पत्रकार राई पक्राउको बिरोधमा उदयपुरका पत्रकारले बाँधे कालो पट्टी
Uncategorized
पूर्णपुष्टि, मंसिर २३
उदयपुरका पत्रकारहरुले गजेन्द्र राई पक्राउको बिरोधमा कालोपट्टी लगाएर आन्दोलन गरेको छ । अनैतिक सम्बन्धका बारेमा समचार लेखेको भन्दै प्रहरीले राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनलाई काठमाण्डौँमा राखेर अनुसन्धान गरिरहेको छ । राईले केहि समय अघि सामाजिक बिकृति फैलाउँदै आएको बिषयमा एउटा समचार लेखेका थिए ।
सोही समचारलाई निउ बनाएर राईलाई साईबरक्राईम मुद्धा लगाईएका थिए । यसरी कुरीतीको समचार प्रकाशन गर्दा पत्रकारहरुलाई प्रहरीले पक्राउ गर्ने हो भने खराब व्यक्तिहरुले समाजलाई फोहोरी पार्ने भन्दै पत्रकारहरुले यसको बिरोध जनाउँदै आएको छ । राईलाई समचार लेखेकै कारण पक्राउ गर्न नहुने र तत्काल विना सर्त रिहाई गर्नु पर्ने माग सहित पत्रकारहरुले बिरोध जनाउँदै आएको हो ।
राई रिहाईका लागि पत्रकार माहासंघ जिल्ला शाखाहरुले गृहमन्त्रालयमा ध्यानाकर्षण पत्रहरु पनि बुझाईसकेका छन् । उद...
