Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

लामो दुरीका यात्रुबाहक सवारीमा दुई चालक नराख्ने ४१ जना कारबाहीमा

Uncategorized
पुर्णपष्टि खबर, पुष १ । लामो दुरीका यात्रुबाहक सवारी साधनमा दुई चालक नराख्ने ४१ जना कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गा नाकामा एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाएपछि कारबाही गरेको हो । टिसिए एपमा शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमति पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुङ्गा नाका सहित सातै वटै प्रदेशका १५ स्थानमा रहेको चेक प्वाइन्टमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भएरनभएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले बताए । उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ६ को दफा १०४ मा पनि चालकको पालो फेर्नु पर्ने व्यवस्था अन्तर्गत लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुबाहक सार्वजनिक सवारीमा कम्तीमा दुईवटा चालक अनिवार्य रूपमा राखी प्रत्येक...

धुवाँ धेरै फाल्ने गाडीलाई आजबाट १ लाख जरिवाना

Uncategorized
पूर्णपुष्टि, मंसिर २८ आजबाट अत्यादिक धुवाँ फाल्ने गाडीलाई जरिवाना गराईने जनाइएको छ । प्रदुषणको सबै भन्दा बढी जोखिमको रुपमा उत्पन्न हुने मध्य गाडीको धुवाँ र बाहिर जलाईएने फोहोर रहेको भन्दै यसलाई नियन्ञण गर्न खोजिएको हो । उक्त कार्यलाई वन तथा वातावरण विभागले प्रदूषण जाँच नगरी सञ्चालन भएका सवारीसाधनलाई पुस १ गतेदेखि रु एक लाख जरिवाना गर्ने चेतावनी दिएको हो । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई आजदेखि कारबाहीसहित जारिवाना गरिने विभागले जनाएको छ। विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण देखाउँदै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो। अहिले धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एकपटकका लागि मर्मत गरी अवस्था दुरु...

निर्माण व्यवसायी संघ उदयपुरको अध्यक्षमा आचार्य

Uncategorized
पूर्णपुपिष्ट, मंसिर २९ निर्माण व्यवसायी संघ उदयपुरको अध्ष्गमा कौशल आचार्य निर्वाचित भएको छ । संघको १० औँ बार्षिक साधारणसभा सँगै आठौ अधिवेशन बाट आचार्य अध्यक्षमा निर्वाचित भएकोे हो । आचार्यको नेतृत्वमा २० कार्यसमिति चयन भएको छ । आचार्यले अध्यक्षका लागि १३६ मत प्राप्त गरेका थिए भने उतका प्रतिस्पर्धी प्रेम तिमिल्सिनाले ३९ मत मात्र प्राप्त गरेका थिए । यस्तै प्रथम उपाध्यक्षमा सुनिल कार्की, दित्तिय उपाध्यक्षमा सुभाष कुमार भट्टराई, तृतिय उपाध्यक्षमा बिरेन्द्र खड्का निर्वाचित भएका छन् । यता महासचिवमा सुदिप दाहाल चयन भएका छन् भने सचीवमा कुल बहादुर राउत, कोषाध्यक्षमा अस्विन खड्का, सह कोषाध्यक्षमा भुवन खड्का चयन भएको छ । सदस्यहरुमा सीता कुमारी बस्नेत, मन्दिप राई, एक कुमार कार्की, उद्दप खत्री, राकेश खत्री, अनिल खड्का, बिनोद थापा, एल्विन बस्नेत, गणेश कुमार राई, प्रमोद पोखरेल, सुनिल शाह, हेम दा...

उदयपुरमा यो बर्ष ४० ओटा मानव अधिकार उल्लंघनका घटना

Uncategorized
पूर्णपुष्टि, मंसिर २८ गैरसरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरका तथ्याङ्क अनुसार यो बर्ष उदयपुरमा मानव अधिकारको बिभिन्न ४० घटना घटेको पाईएको छ । बिहिबार गाईघाट स्थित संगम पुस्तकालयको हलमा गरिएको अन्तरक्रिया तथा समिक्षामा राज्य र गैरराज्य गरी ४० घटनाहरु घटेको इन्सेकको प्रतिवेदन प्रस्तु गरिएको छ । प्रतिवेदनमा सन् २०२१ को जनवरी १ देखी नोवेम्वर सम्मको अबधिमा ४ ओटा राज्य पक्षबाट र बाँकी ३६ ओटा गैरराज्य पक्षबाट भएको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनकै आधारमा अघिल्लो बर्ष ६९ ओटा मानवअधिकारका घटनाहरु घटेको उल्लेख गरिएको छ । (इन्सेक) ले प्रकाशित गर्ने २०२३ को पुर्वसन्धाको अवसर पारी बिभिन्न सम्बन्धित क्षेत्रहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सामाजिक संघ संस्था, संचारकर्मी सहितको भेलामा अन्तरक्रिया तथा समिक्षा गरिएको थियो । प्रतिवेदनमा उल्लेख गरिएको त...

आगोले जलेर एक बृद्धाको मृ.त्यु

Uncategorized
पूर्णपुष्टि, मंसिर २९ पाँचथरको फिदिम नगरपालिका–१३ स्थितमा आगोले जली एक जना बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९२ बर्षीया सुकमति नेम्वाङ रहेकी छन् । आफ्नै घरमा एक्लै बस्दै आएकि नेम्वाङ अगेना छेउमा सुतेको अवस्थामा आगोले जली मृत अवस्थामा फेला परेकि हुन । बुधबार बिहान घरबाट धुवा निस्केको स्थानिय मानिसले देखि तत्काल घर भित्र गई हेर्दा बृद्धा महिलाको शरिरमा आगो सल्केको देखि पानी खन्याई आगो नियन्त्रण गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको टोली घटना स्थलमा पुगेको थियो । मृतक लाशलाई आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्ट मार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाईएको छ । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...

