नेपाल टेलिकमले ल्यायो विन्टर अफर, के के छन् सुविधा ?
Uncategorized
पूर्णपुष्टि,पुष २८ । आजदेखि लागु हुने गरी नेपाल टेलिकमले विन्टर अफर २०७९ उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो ।
कप्पनीले विन्टर अफरमा उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको जनाएको छ । यसमा ग्राहकहरुलाई रु, एक सय ९९ देखि रु ६ सय ९९ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाई र एसएमएसका बिभिन्न प्याकेजहरु उपलब्ध रहेको टेलिकमले जनाएको छ । ‘यस अफरअन्तर्गत जम्मा रु छ सय ९९ मा २८ दिनका लागि कूल २८ जिबी डाटा (दैनिक एक जिबी), दैनिक एक सय मिनेट कुराकानी गर्ने र दैनिक सयवटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ’ टेलिकमद्वारा आज जारी विज्ञप्तीमा भनिएको ।
कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको विन्टर अफर थप आकर्षक हुने विश्वास कम्प...
