Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन

Uncategorized
पुर्णपुष्टि, पुष ४ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकमा अध्यक्ष लामिछाने दलको नेता चयन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । आज बसेको दलको बैठकले प्राकरम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको हो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ । बिहान ११ बजे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्ने र सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि सोही बैठकमा छलफल हुने एक नेताले बताए ।...

उदयपुरका कुपोषित बच्चाहरु सुधारका लागि २५ स्वयमसेवक हरुलाई पाँच दिने तालिम

Uncategorized
पूर्णपुष्टि, पुष ४ उदयपुरमा रहेका कुपोषित बच्चाहरुको सुधारमा टेवा पुराउन मदत गर्ने भन्दै गाईघाटमा २५ जना स्वयमसेवकहरुलाई बृहत तालिमको आयोजना गरिएको छ । मानव अधिकार बातावरण केन्द्र (हुरण्डेक) र वल्र्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा तिन दिने तालिमको आयोजना गरिएको हो । उदयपुरको बिकट ठाउँहरुमा रहेका न्युन बर्ग र अशिक्षित वस्तिका परिवारहरुलाई कुपोषण बाट बचाउन उक्त स्वयमसेवकहरुलाई परिचालित गरिन्छ । त्यसका लागि स्वयमसेवकहरुलाई सहज र निम्न जानकारीका आधारमा काम गराउन (पिडिहर्थ) सकरात्मक झुकाव तथा सामुहिक चुल्हो तालिम आयोजना गरिएको हुरेण्डेक उदयपुरले जनाएको छ । ”सकारात्मक झुकाब भनेको सकारात्मक व्यवहार जुन सधै गर्ने भन्दा पृथकहुन सक्छ र सामुहिकचूल्हो भनेको सामुहिक रुपमा नानी हरुलाइ पोषिलो खानेकुरा बनाएर खुवाउने स्थान बुझ्न सहिन्छ । सकरात्म व्यवहार र आफ्नै गाउँठाउँमा उत्पादित खानेकुरालाई सन्तुलित...

हिंसा मच्चाएर नेता बनेका गगनले अध्यादेशको विरोध गरे : राई

Uncategorized
पूर्णपुष्टि, पुष ४ बिराटनगर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य दिपेश राईले अस्कल क्याम्पस अगाडि ढुंगामुढा गरेर हिंसा मच्चाउने काँग्रेस नेता गगन थापाले अध्यादेशको विरोध गर्न नसुहाउने बताएका छन् । विराटनगरमा आज सो पार्टीले आयोजना गरेको ‘सरकारसँगको तीन बुँदे सहमति कार्यान्वयन र चुनौति’ विषयक अन्तरक्रियामा राईले यस्तो बताएका हुन् । उनले ०६२÷६३ को जनआन्दोलनभन्दा अगाडि थापाले तत्कालिन सरकार विरुद्ध विभिन्न खालका विध्वंस मच्चाएको स्मरण गराउँदै त्यस्तै खालको आन्दोलनको नेतृत्व गरेकाहरुलाई छुटाउने गरि सरकारले ल्याएको अध्यादेशको विरोध गर्न नहुने बताए । ‘आन्दोलनमा लागेका साथीहरु जेलमा बन्दी हुँदा, कैदी हुँदा सरकारले उनीहरुलाई छुटाउनका लागि पहल गर्यो, सम्झौता गर्यो र कानूनी हिसावले बाधा अड्काउ फुकाउने गरी कानून संशोधनका लागि अध्यादेश ल्याउने ठाउँसम्म आइपुग्यो,’ राईले भने, ...

