Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुर सुनचाँदी व्यवसायी संघको नेतृत्वमा काशीनाथ साह

Uncategorized
पूर्णपुटि, माघ १ गते । उदयपुर सुनचाँदी व्यवसायि संघको नेतृत्वमा काशीनाथ साह चयन भएका छन् । सदरमुकाम गाईघाटमा सम्पन्न ५ औँ साधारणसभा तथा चौँथो अधिवेशनले साहको अध्यक्षतामा १७ सदस्य जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेको हो । अध्यक्ष पछिको दोस्रो, तेस्रो मर्यादाक्रममा रहने गरी समितिको सदस्यमा निवर्तमान अध्यक्ष गजेन्द्र वराईली र प्रकाश गजमेर रहेका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रामप्रसाद विश्वकर्मा, प्रथम उपाध्यक्षमा सतिसकुमार साह, द्धितिय उपाध्यक्षमा सुरेन्द्र लुवागुन, महासचिवमा दिपककुमार साह, सचिवमा प्रदिप वराईली, कोषाध्यक्षमा रंजिता गजमेर र सहकोषाध्यक्षमा रामकुमार विश्वकर्मा रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै नेपाल सुनचाँदी व्यवसायि महासंघका केन्द्रिय उपाध्यक्ष विपिन्द्र रामुदामुले सरकार व्यापारीको हितमा नरहेको आरोप लगाएका छन् । प्रतिकुल समयमा पनि निरन्तर व्यवसाय गर्दै आएका व्यापारील...

पोखरा विमान दुर्घटना अपडेट : दुर्घटनास्थल बाट ३२ जनाको शव निकालियो

Uncategorized
पूर्णपुष्टि, माघ १ गते । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनास्थल बाट ३२ जनाको शव निकालिएको छ । विमानमा ६८ जना यात्रु र चालक दलका चार जना सहित ७२ जना रहेको थिए । विमान दुर्घटनामा पाँच भारतीयसहित १५ विदेशी नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले जनाए । साथै ५३ नेपाली यात्रु रहेको पुष्टि भएको छ । आईतबार बिहान १०:३३ बजे काठमाडौंबाट पोखरा उडेको विमान पुरानो विमानस्थलको पछाडिपट्टि रहेको सेती नदी दोभानमा दुर्घटना भएको हो । घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपालि सेनाको टोली खटिरहेका छन् । अहिले पनि उद्धारकार्य जारी रहेको छ ।...

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

Uncategorized
पूर्णपुष्टि,माघ १ । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलमा अवतरण हुनु केही समय अघि विमान दुर्घटना भएको कास्कीका एसपी अजय केसीले बताए । यति एयरलाइन्सको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त बनेको बताए । १०ः ३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो। एएनसी एटीआर ७२ जहाजमा क्याप्टेन कमल केसीले उडाएका थिए । दुर्घटनापछि जहाजमा आगलागी भएको छ । अहिले घटनास्थलमा उद्धारकर्मीहरुले उद्धार कार्य जारी राखेका छन् ।...

चौदण्डीगढीको भडौलीखोलामा ट्रस ब्रिज शिल्यान्स

Uncategorized
पूर्णपुष्टि,माघ १ । उदयपुरको चौदण्डीगढ नगरपालिका ९, भिमा स्थित भडौलीखोलामा ट्रसब्रिजको शिल्यान्स भएको छ । शनिवार एक कार्यक्रमका बिच नगर प्रमुख कालुमान लामाले भडौलाीखोलामा अवस्थित ट्रस ब्रिजको शिल्यान्स गर्नुभएको हो । भिमा झोडाका झन्डै एक सय ५० घर धुरी प्रतक्ष लावान्वित हुने उक्त ट्रस ब्रिज बने पछी बर्षाको समयमा बिधार्थीलाई बिधालय जान आउन सहज हुने छ भने बिरामी हुँदा एम्बुलेन्स सहज घर सम्मै पुग्ने हुँदा स्थानियमा खुशीयाली छाएको छ । ट्रस ब्रिज निर्माण हुने भएपछी नगर प्रमुख लामाले आफ्नो चुनावी घोषणा अन्तर्गत हरेक गाउँवस्तीलाई वारिपारी हुन नदिने प्रतिबद्धतालाई कार्यन्वयन गर्दै नगर यस आर्थिक बर्षमा मात्र २० वटा ट्रस ब्रिज निर्माण गर्ने लक्ष सहित नगरपालिका अघी बढेको नगर प्रमुख लामाले बताउनुभयो । लामाका अनुसार स्थानिय जनताका हरेक समस्यालाई समाधान गर्दै लैजाने निती तथा कार्यक्रम र भौतिक पुर्वाधा...

झापाको दमकमा पसल आगलागी,५ वटा पसल जलेर नष्ट

Uncategorized
पूर्णपुष्टि,माघ १ । जिल्लाको दमक नगरपालिका वडा नम्बर ६ नमुना मार्ग संगै जोडिएको पसलमा आगलागी भएको छ । आईतवार विहान करिव साढे तीन बजेको समयमा आगलागी भएको हो । स्थानीय राजु श्रेष्ठको जुत्ता पसलबाट सुरू भएको आगोले सँगै जोडिएका अन्य पाँच वटा पसलमा क्षति गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगो अहिले बिहान पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । दमक, कमल, गौरादह र उर्लाबारी नगरपालिकाकाका बारूण यन्त्र, स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएको हो । विद्यु सर्ट भई श्रेष्ठको जुत्ताचप्पल पसलमा आगलागी हुँदा संगिता श्रेष्ठ, बिजय श्रेष्ठ, कृष्ण न्यौपाने र पुनम घिमिरेको कपडा तथा कस्मेटिक पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।...

