Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

रवि लामिछानेको सांसद पद खारेज

रवि लामिछानेको सांसद पद खारेज

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,माघ १३ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद पनि खारेज गरिदिएको हो। संवैधानिक इजलाजले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको मन्त्री पदसमेत गएको छ । अधिवक्ता रविराज बसौला र युवराज सफलले रविको संसद् सदस्यताको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट हालेका थिए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नवीकरण नगरेको आरोपमा विवादमा तानिएका लामिछानेको शपथ रोक्न, सांसद पद खारेज गर्नलगायत माग गर्दै उनीविरुद्ध रिट परेको थियो।...
बच्चा हुर्काउँदा बुवाले गर्छन् यस्ता पाँच गल्ती

बच्चा हुर्काउँदा बुवाले गर्छन् यस्ता पाँच गल्ती

रोचक
पूर्णपुष्टि,माघ १३ । तपाईंलाई कसले धेरै माया गर्छ भनेर एकछिन आनन्दले बसेर सोच्नुहोस् त, सबैभन्दा पहिला आमाको नाम आउनेछ । जबकी बुवाको पनि सन्तानप्रति उस्तै लगाव हुन्छ । तर हाम्रो समाजमा केटा र केटीलाई फरक तरिकाले हुर्काइन्छ । केटीहरूलाई नरम हुन सिकाइन्छ र केटाहरूको व्यवहार कठोर मानिन्छ । सायद यही कारणले गर्दा हामी आफ्नो मनको सबै कुरा आमालाई सुनाउँछौं र बुवासँग कुरा गर्न हिचकिचाउँछौं । जब मानिस आमाबुवा बन्छन्, आफ्नो बाल्यकालको पालनपोषणको छायाँ छोराछोरीमा पर्छ । बच्चाको सही लालनपालनका लागि पिताको मुख्य भूमिका हुन्छ । यस्तोमा यदि बुवाको व्यवहार वा बानी बच्चाप्रति सही हुँदैन भने बच्चाको विकासमा बाधा पैदा हुनसक्छ । आज हामी तपाईंलाई बच्चाको लालनपालनसँग जोडिएका यस्ता पाँच गल्तीबारे जानकारी दिँदैछौँ जुन अञ्जानमा गर्ने गरिन्छ । १. बच्चा प्रति अत्यधिक कठोर व्यवहार यदि तपाईं बुबा हुनुहुन्छ भने, बच...
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,माघ १३ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु गरेको छ । यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने जनाइएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज सुनुवाइ सुरु भएको हो । बुधबार सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । अदाललते दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेस गरिएको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो । अ...
अनेरास्ववियूले जलायो शिक्षा मन्त्री खनालको पुत्ला

अनेरास्ववियूले जलायो शिक्षा मन्त्री खनालको पुत्ला

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि,माघ १३ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियूले शिक्षा मन्त्रीको पुत्ला दहन गरेको हो। शिक्षामन्त्री खनालले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए । विद्यार्थीहरुले जनक शिक्षा सामग्रीमा भएको अनियमितता हटाउनुको साटो मन्त्रीले निजी क्षेत्रलाई पुस्तक छपाउन दिई कमिसन खान लागेको आरोप लगाएका छन् ।...
गाईघाटमा स्कुटर चोरी गर्ने एक पक्राउ

गाईघाटमा स्कुटर चोरी गर्ने एक पक्राउ

Breaking News 2, समाचार
उदयपुर पूर्णपुष्टि,माघ १३ । जिल्लाको त्रियुगा नगरपालिका १२, स्थित शनि मन्दिरबाट स्कुटर चोरी गर्दै गरेको अवस्थामा एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी सप्तकोशी न.पा. वडा नं. ७का २३ वर्षीय सुनिल कुमार चौधरी रहेका छन् । विहिबार मध्यराती करिव १ बजेको समयमा चौधरीलाई शनि मन्दिरबाट स्कुटर डोहोर्‍याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरको गस्ती टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । स्कुटर त्रियुगा नगरपालिका १२, बस्ने सुस्मिता राईको रहेको खुलेको छ । पक्राउ परेका चौधरीमाथि जिल्ला अदाल उदयपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
चौदण्डीगढीमा श्री सरस्वती मन्दिर उद्धघाटन तथा हस्तान्तरण

