Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरमा करेन्ट लाग्दा श्रीमतीको मृत्यु,श्रीमान घाईते

Uncategorized
पूर्णपुष्टि, पुष ८ गते । उदयपुरमा करेन्ट लाग्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१५ ज्यामिटार बस्ने रुपेश विश्वकर्माकी २८ बर्षीया श्रीमती पार्वती बिश्वकर्मा रहेकी छिन् । हिजो बिहान साढे १० बजे आफ्नै बारीमा कोदो टिप्ने क्रममा विजुलीको पोलमा छुन पुग्दा करेन्ट लागि उनको घटना स्थलमा नै मृत्यु भएको थियो भने उनका श्रीमान रुपेश श्रीमतीलाई बचाउन खोज्दा करेन्ट लागी घाईते भएका थिए । घाइते बिश्वाकर्माको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।...

गाईघाट खाना परिकार महोत्सवको दैनिक कारोवार कती ?

Uncategorized
पूर्णपुष्टि, पुष ८ उदयपुर गाईघाटमा संञ्चालीत दोस्रो खाना परिकार महोत्सवको कारोवार सन्तोस जनाक रहेको छ । पुष ४ गते बाट सुरु भएको उक्त महोत्सव १० गते सम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवमा प्रदेश स्तरीय लाखे प्रतियोगिता समेत हुने छ । यस लगायत महोत्सवको अन्य आकर्षणहरु खानाको बिभिन्न परिकार, सांगितिक कार्यक्रम, जातिय सांस्कार संस्कृति, जातिय पोषाकहरु रहेका छन् । यहाँ २४ ओटा स्टलहरुमा व्यपार चलिरहेको छ । बिषेश रुमा आदिवासी जनजातिहरुको पहिचानमुखी परिकारहरुलाई उच्च प्राथामिकतामा राखिएको छ । राई, मगर, तामाङ, श्रेष्ठ, भुजेल, थारु, शेर्पा, दनुवार आदि लगायतले स्टलमा भाग लिएर व्यापार संञ्चालन गरिरहेको छ । दिउँसो बाट करिब ९ बजे बेलुका सम्म संञ्चालन हुने महोत्सवमा झण्डै एक लाखको हाराहारीमा कारोवार भैरहेको आयोजकले जनाएको छ ।...

मधेशका जिल्लामा हुस्सुसँगै चिसो बढ्यो

Uncategorized
पूर्णपुष्टि, पुष ८ । मधेशका बिभिन्न जिल्लासहित सप्तरीमा आज चिसो ह्वातै बढेको छ । बोक्लो हुस्सु लागेको कारण घाम लाग्न छाडेपछि चिसो बढेको हो । केही दिनदेखि एक्कासि बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न पारिवार बढी प्रभावित बनेका छन्। चिसोले गर्दा बालबालिकालाई विद्यालय जान समस्या हुन थालेको छ। महादेवा गाउँपालिका–१, सोनराका देवनारायण मण्डलले न्यानो कपडा र पर्याप्त खानेकुरा नहुँदा मुसहर बस्तीका बालबालिका, वृद्धवृद्धालगायत सबै कठ्याङ्ग्रिएर बस्नु परिरहेको गुनासो गर्नुभयो । चिसोले मुसहर बस्तीका वृद्धवृद्धाको कठ्याङ्ग्रिएर मृत्यु हुने अवस्था रहेको मण्डल बताउनुहुन्छ। चिसो छल्नका लागि स्थानीयहरू घर तथा चोक–चोकमा आगो बालेर तापिरहेका छन् । विपन्न परिवारलाई चिसोबाट जोगाउन स्थानीय तह तथा अन्य सरोकारवाला निकायले अहिलेसम्म कुनै पहल नगरेको प्रभावितहरूले गुनासो गरेका छन् । चिकित्सकले चिस...

