Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १५ गते । भोजपुरको अरुण गाउँपालिका–२ का ५५ बर्षीय ज्ञान बहादुर श्रेष्ठलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै श्रीमती ४१ बर्षीया गंगा श्रेष्ठको हत्या गरेका छन् । शनिवार अपरान्ह ४ बजे श्रीमान श्रीमती बिच घरायशी बिषयमा सामान्य बादबिबादहुँदा श्रिमतीको हत्या गरेको प्रहरीले जनाएको छ । रिशको आवेगमा श्रेष्ठले श्रीमतीको घाँटी थिचेर हत्या गरी मल खाडिमा पुरेको खबर पाएपछी प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी घर आएका श्रेष्ठले मादक पदार्थको सनकमा श्रीमतीको हत्या गरेका थिए । हत्या गरेपछी घटनालाई ढाकछोप गर्न नजिकै रहेको मल खाडीमा खाल्डो खनी पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...
छोराको कुटपिटबाट बुबाको मृत्यु

छोराको कुटपिटबाट बुबाको मृत्यु

Breaking News 3, समाचार
पुर्णपुष्टि, माघ १५ गते । संखुवासभाको भोटखोला गाउँपालिका–५ का ७३ बर्षीय गोठे राईको कुटपिटबाट मृत्यु भएको छ । कुटपिट गरी हत्या गरेको आरोपमा निजकै छोरा प्रेम कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रवार राती ११ बजेको समयमा बाबु छोरा बिच घरायशी बिषयमा सामान्य बादबिबाद भएको थियो । बादबिबादकै क्रममा छोराले बुबालाई लाठीले कुटपिट गर्दा घाईते भएका गोठेलाई उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । छोराको कुटपिटको कारण बुबाको मृत्यु भएको भन्ने सूचना पाए पश्चात प्रहरी चौकी स्याक्सिगोलाबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
साहित्यकला प्रतिष्ठानको अध्यक्षमा डाक्टर कैलाश राई

साहित्यकला प्रतिष्ठानको अध्यक्षमा डाक्टर कैलाश राई

Breaking News 2, समाचार, साहित्य
पूर्णपुष्टि, माघ १५ गते । साहित्यमा रुची राख्ने व्यक्ति र सर्जकहरुको जमघट, कला प्रर्दशन तथा संरक्षण गर्ने उदेश्यले त्रियुगा जनता वहुमुखि क्याम्पसका प्रमुख डा. कैलाश राईको अध्यक्षतामा प्रतिष्ठान खोलिएको हो । साहित्य बिद्यामा गला र कलम चलाउनेहरुलाई लक्षित गरी ‘उदयपुर साहित्यकला प्रतिष्ठान’ गठन गरिएको हो ।साहित्यिक प्रतिष्ठानको उद्घाटन गर्दै भाषा आयोगका सदस्य तथा प्राज्ञ मातृकाप्रसाद पोखरेलले संस्था स्थापनाभन्दा पनि त्यसको दिगोपनकालागि सबैको साथसहयोग आवश्यक रहेको बताए । उदेश्यअनुरुप संस्थाले गर्ने साहित्यिक गतिविधि नै महत्वपूर्ण भएकाले साहित्यकलाको संरक्षण, प्रर्वद्धन र उत्पादनमा जोड दिन उनले आग्रह गरे । उदयपुर निवासी पोखरेलले विगतलाई सम्झदै भने, ‘उदयपुरको साहित्यिक इतिहास लोकनाथ पोखरेलको लोकमञ्जरी नामक कविता सङ्ग्रहबाट शुरु भएको हो, त्यसलाई कायम राख्दै आगामी दिनमा उदयपुरको समस्त वाङ्मय क्षेत...
२०२४ मा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकाले आयोजना गर्ने

२०२४ मा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकाले आयोजना गर्ने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १५ गते । सन् २०२४ मा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकाले आयोजना गर्ने भएको छ । इक्वेडरमा खेलाईने भनिएको कोपा अमेरिका सुरक्षाका कारण सरकारले प्रतियोगिता आयोजना गर्न नसकिने जनाएको हो । त्यस पछि अमेरिकामा प्रतियोगिता गराईने भएको हो । कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिकाभन्दा बाहिर हुनेछ । यस प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाउने भएको छ । यस अघि २०२१ को कोपा अमेरिका ब्राजिलले आयोजना गरेको थियो । ब्राजिलमा भएको कोपा अमेरिकाको उपाधी अर्जेन्टिनाले जितेको थियो भने २०२२ मा भएको कतार विश्वकप फुटबलको बिजेता बनेको थियो ।...
पत्रकार खतिवडालाई मात्रृ शोक

