Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

छुट्टा छुट्टैस्थानमा मोटरसाईकाल दुर्घट्ना हुँदा तीन जनाको मृत्यु

Uncategorized
सिरहा\धनुषा,पुष ७ । सिरहाको मिर्चैया नगरपालिका–७, फुलबरियामा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय प्रवीण तिवारी रहेका छन् । मंगलम अस्पतालबाट थप उपचारकोालागि फुल कुमारी मेमोरियल अस्पताल लैजाने क्रममा तिवारीको बाटोमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । बुधवार बेलुकी सवा ८ बजे प्रदेश २–०१–००३ प ६९२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । यता धनुषाको सबैला नगरपालिकामा विङ्गर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । मृत्युुहुनेमा धनुषाको सहिदनगर नगलपालिका–५, धवौली निवासी २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाको वीरेन्द्र बजारबाट सबैलातर्फ जाँदै गरेको ना ५ज ८४४० नंको विङ्गर र ज११प ५४७३ नम्बको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परी अरुणको घटनास्थलमै र ज्ञानीको जनकपुरधामस्थित प्रादेशिक ...

फोक्सिन्टार पुलले जोड्यो उदयपुर – खोटाङ, पुलबाट सवारी आवतजावत सुरु

Uncategorized
पूर्णपुष्टि, पुष ७ उदयपुर खोटा«ङ् जोड्ने फोक्सिन्टारको पुलबाट सवारी आवतजावत सुरु भएको छ । सगरमाथा लोकमार्गको फोक्सिन्टार स्थित सुनकोसी नदीको नवनिर्मित पुलमा आजबाट यातायात सञ्चालन भए सँगै बर्खामा यामको यात्रा समस्या टरेको छ । ठेक्का लागेको झण्डै दशबर्षपछि पुलमा यातायात सञ्चालन भएको हो ।वारीपारी सडक भएपनि पुल नहुँदा सर्बसाधारणलाई यात्रा कष्टकर बनेको थियो । पुलबाट यातायात सञ्चालन भएसंगै त्यहाँबाट उदयपुर र खोटाङ जोडिएको छ । उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने उक्त पुलको ठेक्का २०६९ चैत्र २३ गते लागेको थियो । पुुलको बेरिङकोट, एप्रोज रोड लगायतका काम भने नसकी नै पुल सञ्चालनमा आएको हो । जनताको दवावका कारण पुलको कामै नसकी यातायात सञ्चालन गरिएको पुल सेक्टर नम्बर–१ धरानका योजना प्रमुख प्रदीप भण्डारीले बताए । पुल सञ्चालन गर्न खोटेहाङ गाउँपालिका ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो विमान अवतरण

Uncategorized
पूर्णपुष्टि, पुष ७ । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण गरेको छ । व्यावसायिक उडानको तयारीमा रहेको पोखाराकै पुरानो विमानस्थलबाट उडेको यति एयलाइन्स र बुद्ध एयरको जहाज नयाँ विमानस्थलमा अवतरण गराएको ‘डेमो फ्लाइट’ गरिएको विमानस्थल कार्यालयले जनाएका छन् । नयाँ विमानस्थलमा यति एयरलाइन्सको जहाज पहिलो पटक उडाएर पुगेका थियो । यसले आन्तरिक उडान अझ सुरक्षित बनाउने छ । विमानस्थलमा आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना बनाइएका छन् । १ जनवरी २०२३ देखि यस विमानस्थलबाट साना जहाज, हेलिकप्टर र अल्ट्राफ्लाइटबाहेक सबै उडान यसै विमानस्थलबाट हुने गरी तयारी गरिएको छ ।...

सन्दीपलाई थुनामा राख्ने आदेशविरुद्धको सुनुवाइ स्थगित

Uncategorized
पूर्णपुष्टि, पुष ७ । जबरजस्ती करणीको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछाने लाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । छोटो समयमा विश्व क्रिकेटमा पृथक पहिचान बनाएका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध गत भदौ ५ गते भक्तपुर र काठमाडौँका बिभिन्न स्थानमा घुमाउन लगेर बेलुका गौशालाको एक होटलमा लामिछानेले जबरजस्ती करणी गरेको अभियोगमा पीडित किशोरीको पक्षबाट जाहेरी परेको हो । काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणीको अभियोगमाथि सुनुवाइ गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध उच्च अदालत पाटनमा परेको पुनरावेदनमाथिको बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । बिहीबार न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो । तर, लामिछानेको कानुन व्यवसायीका तर्फबाट पेस...

उदयपुर खाना परिकार महोत्सव : किराँती देखी नेवारी सम्म केके पाईन्छ परिकारहरु ?

