Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

दोस्रो खाना परिकार महोत्सव १ नं. प्रदेश स्तरिय लाखे नाच प्रतियोगिता

Uncategorized
पूर्णपुष्टि, पुष ९ । उदयपुरको सदरमुकाम गाईघाटमा जारी दोस्रो खाना परिकार महोत्सवको आज छैटौँ दिन १ नं. प्रदेश स्तरिय लागे नाच प्रतियोगिता हुने भएको छ । झीगु नेवाः पुचः गाईघाटको आयोजनामा संञ्चालीत खाना परिकार महोत्सव प्रदेश नं.१ भित्र गरी बिभिन्न १२ स्थानका लागेहरुले आ–आफ्नो प्रस्तुती प्रदर्शनी गर्ने छन् । १ नं. प्रदेश स्तरिय लागे नाच प्रतियोगिताको औपचारिक उत्घाटन बिहान १० बजे हुने आयोजकले बताएका छन् । प्रतियोगितामा उपस्थित सहभागि लाखेहरु कार्यक्रम स्थल पिपल चौकबाट र्यलीको लागि निस्किने छ । उक्त र्याली पिपलचौक,मेनचोक,टेम्पुचोक,हिमालीटोल हुँदै पुःन कार्यक्रम स्थल पिपलचोक आउने व्यवस्थापन समितिले बताएका छन् । लागे नाच प्रतियोगितामा सहभागी संस्थाहरु नेवा स्खल समाच मोथ्याई उदयपुर, नेवार संघ कटारी नगरपालिका उदयपुर, नेवाः देय् दब्बु बिर्तामोड, बिराट नेवाः पुचः बिराटनगर, मोरङ, इन्द्रपुर नेवाः प...

आजको मौसम : कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना

Uncategorized
पुर्णपुष्टि, पुष ९ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदली हुने जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ। प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक दुई स्थानमा हल्का वर्षा हुनेछ। हिमाली भू–भागका थोरै स्थानमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी राती देशका पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली हुनेछ। प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना छ। यस्तै आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।...

सम्झौता अनुसार काम नगरेका कारण गाईघाट फोक्सिङटार–सिमपानी सडकको ठेक्का तोडियो

Uncategorized
पूर्णपुष्टि, पुष ९ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग ९१०१ किलोमिटर अन्तरगतका दुई प्याकेजको ठेक्का तोडिएको छ । ठेकेदारले खरिद सम्झौता अनुसार काम नगरेका कारण सडक कालोत्रेको काम वर्षौं अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) र उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्डको ठेक्का अन्त्य गरेको हो । २०७७ साउन १० भित्र कालोपत्रे पूरा गर्ने शर्तमा २०७३ साउन ११ गते देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले ५५ करोड ८७ लाखमा फोक्सिङटार–सिमपानी (राजापानी) सडकको खरिद सम्झौता गरेको थियो । तर बीचैमा काम छोडेर ठेक्काको म्याद २०७८ चैत ३० गते समाप्त हुँदासम्म पनि सम्झौता बमोजिम कार्य सम्पादन गर्न चासो नदेखाएको कार्यालयले जनाएको छ । ठेक्काको म्याद समाप्त हुँदासम्म पनि खरिद सम्झौता बमोजिम कार्य सम्पादन गर्नेतर्फ कुनै चासो नदेखाएकाले दुई प्याकेजको ठेक्का...

द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता करण राई

Uncategorized
पूर्णपुष्टि, माघ ९ । करण राई द भ्वाइस अफ नेपालको चौँथो सिजनको विजेता बन्न सफल भएका छन् । शुक्रवार राति भएको ग्राण्ड फिनालेमा राई चौथो सिजनको विजेता बनेका हुन् । यो एक्कल गायन प्रतियोगितामा अन्तिम ४ हुदै टिम राजु लामाबाट प्रतिस्पर्धा गरेका राईले पुरस्कार स्वरुप नगद रु २५ लाख रुपैयाँसहित अन्य बिभिन्न पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट चारमा टिम राजेशबाट सविना योङहाङ लिम्बु, टिम प्रमोदबाट पुर्वेली पँञ्ची योगेश कगर, टिम प्रविशा अधिकारीबाट साहिल लिम्बु पुगेका थिए । उत्कृष्ट १६ जनाको टिम तयार भएपछि नेपाली दर्शकहरुले दिएको भोटको आधारमा प्रतिश्पर्धीहरुको द भ्वाइस अफ नेपाल सिजन ४ यात्रा निर्धारण हुँदै आएको थियो । विजेता करण राईले नगद रु,२५ लाख सहित पल्सर एन २५० मोटरसाइकल, साढे दुई तोला सुन, ग्लालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरेका छन् । टिम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु ...

