Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

माओवादीबाट उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठ

Uncategorized
पूर्णपुष्टि, पुष ११ आज बिहान वसेको माओवादी पधादीकारीहरुको बैठकले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बनाएको र्णियमा भनिएको छ । बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले भने, ‘चार बजे शपथ छ, हाम्रो पार्टीका तर्फबाट हाम्रो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा जानुहुन्छ । उहाँ उपप्रधानमन्त्री हो नै, मन्त्रालय के हुन्छ भन्ने विषयमा ११ बजे छलफल हुन्छ ।’ ११ बजे सत्ता गठबन्धनको बैठक बस्दै छ । माओवादीबाट को–को मन्त्री बन्ने भन्ने कुरा पनि टुंगिन बाँकी रहेको महराले बताए ।...

करिना तामाङलाई नेवाः छमछमी सीजन ३ को उपाधि

Uncategorized
पूर्णपुष्टि, पुष ११ । गाईघाटमा सम्पन्न दोस्रो खाना परिकार महोत्सव २०७९ अन्तरगत नेवाः छमछमी सीजन–३,का ट्रफि करिना तामाङले उचालेकी छिन् । एकल डान्स प्रतियोगिको बिभिन्न चरणहरु पार गर्दै आएकी करिना अन्तत प्रतियोगिताकै उत्कृष्ट मध्य एक बन्न सफल भएको हो । उपाधीसँगै उनले नगद रु,२१ हाजर शिल्ड,प्रमाण–पत्र हात परेकी हुन् । यस्तै प्रतियोगिताको द्धितिय पुरस्कार सुविना बस्नेतले नगद रु, १५ हजार शिल्ड,प्रमाण–पत्र प्राप्त रहेका छन् भने तृतीय स्थान हासील गरेका तुलसा श्रेष्ठले नगद रु, ११ हजार शिल्ड,प्रमाण–पत्र प्राप्त गरेकी छन् । उक्त सीजनाका सान्तोन पुरस्कार गरिमा तामाङ र एलिसा तुलाधारले जनही नगद रु, २ हजार १ सय प्रमाण–पत्र प्राप्त गरेका थिए । झीगु नेवाः पूचः गाईघाट र नेवाः देय दवू त्रियुगा नगर कमिटिको आयोजनामा सम्पन्न नेवाः छमछमी सीजन–३, प्रतियोगिता आईतवार गाईघाटको पिपल चौकमा सम्पन्न भएको थियो । गत ...

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री

Uncategorized
पूर्णपुष्टि, पुष १० नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) देशको तेस्रो पटक प्रधानमन्त्री बनेका छ । उनले आजै बुहुमत सहितको सांसदमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्षा प्रधानमन्त्रीमा दावी पेस गरेको छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राजपा र जनमत पार्टीको समर्थनमा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका हुन् । उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए । उनलाई भोलीनै सपथ खुवाईने छ ।...

नयाँ प्रधानमन्त्रीको सपथ भोली

Uncategorized
पूर्णपुष्टि, पुष १० आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको छ । भोली नै नयाँ प्रधानमन्त्रीको सपथ हुने शीतलनिवास स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेश गरेका हुन् ।  ...

भारतीय नागरिको हत्या : एक पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष १० गते । भारतीय नागरिकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–२ निवासी प्रमोद राम रहेका छन् । प्रमोदलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । उहाँका अनुसार मुख्य अभियुक्त पक्राउ परिसकेको र उनलाई सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ । सुरुमा दुई जना आफन्तलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनिहरुको संलग्नता नदेखिएपछि छोडेको थियौँ भने यस पटक मुख्य अभियुक्त नै पक्राउ परेको प्रहरीले जनाएको छ  । पुष ७ गते साझमा बाराको महागढीमाई नगरपालिका– २ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलबाट निस्कदै गरेका शिवपुजन प्रसाद यादवको गोली हानी हत्या भएको थियो । यादव भारतीय प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेको व्यक्ति भएको प्रहरीले जनाएको छ ।...

गाईघाटमा क्रिसमस डे भव्य

Uncategorized
पूर्णपुष्टि, पुष १० गाईघाटमा पनि यशु क्रिसमसको जन्मउत्सव भव्य मनाएको छ । गाईघाटका क्रिसमस धर्मलम्वीहरुले बिभिन्न कार्यक्रमको आयोजना सँगै क्रिसमस डे मनाएको हो । जिल्लाभरी नै रहेको बिभिन्न चर्जले क्रिसमस डे मनाएका छन् । गाईघाटमा पनि त्रियुगा नगरभरी रहेका चर्जको उपस्थितिमा क्रिसमस मनाईएको हो । यसु क्रिसमको आत्माशान्ती र मानव उन्मुक्तिका लागि जन्मीएको यसुलाई खुसीको रुपमा मनाउने भन्दै क्रिसमस मनाईने गरेको कार्यक्रममा सहभागी सोभराज सुनुवारले जनाए । सुनुवारका अनुसार कार्यक्रममा त्रियुगा नगरपालिका भरी रहेका सबै क्रिसमस धर्मलम्वीहरुको उपस्थिति रहेको र सांगितिक कार्यक्रम सँगै पास्टरहरुको प्रवचन समेत प्रस्तुत गरिने जनाए । उक्त कार्यक्रम त्रियुगा नगरपालिका १२ हवाईफिल्डमा भव्य मनाईएको छ । कार्यक्रम अगाडी यशुको नाम सहित र्याली प्रदर्शनमा उनिहरु सहभागी रहेका थिए । साथै कार्यक्रममा यस जन्म उत्सवको बारेमा...