पत्रकार खतिवडालाई मात्रृ शोक

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १५ गते । उदयपुरका पत्रकार डिल्लीराम खतिवडालाई मात्रृ शोक परेको छ । नेपाल प्रेस युनियन केन्द्रिय उपाध्यक्ष तथा कान्तिपुर दैनिकका उपसम्पादक खतिवडालाई मातृ शोक परेको हो । पत्रकार खतिवडाको ९१ बर्षिया आमा पार्वती खतिवडाको शनिबार साँझ आफ्नै निवास चौदण्डीगढी नगरपालिका ६ सिर्वानीमा निधन भएको थियो। बुबाको मृत्यु भएको बर्ष दिन नबित्दै आमाको समेत मृत्युको पीडा खतिवडा परिवारले ब्यहोर्नु परेको छ ।...
आज यी प्रदेशहरुमा पानी र हिमपातको सम्भावना

आज यी प्रदेशहरुमा पानी र हिमपातको सम्भावना

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १५ गते मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि कर्णाली र सुदूरपश्चिमका केही भू–भागमा पानी र हिमपातको सम्भावना रहेको छ । दिउँसोदेखि रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । ती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । मंगलबार पनि कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।...
प्रेस युनियन प्रदेश – १ को अधिवेशनमा संस्थापन पक्षले गर्‍यो बहिष्कार

प्रेस युनियन प्रदेश – १ को अधिवेशनमा संस्थापन पक्षले गर्‍यो बहिष्कार

Breaking News 1, समाचार
पूर्णपुुष्टि, माघ १४ । बिराटनगर आजदेखि विराटनगरमा सुर प्रेस युनियन प्रदेश १ काे  अधिवेशन संस्थापन पक्षले बहिस्कार गरेकाे जनाएकाे छ । हुकुमी शैलीमा एकतर्फी रूपमा नेतृत्व चयन गर्न खोजिएपछि संस्थापन पक्षले असन्तुष्टि जनाउँदै निर्वाचन बहिष्कार गरेको विज्ञप्तीमा जनाईएकाे छ । [contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form] अध्यक्ष पदका आकांक्षी पवन अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार पत्रकारहरूको एउटा हिस्सालाई नै पाखा लगाउँदै षड्यन्त्रपूर्वक नेतृत्व चयन गर्न खोजिएको बताइएको छ । "अधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक नगरएको अवस्थामा विभिन्न जिल्लाबाट सहभागी हुन आएका प्रतिनिधिहरू घर...
प्रदेश सांसद याेद्धा मतदातासंग भेटघाट

प्रदेश सांसद याेद्धा मतदातासंग भेटघाट

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १४ । गाईघाट प्रदेश १ का सांसद सम्झना तामाङ (याेद्धा) ले आज साँझ त्रियुगा नगरपालिका १३ असारी (प्रगतीटाेल)का मतदातासंग भेटघाट गरेका छन् । उनले मतदाताहरुलाई धन्यावाद दिए । सांसद तामाङ्ले गाउँकाे समस्या बुझेका थिए । उनले सकेकाे सहयाेगकाे वचन दिएका थिए । तस्विरहरु :
बोक्सेमा वडाअध्यक्ष गोल्डकप कप सुरु, प्रथम पुरस्कार १ लाख

बोक्सेमा वडाअध्यक्ष गोल्डकप कप सुरु, प्रथम पुरस्कार १ लाख

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १४ त्रियुगा नगरपालिका १० बोक्सेमा प्रथम वडाअध्यक्ष गोल्डकप कप सुरु भएको छ । उक्त कप शनिवारबाट बोक्से स्थित नयाँवस्ती खेलमैदानमा सुरु भएको हो । खेलमा ८ ओटा टिमले सहभागी जनाएको छ । वडा युवा तथा खेलकुद विकास समिति त्रिनपा १० को आयोजनामा भएको खेलको प्रथम टिमले १ लाख नगद सहित बिभिन्न पुरस्कार हात पार्ने छ । खेलमा दोस्रो हुने टिमले ५० हजार नगद सहित अन्य नगदहरु पाउने छ । खेलको उद्घाटन खेलमा चौदण्डीगढी र कटारीको प्रतिस्पर्धा हुने छ । खेलको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेतले गरेका थिए । खेल २१ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।...
रवि लामिछानेको ७ जना समर्थक सर्वोच्च परिसरबाट पक्राउ

रवि लामिछानेको ७ जना समर्थक सर्वोच्च परिसरबाट पक्राउ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,माघ १३ । सर्वोच्च अदालत परिसरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ७ जना समर्थकलाई पक्राउ गरेको छ । सभापति लामिछानेको नागरिकतामा कैफियत देखाउँदै सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उनका समर्थकले नाराबाजी गरेका छन् । सर्वोच्च परिसरमा नाराबाजी गर्न थालेपछि ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।...