बोक्सेमा जारी वडाअध्यक्ष गोल्ड कपको तेस्रो दिन गाईघाट फुटवल क्लव बिजयी
पूर्णपुष्टि, माघ १७ गते ।
बोक्सेमा जारी प्रथम वडाअध्यक्ष गोल्ड कपको तेस्रो दिन गाईघाटले जित निकालेको छ । गाईघाट फुटवल क्लवले एपिएफ पूर्वाञ्चल सुनसरीलाई २÷१ ले पराजित गर्दै जित निकालेको हो । खेल अबधिभर दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि १५ मिनेटको समय थप गरिएको थियो । उक्त समयमै गाईघाटको तर्फबाट जर्सि नं ५ को सुरज थापा र जर्सि नं ८ को पविन राईले १÷१ गोल गरेका थिए । एपिएफको तर्फबाट भने जर्सि नं १० का भरत नेपालीले १ गोल फर्काउन सफल भएको थियो । खेलमा गाईघाट फुटवल क्लवबाट सुरज थापा म्यान अफ दी म्याच घोषित बने । उनले नगद १५ सय सँगै ट्रफि हात पारे म्यान अफ म्याचको पुरस्कार युवा नेता दिपक राईले प्रदान गरेका थिए । उक्त खेललाई बिभिन्न व्यक्ति, संघसंस्था लगायत सम्बन्धित निकायहरुले सहोग गर्दै आएको हुँदा सहज भएको आयोजकले जनाएको छ ।...









