Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुर सिमेन्ट उद्योगका माहाप्रवन्धक न्यौपानेको कार्यकाल थप

Uncategorized
पूर्णपुष्टि, मंसिर २९ उदयपुर सिमेन्ट उद्योगका माहाप्रवन्धक गोपीकृष्ण न्यौपानेको कार्यकाल थपिएको छ । न्यौपाने खुल्ला प्रतिष्पर्धाबाट मिति २०७७÷०९÷२० को मन्त्रीपरिषद्ले गरेको निर्णयबाट उदयपुर सिमेण्ट उद्योगको महाप्रवन्धक पदमा दुई बर्षको कार्यकालको लागि नियुक्त भएका थिए । उनलाई उक्त निर्णयबाट २ बर्षका लागि कार्यकाल तोकेरी जिम्मेवारी दिएका थिए । कार्यकल अबधीभर उत्कृष्ट काम गरेको भन्दै न्यौपानेलाई थप एक बर्षको कार्यकल अबधि बढाईएको उदयपुर सिमेन्ट उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जानकारी दिए । थप एक बर्ष कार्याकाल थपिए सँगै न्यौपानेलाई तिन बर्ष कार्यकालका लागि बाटो खुल्ला भएको पोखरेलले जनाए ।...

धनुषामा धान कुटाउन गएकी महिलाको फित्तामा बेरिएर मृत्यु

Uncategorized
पूर्णपुष्टि, मंसिर २९ धनुषाको मिथिला बिहारी नगरपालिका ५ मा धान कुटाउन गएकी महिलाको मिलको फित्तामा बेरिएर मृत्यु भएको छ । सोहि स्थान बस्ने ललियाको ४५ वर्षीया श्रीमती कालो देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार “बिहीबार बिहान स्थानीय रामअशिष मण्डलको मिलमा धान कुटाउन गएकी कालो देवीको फित्तामा बेरिएर घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोस्टमार्टको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।...

गाईघाटमा महिलाहरुलाई स्वास्थय सेवा सिविर

Uncategorized
पूर्णपष्टि, मंसिर २८ गाईघाटमा महिलाहरुका लागि १ दिने बिषेश स्वास्थ्य सेवा सिविर संञ्चालन गरिएको छ । त्रियुुगा नगरपालिका ११ नं वडाले महिला स्वास्थ्य स्क्रिनिङ तथा स्तन क्यान्सर सचेतना शिविर गरेको हो । शिविरमा ब्लड सुुगर, रक्तचाप जाँचका साथै साधारण स्वस्थ्य सेवा, स्तन क्यान्सर र स्व परिक्षणबारे सचेतना जगाएको थियो ।ग्लोवल हेल्थ कमिटि र जेसिज उदयपुरको समन्वयबाट त्रियुुगा उच्च माविको प्राङ्गणमा भएको शिविरमा हजार बढि सर्बसाधारणले सेवा लिएका थिए । उक्त सिविरमा ११ नं वडाका महिलाहरुले सहभागी जनाए थिए । समस्याका समधान गर्ने उदेश्यले सिविरमा महिलाहरुले बाक्लो उपस्थिति जनाएका थिए । सिविरले महिलाहरुको समस्यालाई सहजीकरण गर्ने वडाअध्यक्ष सुमन्त कोईरालाले जनाए ।...

गाईघाटमा निर्माण व्यवसायी संघ उदयपुरको साधारण सभा सँगै ८ औँ अधिवेशन सुरु

Uncategorized
पूर्णपुष्टि, मंसिर २८ निर्माण ब्यवसायी संघ, उदयपुरले आफ्नो ८ औं जिल्ला अधिवेशन तथा १० औं साधारणसभा गाईघाटमा सुरु भएको छ । संघले गाईघाट स्थित रत्न होटलमा भव्य कार्यक्रमको आयोजना गरेको छ । केन्द्रीय अध्यक्ष रवी सिंङको आथित्यमा कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा जनप्रनिनिधिहरुलाई समेत सम्मान गरिएको छ । निर्माण ब्यवसायीको क्षेत्रमा काम गरेर जनप्रतिनिधि भएका त्रियुुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, ताप्ली गाउँपालिकाका अध्यक्ष ढुुङ्गराज बि.क. लगायत ११ जना जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा जिल्लाभरका निर्माण ब्यवसायीहरुको सहभागिता रहेको छ ।...

नेपाल चिनमैत्री तथा विकास मन्च उदयपुरको एम्बुलेन्स उद्घाटन

Uncategorized
पूर्णपुष्टि, मंसिर २८ चिन सरकारको लगानीमा चिनमैत्री तथा विकास मन्च उदयपुरलाई एम्वुलेन्स प्रदान गरिएको छ । नेपाल स्थित राज दुदावास मार्फत उक्त एम्वुलेन्स प्राप्त भएको हो । एम्वुलेस सेवाको उद्घाटन नेपाल सरकारका परराष्ट्रमन्त्री डा.नारायण खड्काले गरेका छन् । खड्काकै पहलमा एम्वुलेस प्राप्त भएको हो । चिन सरकारले यस भन्दा पहिले पनि उक्त मन्चलाई जापान बाट लाईनकुर्जा गाडी प्रदान गरेका थिए । सोही गाडीलाई एम्वुलेन्सको रुपमा प्रयोग गरिएको मन्चका अध्यक्ष बिरेन्द्र बस्नेतले जनाए । त्यो गाडी दुर्घटना भएर भग्नासेस अवस्थामा रहेपछि हाल चिन सरकारले नै उक्त एम्वुलेन्स प्रदान गरेको बस्नेतले जनाए । बस्नेतका अनुसार उक्त एम्वुलेन्स प्रशासनको रेड अनुसार संञ्चालन गरिने जनाए । सेवामुखी एम्वुलेन्स भएका कारण विरामीहरुको आर्थिक अवस्था अनुसार कतिपयलाई निशुल्क सेवा प्रदानमा पनि सहयोग पुराउने बस्नेतले जनाए । उक्...

प्रदेश १ नयाँ सरकारका लागि ताप्लेजुङकी निर्मला लिम्वु निर्णयक

Uncategorized
पूर्णपुष्टि, मंसिर २७ दलहरु अहिले ७ ओटै प्रदेशहरुमा सरकार निर्माणको कसरतमा तिव्र लागि परेको छ । यसै सन्दर्भमा प्रदेश नं १ मा पनि सरकार निर्माणमा दलहरु लागिरहेको अवस्था छ । प्रदेश नं १ मा कुनै पनि दल अथवा गठबन्धनको एक्लो बहुमत नहुँदा सरकार कसरतका लागि थप चुनौती बनेको हो । यहाँ पाँचदलीय गठबन्धन र एमाले सँगको गठबन्ध दुवैको बहुमत नपुग्ने देखिन्छ । यसो हुँदा जसपाकी निर्मला लिम्वु प्रदेश नं १ मा निर्णयक बनेकी छिन् । पहिलो चोटी प्रदेश सांसद यात्रामा रहेकी लिम्वु ताप्लेजुङवासी हुन् । प्रदेश १ सरकारमा उनि जता उभिइन्, उतैतिर नयाँ सरकार बन्ने सम्भावना देखिएको छ। निर्मलाको प्रदेश सभा प्रवेश जनता समाजवादी पार्टी ९जसपा० को एक्ली सांसदका रूपमा हुँदैछ। प्रदेशमा नयाँ सरकार बनाउने निर्णायक मत नै उनको हुने भएपछि निर्मलालाई रमाइलो संयोग जुर्ने लगभग निश्चित भएको छ। यही निर्णायक भूमिकासहित उनी ताप्लेजुङबाट ...

हिरासतमा रहेका श्रीमान् भेट्न गएकी महिला ब्राउनसुगर सहित पक्राउ

Uncategorized
पूर्णपुष्टि, मंसिर २७ दाङमा प्रहरीको हिरासतमा रहेका श्रीमान भेट्न गएकी एक महिला ब्राउनसुगर सहित पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा घोराही–१५ का शान्ति घर्ती खड्का रहेकी छिन् । सोमबार बिहान ७ बजे हिरासतमा रहेका श्रिमान २२ वर्षीय अशोक खड्कालाई भेट्न भन्दै जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । उनले ल्याएको फलफूल चेकजाँच गर्ने क्रममा केराभित्र लुकाएको अवस्थामा १२० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध दुर्व्यसनी रहेका आफ्ना श्रीमानलाई हिरासतभित्र लागुऔषध दिने उद्देश्यले आएको जिल्ला प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए । खड्का तीन दिनअघिमात्र लागुऔषधसहित पक्राउ परेका थिए । पक्राउ परेकी शान्तिको थप अनुसन्धान अघि बढाईएको छ । उनीमाथि लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाउने तयारी भइरहेको छ ।...

बहुविवाहमा मुछिएका पूर्व पालिका अध्यक्षलाई आरजु राणा र गृहमन्त्री खाँणले जोगाएको आरोप

Uncategorized
पूर्णपुष्टि, मंसिर २६ बहुविवाहका आरोपमा उजुरी परेका पूर्व गाउँपालिका अध्यक्ष महेश राईलाई सरकार पक्षले नै जोगाएको आरोप छ । खुलेआम बहुविवाह गर्दै आएको भोजपुर साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष राईविरुद्ध बहुविवाहको जाहेरी परेका थिए । राईको जाहरी अहिले ‘ढिसमिस’ पारिएको पिडितहरुले जनाएको छ । सुरूमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि प्रहरी र सरकारी वकिलविरुद्ध दायर गरेको रिटउपर अदालतले परमादेश दिएको र त्यसको आधारमा जाहेरी दर्ता गरिएपनि राजनीतिक दबाबमा पीडकलाई संरक्षण गरिएको उनीहरूको भनाइ छ । शुक्रबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर पीडितहरूले गाउँपालिकाका पूर्वअध्यक्ष महेशलाई जोगाउन प्रधानमन्त्रीपत्नी आरजु देउवा, गृहमन्त्री बालकृष्ण खाण र महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायत लागेको आरोप लगाएका छन् । महेशले भोजपुर खार्तम्छा घर भई हाल काठमाडौं ललितपुर बस्ने हिमालय राईसँग गत ...

गाईघाट बोटेटोलमा आगलागी

Uncategorized
पूर्णपुष्टि, मंसिर २६ त्रियुगा नगरपालिका १२ बोटेटोलमा आगलागी भएको छ । दिउँसोको समयमा कोही नभएको घरमा एक्कासी आगलागी भएको हो । आगो निभाउन आएका प्रहरी र स्थानीयहरुका अनुसार बिधुत सर्ट भई आग्लागी भएको जनाईएको छ । आगलागी बोटेटोल निवासी दुखिया साहको घरमा भएको हो । साह श्रीमती सँग बिहेमा खान घर बाहिर गएको जनाएको छ । १८ बर्षिया छोरी अर्चना पनि विद्यालय गएकी थिईन् । उनिलाई स्कुलमै घर आगलागी भएको बारे फोन आएपछि घर पुगेकी थिईन् । ३ कोठा रहेको साहको घरमा एउटा पुरै कोठा र अर्को एकमा सामान्य क्षती भएको छ । अर्को एक कोठा भने सुरक्षित छ । घरको महत्वपूर्ण सामान र धेरै सामनहरु राखिएको कोठा भने जलेर ध्वस्त भएको छ । उक्त कोठमा पैसा, सुन जस्ता सामानहरु समेत राखिएको थियो । आगलागीले शाहको घरमा भएको एउटा ३२ इन्ची टीभी, दुईटा बेड, २ ओटा पंखा, एउटा स्टिल दराज र लुगाहरु सहित छाना समेत ध्वस्त भएको छ । स्थानीयहरु...

खोटाङमा सुमो दुर्घटना : चालक गम्भिर

Uncategorized
पूर्णपुष्टि, मंसिर २६ खोटाङमा सुमो दुर्घटनाहुँदा चालक गम्भिर घाईते भएका छन् । घाईते हुनेमा सुनसरी तरहरा ठेगाना भएका २६ बर्षीय रामकुमार खनाल रहेका छन् । सोमबार मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–हुर्लुङ सडक खण्डको दिखुवाखोलामा को १ ज ३०२७ नम्बरको सुमो दुर्घटना भएको थियो । यात्रु लिनका लागि दिक्तेल जाँदै गरेको खाली सुमो दुर्घटना हुँदा चालकको देब्रे खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । सुमो सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताए । उहाँका अनुसार जिल्ला अस्पतालमा एक्सरे सेवा बन्द भएका कारण घाइतेलाई दिक्तेलकै फेमिली केयर अस्पतालमा लगिएको थियो । फेमिली केयरले रेफर गरेका घाइतेलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको छ ।...