Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

गाईघाटमा दुई दिने स्थलगत घुम्ती तालिम सम्पन्न

Breaking News 1
काेपिला पुलामी मगर पूर्णपुष्टि, पुष २९ । त्रियुगा नगरपालिका कृषि शाखाको आयोजना अन्तरगत कृषि सम्बन्धी दुई दिने स्थलगत घुम्ती तालिम सम्मन्न भएको छ । तालिममा त्रियुगा नगरपालिका ९ का महिला १६ पुरुष १९ गरी ३५ जना कृषकहरुले प्रत्यक्ष सहभागिता जनाएको छ । उदयपुर जिल्लामा उच्च मूल्य बाली तरकारी, फलपुल, धान, लगायतका बालीको बारेमा सम्बन्धित किसानहरूलाई विस्तृत जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिरहेको त्रियुगा नगरपालिका कृषि शाखा प्रमुख माघव राउतले बताए । उनका अनुसार उच्च मूल्य बाली सम्बन्धी काउली, गोलभेडा लगायतको बारेमा तालिम दिएको थियो । कार्यक्रममा नगर प्रमुख बसन्त बस्नेत उप–प्रमुख महेश्वरी राई, वडा नं। १० वडाध्यक्ष सुमन्त कोइराला, उद्धव थापा, वडा नं। ९ वडाध्यक्ष राजकुमार दनुवार लगायतको उपस्थिति रहेको थियो । तालिमको प्रशिक्षक तथा सहजकर्ता कृषि ज्ञान केन्द्र उदयपुरका कृषि अधिकृत अनु वि...

उदयपुर मिलिजुली समाज कुवेतको अध्यक्षमा इन्द्र अछामी चयन

Uncategorized
पूर्णपुष्टि,पुष २९ । उदयपुर मिलिजुली समाज कुवेतको दोस्रो अधिवेशनले अध्यक्षमा इन्द्र अछामीलाई सर्वसम्मत चयन गरेको छ । कुवेतमा कार्यरत उदयपुर बासीहरुको उल्लेखनीय उपस्थितिमा कुवेत स्थित फ¥यानियाको सिग्नेचर रेस्टुरेन्टमा जनवरी ६को दिन अधिवेशन सम्पन्न गरेको हो । अछामीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्दै उदयपुर मिलिजुली समाज संग जेडिएकाहरुको हकहितमा सदैव लाग्ने प्रतिबद्धताको साथ दोस्रो अधिबेशन सम्पन्न भएको हो । समितिको महिला उपाध्यक्ष देवि मगर, महासचिव हरि बहादुर राउत, सचीव बिदुर कार्की, कोषाध्यक्ष चन्द्र कुमारी मगर, महिला संयोजक पवित्रा पुडासैनी र प्रबक्तामा रिता राई चयन भएका छन् । यता सदस्यहरुमा महेश अधिकारी, पृतम खनाल, बालिका बिक, फर्स बहादुर कार्की ९बचत सह–संयोजक० दिपेन्द्र बहादुर राउत, राकेश राई, संजय कार्की, अग्नि राई, तिलक श्रेष्ठ, राजन रौनियार, दिपेद्र कुमार भगत, पुष्प राज बस्...

आज राष्ट्रिय ‘भक्का दिवस’

Uncategorized
पूर्णपुष्टि, पुष २९ । आज नेपाली पात्रो अनुसार राष्ट्रिय भक्का दिवस परेको छ । पूर्वी तराईका आदिवासीहरुले स्थानीय प्रवद्र्धन तथा मौलिक खाजा भक्काको संरक्षणका लागि राजवंशी समुदायहरुले राष्ट्रिय भाक्का दिवस मनाउने गरेको पाईन्छ । जाडो सिजनमा राजवंशी जातिमा भक्का खाने परम्परागत चलन छ । पछिल्लो समय भक्का चोक बजारमा खाजाको रुपमा समेत खान पाइन्छ । अग्र्यानिक र स्वस्थ्यकर हुने भएकाले भक्का विपन्न वर्गको मौसमी व्यापार समेत बनेको छ । भाक्का कोच राजवंशी समुदायको खाजामा लोकप्रिय हिउँदे भाक्का चामलको पिठोबाट तयार गरिने परिकार हो । पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिमा यो खाजा लोकप्रिय बन्दै गएको छ । भाक्का अर्गानिक र स्वास्थ्यका लागि हितकर खाजा भएको यसका पारखीहरु बताउँछन् । शुद्ध चामलको पीठोलाई पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ । पीठोको चामलमा कुनै बस्तु मिसाउट नहुने तथा पानीको ब...

झापामा स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु

Uncategorized
पूर्णपुष्टि, पुष २९ गते । झापाको गौरादह नगरपालिका–१ स्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ बर्षीय तुलसा दाहाल रहेकी छन् । हिजो अपरान्ह ३ बजे माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको मे.१ ख २६७६ नम्बरको बसले ठक्कर दिदा दाहाल घाइते भएकी थिईन् । उनको उपचारको क्रममा बि. एण्ड. सि. अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक गौरादह–२ का अमरलाल ताजपुरीयालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...

