Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

विमान दुर्घटना : फेला परेन् तीन जना भोलि पुन खोजिने

Uncategorized
पूर्णपुष्टि,माघ २ । पोखरा विमान दुर्घटनाकोखोजीकार्यआजका लागि स्थगित भएको छ । सोमबार साँझसम्म ६९ जनाको शव फेला परेको थियो । ती शवलाई गण्डकी अस्पतालमा राखिएको छ । अन्य तीन जनाको भने शव फेला पर्न सकेको छैन। केही शरीरका भागहरू फेला परेपनि एउटै व्यक्तिका हुन् वा फरक व्यक्तिका हुन् भन्ने नखुलेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। आइतबार बिहान साढे १० बजे काठमाडौंबाट उडेको जहाज पोखरामा करिब ११ बजे दुर्घटनामा परेको थियो। जहाजमा चार चालक दलसहित ७२ जना सवार थिए।...

भारतको महाराष्ट्रमा नेपाली युवकको हत्या

Uncategorized
पुर्णपुष्टि, माघ २ गते । भारतको महाराष्ट्रमा एक नेपाली युवकको हत्या भएको छ । हत्या हुनेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ घर भएका १८ वर्षीय कमल बिक रहेका छन् । महाराष्ट्रको आलिबागमा पुष २६ गते बिकको हत्या भएको थियो । उनको साथिहरुले नै हत्या गरेको भन्दै आमा पार्वतीले माघ १ गते कमलका ४ जना साथि बिरुद्ध महाराष्ट्र राईगढस्थित आलिबाग थानामा उजुरी दिएकी थिईन् । उनिहरु सबैजना होटलमा काम गर्दै आएका थिए ।...

विमान दुर्घटना : शव लिन सेनाको हेलिकप्टर पोखरामा

Uncategorized
पूर्णपुष्टि,माघ २ । पोखरामा आइतवार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव लिन नेपाली सेनाको एमआई १७ हेलिकप्टर पोखरातर्फ पठाइएको छ । दुर्घटनामा मृत्यु भएकाहरुलाई ‘पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्टमाटम पश्चात् शव बुझाउन सुरु गरिएको हो । बाँकी शव काठमाडौँ ल्याउन लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्तिमार्फत जनाएको छ । बाँकी मृतक यात्रुहरूको शव पोखराबाट काठमाडौँ ल्याउनका लागि नेपाली सेनाको एमआई १७ हेलिकप्टर पोखरातर्फ पठाइएको छ’, क्यानको विज्ञप्तिमा भनिएको छ । यति एयरलाइन्सको विमानमा महिला २५ जना, पुरुष ३७, बालक ३ र शिशु ३ जना थिए । दुर्घटनामा हालसम्म ६९ जनाको शव फेला परिसकेको छ भने ३ जना अझै बेपत्ता छन् ।...

खोटाङमा १७ वर्षीय बालिका मृत अवस्थामा फेला

Uncategorized
पूर्णपष्टि,माघ २ । विद्यालयबाट घर फर्कनेक्रममा एक बालिका मृत अवस्थमा फेला परेकी छन् । सोमबार बिहान घर जजिकैको खन्युको फेदमा हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल मृत्य अवस्थमा फेला परिकी हुन् । आइतबार दिउँसो घर फर्कनेक्रममा सम्पर्कविहिन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । आगामी माघ ३ गते देखि विद्यालयमा आयोजना गरिएको नगरस्तरिय भलिबल, फुटबल र नृत्य प्रतियोगीताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् । बालिका महेन्द्रोद्धय माबि हलेसीमा कक्षा १० मा अध्ययनत थिईन् । प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिइन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी बालिका घ...

