Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा कुलत बाटो रोक्न ‘हामी स्वयंसेवी अभियान’ सुरु

Uncategorized
पूर्णपुष्टि,पुष ३० । किशोर किशोरीलाई कुलत बाटोबाट जोगाउन उदयपुरमा ‘हामी स्वयंसेवी अभियान’ सुरु गरिएको छ । गाईघाटमा एक कार्यक्रमको अयोजना गरी शिक्षा बिकास तथा समन्वय इकाइको समन्वय र १ नम्बर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुुन मन्त्रालयले अभियान सञ्चालन गरेको हो । अभियान अन्तरगत शुक्रवार जिल्लामा रहेका सबै विद्यालयहरुलाइ समेट्ने गरी ‘हामी स्वयंसेवी अभियान’ सुरु गरेको हो । बिभिन्न माध्यमबाट बिद्यालयका प्रधानाध्यापक, नायक शिक्षक र बिद्यार्थीलाई अभियान बारे प्रशिक्षित गराइएको कार्यक्रम संयोजक उर्मिला आचार्यले बताईन् । उनका अनुसार जिल्लाका ४५ बिद्यालयका प्रधानाध्यापक तथा नायक शिक्षकको उपस्थितिमा ‘लागुपदार्थ दुव्र्यसन तथा विपद् व्यवस्थापनमा हामी स्वयंमसेवी’ विषयक कविता प्रतियोगिता र कार्यक्रम निर्देशक रामचन्द्र कोईरालाले कार्यक्रम बारे प्रशिक्षित गराएको थियो । कविता प्रतियोगितामा जनता ...

स्थानीयको खेतमा फेला परेको नीलगाई बन्यजन्तु उद्धार केन्द्रलाई बुझाईयो

Uncategorized
पूर्णपुष्टि, पुष २९ । उदयपुरको कटारी नगरपालिकामा स्थानीयको खेत नजिक फेला परेको नीलगाईको बाच्छी डिभिजन बन कार्यालय कटारी (त्रिवेणी)ले शुक्रवार बन्यजन्तु उद्धार केन्द्रमा बुझाईएको छ । गत तीन महिना अगाडी शलेस सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्रबाट खेतमा निस्किएको २ महिनाको बाच्छीलाई कार्यालयले उद्धार गरी कार्यालय परिसरमै हेरचाहा गरी राखेको थियो । सिसाघारी सामुदायिक वन उपभोक्ता समूह कटारी –५ ,उदयपुरद्वारा संचालित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्र कटारी–५ ,उदयपुरमा समुहको लगानीमा वन्यजन्तु उद्धार केन्द्र निर्माण कार्य सम्पन्न गरी आज नीलगाई त्यहि छोडिएको हो । डिभिजन बन कार्यालय त्रिवेणी कटारीका प्रमुख डिभिजन वन अधिकृत विष्णुलाल घिमिरे साथै समूहका पदाधिकारी, उपभोक्ता साथै वडाध्यक्ष मोहन तामाङ्ग लगायतको उपस्थितिमा नीलगाईलाई केन्द्रमा छोडिएको हो ।...

सेन्ट्रल जेलबाट यसरी बाहिरिए सन्दीप (फोटो फिचर)

Uncategorized
धरौटी बुझाएर केन्द्रीय कारागारबाट बाहिरिएका सन्दीप समर्थकबाट घेरिएका थिए । उनीलाई लिन केन्द्रीय कारागार पुगेका आफन्तसँगै सयौँ समर्थक उनलाई स्वागत गर्न जेलबाहिर जम्मा भएका थिए। सन्दीपलाई उनका आफन्तले ढाकाटोपी लगाइदिएर स्वागत गरेका थिए । उच्च अदालत पाटनले २० लाख धरौटी तिरेर रिहा गर्ने आदेश दिएसँगै उनी धरौटी तिरेर तारेखमा रिहा भएका थिए । सन्दीपलाई धरौटीमा छोड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टीका–टिप्पणी गर्न पनि निषेध गरेको छ ।...