गाईघाटमा सुर्य र ज्योति लाईफ मर्जरपछि खुसियाली

Uncategorized
पूर्णपुष्टि, पुष १० । गाईघाटमा सुर्य लाईफ इन्स्योरेन्स र ज्योतिलाईफ इन्स्योरेन्स मर्ज भएपछि खुसियाली मनाईएको छ । उक्त कम्पनीहरु मर्ज भई सुर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनि बन्न पुगेको प्रदेश नं २ क्षेत्रीय प्रमुख सन्तोष तिवारीले बताए । विमा कम्पनीहरु मध्ये नेपलमै पहिलो पटक सुर्य र ज्योती लाईफ इन्स्योरेन्सले मर्ज गरेको तिवारीले जनाए । गत पुष ७ गते मर्ज भएको उक्त दवै कम्पनीको गाईघाट शाखामा कार्यालय समेत उद्घाटन भएको छ । कार्यालय उद्घाटन सँगै दुवै कम्पनीका कर्मचारी तथा अभिकर्ताहरुले खुसीयाली समेत साटासाट गरेको छ । आईतबार कम्पनीको उद्घाटन समारोहमा अभिकर्ता र कर्मचारीहरुले एकआपसमा परिचयात्मक कार्यक्रम समेत गरेको छ । कार्यालयको उद्घाटन प्रदेश नं. २ प्रमुख तिवारी सँगै गाईघाट शाखा प्रमुख कमला खवास बिपिन राई र सिताराम चौधरीले संयुक्तमा गरेका थिए ।...

बिराटनगरमा पाँच किलो गाँजासहित युवक पक्राउ

Uncategorized
पूर्णपुष्टि, माघ १० । बिराटनगरमा ५ किलो गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ का २८ वर्षीय गोरे राई रहेका छन् । राईलाई विराटनगर–४ स्थित एयरपोर्ट नहरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उहाँका अनुसार को ३८ प ७९५१ नम्बरको स्कुटरमा सवार रहेको राईलाई चेकजाच गर्ने क्रममा ५ किलो गाँजा बरामद गरेको हो । गाँजा फेला परेपछि स्कुटर नियन्त्रणमा लिएर चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।...

गाईघाटदेखी दिक्तेल हिँडेको बस बुईपामा दुर्घटना : गर्भवती महिला सहित ६ घाईते

Uncategorized
form]पूर्णपुष्टि, पुष १० गाईघाट देखी दिक्तेल तर्फ गैरहेको वस वुईपामा दुर्घटना भएको छ । आईतबार भएको उक्त दुर्घटनामा गर्भवती महिला सहित ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाईते हुनेहरुमा बुईपा खिरीका २९ बर्षिय बिरेन्द्र घिमिरे, हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका गर्भवती समेत रहेकी १६ बर्षिया रेनुका भुजेल, बुईपा कट्टीका दिलकुमारी श्रेष्ठ, ऐसेलु खर्क गाउँपालिका २ खार्पाका २० बर्षिय कुसल सार्की, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ बिजयीखर्ककी ७३ बर्षिया आईते सार्की र सुस्मीता ढुंगाना घाईते भएको प्रहरीले जनाएको छ । प्र १–०५–००१ ख ००१७ नम्वरको गाडी दिक्तेल रुपाकोड मझुवागढी नगरपालिका १४ बुईपा पर स्वास्थ्य चौकी मुनि दुर्घटना हुँदा पाँच मिटर तल खसेका थिए । घाईतेहरु मध्ये बिरेन्द्रको अवस्था भने घम्भिर रहेको प्रहरीको भनाई छ । बिरेन्द्र, दिलकुमारी र रेनुकालाई भने थप उप...

कोरोनाविरुद्धको ‘बुस्टर डोज’ लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Uncategorized
पूर्णपुष्टि, पुष १० । पछिल्लो समय मुलुकमा कोरोना संक्रमणको संख्य ह्वातै बढिरहेको कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नेपाली सचेत नागरिकहरुलाई अतिरिक्त मात्रामा ९बुस्टर डोज० लगाउन आग्रह गरेको छ । छिमेकी मुलुक भारत र चीनमा कोरोना बढिरहेका कारण मन्त्रालयका प्रवक्ता डा।सञ्जयकुमार ठाकुरले सबैलाई बुस्टर डोज अनुरोध गरेका हुन् । पहिलो र दोस्रो मात्रा खोेप लगाएका नागरिकहरुले अनिवार्यरुपमा बुस्टर डोज लगाउन अनुसोध गरेका छन् । मन्त्रालयका प्रवक्ता डा ठाकुरले १५ लाख मात्रा बुस्टर डोज खोप ल्याउन थालिएको जानकारी दिए । कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता गरिएको ९२ लाख मात्रा खोपमध्ये ३७ लाख मात्रा ल्याइसकेको छ । अब त्यही बाँकी रहेकोमध्ये १५ लाख मात्रा खोप बुस्टर डोजका लागि ल्याउन थालिएको हो । सम्झौता गरिएको खोपमध्ये दुईपटक गरेर ३७ लाख मात्रा खोप भने स्वदेश आइसकेको छ । यस्तै मन्त्रालयले संक्रमणब...