फेसबुक वालमा गलत पोष्ट गर्ने एक युवक पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष २८ । उदयपुरको बेलका नगरपालिका ८ कोठुबाट फेसबुकमा गलत खवर पोष्ट गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । Ramjee Chams नामको फेसबुक वालमा गलत खवर पोष्ट गरेको भन्दै प्रहरीले सुनसरी धरान उप–महानगरपालिका १३ का स्थानीय रामचन्द्र राई लाई पक्राउ गरेको हो । गत मंसिर १५ गतेको दिन ट्राफिक प्रहरी त्रियुगा नगरपालिका वडा नं. ७ चुहाडे स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा सवारी चेकजाँचका लागि खटिएको थियो । सवारी चेक गर्ने क्रममा गाईघाटबाट कटारी तर्फ जाँदै गरेको बा २ च ७०३५ नम्बरको कार गतिबिहिन अवस्थामा आईरहेको थियो । ट्राफिकले कारलाई रोक्न खोज्दा कार नरोकी गएपछि ट्राफिक प्रहरीले अगाडी गएर कारलाई रोक्न सफल भएको थियो । कार रोकि काजगपत्र माग्ने क्रममा कार चालक राईसंग सवारी चालक अनुमति पत्र मात्र फेला परेको र ब्लुवुक नभएपछि जरीमाना काट्न ट्राफिक प्रहरीले अनुरोध गरेको थियो । राईले...

ब्राउन सुगर सहित २ जना पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष २८ गते । झापाको मेचीनगर नगरपालिका–१ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१ का ३० बर्षीय शक्ति प्रधान र २२ बर्षीय सिदार्थ तामाङ रहेका छन् । हिजो बेलुका प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा हिडिरहेका प्रधान र तामाङको साथबाट १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।...

बिराटनगरबाट श्रोत नखुलेको रकम सहित एक पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष २८ गते । मोरङको बिराटनगर महानगरपालिका–७ माछापुच्छ्रे बैङ्क नजिकबाट श्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर–१८ का ३६ बर्षीय रवि प्रकाश साह रहेका छन् । हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शाहलाई पक्राउ गरेको हो । शाहको साथबाट प्रहरीले ७ लाख ९ हजार रुपैया, बिभिन्न बैङकहरुको एटिएम १४ थान, बिभिन्न बैंकको डिपोजिट रकम ६२ लाख ११ हजार २ सय ३५ रुपैयाको भौचर १० थान, ६ लाख रुपैयाको चेक २ थान, चेक बुक ९ थान र को.२४ प ७९८४ नम्वरको मोटरसाईकल बरामद गरेको हो । पक्राउ परेका साहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।...

ओखलढुङ्गामा जीप दुर्घटमा हुँदा ७ जना घाइते

Uncategorized
पुर्णपुष्टि, पुष २८ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाबाट ओखलढुङ्गा तर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा ७ जना घाईते भएको छ । बिहिवार बिहानको करिव ९:४० बजे प्र–१–०२–००२ नम्बरको बोलेरो जीप सिद्धिचरण नगरपालिका ५ स्थित बिबलाटेमा दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये नेचा सल्यान गाउँपालिका–३ का ७० वर्षिय डिल्लीराम शर्माको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक देबेन्द्र दासले जानकारी दिए । दासका अनुसार चालकसहित अन्य ६ जनाको अवस्था सामान्य रहेको छ । सडकमा गुडिरहेको जीप अचानक गाडीको ब्रेक फेल भएर सडककै छेउमा पल्टिँदा दुर्घटना भएको उनले बताए । दुर्घटनामा घाईते भएकाहरुको उद्धार गरि सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।...

अति बिपन्न समुदायको बालबालिकालाई न्यानो कपडा वितरण

Uncategorized
पूर्णपुष्टि,पुष २८ । त्रियुगा नगरपालिका वडा नं। १२,का अति बिपन्न समुदायको बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरी वडाअध्यक्ष चुडाराज काफ्ले र नेस्पेक उदयपुरका अध्यक्ष अर्जन पोखरेलले संयक्त ५० जना बिपन्न बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको हो । वडा क्षेत्रका ५० जना बालबालिकालाई न्यानो कपडा स्वरुप ज्याकेट स्वीटर वितरण गरिएको छ । उक्त कार्यक्रमलाई त्रियुगा नगरपालिका–१२ ले सहयोग गरेको छ, भने नेस्पेक उदयपुरले आयोजना गरेको छ । दिन प्रतिदिन चिसो बढ्दै गएकोले बिपन्न परिवारलाई केहि हत सम्म राहत हुने बिश्वासका साथ वडाले अति पिन्न समुदायीका बालबालिकाहरुलाई पहिचान गरी न्यानो कपडा वितरण गरेको वडा अध्यक्ष चुडाराज काफ्लेले पोखरेलले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेस्पेक उदयपुरका उपाध्यक्ष खगन्द्र पोखरेलले बालबालिकाको हक र हितको निमित्त नेस्पेक उदयपुरले बि...

प्रदेश १ को समभमुखमा बाबुराम गौतमको एक्लो उम्मेदवारी

Uncategorized
पूर्णपुष्टि, पुष २८ गते । माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतमले प्रदेश नंं.१ को सभामुखमा एक्लो उम्मेदवारी दिएको छ । सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज ११ बजे प्रदेश सभा बैठक बस्दै छ । शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनेछन् । शनिबार उपसभामुखको निर्वाचन पछि प्रदेश सभा बैठक केही दिनका लागि स्थगित गर्ने तयारी छ । सभामुखमा उमेदवारी दिएको गौतम ओखलढंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ । सभामुख पुरुष भएका कारण उपसभामुख नेकपा एमालेले महिलालाई बनाउनेछ । एमालेबाट उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई, मोरङकी मालती सुब्बा उपसभामुखको दाबेदार छन् ।...