्ठ नागरिक दिवस मनाईयो, सहज जिवनयापन वारे छलफल

Uncategorized
पूर्णपुष्टि, पुष ११ उदयपुरमा दोस्रो जेष्ठ नागरिक दिवस मनाईएको छ । जेष्ठ नागरिक जिल्ला संघ उदयपुरको आयोजनामा गाईघाट स्थित जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा कार्यक्रम भव्य मनाईएका संघका अध्यक्ष खिला घिमिरेले बताए । घिमिरेले उक्त कार्यक्रममको अवसरमा जेष्ठ नागरिक विचार जिवन सम्बन्धि बृहत बिचार गोष्ठी समेत गरिएको जनाए । जेष्ठ उमेरमा आफुहरु कसरी सहज जिवन यापनको बाटो खोज्ने र त्यो अवस्थालाई कसरी प्राप्त गर्ने भन्ने बारे सम्बन्धित क्षेत्रहरु सँग अन्तरक्रिया समेत गरिएको जनाईएको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रमुख अधिकारी जनार्दन गौतम सहितले शुभकामना मन्तव्यको क्रममा जेष्ठ नागरिकहरुको जिवनलाई कसरी सुखमय बनाउन सकिने भन्ने बारे सामाधान खोज्ने जनाए । गौतम सहित सभापति खिला घिमिरे, १० नं वाअध्यक्ष किरण पाण्डे, जेष्ठ नागरिक कल्याण समाज उदयपुरका अध्यक्ष, बहुवृद्ध जेष्ठ नागरिक प्रित नरसिंह वस्नेत ...

रवि लामिछानेले पहिलो कदममा निर्मला पन्तको न्यायका पहल गर्ने

Uncategorized
पूर्णपुष्टि, पुष ११ । नव निर्वाचित उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पहिलो कार्यकालमा कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायको लागि अधिकतम सरोकारवालाहरु संग पहल गर्ने बताएको छ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिय किशोरी बालिका बि.स. २०७५ साउनको १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर स्थानीयले उखुबारीमा फेला पारेको थियो । उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।...

क्यान्सर पिडित उदयपुरका महेश खड्कालाई बचाईदिन परिवारको अपिल

Uncategorized
पूर्णपुष्टि, पुष ११ क्यान्सर पिडित उदयपुरका १८ बर्षिय युवा महेश खड्कालाई बचाईदिन परिवारले हार्दिक अपिल गरेको छ । त्रियुगा नगरपालिका ५ श्रीपुरका ख्डकालाई उपचारका लागि आर्थिक सहयोग गरी बचाईदिन परिवारको अपिल छ । क्यान्सर रोगी महेशलाई एक महिना देखी भरतपुर अस्पतालमा राखेर उपचार गराईरहेका परिवारले जनाए । आर्थिक अवस्था कम्जोर भएको उक्त परिवारले सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगका याचना गरे । बाबु रामजी खड्का र आमा कमला खड्काका छोरी महेश कक्षा १२ मा श्रीपुर माविमै अध्यानरत थिए । एक बर्ष अघि मात्रै बुवा वितेपछि परिवारलाई समस्या त छँदै थियो, पछि छोरालाई समेत क्यान्सरले भेटेपछि परिवारमा अझै ठुलो बज्रपात परेको आमा कमला खड्का बताउँछिन् । सामान्य गाँठागुठी आएपछि परिवारले उनलाई गत बैशाखमा नोवेल हस्पिटल पुराएका थिए । त्यहाँ अप्रेसन गरेपछि थप अन्य ठाउँहरुमा समेत गाँठागुठी निस्केर एक्कासी प्यारालाईसीस जस्त...

