Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

त्रिनपा ११ बाट उपहार पाउदा बृद्धबृद्धा हर्षित

त्रिनपा ११ बाट उपहार पाउदा बृद्धबृद्धा हर्षित

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १६ । गाईघाट÷ उदयपुरको त्रियुुगा नगरपालिकाको वडा नं. ११ ले आज जेष्ठ नागरिक, एकल महिला, विधवा र अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गरेको छ । वडाध्यक्ष सुमन्त कोइरालाका अनुसार वडाका जनालाई सम्मान गरेको हो । वडा कार्यालयमा बोलाएर सम्मान स्वरुप उनीहरुलाई विद्युतबाट पानी तताउने भाँडो उपहार स्वरुप गरिएको छ ।जाडो मौसममा तातो पानी प्रयोग राम्रो हुने र चुल्लो र ग्याँसमा आगो बाल्न झन्जटिलो हुने भएकाले विद्युतबाट पानी तताउने भाँडो दिइएको वाडध्यक्ष कोइरालाले बताए । सम्मान कार्यक्रमको उद्घाटन गर्दै मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई र प्रमुुख प्रशासकीय अधिकृत मानबहादुर बनले बृद्धबृद्धाहरुलाई उपहार प्रदान गरे ।मेयर बस्नेतले नगरले सबै जेष्ठ नागरिक, एकल महिला, विधवा तथा अपाङ्गता भएका ब्यक्तिहरुको सुरक्षा र संरक्षण गर्दै आएको बताए । उपमेयर राईले सबै वडाले बृद्धबृद्धाहरुलाई केही न केही न...
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषण गर्ने

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषण गर्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १६ गते । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको मिति घोषण गर्ने तयारी गरिरहेको छ । आज निर्वाचनको घोषण गर्न १२ निर्वाचन आयुक्तहरुले बैठक बस्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । उहाँका अनुसार आजको बैठकले निर्वाचनको मिति तय गर्नुका साथै चुनावी कार्यतालिका पनि सार्वजनिक गरिने तयारी रहेको छ । निर्वाचनको मिति फागुन २५ वा २६ गतेलाई तोकिने छ । फागुन २५ देखी चैत १० गते भित्र राष्ट्रपति सहित उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्ने थपलियाले बताए । फागुन २९ मा राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल समाप्त हुने छ ।...
सिमाबर्ती क्षेत्रबाट प्रहरीद्धारा ४ लाख भन्दा बढिको अबैध सामान बरामद

सिमाबर्ती क्षेत्रबाट प्रहरीद्धारा ४ लाख भन्दा बढिको अबैध सामान बरामद

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १६ गते । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । सिमावर्ती एरिया इलाकाहरुमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी अबैधरुपमा नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको सामानहरु बरामद गरेको छ । प्रहरीद्धारा खाधान्नका सामग्री, मोटरपार्स, जुत्ता चप्प्ल, लत्ताकपडा तथा माछा लगायतका सामानहरु बरामद भएको छ । बरामद गरिएका सामानको मुल्य करिव ४ लाख २७ हजार रहेको प्रहरीले जनाएको छ । बरामद गरेका सामानहरु आवश्यक कारवाहीको लागि सम्वन्धित भन्सार कार्यालयमा बुझाईएको छ ।...
ब्राउन सुगरसहित २ भारतीय युवक पक्राउ

ब्राउन सुगरसहित २ भारतीय युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १६ गते । झापाको बिर्तामोड नगरपालिका–५ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज गलगलियाका २५ बर्षीय दिलसाद रहमान र २० बर्षीय सन्वाज खान रहेका छन् । हिजो बेलुका बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरु सवार रहेको WB74B A6779 नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले चालक रहमान र पछाडि सवार रहेका खानको साथबाट ८ ग्राम ५०० मिलि ग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।...
धनुषामा प्रहरी हिरासत फोरेर ६ जना थुनुवा फरार

धनुषामा प्रहरी हिरासत फोरेर ६ जना थुनुवा फरार

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १६ गते । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोरेर ६ जना थुनुवा फरार भएका छन् । फरार हुनेमा दुईजना हातहतियार, तीनजना शान्तिसुरक्षा अभद्र व्यवहार र एक जना लागूऔषधसम्बन्धी मुद्दाका रहेका छन् । बिहान ३ बजे हिरासत फोरेर ६ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए । उहाँका अनुसार पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोडेर ढोकाको बिड लिएर पर्खालबाट इँटा झिकेर उनिहरु फरार भएको हो । हिरासतमा सात जना रहेकोमा सवारी दुर्घटना मुद्धाका एक थुनुवा भने भागेका छैन्न । थुनुवा फरार घटनाको छानविनकालागि समिति गठन गरिने भएको छ । साथै फरार रहेका ६ जनाको खोजि तिव्र रुपमा भईरहेको प्रहरीले जनाएको छ ।...
ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १६ गते । मोरङको सुन्दरहरैचा नगरपालिका–३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगँगा गाउँपालिका–७ मोरङका ३२ बर्षीय सुमित खवास रहेका छन् । हिजो बेलुका सवा ७ बजे प्रदेश नम्वर १–०२–००१ ख ९४३० नम्वरको ट्रकले को.३५ प ६७४८ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा खवास गम्भिर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पुर्‍याउना साथ उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्रक र चालक झापा हल्दिबारी–२ का ३५ बर्षीय धिरेन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका राजबंशिको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।...
बोक्सेमा जारी वडाअध्यक्ष गोल्ड कपको दोस्रो दिन गोल बजार बिजयी