उदयपुरमा खाना परिकार महोत्सवको तयारी अन्तिम चरणमा

Uncategorized
पूर्णपुष्टि, पुष ३ उदयपुरमा भोलीबाट सुरु हुने खाना परिकार महोत्सवको तयारी अन्तिम चरणमा पुगको छ । उक्त महोत्सवमा बिभिन्न जातजातिहरुको खाना परिकार प्रदर्शन गरिने आयोजकले जनाएको छ । झिगुुँ नेवाः पुुचःले आयोजना गरेको प्रदेशस्तरको दोस्रो खाना महोत्सवको आयोजना आईतबार अन्तिम तयारी पुरा गरेको हो । कला संस्कृति संरक्षण, जातीय परिकार प्रवद्र्धनसहित पर्यटन विकासका लागि महोत्सव गर्ने भएको हो । सोही अवसरमा लाखेनाच महोत्सव र नेवा छमछमी प्रतियोगितासमेत गर्ने जनाएको छ । महोत्सवमा परम्परागत तथा सांस्कृतिक झल्किने विभिन्न जातजातीको भेषभुषा तथा झाँकीहरु प्रदर्शन हुनेछ । नेवा छमछमी सिजन ३ र लाखे महोत्सव हुनेछ । विभिन्न जातजातिका परिकार विक्री वितरण हुनेछ । दैनिक साङ्गितिक प्रस्तुतीहरु हुनेछ । मेलाले कृषि पेशालाई ब्यवसायिकरुपमा उन्मुख गराउन सहयोग गर्ने, ब्यवसायिक चेतना अभिबृद्धि गर्ने र लगानीको अवसरहरुको ...

विश्वकपमा सट्टेबाजी गराएको आरोपमा दुई जना पक्राउ

Uncategorized
पुर्णपुष्टि, पुष ३ । कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भएका अजय भेले छन् । आरोपीहरूलाई काठमाण्डौ अपराध अनुसन्धान कार्यालयले भक्तपुरबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले बताए । प्रवक्ता कोइरालाको अनुसार उनीहरूले अनलाइन बेटिङबाट आर्थिक कारोबार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको बताए । आज आईतबार रातिको ८ः४५ बजे बाट अर्जेन्टिना र फ्रान्सको बिचमा फाइनल खेल हुँदै छ । अपराध अनुसन्धान कार्यालयले यसअघि सट्टेबाजी धन्दामा संलग्न पाल्पाका रुद्र प्रसाद पोखरेल र भारतीय नागरिक पवन कुमार शर्मा सहित ४ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।...

पत्रकार माहासंघ उदयपुरको १२ औँ बार्षिक साधारणसभा भव्य सम्पन्न

Uncategorized
पूर्णपुष्टि, पुष ३ नेपाल पत्रकार माहासंघ उदयपुरले १२ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । आईतवार गाईघाट स्थित रत्न होटलमा औपचारीक कार्यक्रम र बन्दसत्र कार्यक्रम गरी साधारणसभा सम्पन्न गरेको हो । साधारण सभामा बिभिन्न बुदामा निर्णयहरु पारित गरिएको छ । नेपाल पत्रकार माहासंघका केन्द्रीय सदस्यहरु भिषण राई र अमर खड्का प्रमुख आथित्यतामा साधारणसभाको उद्घाट नगरिएका थिए । साथै नेपाल पत्रकार माहासंघ प्रदेश नं १ का अध्यक्ष लिलावल्लभ घिमिरे, उपाध्यक्ष हिमा चेम्जोङ, बरिष्ठ पत्रकार कौशल चेम्जोङ लगायतको उपस्थिति रहेका थिए ।...

वुद्धाको हत्या गरी लुटपाट गर्ने एक जना पक्राउ

Uncategorized
पूर्णपुष्टि, पौष १ गते । काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित जंगलमा वृद्धाको हत्या गरेर लटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर–६ घर भएका नरेन्द्र शिवभक्ति रहेका छन् । मंसिर २२ मा तारकेश्वर नगरपालिका–६ पुसल घर भएकी ९० वर्षीया डिल्ली पुतुवार पारिवन पाखा सामुदायिक वनमा मृत भेटिएकी थिइन् । नरेन्द्रले हत्या गरेर मृतकको साथमा रहेको सुन र नगद लुटेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले बताए । उहाँका अनुसार“ वृद्धाले साथमा सँधै नगद राख्ने गरेको थाहा पाएर नरेन्द्रले पारि गाउँमा राहत बाँड्ने निउले लगी बीच जंगलमा पुगेपछि ढुंगाले हिर्काएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको हो । घटनाबारे थप अनुसन्धान र कारबाहीका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपीलाई प्रहरी वृत बालाजुमा पठाएको छ ।...