रवि लामिछानेको राजनितिक फड्को : पत्रकार बाट गृहमन्त्री सम्म

Uncategorized
पूर्णपुष्टि, पुष ११ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने नेपालको उपप्रधान तथा गृहमन्त्रीमा बियुक्त भएका छन् । लामिछानेले सामान्य हिसवामै ठुलो जिम्मेवारी पाएका छन् । सरकारमा जानेनजाने भन्ने विषयमा पर्ण रुपमा नखुलेका लामिछानेको पाटीर्, एक्कासी प्रचण्ड नेतृत्व सरकारमा भाग लिए सँगै गृहमन्त्रालय जस्तो पावरफुल मन्त्रालय कब्जा गर्न सफल भए । लामिछाने पत्रकारका पृष्ठ भुमिबाट उदाउँदै राजनितिमा छोटो समयमै फड्को मार्ने व्यक्तिको रुपमा चिनिए । न्युज ट्वान्टी फो टेलिभिजनमा सिधा कुरा जनता सँग प्रस्तुतीकै क्रममा जनताहरुको मन जित्न सफल लामिछानेले चितवनबाट राष्ट्रिय सभा सदस्यमा बाजी मारेका थिए । उनले पछिल्लो समय ग्यालेक्सी फोके टेलिभिजनबाट राजिनामा दिएर पार्टी खोलेका थिए । छोटो समयै जनताको मन जित्न सफल उनी सँगै बिभिन्न ठाउँहरुमा ७ जनाले प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ १३ जना गरी २०...

प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्रीले शपथ लिने

Uncategorized
पूर्णपुष्टि, पुष ११ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डसँगै तीन जना उपप्रधानमन्त्रीले शपथ लिने भएको छ । सोमबार नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीसँगै तीन उप–प्रधानमन्त्रीहरुले शपथ लिने भएको हो । स्रोतका अनुसार उपप्रधानमन्त्रीमा रास्वपाका अध्यक्ष रवि लामिछाने गृहसहित उपप्रधान, एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थसहित उपप्रधान र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसहित परराष्ट्रको जिम्मेवारी पाउने भएको छ । प्रधानमन्त्री प्रचण्डको शपथ राष्ट्रपति कार्यालय शीतल निवासमा केहीबेरमा हुँदैछ ।...

झिँगु नेवा : पुँचलाई दाजुभाई समुहको आर्थिक सहयोग

Uncategorized
पूर्णपुष्टि, पुष ११ दाजुभाई समूह दोहा कतारले झिँगु नेवा ः पुँचलाई सहयोग गरेको छ । झिँगु नेवा ः पुँच १० नं वडालाई संस्कृति जगेर्नामा सहयोग पुराउने भन्दै ५० हजार आर्थिक सहयोग गरेको हो । दाजु भाई समुह दोहा कतारका अध्यक्ष संदिप भट्टराई तथा नेपाल सदस्य सरोज श्रेष्ठले शनिवार गाईघाट स्थित पिपल चोकमा आयोजित कार्यक्रममा उक्त सहयोग हस्ताणतरन गरेको हो । त्यसैगरी महोत्सव आयोजक समितिलाई १० हजार, लाखे नाच प्रतियोगीतामा सहभागीता जनाउन आएको ओखलढुंगा र इलाम लाई पनि ५÷५ हजार रुपैया सहयोग गरेको छ । उदयपुरमा संञ्चालित प्रदेश स्तरीय खाना परिकार महोत्सव तथा लाखे प्रतियोगिताको अवसरमा उक्त सहयोग गरेको हो ।...