महिलालाई आत्मनिर्भर बनाउन तीन महिने “ढाका बुनाई तालिम”

Uncategorized
पुर्णपुष्टि, माघ २ गते । आर्थिकरुपले महिलाहरुलाई आत्मनिर्भर बनाउन तीन महिने ढाका बुनाई तालिम संचालन गरिएको छ । ओरेक नेपाल उदयपुर र त्रियुगा नगरपालिकाको साझेदारिमा महिलालाई सिपसँगै आर्थिक रुपमा बलियो बनाउने उदेश्यले तालिम आयोजना गरिएको हो । ओरेकको सभाहलमा आयोजित तालिममा नगर क्षेत्रका दश जना महिलाहरुले सहभागिता जनाएका छन् । सहभागि सबैलाई ढाका सम्बन्धि सबै सामग्री बनाउन उद्यमीको रुपमा विकास गर्न कुमारी मगर र दया दनुवारले सहजिकरण गरेका छन् । तालिमको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले महिलाको सिपलाई उद्योग व्यवसायसँग जोड्ने गरी नगरपालिकाले योजना अघि सारेको बताए । उनले उत्पादित सामग्रीलाई वजारिकरण गर्न नगरपालिका तयार रहेको जनाए । विगतमा हामिले प्रयोग गर्ने गुन्द्री, मकैको खोस्टाबाट बनेका पिर्काहरु बिस्थापित हुँदै गएकाले संरक्षण गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका नि...

विमान दुर्घटनामा ज्यान गुमाउनेलाई बीमा कम्पनीमार्फत कति रकम पाउँछ ?

Uncategorized
पूर्णपुष्टि,माघ २ । पोखरामा आइतवार भएको विमान दुर्घटनामा परेर ७२ जनाले ज्यान गुमाएको छ । यति एयरलाइन्सको एटीआर–७२ विमानमा ६८ जना यात्रुसहित ४ जना क्याबिन क्रुले समेत ज्यान गुमाएको हो । यति एयरलाइन्सले बिमान दुर्घटनामा ज्यान गुमाउने यात्रु, परिचारिका र पाइलटको बीमा बापतको दावी भुक्तानी प्रक्रिया अघि बढेको छ । यति एयरलाइन्सले हिमालयन एभरेस्ट इन्सूरेन्समा बीमा गरेको थियो । कम्पनीले दुर्घटनामा परेको विमान हिमालयन एभरेस्ट इन्सूरेन्समा बीमा गरेको कम्पनीका प्रबन्ध कार्यकारी प्रमुख कमल गौतमले जानकारी दिएका छन् । गौतमले एयरलाइन्स कम्पनीहरूले आफ्ना एयरक्राफ्टको बीमा गरेको हुने र सोही बीमाले यात्रु समेत कभर गर्ने जानकारी दिए । गौतमका अनुसार विमान दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुको बीमा प्रतिव्यक्ती २० हजार अमेरिकी डलर हुन्छ । यसअनुसार दुर्घटनामा ज्यान गुमाउने यात्रुका आफन्तले प्रतियात्रु २...

त्रियुगा १२ को चौँथो वडा अध्यक्ष कप गाइघाट फुटबल क्लब ११ ले जित्यो

Uncategorized
पूर्णपुष्टि, माघ २ गते । त्रियुगा नगरपालिका–१२ को चौँथो वडा अध्यक्ष कप गाइघाट फुटबल क्लब ११ ले हात पारेको छ । बिसनपुर हरितपार्क ब्यबस्थापन संस्थाको आयोजना र त्रीयुगा वडा १२ युबा तथा खेलकुद बिकास समितिको संयोजनमा खेल गराईएको थियो । माघ १ गते भएको फाईनल खेलमा उपाधिको लागी त्रियुगा स्पोर्ट्स क्लब १३ र गाईघाट फुटबल क्लब ११ बिच प्रतिस्पर्धा भएको थियो । खेलको पुरा समयमा त्रियुगा स्पोर्ट्स क्लबले १ गोल गरेभने गाईघाट फुटबल क्लबले ३ गोल गर्दै उपाधी हात पारेको हो । गाईघाट फुटबल क्लबबाट प्रितम चौधरी, पबिन चौधरी र देवराज चौधरीले समान १–१ गोल गरे भने त्रियुगा स्पोर्ट्स क्लबका लागी सान्त्वना गोल सुनिल खड्काले फर्काएका थिए । विजेता टिमले प्रमाण पत्र, ट्रफी सहित रु.२०००० नगद हात पारेका छन् भने उपविजेता टिमले प्रमाण पत्र, ट्रफी सहित रु. १०००० नगद हात पारेको छ । सबै व्यक्तिगत विधामा समेत विजेता टिमका ...