आज भ्वाइस अफ नेपालमा अन्तिम ८ बीच प्रतिस्पर्धा

Uncategorized
पुर्णपुष्टि, पौष १ । नेपालकै पहिलो गायनमा आधारित टेलिभिजन लियालिटी शो द भ्वाइस अफ नेपालमा आज अन्तिम आठको प्रतिस्पर्धा हुदै छ । गित गाएकै आधारमा चार कोचको समूहबाट दुई दुई जना प्रतिस्पधीहरुले आउने चरणहरुमा अझै संघर्ष गर्नु पर्ने छ । यो चरणपछि अन्तिम चरणको यात्रा तय हुने र्भकोले अन्तिम आठको प्रतिस्पर्धा रोचक हुने अनुमान छ । दर्शकले शुक्रबार कार्यक्रम प्रसारण हुने समयसम्मै मतदान गर्न सक्नेछ । यी आवाजको धनीहरुलाई दर्शकको भोट निर्णायक हुने भएकाले कुन प्रतिस्पर्धी बाहिरिनेछ भन्ने अनुमान गर्न निकै कठिन छ । अन्तिम आठमा पर्न सफल टिम प्रमोदबाट योगेश मगर र आशिष महर, टिम राजुबाट रियान गिरी र करण राई, टिम राजेशबाट सविना योहा लिम्बू र पदम राई तथा टिम प्रविशाबाट साइल लिम्बू र प्रिज्वल नेपाली छन । प्रतियोगीले सामाजिक सञ्जालबाट भोट मागिरहेका छन् भने प्रतियोगीको पक्षमा विभिन्न समूहले पनि भोट अभियान नै ...

हलमा रिलिज भयो हलिउड फिल्म ‘अवतार–२’

Uncategorized
पूर्णपुष्टि, पौष १ बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार’ को दोस्रो श्रृंखला ‘द वे अफ वाटर’ शुक्रबारदेखि रिलिज भएको छ । यो फिल्म १३ वर्षपछि विश्वव्यापी प्रदर्शनमा आएको हो । नेपालमा पनि यो फिल्म उच्च शोका साथ प्रदर्शनमा आएको छ । केही दिनअघिबाटै थालेको अग्रिम टिकट बिक्री आक्रामक देखिएको थियो । शुक्रबार अन्य कुनै पनि नेपाली तथा भारतीय फिल्म रिलिज नहुँदा देशका सबैजसो मल्टिप्लेक्सले उच्च शो दिएका छन् । यस फिल्मले एक करोड रुपैयाँ बढीको ओपिनङ गर्ने आकलन गरिएको छ । जेम्स क्यामरुन निर्देशित फिल्ममा साम वर्थिङ्टन, जोय साल्दानालगायतको प्रमुख भूमिका छ भने फिल्मको लम्बाइ ३ घण्टा १० मिनेट रहेको छ । फिल्मले पृथ्वीबाट पाण्डोरा ग्रहमा पुगेको मानिस र त्यहाँका आदिवासीबीच हुने लडाइँको काल्पनिक कथा प्रस्तुत गर्छ ।...

आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै

Uncategorized
पूर्णपुष्टि, मंसिर १ । आज पुस १ गते विभिन्न कार्यक्रम गरी पाँचौ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । संयुक्त राष्ट्र सङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा राष्ट्रिय झण्डा बोकेर र्याली कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो। प्रत्यक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसका रुपमा मनाइन्छ । कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्र सङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताउनु भयो । उहाँले नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरुप यो दिवस मनाइएको बताउनु भयो । उहाँले राष्ट्रिय...