न्यायको पहुँच सवलीकरण तथा सामाजिक लेखा परिक्षण सम्पन्न

Uncategorized
पूर्णपुष्टि, पुष ११ । द्धन्द्ध पीडित महिला सञ्जाल उदयपुरले न्यायमा पहँुचको सवलीकरण तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सञ्जालले मनोविमर्श सेवामार्फत समाजमा शान्ति स्थापनाको भुमिका गर्दै आएको कार्यक्रममा उपस्थितले बताए । उक्त कार्यक्रम सोमबार गाईघाटको मकालु होटलमा द्धन्द्ध पीडित महिला राष्ट्रिय सञ्जाल उदयपरको आयोजना र नागरिक आवाज साझेदारमा कार्यक्रमको आयोजना गरेको थियो । संस्थाले सेवा, सुुविधाबाट बन्चित, हिंसामा परेकालाई सहयोग गर्दै पीडितलाई आप्mनो न्याय आफै खोज्न सक्ने र सुविधाको लेखाजोखा गर्न सक्ने बनाउदै गएको छ । थोरै बजेटमा धेरै गतिविधि गरेको संस्थालाई अव स्थानीय तहहरुले सघाउनु पर्ने सरोकारवालाहरुले बताए ।...

खाना परिकार महोत्सव सम्पन्न : नेवार, किँराती, थारु, दनुवार, आदीको परिकार आकर्षण

Uncategorized
पूर्णपुष्टि, पुष ११ गाईघाटमा संञ्चालीत ७ दिने दोस्रो खाना परिकार मेला आईतवार सम्पन्न भएको छ । उक्त मेला पुष ४ देखी सुरु भई १० गते सम्म संञ्चालन भएका थिए । महोत्सवमा बिभिन्न जातजातिका खाना तथा परिकारहरु राखिएका थिए । राई, दनुवार, थारु, श्रेष्ठ भुजेल, सेर्पा लगायतका परिकारहरु मेलामा सहभागी गराएका थिए । आयोजक झिँगु नेवा पुँचले परिकारका साथसाथै प्रदेशस्तरीय लाखे महोत्सव समेत आयोजना गरेका थिए । आदीवासी जनजातिहरुको बिभिन्न संस्कार संस्कृतिलाई समेत मध्यनजर गरी उद्घाटनको दिन सबै जातजातिहरुको संस्कार झाँकी प्रदर्शन गरिएका थिए । बिषेशगरी जाति पहिचान झल्काउने खाना परिकारले मेलालाई उत्कृष्ट बनाउन सफल रहे । यहाँ दनुवारको अन्डी, राईको कठुवाको तिनपाने र तुम्वा, नेवारको नेवारी खाजा सेट र थारुको घुँगीले मेलाका प्रमुख अकार्षणको रुप लिएका थिए । महोत्सवमा घुँगीको मुख्य आकर्षण महोत्सवमा थारुहरुको मुख्य ...

गाईघाटमा १५ तोला सुन चोरी

Uncategorized
पूर्णपुष्टि, पुष १० । गाईघाटको त्रियुगा नगरपालिका ११ शुभशान्ति टोल स्थित एक घरमा चोरी भएको छ । करिवआइतवार रातको १२ बजेको समयमा स्थानीय आशिष खड्काको घरमा कोहि नभएको मौका पारी चोरी भएका हो। घर चोरी हुँदा १५ तोला सुन, १५० तोला चाँदी साथै १ लाख पचास हजार रकम चोरी भएको पिडितले बताएको छ । बिडित आशिष केहि समयमात्र बिदेशबाट घर आएका थिए । त्यसको अघिल्लो रात त्रियुगा नगरपालिका–३, मोतिगडाका रामानन्द साहको माँ दुर्गा जेनरल स्टोरबाट ५ लाख बरावरको रिचार्जकार्ड साथै नगद १ लाख ५० हजार सहित चोरी भएको थियो । यी दुबै घट्नाका आशँकामा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी ज्ञानेन्द्र फुयलले बताए ।  ...

प्रहरीको नियन्त्रणमा डिएसपी केसी

Uncategorized
पूर्णपुष्टि, पुष ११ प्रहरीका डिएसपी ठगबहादुर केसी प्रहरीकै नियन्त्रणमा परेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ बटवलका डिएसपी केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) केसी प्रहरीकै अनुसन्धान टोलीको फन्दामा परेका हुन् । सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौं नगद फेला परेको प्रहरी स्रोतको भनाइ छ। केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ। गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू ग...