Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

ब्राउनसुगर सहित २ युवक पक्राउ

Uncategorized
पूर्णपुष्टि, माघ ४ गते । झापाको भद्रपुर नगरपालिका वडा नं–९ स्थितबाट लागूऔषध ब्राउनसुगर सहित २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय २१ बर्षीय देवराज दंगाल र मेचीनगर नगरपालिका वडा नं.१५ वस्ने २१ बर्षीय सन्देश राई रहेका छन् । हिजो दिउँसो ३ बजे लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनिहरको साथबाट ५० ग्राम ब्राउन सुगर बरामद गरेको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।...

विमान दुर्घटनामा मृत्यु भएका २२ जनाको शव परिवारलाई दिईयो

Uncategorized
पूर्णपुष्टि, माघ ४ गते । पोखरा अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको सेती खोचमा विमान दुर्घटनामा परि मृत्यु हुने मध्ये २२ जनाको शव परिवारलाई दिईएको छ । पोखरामा परिक्षाण भएका सबै शव उनिहरुको परिवारलाई बुझाईएको हो । मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए । उहाँका अनुसार मङ्गलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पुर्‍याइएको थियो भने एक जनाको स्थिति अझै अज्ञात रहेको छ । पहिचान गर्न नसकिएका विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौँमा परीक्षण सुरु भएको छ । शव क्षतविक्षत भएका कारण डिएनए परीक्षण गर्नुपर्ने भएकोले आफन्तले शव पाउन अझै केही दिन कुर्नुपर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले बताए । मंगलबार सेती नदीको पानीको सतह घटाएर गोताखोरसहित ड्रोनको प्रयोग ग...

डा. रुइतलाई १० लाख डलरको इसा अवार्ड

Uncategorized
पूर्णपुष्टि,माघ ४ । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रूइतलाई ‘मानवता सेवाका लागि इसा पुरस्कार’ प्रदान गरिने भएको छ। बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ । बहराइन सरकारले हरेक दुई वर्षमा प्रदान गर्दै आएको स्वर्ण पदक र १० लाख डलर राशीको उक्त प्रतिष्ठित पुरस्कार यस वर्ष नेपाली डा. रूइतलाई दिने भएको हो । यो पुरस्कार विपत् रोकथाम र राहत, शिक्षा र मानव सहिष्णुतालगायत ११ वटा विधामध्येबाट प्रदान गरिन्छ । पुरस्कारका लागि यस वर्ष मनोनीतहरूमध्ये डब्ल्यूएचओ फाउन्डेसन पनि रहेकोमा निर्णायकहरूले डा. रुइतलाई छनोट गरेका थिए । मोतीबिन्दुको शल्यक्रिया गरी एसिया र विश्वका अन्य भागमा एक लाख ८० हजारभन्दा बढी मानिसलाई दृष्टि दिन मद्दत गरेका आधारमा डा। रुइतलाई पुरस्कार प्रदान ...

उदयपुरमा जाडो बढेपछि दाउरा वितरण (फोटो फिचर सहित)

Uncategorized
पूर्णपुष्टि,माघ ४ । केही दिनयता विहानी पख हुस्सु र चिसोको कारण उदयपुरका सर्वसाधारणको जनजिवन प्रभावित हुन थालेको छ । अत्याधिक चिसोको करण बुधवार विहानीपख डिभिजन वन कार्यालय उदयपुर, चप्पान सामुदायीक वन उपभोक्ता समिति र नगर प्रहरीले दाउरा वितरण सुरु गरेको हो । डिभिजन बन, चप्पन सामुदायीक वन र नगर प्रहरीको समवन्यमा दाउरा संकलन गरी वितरण सुरु गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जोश्वर साहले बताए । उनका अनुसार गाईघाट बजारको विभिन्न मुख्य चोक चोकमा दाउरा वितरण सुरु गरेको बताए । गाईघाट आसपासको चोकहरु मध्या मेनचोक, विपिचौक, बैंक लाईन, पसर्पाक, सिवालय टोल, संगमटोल, इन्दे्रश्वर टोल, साकेला टोल, विशान नगर टोल र बाक्से चोकहरुमा आगो बाल्न दाउँरा वितरण गरिए साहले जानकारी दिए । माघको पहिलो हप्त नविदै गाईघाटमा पनि विहानको समय चिसोसंगैको हुस्सुले सडक ढाकिने गरेको छ । विहानीपख बाक्लो हुस्सुको कारण...

आजको मौसम : विहिवारदेखि पानी पर्ने सम्भावना

Uncategorized
पुर्णपुष्टि,माघ ४ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारबाट सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो । आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु-भागमा हुस्सुरकुहिरो लागेको छ र बांकी भू-भाग सामान्यतया सफा छ । महाशाखाका अनुसार आज कर्णाली प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू(भागहरुका केही ठाउँमा दिउँसो र राति हिमपात हुने सम्भावना छ ।...

विमान दुर्घटनामा निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै उदयपुरमा दीप प्रज्वलन

Uncategorized
पूर्णपुष्टि,माघ ३ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै उदयपुरको गाईघाटमा दीप प्रज्वलन गरिएको छ। मंगलवार साझ गाईघाटको मेनचोकमा विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो । युथ अफ गाईघाट र गाईघाट टिकटक ग्रुपको आयोजनामा गाईघाटको मेनचौकमा दुर्घटना पछि मृत्यु भएकाहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको आयोजकले बताए । आईतवार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिकक सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । सुरक्षाकर्मीको टोलीले मंगलबार अपराह्न थप १ जनाको शव फेला पारेको छ । यससँगै विमान दुर्घटनामा सवार ७२ मध्ये ७१ जनाको शव फेला परेको छ ।...

पल शाहले पाए तनहुँ जिल्ला अदालतबाट सफाइ

Uncategorized
पूर्णपुष्टि,पुष ३ । अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।...

जहाज दुर्घटनापछि बेपत्ता थप १को शव भेटियो

Uncategorized
पूर्णपुष्टि,माघ ३ । आइतवार पोखराको सेतीखोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएका थप १ जनाको शव भेटिएको छ । मंलवार सुरक्षाकर्मीको टोलीले अपराह्न थप १ जनाको शव भेटेको हो । यससँगै विमान दुर्घटनामा सवार ७२ मध्ये ७१ जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता रहेको र खोजी कार्य जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । आज सेती नदीको पानी घटाएर नहरमा पठाइएसँगै खोजतलासका क्रममा १ जना महिलाको शव भेटिएको उनको भनाइ छ । अब एक जनाको खोजीकार्य भइरहेको छ’, शाहीले भने ।...