सन्दीप लामिछाने खेलमा फर्किन्छ त ? उनले भने, ‘भेरी सुन, भेरी सुन

Uncategorized
पूर्णपुष्टि,पुष २९ । नाबालिग जबर्जस्तीकरणी आरोपमा जेल चलान भएका क्रिकेटर सन्दीप लामिछाने शुक्रबार धरौटी बुझाएर थुनामुक्त भएको छ । २० लाख धरौटीमा अदालतको ५ बुँदे शर्तसहित सन्दीप थुनामुक्त भएको हो थुनामुक्त भएका सन्दीपको स्वागत गर्न उनका फ्यानहरु कारागार नै पुगेका थिए । थुनामुक्त भएका सन्दीपलाई कहिले क्रिकेटमा फर्किने भन्ने प्रश्नमा उनले चाँडै फर्किने जवाफ पनि फर्काए । ‘सन्दीप तपाईं कहिले क्रिकेटमा फर्किनुहुन्छ ?’ उनले भने, ‘भेरी सुन, भेरी सुन । बिस्तारै टाइम हेर्दैछु ।’ इजलासले १९ पन्ने जारी गरेको आदेशअनुसार सन्दीप धरौटीमा रिहा भएका छन् । यदि १९ पन्ने आदेशको १७ पन्नाको ५ बुँदे आदेश पालना नगरे फेरि सन्दीप थुनामा जाने छन् । यी हुन् ५ शर्तहरु १. बुँदा ‘क’ मा मुद्धाको फैसला नभएसम्म सन्दीपलाई नेपालबाहिर जान रोक लगाइएको छ । साथै, सन्दीपको राहदानी रोक्का राख्न गृह मन्त्रालयलाई पत्रचार गर...

ओखलढुंगामा घर आगलागी हुँदा ४ लाख बरावरको क्षति

Uncategorized
पूर्णपुष्टि, पुष २९ । ओखलढुंगाको सुनकोशी गाउँपालिका ८, स्थित आमभोटेमा एक घरमा आगलागी हुँदा घर जलेर पूर्णरुपले नष्ट भएको छ । शुवारबार करिव १० बजे स्थानीय जानुका मगरको घरमा आगलागी भएको हो । घरमा आगलागी हुँदा झन्डै ४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । दासका अनुसार २ तल्ले फुसको छाना भएको घर, लत्ताकपडा र अन्नपात जलेर नष्ट भएको बताएको छ । घरको विद्युत अचानक सट् भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागी भएको झन्डै डेढ घण्टापछि नजिकैको प्रहरी, स्थानीयबासी र जनप्रतिनिधि त्यहाँ पुगेर आगो पूर्ण रुपमा नियन्त्रणमा लिन सफल भएका थिए । आगलागीमा परी कुनै मानवीय तथा पशुचौपायमा क्षति नभएको प्रहरीले जनाएको छ ।...

सगरमाथा आधारभुत विद्यालयको ३५औँ जन्मोत्सव सम्पन्न

Uncategorized
पूर्णपुष्टि, पुष २९ । चौदण्डीगढी नगरपालिका ७ भुल्केमा अवस्थित सगरमाथा आधाभुत विद्यालयले आफ्नो ३५औँ जन्मोत्सव सम्पन्न गरेको छ । विहिवार एक कार्यक्रमको आयोजना गरी निर्वतमान प्रधानाध्यापक अम्बर बहादुर खड्कालाई विद्यालयले जन्मोत्सवको अवसर पारी सम्मानका साथ बिदाई गरेको हो । खड्काले विद्यालयको स्थापना कालदेखिनै जिम्मेवारी सम्हाल्दै आएका थिए । विद्यालयले आफ्नो जन्मोत्सवकै अवसर पारी एक लाख बारावरको अक्षकोषको स्थापना गरेको छ । कोषमा स्थापना गर्नुहुने कुल बहादुर भुजेल, मिन बहादुर कटवाल, निबर्तमान बिद्यालय ब्यबस्थापना समितीका अध्यक्ष मणिकुमार कटवाल, बिद्यालयलाई पंखा सहोयोग गर्ने दाताहरु रमेश पौडेल, मणिका राई, किशोर कुमार चौधरी, बिधालयमा अतिरिक्त कृयाकलापमा बिशेष कार्य गर्ने शिक्षक दिल बहादुर राई लगायतलाई सम्मन गरिएको थियो । कार्यक्रममा वडाका वडाध्यक्ष शिक्षा शाखा प्रमुख, पुर्व विद्यालय व्यवस्था...