आज तोल ल्होसार पर्व

Uncategorized
पूर्णपुष्टि, पुष ९ । आज नेपाली पात्रो अनुसार तोल ल्होसार पर्व परेको छ । अन्य तीन ल्होसारहरु मध्य तोल ल्होसार पनि एक प्राचिनतम ल्होसार हो । तोल ल्होसार नै अन्य ल्होसारहरुको उद्गम मानिन्छ र तोल ल्होसारको आफ्नै दर्शन र महत्व भएको पाइन्छ । तोलको अर्थ हो समय या समयको चक्र र चलायमानता । देवताको विजय र दैत्यहरुको पराजयको कामना सहित तोल ल्होसारको बिसं २०७८ को संस्मरणमा पनि अन्य वर्षहरु झैं पुजा अर्चना गरिन्छ । सत्य र उज्यालोको पैरवी गर्दै आजको तोल ल्होसारमा सबैलाई शुभकामना । मौसम अनि हिमाल दुबैको साथ रहोस्, सबैलाई सुख होस् । यो पर्व घर आगन लिपपोत गरी चोखो पारिन्छ र आँफु पनि नुहाएर पुजा गरिन्छ । अनि लामा पुरोहित वाट वा घरको मुलीबाट पुजापाठ गराइ गहुँको पिठो आकाशतर्फ उडाएर देवताको विजय र भुत प्रेतको हार होस भनि कामना गरिन्छ । अनि मान्यजनबाट आर्शिवाद लिँदै बाबरी रोटी, फुरौला, कन्दमुल आदि खाने पनि ग...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १९ किलो सुन पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष ८ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एकजना विदेशी नागरिक १९ किलो सुनसहित पक्र्राउ गरेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्नेमा सुडाजका नागरिक रहेको खुलेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । २७ वर्षीय मोहम्मद फ्लाइ दुबईको फ्लाइटबाट आएका थिए । उनी भन्सार कार्यालयको नियन्त्रणमा छन् ।...

बराहक्षेत्रमा जंगली हात्ती मृत्त फेला

Uncategorized
पूर्णपुष्टि, पुष ८ । बराह क्षेत्रको कौशिका सामुदायिक वन क्षेत्रमा जंगली हात्ती मृत्त अवस्थामा फेला परेको छ । सुनसरीको बहाहक्षेत्र नगरपालिका–२, स्थित कौशिका सामुदायिक वन क्षेत्रमा दुर्गन्धित अवस्थामा फेला परेकाले करिब तीन चार दिनअघि नै मरेको हुन सक्ने अनुमान गरिएको छ । अन्दाजी २५– ३० वर्षको देखिने दाह्रा निस्किएको मत्ता मृत अवस्थामा फेला परेको जानकारी स्थानीयले दिएको सब डिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले बताए । कानमा तीनवटा प्वाल रहेको र ट्याग लागेको अवस्थामा मत्ता मृत फेला परेको उनले बताए । वन कार्यालयका कर्मचारी खेमराज हाछेथुले उक्त हात्ती भारतको आसाम हुँदै पूर्वमेची नदी पार गरेर नेपाल छिरेका हुन् वा कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको हो भन्ने विषयमा एकिन गर्न नसकिएको बनाए । वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा मुचुल्का उठाइएको छ । कोसीटप्पु वन्यज...

सोलुखुम्बुका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि वितरण

Uncategorized
पूर्णपुष्टि, पुष ८ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले बार्षिक नीति तथा कार्यक्रम अनुसार दीर्घरोगीहरुलाई घरमै पुगेर निःशुल्क औषधिको वितरण गरेको छ । जिल्लाको लिखुपिके गाउँपालिका भित्र बासोवास गर्ने दीर्घरोगीलाई गाउँपालिकाले औषधि वितरण गरेको हो । औषधि उपचारकै अभावमा नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बस्नेतले बताइन् । दीर्घरोगी आफैँले पनि पालिकाभित्रका स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि लिन सक्नेछन् । आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका पालिकावासीलाई स्थानीय सरकारले राहतस्वरुप यो कार्यक्रम ल्याएको अध्यक्ष मीना कार्की बस्नेतले बताइन्। स्वास्थ्यकर्मीलाई खटाई घरघरमै पुगेर औषधि वितरणसँगै स्वास्थ्य परीक्षणसमेत गरिने उनको भनाइ छ । औषधिको नाम टिपोट गर्न छुटाएका बिरामीले स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्नसक्ने ...

सवारी दुर्घटनाहुँदा स्कुटर चालकको मृत्यु

Uncategorized
पूर्णपुष्टि, पुष ०८ गते । सुनसरीको धरान उप–महानगरपालिका–९ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१९ का ४३ बर्षीय विरेन्द्र लिम्बु रहेका छन् । बिहिबार दिउसो ३ बजे को ३२ प ८२३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका लिम्बुको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।...

उदयपुरमा लुकेर बसेका अवस्थामा फरार प्रतिवादी पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष ८ जिल्ला प्रहरी कार्यालय उदयपुरले फरार प्रदिवादी जगत बहादुर बुढाथोकीलाई पक्राउ गरेको छ । विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना असुल उपर फरार प्रतिवादी चौदण्डीगढी नगरपालिका १० का बुढाथोकीलाई लुकीछिपी वसेको अवस्थामा बिहिबार प्रहरीले पक्राउ गरेका थिए । मिति २०७१।०१।१७ गतेको पुनराबेदन अदालत राजबिराज सप्तरीको फैसला अनुसार गर्भपतन मुद्दामा २ बर्ष ११ महिना १० दिन कैद तोकिएको बुढाथोकी त्रियुगा नगरपालिका ३ मोतिगडामा लुकेर वसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाए । पक्राउ पश्चात उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत उदयपुरमा पठाईएको छ ।...