Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

अनेरास्विवियुको प्रदेश १ बिस्तारित बैठक सम्पन्न

Uncategorized
पूर्णपुष्टि,पुष ३० । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्विवियुले गाईघाटमा प्रदेश नं. १ विस्तारित बैठक सम्पन्न गरेको छ । शनिवार त्रियुगा नगरपालिका ११, कञ्चनजंगा होटलमा एक कार्यक्रमको आयोजना गरी १४ जिल्लाका अनेरास्विवियु जिल्ला कमिटिहरुको उपस्थितिमा बैठक सम्पन्न गरेको हो । प्रदेश नं. १ भरीको अनेरास्विवियु पद्धाघिकारी बैठक कार्यक्रममा जनता समाजवादीका केन्द्रिय पोलिट ब्युरो सदस्य तथा अनेरास्विवियु प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीको प्रमुख आतिथ्यमा प्रदेश विस्तारित बैठक सम्पन्न भएको थियो । हाम्रो नेपाली मुलुक शैक्षिक पद्धति अनुसार चल्नु पर्ने र विद्यार्थीहरुमा प्राविधिक शिक्षाको ज्ञान हुनु पर्ने चौधरीले बताए । उनका अनुसार सेलर संस्थाबाट रिसर्च गर्दा मुलुकको ५ प्रतिशत कलेजका विद्यार्थीहरुमा राजनितिकमा लाग्ने गरेको पाइएको छ । यस बैठकमा प्रदेश १ को चौधवटै जिल्लाको अध्...

प्रदेश १ को उपसभामुखमा सिर्जना दनुवार निर्वाचित

Uncategorized
पूर्णपुष्टि,पुष ३० । प्रदेश १ सभाको उपसभामुखमा नेकपा एमालेकी सिर्जजना दनुवार निर्वाचित भएकी छिन् । शनिबार प्रदेश सभामा सम्पन्न निर्वाचनको मत परिणामअनुसार प्रतिस्पर्धी कांग्रेसकी लीलाकुमारी राईलाई पराजित गर्दै एमालेकी दनुवार उपसभामुखमा निर्वाचित भएकी हुन् । नवनिर्वाचित उपसभामुख दनुवारले ५७ मत प्राप्त गर्दा कांग्रेसकी राईले ३३ मत मात्र प्राप्त गरिन् । कुल ९३ सांसद रहेको प्रदेश १ सभामा उपसभामुखको निर्वाचनका लागि सभामुखबाहेक ९० सांसदले मतदान गरेका थिए । प्रदेशसभामा उपस्थित रहेका सदस्यको बहुमत प्राप्त गरेकाले संसद दनुवारलाई उपसभामुखमा निर्वाचित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका थिए । प्रदेश १ सभामा सत्तागठबन्धनका एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका गरी कुल ६० सांसद छन् । मुख्य प्रतिपक्षी कांग्रेसको २९ र प्रतिपक्षी एकीकृत समाजवादीका चार सांसद छन् ।...

माघे संक्रान्तिको पूर्वसन्ध्यामा तरुलको व्यापार बढ्यो

Uncategorized
पूर्णपुष्टि,पुष ३० । माघेसंक्रान्तिको पूर्वसन्ध्यामा उदयपुरको सदरमुकाम गाईघाट बजारी क्षेत्रहरुमा यतिखेर तरुल किन्ने र बेच्नेहरूको घुइँचो बढ्दो देख्न पाईन्छ । माघेसंक्रान्तिको प्रमुख खाद्य भएकाले पनि यतिबेला तरुल किन्ने र बेच्नेहरूको व्यापक चहलपहल देखिने गरेको पाईन्छ । पहाडी गाउँबाट ल्याईएका बनतरुल, सिमलतरुल, घरतरुल, कलेलाको जरा, सुठुुनी यहाँ विशेष मानिन्छ । नेपालीहरुले महान चाडहरु मध्यको माघे संक्रान्तिलाई पनि बिशेष चाडको रुपमा मनाउने गरेकाले गर्दा संक्रान्ती बिशेष परिकारहरुको किनबेच प्रक्रिया सुरु भएको हो । संक्रान्ति पुर्वसन्ध्यालाई मध्यनगर गर्दै पहिडि क्षेत्रहरुबाट त्यहाँका स्थानीयहरुले बन तरुल, घर तरुल, इस्कुसको जरा, सुटुनी,पिडालु जस्ता जमिनमा उव्जने फलहरु बजारमा बिक्रि वितरणको लागि ल्याउने गरेको छ । व्यापारीहरुले आफ्नै घरको कसैले अरु मार्फत खरिद गरी तरुल बिक्रि वितरणका लागि सदरम...