आज आठौं राष्ट्रिय योग दिवस

Uncategorized
पूर्णपुष्टि,माघ १ । मांघे संक्रान्तिको संगै आज आठौं राष्ट्रिय योग दिवस पनि परेको छ । ‘स्वस्थ जीवनको चाहनाः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो। तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो। यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो। यही क्ष...

जोगिदहमा महिला लक्षित लैगिंक मूलप्रवाहिकरण तालिम

Uncategorized
पूर्णपुष्टि,माघ १ । गाईघाटको त्रियुगा नगरपालिका १ जोगिदहमा लैगिंक मूलप्रवाहिकरण तालिमको आयोजना गरेको छ । समाजमा लिङ्गकै आधारमा हुने गरेको विभेद् र असमानता हटि नसकेकोले समाजसेवी समुहले महिलालाई लक्षित गरी तालिमको आयोजना गरेको हो । महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग तथा त्रियुगा नगरपालिकाको समन्वयमा संस्थाले संचालन गरेको “महिला शसक्तिकरण तथा दिगो जिविकोपार्जन कार्यक्रम” अन्तर्गत तालिमको आयोजना गरेको कार्यक्रम संयोजक बिनोद कार्कीले बताए । मिलिजुली सहकारी संस्थाको भवनमा सञ्चालित तालिममा संस्थाका संयोजक कार्की र दुर्गानन्द चौधरीले सहजिकरण गरेका थिए । तालिममा समुदायमा परम्परागत सोच अझै बाँकी रहेको, विभेद् गर्नेहरुलाई कार्वाह गर्न राज्यले कानुन बनाएपनि कार्यान्वयन गर्न नसकेका, कानुनी जटिलता जस्ता समस्या रहेकाले विभेद्का अवेशषहरु अझै बाँकी रहेको सहजकर्ताहरुले बताएका छन् ।...

आज माघे संक्रान्ति पर्व

Uncategorized
पुर्णपुष्टि, माघ १ । माघ महिनाको पहिलो दिन आज माघे सङ्क्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। माघे सङ्क्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ।आज पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गएराति नै पकाइएको तरुल, चाकु, लड्डु तथा घिउलगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ । सरकारले यसै वर्षदेखि माघे संक्रान्तिलाई राष्ट्रिय पर्व घोषणा गरेको छ । आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने मान्यता छ। आज देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा मेला लाग्नुका साथै माघ स्नान गर्ने भक्तजनको भीड पन...

किराँत नयाँ सम्वतमा किराँत प्रदेशको माग (फोटो सहित)

Uncategorized
पूर्णपुष्टि,पुष ३० । किराँत नयाँ सम्वत यले दुङ ५०८३ को अवसरमा आज उदपुरको बिभिन्न ठाउँमा दिपावली गर्दै १ नम्बर प्रदेशलाई किराँत प्रदेश नामाकरण माग गरिएको छ । गत वर्ष उदयपुरबाट २५ लाख हस्ताक्षर बुझाइ किराँत प्रदेशको माग गरिएको कुरा स्मरण गराउँदै किराँत पहिचानको आधारमा प्रदेश नामाकरनणको माग गरेको हो । दुई मुख्यमन्त्री किराँत समुदायका हुँदा पनि नामाकरण हुन नसकेको प्रदेशमा भर्खरै बनेको मुख्यमनत्री हिक्मत कुमार कार्कीबाट किराँत पहिचानको आधारमा प्रदेशको नामाकरण हुने आशा किराँत समुदायले गरेका छन् । किराँत भन्नाले जाति नभइ समुदाय तथा भुगोल भएकोले यस भुगोलमा बस्ने सबैको पहिचानको सम्मानका लागि किराँत प्रदेश नामाकरण खोजिएको किराँत राई यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राईले बताईन् । नेपालमा मनाइने सम्वतहरु मध्य किराँत सम्वत निकै पुरानो मानिन्छ । आज राती १२ बजेदेखि सुरु हुने नयाँ किराँत सम्वत ५०८३ला...

१० नं वडाद्धारा अपाङ्गता तथा बृद्धबृद्धालाई सिरक वितरण

Uncategorized
पूर्णपुष्टि, पुष ३० गते । उदयपुरको त्रियुुगा नगरपालिका १० नं. वडाले आज पाँचसय ३० जना बृद्धबृद्धा, अपाङ्ता भएका, अशक्त तथा एकल महिलाहरुलाई न्यानो सिरक वितरण गर्यो । जाडोबाट बच्न विपन्न बर्गका उनीहरुलाई फाईबरको सिरक वितरण गरेको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत वडाबासीबाट न्यानो सिरकको माग भएको वडाध्यक्ष किरण पाण्डेले बताए । मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई, प्रमुुख जिल्ला अधिकारी जनार्दन गौतम, नेकपा एमालेका नेता इश्वरमणी राउत लगायतले सिरक वितरण गरेका थिए । सिरक वितरण (फोटो सहित)...