४ महिनामा २० दशमलव ४ प्रतिशतले रेमिट्यान्स बढ्यो

Uncategorized
पुर्णपुष्टि, मंसिर २९ गते । काठमाण्डौ, मुलुकमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा २० दशमलव ४ प्रतिशतले रेमिट्यान्स बढेको छ । राष्ट्र बैंकका अनुसार साउनदेखि काक्तिकसम्म तीन खर्ब ७८ अर्ब चार करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको कात्तिकमा रेमिट्यान्स सात प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १० दशमलव ८ प्रतिशतले बढेर दुई अर्ब ९३ करोड पुगेको छ । वैदेशिक रोजगारीका लागि चार महिना यता श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ सय २ दशमलव ५ प्रतिशतले वृद्धि भइ एक लाख ९५ हजार एक सय ९६ जना पुगेको छ । त्यसैगरि वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४६ दशमलव ४ प्रतिशतले वृद्धि भइ ८७ हजार चार सय २८ जना पुगेको छ ।...

दुई छुट्टा छुट्टै स्थानबाट ब्राउन सुगर सहित ४ जना पक्राउ

Uncategorized
पूर्णपुष्टि, मंसिर २९ झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको मेचिनगर नगरपालिका–१० स्थितमा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङका २८ बर्षीय मनोज गिरी र ३० बर्षीय प्रमोद कुमार राउत रहेका छन् । लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले  WB74 BF 5817  नम्वरको स्कुटरमा सवार रहेका गिरी र राउतलाई संका लागि चेक जाँच गर्ने क्रममा उनिहरुको साथबाट ४३ ग्राम ब्राउन सुगर बरामद गरेको हो । त्यस्तै बिराटनगर महानगरपालिका–१६ मा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छथरजोरपाटी गाउपालिका–१ धनकुटाका २० बर्षीय मिङमा शेर्पा र धनकुटा नगरपालिका–१ का १९ बर्षीय सुमन तामाङ रहेका छन् । लागु औषध नियन...

मादक पदार्थ सेवन गरी ढुङ्गाले टाउकोमा हिर्काउदा श्रिमानको मृत्यु

Uncategorized
पूर्णपुष्टि, मंसिर २९ तनहुँमा मादक पदार्थ सेवन गरी ढुङ्गाले टाउकोमा हिर्काउदा श्रिमानको मृत्यु भएको छ भने श्रिमतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३६ वर्षकी सुशीला विक रहेकी छिन् । बुधबार राती घरायसी कारणले विवाद उत्पन्न हुँदा विकले आफ्नै श्रिमान ४० बर्षका मानबहादुर नेपालीको टाउकोमा ढुङ्गाले हिर्काएका थिए । ढुङ्गा प्रहारबाट गम्भिर घाईते भएका नेपालीको उपचारको क्रममा बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृत्यु भएको छ । उनिहरुको पोखरा महानगरपालिका–३० सिसुवा स्थायी घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोलमा बस्दै आएका थिए । सुशीलाले मादक सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । सुशीलालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको खड्काले जनाएको छ ।...

विश्वकप फाईनलमा दुई पटकको विजेताबिच भिडन्त

Uncategorized
पूर्णपुष्टि, मंसिर २९ कतारमा जारी २२औं संस्करण फिफा विश्वकपको फाईनलमा दुई पटकको उपाधि बिजेता बिच प्रतिस्पर्धा हुने भएको छ । पहिलो सेमिफाईल खेलमा अर्जेनटिनाले कोस्टारिकालाई ३–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोल अन्तरले पराजित गरेको छ । यी दुई टोलीबीच आइबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल लुसेल आएकोनिक स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ । त्यस्तै शनिबार तेस्रो स्थानका लागी मोरक्को र कोस्टारिका बिच प्रतिस्पर्धा हुनेछ । फाईनल पुग्ने दुबै टिमले २–२ पटक उपाधि जितेको छ । अर्जेन्टिनाले १९७८–१९८६ मा उपाधि जितेको छ भने फ्रन्सले १९९८–२०१८ मा उपाधि जितेको छ । अब आइतबार फाइनलमा जित्ने टिमले तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्नेछ । फाईनल पुग्ने दुई टिमले समुह चरणमा १–१ खेल हारेका छन् । अर्जेन्टिनाले समुह चरणको पहिलो खेलमा साउदिसँग अप्रत्यासित २...

भ्रष्टचार विरुद्ध समचार लेख्ने पत्रकारलाई २५ लाख पुरस्कार व्यवस्था गरिने

Uncategorized
पूर्णपुष्टि, मंसिर २९ भ्रष्टचार विरुद्ध समचार लेखन गर्ने पत्रकारलाई २५ लाख पुरस्कार व्यवस्था गरिने चर्चित अर्थशास्त्री स्वर्णिम वाग्लेले जनाएका छन् । वाग्लेका अनुसार देशमा बढ्दो भ्रष्टचार र लापर्वाहीका कारण आर्थिक क्षेत्रमा थप चुनौती बढ्दै गएको भन्दै यसलाई रोक्न पत्रकारहरुलाई पुरस्कार सहित भ्रष्टचार विरुद्ध समचार लेख्न उत्साहित गर्ने जनाए । भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना गरिने वाग्ले बताउँछन् । भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले २५ लाख रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार स्थापना हुने छ, “वाग्लेले भने । ‘मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारीविरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्यसहित केही चिन्तित नागरिककै पहलमा २५ लाख रुपैयाँको पुरस्कार हामी छिट्टै...