फेरी कोरोना संक्रमण सुरु

Uncategorized
पूर्णपुष्टि, पुष ८ कोरोना संक्रमण फेरी संक्रिय हुन थालेको छ । चिन लगायत बिभिन्न देशहरुमा कोरोना फेरी फर्किन थालेका छन् । छिमेकी देशहरुमा संक्रमण बढे सँगै नेपालमा पनि उच्च सतर्कता थाल्नु पर्ने देखिएको छ । स्वास्थ्य मन्त्रालयले चीन, भारत, दक्षिण कोरिया, अमेरिकालगायतका देशमा संक्रमणमा वृद्धि भएको जनाउँदै सबै प्रवेश बिन्दुका हेल्थ डेस्क र स्वास्थ्य संस्थाले आवश्यक स्क्रिनिङ, निगरानी, सतर्कतालगायत आवश्यक तयारीका लागि सतर्क गराएको छ। चीनमा ओमिक्रोनको सब–भेरिएन्ट ‘बीएफ–७’ का कारण नयाँ लहर आएको जनाउँदै धुलिखेल अस्पतालका जिनोम सिक्वेन्स् ल्याबका प्रमुख डा.राजीव श्रेष्ठ भन्छन्, ‘यो भेरिएन्ट भारतको गुजरात र उडिसा राज्यमा पछिल्लो ६ महिनामा ४ जनामा पुष्टि भइसकेको छ ।’ सेल होस्ट एन्ड माइक्रोब जर्नलमा हालै प्रकाशित एक रिपोर्टअनुसार मुख्य भेरिएन्टको दाँजोमा ‘बीएफ–७’, सब–भेरिएन्टमा ४।४ गुणा बढीे ‘न्युट्...

उपत्यकाको फोहर एक हप्तासम्म नउठ्ने

Uncategorized
पूर्णपुष्टि, पुष ८ । काठमाडौं उपत्यकाको फोहर अब एक हप्तासम्म नउठ्ने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता फोहर व्यवस्थापन प्रभावित बन्न लागेको हो । शुक्रबारदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिने कामपा वातावरण विभागले जनाएको छ । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरका गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए । महानगरपालिकाले आज एक सूचना जारी गर्दै सोही अवधिमा आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ । हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरे...

चार्ल्स शोभराज जेलबाट आज छुट्ने, अध्यागमनलाई आज बुझाइने

Uncategorized
पूर्णपुष्टि, पुष ८ । कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट आज छुट्ने भएका छन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । हिजो छुटन उनले नमानेपछि आज अध्यागमन लैजाने भएको हो । सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी आज जेलमुक्त भएका हुन् । सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो । जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ ।...

जिल्ला अस्पताल उदयपुरका विरामीलाई फलफुल वितरण

Uncategorized
पूर्णपुष्टि, पुष ८ जिल्ला अस्पताल उदयपुरका संञ्चालक समिति सदस्य समेत रहेका सरोज श्रेष्ठले विरामीहरुलाई फलफुल वितरण गरेको छ । दाजुभाई समूह दोहा कतारका संयोजक सन्दीप भट्टराईको समेत उपस्थितीमा फलफुल वितरण गरिएको हो । अस्पतालमा रहेका विरामीहरुलाई सहयोग स्वरुप फलफुल वितरण गरेको श्रेष्ठले जनाए ।

आज पौषे औँशी (गोकर्ण, बराहक्षेत्र आदीमा तिर्थ श्राद्ध)