असारी सामुदायिक वनको नयाँ भवन उद्घाटन साथै विपन्न परिवारलाई सिरक वितरण

Uncategorized
पूर्णपुष्टि,पुष २ । त्रियुगा नगरपालिका वडा नं. १३ मा रहेको असारी सामुदायिक वन उपभोक्ता समूहले नवनिर्मित भवन उद्घाटन साथै अति विपन्न परिवारलाई सिरक वितरण गरेका छन् । सोमबार एक कार्यक्रमको आयोजनामा त्रि.न.पा. १३ का वडा अध्यक्ष नविन कुमार चौधरीले नयाँ भवनको उद्घाटन गरेका हुन् । असारी सामुदायिक वन उपभोक्ता समुहले पहिलो चरण र दोस्रो चरण गरी जम्मा १९ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको असारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गोपाल सिङ दनुवारले बताए । उनका अनसार भवन निर्माण कार्य अन्तिम चरणमा भएको र अव करिव १ लाख रुपैयमा भवन सम्पुर्ण निर्माणका कार्य सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । भवन निर्माणमा सामुदायिक वनको एकलैटि आर्थिक सहयोगमा निर्माण भएको पनि उनले बताए । २०५१ सालमा स्थापना भएको सामुदायिक वन उपभोक्ता समितिले आजै देखि नयाँ भवनबाट स्थानीय उपभोक्तहरुलाई सेवा दिने असारी सामुदाय...

साउनेमा हुर्रा नाच मांघेसंकराटी महोत्सव धुमधाम (फोटो सहित)

Uncategorized
पूर्णपुष्टि,माघ २ । आदिवासी जनजाति मगर समुदायहरुको विषेश चाँडको रुपमा मनाउँदै आएको माघे मांघेसंकराटीको अवसरमा हुर्रा नाचेर माघी धुमधाम साथ मनाएको छ । आईतवार त्रियुगा नगरपालिका १४, साउने स्थित नयाँ बाजरमा एक औपचारीक कर्यक्रमको आयोजग गर्दै वडा बासीहरुले माध्यासकराटीको अवसरमा हुर्रा नाचेर माघे संक्रान्ति भव्यताको साथ मनाएको हो । महोत्सवमा त्रियुगा नगरपालिका १४, लगाएत वडा भित्रका बिभिन्न ८ वडा टोल बिकास संस्थाहरुको बाक्लो उपस्थितिमा हुर्रा महोत्सव सफल भएको कार्यक्रमको प्रमुख अतिथि तथा वडा अध्यक्ष हेमराज मगरले बताए । उनेले मगर समुदायको आफ्नै मौलिकता झल्काउने भेष, भुषा, संस्कार संस्कृति सहित महोत्सवलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने संसस्था तथा वडा वासीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । माध्यासकराटी तथा हुर्रा महोत्सवमा धापखर्क टोल बिकास संस्था, महादेवी टोल बिकस संस्था सिहिरेटी,...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

Uncategorized
पूर्णपुष्टि,पुष २ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ। २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो। दिवसको अवसरमा यस वर्षपनि ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाइएको छ । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो। पछिल्लो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै ९ हजार भन्दा धेरैको ज्यान गएको थियो । यो भूकम्पबाट ८ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा धेरैको ज्यान पुरातात्विक सम्पदा भत्किए। पछिल्लो गोरखा भूकम्पको झण्डै चार वर्ष हुन लाग्दा पनि अझै पुनर्निर्माणले गति लिएको जस्तो देखिएको छैन । यस्तै भूकम्पीय जोखिमक...