Uncategorized
पूर्णपुष्टी, पुष ७ उदयपुरमा दोस्रो खाना परिकार महोत्सव संञ्चालन भैरहेको छ । ७ दिन सम्म संञ्चालन हुने उक्त महोत्सव ४ गतेबाट सुरु भएको थियो । प्रदेश स्तरीय यो महोत्सव उदयपुरमा दोस्रो चोटी आयोजना गरिएको छ । उक्त महोत्सवमा बिषेशगरी आदिवासी जनजातिहरुको परिकारलाई प्रदर्शनमा राखिएको छ । यहाँका आदिवासी जनजातिहरुको पहिचान झल्कीने खानाहरुलाई बिषेश जोड दिईएको अवस्था छ । आयोजका अनुसार यहाँ, राई, श्रेष्ठ, दनुवार, थारु, मगर, भुजेल, माझी, शेर्पा जस्ता जातजातिहरुले बिषेश परिकारहरुको प्रदर्शन गरेको छ । महोत्सवमा किराँती राईसमुदायहरुले विभिन्न ७ थरी भन्दा बढी ऐतिहाँसिक खाना परिकार र पहिचान अनुसारका परिकारहरु राखिएको छ । खाना परिकारमा सहभागी साहिमा राईका अनुसार महोत्सवमा किराँतीहरुको परिकारमा कोदोको ढिँडोँ, लोकल भालेको मासु, ढँगामा रपाको सेकुवा, चाम्म्रे, सिन्की गुन्दु्रको अचार, तुम्वा, किनिमाको अचार, कठुव...

नवनिर्वाचित सांसदको शपथ ग्रहण आज

Uncategorized
पूर्णपुष्टि, पोष ७ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् । शपथ अघि आज ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्ने भएको छ । मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने भएको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् । सर्वदलीय बैठकमा दलका प्रतिनिधि, सभाका अध्यक...

मौसम पूर्वानुमान : वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली

Uncategorized
पुर्णपुष्टि, पुष ७ । आज प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज देशको पूर्वी हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने छ। बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।...

प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच ‘म्युजिकल चेयर’

Uncategorized
पूर्णपुष्टि, माघ ७ । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले प्रतिस्पर्धामा उत्रिएका नेपाली कांग्रेसका युवा नेता गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै अव छैटौँपटक प्रधानमन्त्री बन्नको लागि बाटो खुला बनेको छ । उनको छैटौपटक प्रधानमन्त्री बन्ने सपनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तगारो बनेका छन् । बुधबार अर्थमन्त्रीसमेत रहेका पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रचण्डका दूत बनेर बालुवाटार पुगेका थिए । जसरी पनि पहिलो लटमा प्रधानमन्त्री बन्ने चाहना राखेका प्रचण्डले देउवालाई दबाब बढाउँदै लगेका छन् । । कि गठबन्धनलाई जोगाउँदै नयाँ सरकार बनाउनुपर्ने अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई सुझाएका थिए । तर त्यसका लागि प्रचण्डलाई पहिले सरकारको नेतृत्व दिनुपर्ने उनको आग्रह थियो । ...

मोरङमा मौरीको टोकाइबाट वृद्धको मृत्यु

Uncategorized
पूर्णपुष्टि, पुष ६ । चराउन ल्याएका मौरीले टोकेर मोरङको कानेपोखरी गाउँपालिका–५ भौंसाबारीमा १ जना वृद्धको मृत्यु भए संगै ४ जना घाइते भएका छन् । मौरीले टोक्दा कानेपोखरी–५ का ८४ वर्षीय टीकाराम भट्टको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार मौरीले टोकेर मंगलबार दिउँसो गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा रमाइलो हेल्थ केयरमा मृत्यु भएको हो । कानेपोखरी–५ का ६८ वर्षीय झबर यादव, ३६ वर्षीय मानबहादुर सुनार, २० वर्षीया जेनिसा राजवंशी र ५५ वर्षीय शोखलाल ऋषिदेव घाइते भएका छन् । सामान्य अवस्थाका उनीहरुको रमाइलो हेल्थ केयरमा उपचार गराइएको छ । चराउन ल्याउने क्रममा बिच्किएका मौरीले अन्य स्थानीयलाई पनि टोकेको प्रहरीले जनाएको छ । झापाको शिवसत्ताक्षी नगरपालिका–९ का ३८ वर्षीय ओमदेव बस्नेत र ४५ वर्षीय पशुपति अधिकारीले चितवनबाट गाडीमा राखेर मौरी चराउन कानेपोख...

चौदण्डीगढीमा जारी चौथौ मेयरकपमा वडा नं. १० सेमिफाईनलमा प्रवेस

Uncategorized
पूर्णपुष्टि, पुष ६ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी चौथौ मेयर कप फुटबल प्रतियोगिताको बुधवार सम्पन्न खेलमा वडा नम्बर १० बिजयी भएको छ । गत शनिवार देखि सुरु भएको उक्त प्रतियोगितामा आजको क्वाटर फाईनल खेलमा वडा नम्बर ८ लाई १–० गोल अन्तरले पराजिन गर्दै वडा नम्बर १० ले सेमीफाइनलमा प्रवेस पएको हो । प्रतियोगितामा वडा नम्बर १०का खेलाडी जर्सी नम्बर १०का राम मगरले खेलको पहिलो हाफको ४४आँै मिनेटमा विपक्षीको गोलपोष्टको जाली चुमाउन सपल भएको थियो । अन्तत प्रतियोगिताको निर्धारीत समय सम्म पनि बिपक्षका तर्फबाट कुनै पनि गोल गर्न सफल नभएपछि राम मगरले गरेको गोल नै निर्णायक भएको हो । उक्त प्रतियोगिताका म्यान अफ द म्याच पनि गोल कर्ता जर्सी नम्बर १०का राम मगरनै घोषित भएका हुन् । प्रतियोगितामा बिहीवार पहिलो सेमिफाइनल खेल वडा नं. ६ र वडा नं. ४ बिच मध्यान्नको २ः३० बजे बाट वडा नं. ७ स्थित रामप्रसाद राई र...