उदयपुरका महिलाहरुलाई तिन दिने उद्यमशिलता तालिम

Uncategorized
पूर्णपुष्टि, पुष ३० गते । उदयपुरको त्रियुगा नगरपालिका १ मा व्यवसाय गर्दै आएका महिलाहरुलाई क्षमता अभिबृद्ध गर्न तीन दिने “व्यवसायिक उद्यमशिलता विकास तालिम” दिइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला शसक्तिकरण माहाशाखा काठमाडौंको सहयोग तथा त्रियुगा नगरपालिकाको समन्वयमा समाज सेवी समुहले तालिम दिएको हो । विगत लामो समयदेखि स्थानीय मिलिजुली वचत तथा ऋण सहकारी संस्थामा आवद्ध रही विभिन्न व्यापार व्यवसाय गर्दै आएका महिला समुहका सदस्यहरुलाई संस्थाले “महिला शसक्तिकरण तथा दिगो जिविकोपार्जन कार्यक्रम” मार्फत तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक विनोद कार्कीले बताए । उहाँका अनुसार स्थानीय मिलिजुली साकोस समुह जोगीदहको सभाहलमा सञ्चालित तालिममा ६ वटा महिला समुहका ३० जना महिला उद्यमीहरु सहभागि भएका थिए । तालिममा महिलालाई कसरी व्यवसायिक बनाउने, आम्दानीको स्रोत बढाउने, दिगो व्य...

ब्राउनसुगर सहित दुई युवक पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष ३० गते । झापाको अर्जुनधारा नगरपालिका वडा नं–६ महानन्द चौक स्थितबाट लागुऔषध ब्राउनसुगर सहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचिनगर नगरपालिका वडा नं–७ का २६ बर्षीय विकाश राजवँशी र २४ बर्षीय निर्मल भुजेल रहेका छन् । हिजो बेलुका ७ बजे प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउनसुगर ११ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।...

प्रदेश १ : आज उपसभामुखको निर्वाचन

Uncategorized
पूर्णपुष्टि,पुष ३० । प्रदेश नं १ प्रदेश सभाको उपसभामुखको निर्वाचन आज(शनिवार) हुने भएको छ । प्रदेशसभाको आज बिहान ११ बजे बस्ने वैठकले मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्ने भएको हो । प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा (एमाले)की सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा (माओवादी केन्द्र) को १३, राप्रपाको छ, नेकपा (एकीकृत समाजवादी) को चार र जसपाको एक सदस्य गरी ९३ सदस्य रहेको छ । यसअघि प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत प्राप्त गरेका थिए ।...

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच वार्ता

Uncategorized
पूर्णपुष्टि, पुष ३० । प्रधानमन्त्री पुष्ष्पकमल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको बालुवाटारमा भेटवार्ता जारी छ । बालुवाटारमा भएको वार्तामा सरकार विस्तार र सभामुख निर्वाचनको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । दुई नेताबीच प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको बताइन्छ । प्रमुख सत्ता साझेदार दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । त्यसैगरी सभामुख र राष्ट्रपति जस्ता पदमा नेपाली कांग्रेसले पनि दाबी गर्दा गठबन्धनमा संशय पैदा भएको छ ।...

साउदीमा अवैध बसोवास गर्ने ७४ नेपालीले पाए एक्जिट भिसा

Uncategorized
पुर्णपुष्टि,पुष ३० । अवैध रुपमा साउदी अरवमा बसोवास गर्दै आएको ७४ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) प्रदान गरेको छ । साउदीको रियादबाट ४२ र दमामबाट ३२ नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ । साउदी अरेवियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउनी आवासीय अनुमति पत्र (इकामा) नबानाइएका वा नवीकरण नगरिएका र हुरुव लगाएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि साउदी दुतावासले अनुरोध गरेको थियो । अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ। एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन्। सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ । यसैगरी, साउदी जवाजतको नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्...

सोलुखुम्बुमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिंदै उपभोक्ता

Uncategorized
पूर्णपुष्टि,पुष ३० । पछिल्लो समयमा सोलुखुम्बु आसपासको क्षेत्रहरुमा संञ्चालित अधिकांश होटल, पसलहरुमा मूलयसूची नहुँदा स्थानीयहरु ठगिने सम्भावना बढेको छ । जिल्लामा मूल्यसूचीबिना नै पसलहरुले आफुखुसी समाग्रीहरु बिक्री गर्दा त्यस क्षेत्रका स्थानीय उपभोक्ताहरु ठगिने क्रम बढेको पाईएको हो । उद्योग वाणिज्य संघ सोलुखुम्बुले मुल्य सुची निर्धारण गरी सबै साना उधोग, खाद्य स्टोर, किराना पसल, फेन्सी तथा कपडा पसल र होटलहरुमा वितरण गर्नुपर्ने भए पनि जिल्लामा उद्योग वाणिज्य संघ निस्कृय हुँदा लामो समयदेखि मुल्य सुची कायम गर्न नसकिएको हो । उभोक्ता हित संरक्षण ऐन व्यवस्था भए पनि यहाँका अधिकांश होटल पसलहरुमा मुल्य सुची नहुँदा व्यापारीहरुले मनोमानी मूल्य लिने गरेको पाइएको छ । जसले उपभोक्ता हित संरक्षण ऐन नै कुण्ठित भएको उपभोक्ताहरुको गुनासो छ । पछिल्लो समय खाद्यन्नदेखि अन्य किराना समाग्रीहरुको मुल्य घटबढ् भ...