चौदण्डीगढीमा श्री सरस्वती मन्दिर उद्धघाटन तथा हस्तान्तरण

Breaking News 2, समाचार
बेल्टार पूर्णपुष्टि,माघ १२ । चौदण्डीगढी नगरपालिका ६मा अवस्थित श्री ज्योति मा.वि. बेल्टारलाई सरस्वती मन्दिर उद्धघाटन तथा हस्तान्तरण गरिएको छ । बिहिवार सरस्वती पुजाको अवसर पारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्धारा विद्यालयलाई मन्दिर हस्तान्तरण गरिएको हो । करिव १५ लाखको लागतमा निर्मित उक्त मन्दिर वडानं ७ का वडाध्यक्ष केशव अधिकारीले आफ्ना २५ बर्षिय छोरा युगान्त र १९ बर्षिया छोरी अनुजाको स्मृतिमा निर्माण गरेका थिए । स्वर्गिय भतिज र भतिजिको नाममा निर्माण भएको मन्दिरको उद्घाटन गर्दै गभर्नर अधिकारीले विश्व बजारमा देखिएको उत्तरचढावले लामो समय नेपाली अर्थतन्त्रलाई क्षति पुर्याएपनि पछिल्लो चार महिना यता सुधार हुँदै गएको दावि गरे । उनले भने, ‘निरन्तर घाटामा रहेको अर्थबजार पछिल्लो असोज महिना यता वचततर्फ अग्रसर देखिएको हो, जुन सकारात्मक सन्देश हो । ‘नेपालको अर्थतन्त्र कमजोर हुनु वा...
प्रदेश प्रमुखद्धारा जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण

प्रदेश प्रमुखद्धारा जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १२ गते । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई समेत आवश्यक निर्देशन दिनु भएको छ ।निर्देशनको क्रममा वहाँले नागरिकको जीउ धनको सुरक्षा, अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको फर्छौड, लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणको लागि कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन र जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न तथा सङ्गठनको उद्देश्य र गरिमालाई सदैव उच्च बनाउने कार्य गर्न समेत निर्देशन दिनु भयो । सोही क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयलले प्रदेश प्रहरी प्रमुख ज्ञवालीलाई जिल्लाको बस्तु स्थितिको बारेमा...
सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १२ गते । मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उप–महानगरपालिका–८ सुनसरीका ५५ बर्षीय प्रेम बहादुर श्रेष्ठ, सुन्दरहरैचा–७ का २२ बर्षीय श्याम बहादुर मगर र गढी गाउँपालिका–१ सुनसरीका ६० बर्षीय आनन्द चौधरी रहेका छन् । हिजो बिहान ९ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका–३ ढाट स्थितमा को.३८ प ५३८७ नम्बरको स्कुटर र प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकल चालक श्रेष्ठ घाईते भएका थिए । घाईतेको उपचारको क्रममा बिराट मेडिकल कलेजमा मृत्यु भएको हो । सोहि दिन साँझ ५ बजे सुन्दरहरैचा नगरपालिका–७ स्थित भित्री सडक खण्डमा को.२ त ७९३७ नम्बरको ट्रयाक्टरबाट लडि सहचालक मगर घाईते भएका थिए । उनको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । यसै गरी सुनसरीको ईटहरी–१२ स्थित कोशी लोकमार...
सुर्तीजन्य पदार्थको विक्री स्थलमा विज्ञापन गर्न नपाइने

सुर्तीजन्य पदार्थको विक्री स्थलमा विज्ञापन गर्न नपाइने

समाचार
पूर्णपुष्टि,माघ १२ । नेपाल सरकारले सुर्तीजन्य कम्पनीलाई बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । सुर्तीजन्य कम्पनीले आफ्नो कम्पनीको चुरोट, सुर्तीको दररेटसहित विज्ञापन गरेको पाइएकाले बन्द गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले निर्देशन दिएको हो । उनले आफ्नो कम्पनीको नाम र दररेटसहित चुरोट, गुट्खा र बिँडीको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएकाले बन्द गर्न निर्देशन दिएको बताए । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा १०, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका, २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ विपरीत ती कम्पनीले पसल अगाडि चुरोट, गुटखा र बिँडीको नाम र मूल्यसहित पोस्टर टाँस गरेको पाइएकाले रोक्न निर्देशन दिएको बताए । चुरोट, गुट्खा र बिँडीको मूल्यसहित पोस्टर टा...
आज सरस्वती पूजा मनाइदै

आज सरस्वती पूजा मनाइदै

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि,माघ १२ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइदै छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन्। सूर्य उत्तरतिर लाग्ने दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ। गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने ...