Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

पत्रकार गजेन्द्र राईको मुद्धा ख्यारेज गर्न प्रेस सेन्टर नेपालको माग

Uncategorized
पूर्णपुष्टि, मंसिर २६ प्रेस सेन्टर नेपाल केन्द्रीय कार्य समितिले पत्रकार गजेन्द्र राईको मुद्धामा गम्भीर छलफल गरेको छ । आईतबार प्रमुख अतिथि प्रचण्डको उपस्थितिमा वसेको केन्द्रीय कार्यसमिती पदाधिकारीहरुको बैठकमा पत्रकार राईको मुद्धा ख्यारजीको माग बिषय गम्भीर छलफल भएको छ । बैठकको  ४ औँ बुदा शिर्षकमा राईको मुद्धा ख्यारीजी गर्नु पर्ने सरकार सँग माग राखेका छन् । राईको बिषयमा बैठकले भनेका छन्” “पछिल्लो पटक पत्रकार तथा आमसञ्चार माध्यमसँग असम्बन्धित साइबर कानुनलाई जोडेर पत्रकार तथा आमसञ्चार माध्यमलाई प्रहरी प्रशासनले अनावश्यक दुःख दिने तथा धरपकड गर्ने कार्य बढाएको छ । यसप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । सञ्चार माध्यमबाट सम्प्रेषित सामाग्रीप्रति गुनासो भए सम्बन्धित निकायमा जानसक्ने विकल्प हुँदाहुँदै त्यसो नगरी साइबर कानुनमार्फत प्रहरी प्रशासन लगाउने, तर्साउने, थर्काउने, शक्तिको आडम्बर द...

ओछ्यानमै महिलाको हत्या

Uncategorized
पूर्णपुष्टि, मंसिर २६ धनुषामा एक महिलाको ओछ्यानमै महिलाको विभत्स हत्या भएको छ । उनीलाई सुतिरहेकै अवस्थामा हत्या गरेको जनाईएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं। ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको धारीलो हत्या प्रयोग गरी हत्या भएको हो । गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए । यादवको हत्या आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार बाट भएको प्रहरीको भनाई छ । रितादेवीको हत्याको समयमा उनका श्रीमान् विरेन्द्र अर्को घरमा सुतेका थिए । हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो । घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...

गाईघाटदेखी रौता पुग्ने सबै भन्दा छोटो दुरीको बाटो ओझेलमा, किन पर्दैन सरकारको नजर ?

Uncategorized
बिक्रम राई पूर्णपुष्टि, मंसिर २५ जिल्लाकै प्रमुख पर्यटकीय तथा धामिर्क स्थल रौता पोखरी उदयपुर जिल्लाका मात्र नभै देशव्यापी आकार्षणको केन्द्र  पनि हो । यस ठाउँका मुख्य धार्मिक तथा भौगोलिक बिषेशताहरु डाँडाँमा रहेको पोखरी, नजिकैको मन्दीर, भौगोलिक स्थान, चिसो मौसम, जैविक विविद्यता र वातावरणका कारण पर्यटकका लागि असाध्यै सुन्दर छ । रौता पोखरीलाई देशका बिभिन्न ठाउँका आन्तिरक पर्यटकहरुले नियालेका छन् भने विदेशी पर्यटनहरु समेत यस ठाउँमा आउने गरेको छ । करिब ५९०० फिट १७७० मि. को उचाईमा रहेको उक्त ठाउँलाई एक विगाह क्षेत्रफल ओगटेको छ । यो ठाउँमा सँधै आन्तरिक तथा बाह्य पर्यटकहरुको आवत जावत चलिनै रहन्छ । बिषेशगरी गाईघाट लगायत छिमेकी जिल्ला सुनसरी, मोरङ् सिराहा, सप्तरी लगायतबाट पनि पर्यटकहरु आउने गर्छन् । रौता पोखरी घुम्न मानिसहरु बिभिन्न तराई तथा पहाडी जिल्लाहरुबाट गाईघाट प्रस्थान गर्नु पर्ने हुन्छ ...

स्कुल बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Uncategorized
पूर्णपुष्टि, मंसिर २५ गते कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा स्कुल बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी २९ वर्षीय सुवासचन्द्र रतेला रहेका छन् । बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना.१क १६१२ नम्बरको बसले रतेलाले चलाएको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएको रतेलाको उपचारको क्रममा बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रतेला शसस्त्र प्रहरी जवान रहेको खुलेको छ । उनि सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए ।बस र चालक मनजित सिंह महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।...

मोटरसाईकल एकआपसमा ठोक्किदा एकको मृत्यु, ४ जना घाईते

Uncategorized
पूर्णपुष्टि, मंसिर २५ गते सुनसरीको बरहाक्षेत्र नगरपालिका–३ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । मृत्यु हुनेमा को १७ प ६९४४ नम्वरको मोटरसाईकल चालक बेलबारी नगरपालिका–२ का ३५ बर्षीय हर्क बहादुर राई रहेका छन् । उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो साँझ ६ बजे प्रदेश १–०२–०४३ प १७१, को.३८प ९२१० र को. १७ प ६९४४ नम्वरको मोटरसाईकल एकआपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका बराहक्षेत्र–१ का ३३ बर्षीय रंजित कार्की, ३५ बर्षीय सुभास श्रेष्ठ, सुन्दरहरैचा–२ का ३८ बर्षीय हेमचन्द्र गुरागाई र २६ बर्षीय इन्दिरा गुरुङको धरान घोपामा उपचार भईरहेको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।...

उदयपुरको रौताबाट ३ महिला सहित २० जनाले उडाए प्यार्याग्लाईडिङ, आन्तरिक पर्यटन र स्थानीय उत्साहित

Uncategorized
पूर्णपुष्टि, मंसिर २५ शनिवार रौतामा प्यार्याग्लाईडिङले पर्यटक आकर्षित पारेको छ । उदयपुरकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरीबाट ३ महिला सहित २० पाईलटले एकैदिन प्याराग्लाईडिङ उडेका थिए । उक्त उडान भने फ्लाईङ् वन्डर प्याराग्लाईडिङ प्राईभेट लिमिटेट गाईघाटका विद्यार्थीहरुले गरेका थिए । उक्त कम्पनिबाट बिभिन्न कोर्ष गर्ने देशैभरीका करिब २० विद्यार्थीहरुले उडानलाई सफलताका साथ ल्याण्डीङ गरेको त्रियुगा नगरपालिकाका पर्यटन सल्लाहाकार जितु राईलाले जानकारी दिए । रौतापोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा देशैभर चिनाउँदै उदयपुरको परिचयलाई थप फराकिलो बनाउन र विदेशी पाईलटहरुलाई समेत आकर्षित गर्ने उदेश्यले रौताबाट गाईघाट सम्म लामो उडान गरेको राईलाले जनाए । ती विद्यार्थीहरुले प्रशिक्षण र विद्यालयको अनुमतिमा रौताबाट डाईरेक्ट गाईघाट सम्मको लामो उडानका उदेश्य राखेका थिए । रोईलाका अनुसार उक्त उडान विद्या...

दोस्रो खाना परिकार महोत्सव गाईघाटमा हुदै

Uncategorized
पूर्णपुष्टि, मङ्सिर २४ । आगामी पुस ४ दखि १० गतेसम्म उदयपुरको गाईघाट बजारमा खाना महोत्सव हुदैछ । झिगुुँ नेवाः पुुचःले प्रदेशस्तरको दोस्रो खाना महोत्सवको आयोजना गर्ने भएको हो । आज पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवमा विभिन्न जातीय परिकारसहित नेपाली खाना महोत्सव गर्ने जनाएको छ । कला संस्कृति संरक्षण, जातीय परिकार प्रवद्र्धनसहित पर्यटन विकासका लागि महोत्सव गर्ने भएको हो । सोही अवसरमा लाखेनाच महोत्सव र नेवा छमछमी प्रतियोगितासमेत गर्ने जनाएको छ । महोत्सवमा परम्परागत तथा सांस्कृतिक झल्किने विभिन्न जातजातीको भेषभुषा तथा झाँकीहरु प्रदर्शन हुनेछ । नेवा छमछमी सिजन ३ र लाखे महोत्सव हुनेछ । विभिन्न जातजातिका परिकार विक्री वितरण हुनेछ । दैनिक साङ्गितिक प्रस्तुतीहरु हुनेछ । मेलाले कृषि पेशालाई ब्यवसायिकरुपमा उन्मुख गराउन सहयोग गर्ने, ब्यवसायिक चेतना अभिबृद्धि गर्ने र लगानीको अवसरहरुको सिर्जना गर्न...

लागुऔषध सहित १ जना पक्राउ

Uncategorized
पूर्णपुष्टि, मंसिर २३ गते मोरङको बिराटनगर महानगरपलिका –१३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ केराबारी गाउपालिका १० का ३३ बर्षीय अरुण लिम्बु रहेका छन् । हिजो साँझ ७ बजे बिशेष सुचनाको आधारमा सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले रानीबाट बिराटनगर तर्फ आउदै गरेको बा ६३ प ३३४६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा सो मोटसाईकल सवार रहेका लिम्बुको साथबाट DIALX DC 100ML- 3 बोतल,  ESKUL 100ML- 2 बोतल र  SPAMO PROXYVON PLUS- 18 क्याप्सुल लागुऔषध फेला परेको थियो । पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।      ...

पत्रकार गजेन्द्र राई सामान्य धरौटीमा रिहा

Uncategorized
पूर्णपुष्टि, मंसिर २३ साईबरक्राईम मुद्धामा पक्राउ परेका उदयपुरका पत्रकार गजेन्द्र राईलाई प्रहरीले धरौटीमा रिहाई गरेको छ । राईलाई प्रहरीले शुक्रबार ५० हजार धरौटीमा छाडेका हुन् । चुनावको रिपोर्टीङकै क्रममा राईलाई उदयपुरबाट प्रहरीले पक्राउ गरी काठामाण्डौँ पुराएका थिए । केहि दिन अनुसन्धान गरी राईलाई प्रहरीले १३ दिन पछि छाडेका छन् । राईलाई पक्राउ गरे लगत्तै उदयपुर लगायत बिभिन्न जिल्लाहरुबाट चर्को बिरोध भएको थियो । राईलाई समचार लेखेकै कारण साईबर क्राईमको मुद्धा लगाईएका थिए ।...

उदयपुरको छाम्लीङ्मा ट्याक्टर दुर्घटना : १ को मृत्यु, चालक सहित दुई घम्भीर

Uncategorized
पूर्णपुष्टि, मंसिर २३ उदयपुरमा बिहान अन्दाजी ११ः४० मा भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा रौतामाई गाउँपालिका ६ नारायण घिमिरेका छोरा अन्दाजी १८ बर्षिय सिवराज घिमिरे रहेका छन् । उनको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना भने घम्भीर घाईते भएका छन् । स १ त ४९४६ नं को ४ जना सवार रहेका उक्त ट्याक्टरमा १ जना भने बोल्न सक्ने अवस्थाको सामान्य घाईते रहेको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ । घम्भीर घाईते हुनेहरुमा सोही ट्याक्टरका चालक रौतामाई गाउँपालिका ४ का २३ बर्षिय सरोज आचार्य र त्रिनपा ३ मिलन चोकका ३५ बर्षिय पूरुषोत्तम कार्की रहेका छन् । कार्यालयका अनुसार आचार्यको टाउकोमा घम्भीर चोट लागेको छ भने कार्कीको हात र शरिरको बिभिन्न ठाउँमा चोट लागेर बोल्न नसक्ने अवस्था रहेको जनाईएको छ । त्रियुगा नगरपालिका ११ का १७ बर्षिय रोमन मगर भने सामान्य रहेक...