Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

ऊर्जामन्त्री लिङ्देनले ५ वर्षे रणनीतिक योजना बनाएर काम गर्ने पहिलो निर्णय

Uncategorized
पूर्णपुष्टि,माघ ३ । नवनियुक्त उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङदेनले पदभार ग्रहण गरेका छन् । मंलवार राष्ट्रपति कार्यालयमा पदभार ग्रहणपछि मन्त्री लिङदेनले मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्यसम्पादन गर्न पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने पहिलो निर्णय भएको बताए । आगामी पाँच वर्षका लागि मन्त्रालयकै सहसचिवको नेतृत्वमा गठन हुने कार्य दलले मन्त्रालयको आवश्यक्ता र प्राथमिकताहरु निर्धारण गर्न र पाँच वर्षे एउटा रणनीतिक योजना बनाउने उनले बताए । जसका लागि तीन सदस्यीय कार्य दल बनाउने उनले बताए । ऊर्जा जलस्रोत तथा सिँचाईजस्तो महत्वपूर्ण मन्त्रालय सम्हाल्दा चुनौतीपूर्ण हुने भएपनि आफूले त्यसलाई अवसरमा बदल्ने उनको भनाइ छ । ‘मन्त्रालय कुनै पनि राम्रो÷नराम्रो वा सानो र ठूलो भन्ने त हुँदैनन्, सबै मन्त्रालय बराबर छन्’, उनले भने, ‘नेपालको हकमा ऊर्जा ...

गायिका मेलिनाले पोखरा महोत्सवको प्रस्तुति रद्ध

Uncategorized
पूर्णपुष्टि,माघ ३ । नेपाली सांगित क्षेत्रमा लाखै गितहरुमा अवाज दिएकी चर्चित गायिका मेलिना राईले पोखरी महोत्सवमा तथ भएको साङ्गीतिक प्रस्तुति रद्द गरेकी छिन् । राईले आफ्नो अफिसियल फेसबुक पेज मार्फत आज मंगलवार बेलुका महोत्सवमा प्रस्तुति दिन आउन असहमति जनाएकी हुन् । उनले स्टाटसमार्फतआफू उपस्थिति हुन नसक्ने भएकोमा आयोजकसँग माफी समेत मागेकी छिन् । उनले लेखेकी छिन्, ‘पोखरामा त्यत्रो दुर्घटना भए लगत्तै कार्यक्रम मनाउन मैले सकिनँ । मेरो मर्यादा र भित्री आत्माले मलाई त्यसो गर्न दिएन त्यसैले कार्यक्रममा उपस्थिति जनाउन सकिनँ ।’ आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ७० जनाको शव फेला पारिएको छ । दुई जना अझै बेपत्ता छन् । विमान दुर्घटनापछि अन्य कलाकारहरूले समेत पोखरामा र आसपासका क्षेत्रमा सांगीतिक प्रस्तुति तत्काललाई स्थगित गर्न थालेका छन् । गायिका मेलिना राईले पोखरा महोत...

मुलुकभर नेपाल टेलिकमको मोवाईल सेवा अवरुद्ध

Uncategorized
पूर्णपुष्टि,माघ ३ । मुलुकभर नै नेपाल टेलिकमको मोवाइल सेवा अवरुद्ध भएको छ । मंगलवार मध्यान्ह १२ बजेदेखि कम्पनीको मोवाइल सेवा अन्तर्गतका ल्यान्डन, प्रिपेड तथा पोस्टपेडका फोन अवरुद्ध भएको हो । उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।...

नव नियुक्त मन्त्रीसहित राज्य मन्त्रीले सपथ लिए

Uncategorized
पूर्णपुष्टि, पुष ३ गते । माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सरकाले मन्त्रिपरिषद विस्तार गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीहरुको नियुक्ति गर्नुभएको थियो । मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ राष्ट्रपति भण्डारीले गराएकी हुन् भने राज्यमन्त्रीहरूको शपथ प्रधानमन्त्री दाहालले गराएका हुन् । राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डेले सहरी विकासमन्त्री र दीपकबहादुर सिंहले ऊर्जा राज्यमन्त्रीका रूपमा शपथ लिएका छन् । एमालेबाट विमला राई पौड्यालले परराष्ट्र, पदम गिरीले स्वास्थ्य, भगवती चौधरीले महिला बालबालिकामन्त्री तथा हरि उप्रेतीले रक्षामन्त्रीका रूपमा शपथ लिएका छन् । माओवादीबाट रेखा शर्माले सूचना, सञ्चार तथा प्रविधि,...

