Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

सशस्त्र प्रहरीद्वारा दुई किलो युरेनियमसहित तीन जना पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष १० । बारा जिल्लाको पथलैया बिरगंज सडकखण्ड अन्तर्गत जीतपुरको एक होटरबाट दुई किलोग्राम युरेनियमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका ७ का रबि चौधरी, ५ का ३० वर्षीय सागर चौधरी र रौतहट माधव नारायण नगरपालिका २ का २२ वर्षका बृज सहनी रहेको सशस्त्र प्रहरी बाराका प्रवक्ता अमरबहादुर खत्रीले जानकारी दिए । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ को जितपुर स्थित आदित्य होटेलबाट शनिवार साँझ सशस्त्र प्रहरीटोलिले युरेनियम सहित पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल र नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल १२ नम्बर गण हेक्वा मातहत सशस्त्र बेस क्याम्प जीतपुरको टोलीले युरेनियमसहित उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडामगरले बताएका छन् । युरेनियम जस्तै देखिने बस्तुसहित उनीह...

बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन

Uncategorized
पूर्णपष्टि, पुष १० । निजी क्षेत्रको अग्रणी विमान कम्पनी बुद्ध एयर प्राइभेट लिमिटेडका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको आईतवार ९३ वर्षको उमेरमा निधन भएको छ । भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन गरेका थिए । उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य, सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुन् । बस्नेतको दुई छोरा एक छोरी छन् । हाल बुद्ध एयरलाई उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले प्रवन्ध निर्देशकका रूपमा हाँकिरहेको छ ।...

यस्तो छ आजको मौसम पूर्वानुमान

Uncategorized
पूर्णपुष्टि, पुष १० । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जकको प्रभावले गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रहने छ । यता हिमाली भू–भागको एक वा केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने आज दिउँसोबाट सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतः सफा रहनेछ । देशका हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।...

आज क्रिसमस डे क्रिश्चियनहरुले हर्षा उल्लासका साथ मनाउदै

Uncategorized
पूर्णपुष्टि, पुष १० । इसाई धर्मका अनुयायीहरू सौहार्द्यता तथा खुसीयालीको चाड क्रिसमस डे आज मनाइँदैछ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइने गरिन्छ । इजरायलको वेथलेहेममा आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म भएको थियो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । यस वर्ष भने सबैलाई सार्वजनिक बिदा दिइएको छ । हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ने...

उदयपुरका ७४ वर्षिय बृद्ध पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुस ९ । उदयपुुर ७४ वर्षको बृद्ध अवस्थामा उदयपुरको एक ब्यक्ति आज पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका–१० का लट्टे भनिने जगतबहादुर बुुढाथोकी पक्राउ परेका हुन् । उनलाई पुनरावेदन अदालत राजविराज सप्तरीको फैसला अनुसार गर्भपतन मुद्दामा २ वर्ष ११ महिना १० नि कैद तोकेको थियो । २०७१ बैसाख १७ गतेको फैसलापछि उनी फरार लिष्टमा परेका थिए । लुुकिछिपी त्रियुुगा नगरपालिका ३ मोतिगडामा बसिरहेको अवस्थमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।  ...

लाखे प्रतियाेगितामा संखुुवासभा प्रथम – फोटो फिचरसहित

Uncategorized
पूर्णपुष्टि, पुस ९ । गाइघाट  उदयपुरको गाईघाटमा आज भएको नेवार समुदायको लाखेनाच प्रतियोगितामा नेवाः देय् दब्बुु पाँचखपन, संखुुवासभा प्रथम बनेको छ । प्रथम भएसंगै उसले एक लाख एकरुपैया नगद पुरस्कार प्राप्त गरेको छ । पासाखल धरान दोस्रो बनेर ७५ हजार १ रुपैया पुरस्कार जितेको छ । तेस्रो हुने इन्द्रपुुुर नेवाः पुुचः विराटचौक मोरङले ५१ हजार १ रुपैया पुुरस्कार जितेको छ । सान्त्वना स्थान हुनेहरुलाई ११ हजार पुरस्कार प्रदान गरिएको छ । फोटो फिचर...