Uncategorized
पूर्णपुष्टि, पुष ८ । नेपाली पात्रो अनुसार आज शुक्रबार पौषे औँशी (गोकर्ण, बराहक्षेत्र आदीमा तिर्थ श्राद्ध) परेको छ । एक मास अर्थात् महिना पनि मान्न सकिन्छ । चन्द्रमानमा एक मास भित्र ३० दिनहरू हुन्छन् अनि यी ३० दिनाकंको लगभग मध्य भागमा औँसी पर्दछ । अँध्यारो र कालो कुराहरूको बिम्बका रूपमा लिइने औँसीको आध्यात्मिक र अलौकिक महत्त्व भनेँ पृथक् छ । पूर्णिमा र औँसीको बिचमा कट्ने महिनाभरि नै आकाशमा बादलभित्र चन्द्रमा कहिले प्रस्ट देखिने र कहिले प्रस्ट नदेखिने हुन्छ । पूर्णिमामा झलमल देखिने चन्द्र औँसीमा बादलभित्र लुकेको पाइन्छ । अब कुरा गरौँ पुस महिनाको औँसी को, यस औँसी चाहिँ पितृ कर्म, पिण्ड, तर्पण अनि श्राद्ध आदिका लागि विशेष फलदायी दिन हो । छोटो र चिसो दिनहरू भएको पुस महिना धनधान्य र सौभाग्यको हिसाबले असाध्यै महत्त्वपूर्ण महिना पनि हो, लक्ष्मीको सौभाग्ययताको स्वरूप सौभाग्य लक्ष्मीको महिना पनि ...

उदयपुरमा लागुऔषध ओसार पसारमा संलग्न तीन जना पक्राउ

Uncategorized
उदयपुर, पुष ७ । लागुऔषध ओसार पसारमा संलग्न तीन जनालाई प्रहरीलेल पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ५ देउरीमा प्र २–०१–००४ प ०७८१ को मोटरसाईकलमा सवार त्रियुगा नगरपालिका ६ जलजले बस्नेत ३२ बर्षिय रजनिकान्त चौधरी र २३ बर्षिय भबिन्द्र मगरको साथबाट लागुऔषध बरामद गरेको हो । मोटरसाईकल सहित जिल्ला प्रहरी कार्यालय उदयपुरले उनीहरुलाई सोधपुछ गर्दा त्रियुगा नगरपालिका ६ जलजलेका ३१ बर्षिय ओम प्रकाश राईले समेत लागुऔषध ओसार पसार तथा बिक्रि वितरण गरेको खुले पछि उनलाई समेत प्रहरीले लागुऔषध सहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले शंका लागि चेकजाँच गर्नै क्रममा उनीहरुको साथबाट डाइजेपाम २१ एम्पुल, फेनग्राम २१ एम्पुल र बुप्रिब्रोफिन २१ एम्पुल गरी ६३ एम्पुल लागुऔषध प्रहरीले बराम गरेको थियो । राई सुत्ने कोठा खनतालसी गर्दा राईको कोठाबाट डाइजेपाम १८ एम्पुल,...

गाईघाट बजार भित्र धमाधम जेव्रा क्रसिङ बनाईँदै, मेनचोकको चारै कोणमा निर्माण गरिने

Uncategorized
पूर्णपुष्टि, पुष ७ गाईघाट बजारको मुख्य रोडहरुमा जेव्रा क्रसिङको काम भैरहेको छ । त्रियुगा उद्योग बाणिज्य संघ र जिल्ला ट्राफिक कार्यालय उदयपुरको संयुक्त समन्वयमा जेव्रा क्रसिङको काम भैरहेको हो । पछिल्लो समय गाईघाट बजार स्थित अत्यादिक दुर्घटनाका केन्द्र बन्दै गएको मदन भण्डारी राजमार्ग सडकहरुमा जेव्रा क्रसिङ निर्माण भैरहेको छ । त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले असारी रोड अन्तर्गत मदन भण्डारी राजमार्ग पुरानो सब्जी बजारमा बिहिबार जेव्रा क्रसिङ निर्माण गरिएको जनाए । रसाईलीका अनुसार दुर्घटना क्षेत्र र सवारी चाप सँगै अत्यादिक भिँडभाँडको अवस्थालाई पहिचान गरेर उक्त निर्माण गरिएको जनाए । रसाईलीले अब तत्कालै मेन चोकमा चारै तर्फ सडकको कोणहरुमा डिजाईन गरी जेव्रा क्रसिङ निर्माणको कार्यलाई पनि तत्कालै अगाडी बढाउने जनाए । साथै पिजि चोकमा पनि निर्माण गरिने जानाए ।...