बोक्सेमा जारी वडाअध्यक्ष गोल्ड कपको दोस्रो दिन गोल बजार बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १५ गते । त्रियुगा नगरपालिका वडा नं १० बोक्सेमा जारी प्रथम वडाअध्यक्ष गोल्ड कपको दोस्रो दिन गोल बजार स्पोर्ट क्लव बजयी बनेको छ । गोल बजारले पशुपति प्रसाद गण बोक्सेलाई १÷० को अन्तरले हराउँदै खेलमा बिजयी बनेको हो । गोल बजारको तर्फबाट खेलको पहिलो हाफमा जर्सि नं ८ का बिनु मगरले पहिलो गोल गरेका थिए भने गोल बजारकै तर्फबाट पहिलो हाफमै जर्सि नं ७ का सुगम पुलामी मगरले २२ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । दोस्रो हाफको खेलमा पनि सुगम पुलामीले नै फेरी १ गोल थपे । यता बिनु मगरले फेरी दोस्रो हाफ पछि लगतार २ गोल गर्दै ह्याट्रीक गर्दै ५ गोल गर्न सफल भए । उता पशुपति प्रसाद गण बोक्सेले भने १ गोल फर्काउन सफल भयो । उक्त क्लवको तर्फबाट भने दोस्रो हाफको ८ मिनेटमा किरण मगरले गोल गर्दै शान्त्वना गोल गर्न सफल भएको हो । खेलको म्यान आफ दी म्याच गोल बजारको तर्फबाट बिनु मगर घोषित भए । उनले नगद १५ ...
रवि लामिछानेले पुन प्राप्त गरे नेपाली नागरिकता

रवि लामिछानेले पुन प्राप्त गरे नेपाली नागरिकता

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १५ गते । रवि लामिछानेले पुन नेपाली नागरीकता प्राप्त गरेका छन् । उनले आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम पुरानो नेपाली नागरिकतालाई नै पुनः कायम गरेका हुन् ।शुक्रबार सर्वोच्च अदालतको फैसालाले रवि लामिछाने अनागरिक ठहर गरेको थियो । सर्वोच्च अदालतको आदेश बमोजिम लामिछानेले नागरिकताको नियमवालीको नियम ११ अनुसार आवश्यक प्रकिया पुरा गरेर नागरिकता पुन प्राप्त गरेको काठमाण्डौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यले बताए । उहाँका अनुसार पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता लामिछानेलाई दिएको हो ।...
छुट्टा छ्ट्टै स्थानबाट लागुऔषध सहित ७ जना पक्राउ

छुट्टा छ्ट्टै स्थानबाट लागुऔषध सहित ७ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १५ गते । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६ बस्ने ३० बर्षीय प्रलाद कार्की, चुलाचुली गाउँपालिका–४ का ३२ बर्षीय बिर बहादुर लिम्बु, दमक–३ की २४ बर्षीया प्रेम कुमारी तामाङ, १९ बर्षीया दिक्षा योगी, फाकफोकथुम गाउँपालिका–३ घर भई दमक–९ मा बस्ने ३३ बर्षीय बिदुर पौडेल, धरान–१५ का ४२ बर्षीय मणी राई र तुवाचुङ गाउँपालिका–७ खोटाङका ४७ बर्षीय सुचिन राई रहेका छन् ।लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा मेचीनगर नगरपालिका–६ बाट स्थानीय कार्कीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो । यसैगरी झापाकै दमक नगरपालिका–१ को कुमाल चोक...
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १५ गते । लागुऔषध (गाँजा) मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT बाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका–४ का ४९ बर्षीय करुण राईलाई पक्राउ गरेको हो । झापा जिल्ला अदालतको मिति २०७९ असार ८ गतेको फैसला आदेशले १ बर्ष ३ महिना कैद र ५ हजार जरिवाना तोकेता पनी राई फरार रहेका थिए । फरार रहेका राईलाई गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई कैद भुक्तानको लागी जिल्ला कारागार झापा पठाइएको छ ।...