१४ नं वडा प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्य सन्तोषजनक

Uncategorized
पूर्णपुष्टि, पुष ९ १४ नं वडामा संञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको निर्माण कार्यको पहिलो चरणको अनुगमन भएको छ । सामाजिक बिकास शाखा तथा सुचना अधिकारी विश्वजित राई रोजगार शाखा अधिकृत निशा घले एक वहादुर राउत सहितको टोलीले बिहिवार कार्य स्थलको अनुगमन गरेका हो । उक्त योजना प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा समेतको लागत साझेदारीमा संचालन रहेको रोजगार शााखा अधिकृत निशा घलेले बताईन् । पुमाङ्ग कदमे खोला सिचाइ निर्माण र छतिवने बलौटे खोला बाध निर्माण कार्यको पहिलो चरणको स्थलगत अनुगमन सम्पन्न गरेको घलेले जनाईन् । यस्तै अनुगमनको क्रममा कार्य संतोषजनक र तीब्र गतिमा भइ रहेको पाइएको जनाईएको छ । यस योजाका कामले पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र आन्तरिक रोजगारीको शृजना साथै सामुदायिक विकास निर्माणमा पनि महत्त्वपूर्ण टेवा पुगेको छ ।...

१६ नं वडाको बिकट ठाउँ तिनधारे आँपडाँडाँमा बत्ति पुग्यो, विद्युतमैत्री बन्दै वडा

Uncategorized
पूर्णपुष्टि, पुष ९ १६ नं वडामा पर्ने बिकट ठाउँ आँपडाँडाँ तिनधारेका जनताहरुको पहिलो मागलाई त्यहाँका जनप्रतिनिधिहरुले सम्बोधन गरेको छ । त्रियुगा नगरपालिकाकै बिकट ठाउँको रुपमा रहेको १६ नं वडामा पर्ने तारेभिरको काखमा अवस्थित तिनधारे आँपडाँडाँका जनताहरुले बत्ति बाल्न पाए सँगै उनिहरुको मुख्य माग सम्बोधन भएको हो । वडाअध्यक्ष मान वहादुर राईका अनुसार स्थानीय चुनावकै वेला त्यस क्षेत्रका जनताहरुले विद्युतलाई पहिलो प्राथामिकतामा राखेर आफुहरु सित उज्यालो वस्तीको माग गरेका थिए । सोही माग अनुसार वडाको बत्ति पुराउने पहल कदमीले त्यहाँ बत्ती बल्न सफल भएको छ । उक्त ठाउँमा वडाअध्यक्ष मान वहादुर राईसहितको जनप्रतिनिधिहरुले शुक्रबार विद्युत विस्तार कार्यक्रमको उद्घाटन समेत गरिसकेको अवस्था छ । बत्ति उद्घाटन सँगै स्थानीयहरुले जनप्रतिनिधिहरुबाट माग पुरा भएको जनाए । आफ्नो बिकट ठाउँमै पनि बत्ति बलेको भन्दै त्...

ज्योति लाईफ गाईघाटशाखा द्धारा ६० लाख मृत्यु दावि भुक्तानी

Uncategorized
पूर्णपुष्टि, पुष ९ । ज्योति लाईफ इन्स्योरेन्स गाईघाट शाखाले मृत परिवारलाई मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ । शनिवार कम्पनीले त्रियुगा नगरपालिका–४, बगाह निवासी स्वः चित्र कुमारी चौधरी लिम्बुका परिवारलाई ६० लाख बराबरको मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो । कम्पनीका कर्मचारीहरुले घरमै पुगी मृतकका श्रीमान सुनिल कुमार चौधरी र छोरा समरद्धिप चौधरीलाई ६० लाख २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । शाखाका स्टार एजेन्सी म्यानेजर, एजेन्सी कर्मचारीहरु र नगरप्रमुख बसन्त बस्नेत साथै वडाध्यक्ष बद्री बस्नेत लगाएतले संयुक्त चेक हस्तान्तरण गरेका थिए । ३१ बर्षिया मृतक चित्र कुमारी चौधरीको गत अशोज १५ गते आफ्नै पसल ग्यालेक्सी सप्लायर्स एण्ड ट्रेडर्समा नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको परिवार श्रोतले बताए । मृतक चौधरीले ज्योति लाईफ इन्स्योरेन्समा ३ महिना अघि मात्रै ३० ...

लाखे प्रतियोगिताको पूर्वसन्ध्या बजार परिक्रमाको : फोटोफिचर

Uncategorized
पूर्णपुष्टि, पुष ९ आज गाईघाटमा प्रदेश नं १ स्तरीय लाखे प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताको पूर्वसन्ध्या उपस्थित सबै टिमले गाईघाट परिक्रमा गरी जुलुसमा सहभागी थिए । आयोजकका अनुसार १२ टिम सहभागी रहेको उक्त लाखे प्रतियोगिता केहि बेरमै हुन लागलेको अवस्था छ ।