सुदन किराती पर्यटनमन्त्रीमा नियुक्त

Uncategorized
पूर्णपुष्टि,माघ ३ । नेकपा माओवादी केन्द्रको तर्फबाट युवा नेता सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नियुक्त भएका छन् । पर्यटन मन्त्री बनेका किराती माओवादी केन्द्रको सांसद हुन् । भोजपुरबाट सांसदमा निर्वाचित किराँतीले प्रदेश नं. १ का मुख्यमन्त्री भइसकेका एमाले नेता शेरधन राईलाई २३८५ मतान्तरले पराजित गर्दै विजयी भएको थिए । किराती भोजपुरबाट तेस्रो पटक सांसद जितेका हुन् । किराती माओवादी जनयुद्धमा सहभागी थिए भने झण्डै १ वर्ष जेल पनि परेका थिए ।...

राप्रपा सरकारमा जाने

Uncategorized
पूर्णपुष्टि, माघ ३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको अध्यक्ष लिङ्देनले बताएका छन् । लिङ्देनका अनुसार यसमा समर्थक र शुभेच्छुकको असहमती रहँदा पनि सरकारमा जाने निर्णयमा पुगेको हो । लिङ्देनले भने अग्निपरीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । यस निर्णय प्रती असनतुष्ट बनेका आफ्ना समर्थकहरुलाई धैर्यता राख्न लिङ्देनले अनुरोध गरेका छन् । असम्भव जस्तो लागे पनी खरो उत्रने बाचा गरेका छन् । लिङ्देनले सहयोगका लागि पनि अपिल गरेका छन् । राप्रपा तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा जाने भएको छ । माओवादी अध्यक्ष पुष्प कमल दाहाल सरकार नेतृत्वको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका रूपमा लिङ्देनले शपथ लिँदैछन् । यस्तै धुव्रबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र विक्रम पाण्डे...

मन्त्रिपरिषद विस्तार आज हुने, को को बन्दैछन् मन्त्री

Uncategorized
पूर्णपुष्टि, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्ने भएको छ । सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा र सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेपछि कुन दलले कुन मन्त्रालय लिने भन्ने टुङ्गो लागे लागेको हो । आज शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । माओवादीका तर्फबाट थप तीन मन्त्रीमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीले अवसर पाउने भएका छन् । शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ ।...

चालकको स्वास्थ्य परिक्षण गर्दै जलजले ट्राफिक प्रहरी

Uncategorized
पूर्णपुष्टि,माघ ३ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जलजले ट्राफिक प्रहरीले जलजलेस्थित सरगमाथा लोकमार्ग मै चालक तथा सह–चालकको स्वास्थ्य परिक्षण गरेको छ । सोमबार त्रियुगा नगरपालिका वडा नं.६ जलजलेमा बिहानको ८ बजे देखि बेलुकीको ५ बजे सम्म निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । ट्राफिक प्रहरी पोष्ट जलजलेले दुर्घटना न्यूनीकरणको लागि सगरमाथा लोकमार्गमा गुड्ने विभिन्न सवारीचालक र सह–चालकको सडकमै निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रमुख बल बहादुर खत्रीले बताउँनुभयो । जिल्लामा हुने सवारी दुर्घटनालाई मध्य नगर गर्दै शारिरीक रुपमा योग्य चालकहरुले सवारी चलाएमा सडक दुर्घटना न्यूनीकरणमा टेवा पुर्योने लक्षको साथ स्वास्थ्य परीक्षण गरेको खत्रीले बताउँनुभयो । स्वास्थय परिक्षणमा जलजलेका स्थानीय समाज सेवी बिष्णु भुजेलको सौजन्य र ई.प्र.का.जलजले र सुबेदी मेडिकल हज...

राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम र शिक्षा मन्त्रालय पाउने

Uncategorized
पूर्णपुष्टि,माघ ३ । सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले ३ वटा मन्त्रालय पाउने भएको छ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा भएको सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम र शिक्षा मन्त्रालय पाउने भएको हो । रास्वपाले सत्ता गठबन्धन दलहरूबीच भागबन्डामा सहमति भएपछि त्यसै आधारमा मन्त्री छनोट गर्ने जिम्मा राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष लामिछानेलाई दिएको छ । गृहमा अहिले नै पार्टी अध्यक्ष रवि लामिछाने छन् । समितिको सोमबार साँझ बसेको बैठकले रास्वपालाई तीनवटा मन्त्रालय दिने निर्णय गरेको थियो।...

पोखरा विमान दुर्घटनाका शव आज काठमाडौँ पठाइँदै

Uncategorized
पूर्णपुष्टि,पुष ३ । यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु हुने केहिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ । पहिचान गर्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका, विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ । “हालसम्म पहिचान भएका २०–२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी परीक्षण भइरहेको छ । बाँकि शव लैजानका लागि हेलिकोप्टर सोमबार नै पोखरा आइसकेको छ ।” शव पहिचान गर्ने काम पनि भइरहेको र मौसम पनि चिसो रहेका कारण आजै बिहान १०–११ बजेतिर काठमाडौँ पठाइने केसीले जानकारी दिए ।...