प्रतिबन्धित लागुऔषध सहित महिला पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष २९ गते । मोरङको बिराटनगर महानगरपालिका–१५ हुलास चोक स्थितबाट प्रतिबन्धित औषधी सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ पाँचथरकी २० बर्षीया एन्जिला सुजी रहेकी छिन् । आज बिहान साढे ९ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुजीलाई पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउदै गरेको सुजीलाई प्रहरीले चेकजाँच गर्दा प्रतिबन्धित औषधी लुपिजेसिक–३ एम्पुल,डाइजोपाम–३ एम्पुल ,फेनारागन–३ एम्पुल, एभिल–३ एम्पुल,नाइट्राभेट–३० चक्की, सुई–३ थान र स्पास्मो प्रोक्सिवन–२ चक्की फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानाबाट थप अनुसन्धान भईरहेको छ ।...

प्रदेश १ को उपसभामुखमा नेकपा एमालेबाट उदयपुरकी र्सिजना दनुवार उम्मेदवार हुने

Uncategorized
पूर्णपुष्टि, पुष २९ गते । प्रदेश १ को उपसभामुखको निर्वाचनमा एमालेबाट उदयपुरकी सिर्जना दनुवारलाई उम्मेदवारमा उठाउने भएको छ । सत्ता साझेदार दलको तर्फबाट एमालेले दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । तर विपक्षी दलको उम्मेदवार भने टुङ्गो लागिसकेको छैन । उपसभामुखको निर्वाचन भने यहि पुष ३० गतेलाई तोकिएको छ । प्रदेश १ को सभामुखमा नेकपा माओवादीबाट बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन् ।...

क्रिकेटर सन्दिप लामिछाने २० लाख धरौटीमा रिहा

Uncategorized
पूर्णपुष्टि,पुष २९ । बालिकामाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटीमा रिहा भएको छ । बिहीबार उच्च अदालत पाटनको आदेशअनुसार शुक्रबार लामिछाने २० लाख धरौटी बुझाएर लामिछाने रिहा भएको हो । लामिछाने थुनामुक्त भएसंगै उनलाई राष्ट्रिय क्रिकेटमा फकार्उनका लागि पहल सुरु भएको उनका कानून व्यावसायीले बताए । कारागारबाट मुक्ती पाए पनि लामिछाने माथिको आरोप कायमै छ । अदालतबाट उनलाई तारिखमा रिहा गर्ने तयारी थियो । पाटन उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो । गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ परेका लामिछानेमाथि नाबालिग किशोरीलाई बलात...

आगामी फागुन १० गते म्यूजिक अवार्ड हुने

Uncategorized
पूर्णपुष्टि,पौष २९ । उदयपुरबाट संचालित उपाहार एफ.एम ९५.४ मेघाहर्जको ५ औ बर्ष पुरा भएको अबसरमा उदयपुरमा म्यूजिक अवार्ड हुने भएको छ । उपाहार मिडिया ग्रुप प्रा.लिद्धारा संचालित उपहार एफ.एमले आफ्नो स्थापनाको ५ औ बार्षिक उत्सवको अबसर पारेर म्यूजिक अवार्ड गर्न लागेको हो । उदयपुर जिल्लाकै इतिहासमा पहिलो पटक आयोजना गर्न लागिएको म्यूजिक अवार्डमा विभिन्न विधामा एक दशक यात्रा सांगितिक क्षेत्रमा क्रियाशिल गायक, संगीतकार, रचनाकार तथा कला क्षेत्रमा क्रियाशिलहरुलाई अवार्ड वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कला र संस्कृतिको पहिचान अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने मुल मर्म र भावना सहित आयोजना गर्न लागिएको म्यूजिक अवार्डमा नेपाली सांगीतिक क्षेत्रका सफल संगीतकार शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानलाई लाइफ अचिभमेन्ट अवार्ड सहित सम्मान तथा मोक्तान दम्पतीद्धारा उदयपुरका कलाकारहरुलाई ...